Truth is simple, reality complicated. Your window to Nepal, South Asia and larger world. Come and read along and between the lines.
People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.
Visit the new professional website of Jiwan Kshetry
Wednesday, June 24, 2015
Nepal: A court order highlights the faultines
Thursday, January 22, 2015
Tuesday, January 20, 2015
तोडफोड र बन्दः माओवादीले हाराकिरी गर्न खोजेको हो?
Thursday, January 1, 2015
Rise of KP Oli and its implications for Nepal's future
आउँदै गरेको ओली-शासनको रूप कस्तो हुनेछ भन्ने कुरा गत वर्षको अनुभवले देखाइसकेको छ तर त्यो प्रीतिकर हुने लक्षणचहिं देखिँदैन
नेपालका कुनै पनि दल दुधले नुहाएका छैनन् तर राज्य र उसका सार्वजनिक निकायहरुलाई धराशायी पारेर एउटा दल , गुट र व्यक्तिको सेवा गर्नमा एमाले जति सक्षम छ अरु त्यति छैनन् । अनियमितता प्रमाणित भएर कारवाहीमा परिसकेकालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउनमा होस् वा न्यायालय र लोक सेवालाई प्रभावित गर्ने प्रयासमा होस्, एमाले जत्तिको सफल अर्को दल छैन ।
Saturday, September 27, 2014
एमालेकरणबारे थप केही कुरा
एमाले र एमालेकरण भनेका एउटै कुरा हैनन् । एमालेले नेतृत्व गरे पनि एमालेकरण एक हदसम्म हामी बाँचेको समयको प्रतिविम्ब हो । समाज र यसको राजनीतिक आयामका लागि एमालेकरण एक खालको विष हो र यसबाट बच्न सबैभन्दा गाह्रो एमालेलाई नै छ । त्यसको पीडा एमालेभित्र भएर पनि एमालेकृत नभइसकेका अनि नैतिकता र मानवीय संवेदना बचाइराखेका मानिसहरुका लागि सबैभन्दा बढी छ ।एमालेकरण शब्दको आविष्कार मैले गरेको हैन । तर प्रवृत्तिको रुपमा एमालेकरणबारे एउटा लेख लेखेपछि त्यसले जन्माएका प्रतिक्रिया पढ्दा यसबारे थप बहस र विमर्श हुनुपर्छ भन्नेचाहिं मलाई लागेको छ ।
महिनौंअघि यो प्रवृत्तिबारे नै लेख्न थालेको एउटा लेख अधुरो नै रहेपछि त्यो बिर्सिइसकेको थियो । तर घटनाक्रमले घुमाइफिराइ यसका हाँगाबिंगाबारे लेखिरहन बाध्य पारेको अवस्थामा जरालाई नै छिचोलेर किन नलेख्ने भन्ने प्रश्न उठेपछि मैले त्यो लेख लेखेको हुँ ।
लेख्दै जाँदा लेख अखबारी शब्द सीमाभन्दा बढी नै लामो हुन गयो, अहिले गन्दा करीब २७०० शब्दको रहेछ । यति लामो लेख लेख्ने मानिसको पहिलो चुनौती के हुन्छ भने पाठक पहिला केही अनुच्छेद पढ्नासाथ जाँगर मरेर अन्यत्र नलागोस्, र पढ्दापढ्दै ननिदाओस् पनि ।
फर्केर हेर्दा त्यो लेख मैले अपेक्षा गरेभन्दा बढी नै सार्थक भएछजस्तो लागेको छ । त्यसलाई सामाजिक सञ्जालमा वितरण गरिएको संख्या र त्यसका शाब्दिक प्रतिक्रिया हेर्दा त्यसो लागेको हो ।
जुन कुनै लेखकलाई र खास गरी आम सरोकारको विषयमा लेख्ने लेखकलाई दण्डित गर्ने सबैभन्दा सजिलो उपाय भनेको उसलाई नपढीदिएर त्यसै अन्धकारमा रहन दिनु हो । सामान्यतः हामीजस्ता अति सामान्य लेखकका लागि त त्योभन्दा ठूलो दण्ड केही हुन सक्दैन । लेख वा सामाग्री कुनै प्रकाशनमा आएर मात्र जीवन्त हुँदैनन्, तिनको पूर्ण अस्तित्वका लागि पाठकको पठन कार्य अपरिहार्य छ ।
त्यसै गरी लेखकलाई पुरस्कृत गर्ने पनि सकारात्मक वा नकरात्मक तर स्वस्थ र रचनात्मक प्रतिक्रियामार्फत् हो । हामीकहाँ सञ्चार माध्यमहरुमार्फत् दोहोरो सम्वादको थिति नबसीसके पनि अनलाइन मिडियासँगै आएको सञ्चार माध्यमको लोकतान्त्रिकरणले त्यस्तो सम्वाद धेरै हदसम्म सम्भव बनाएको छ ।
यो लेखका पाठकमध्ये केहीले मलाई पहिलोपल्ट पत्रकारको पहिचान दिलाएका छन् । पत्रकार बन्ने अभिलाषा भित्र कतै भए पनि हुन नसकेको मजस्तो मानिसलाई त्यसले ज्यादै नै हर्षित तुल्याउँछ । भ्रमहरुमध्ये प्रिय र प्रीतिकर भ्रमहरुलाई मात्र सत्यजस्तै मानेर चल्ने धेरै मानिसमध्ये म पनि पर्छु । त्यसैले मेरा लागि यो नयाँ भ्रम ज्यादै स्वीकारयोग्य छ ।
यस अघिको पनि यस्तै एउटा रोचक अनुभव छ मसित । बंगलादेशको पछिल्लो चुनावबारे स्पेनिश पत्रिका एल मुण्डोका लागि सामान्य प्रतिक्रिया दिएपछि त्यसका संवाददाता भिक्टरले रिपोर्टमा मेरो नामअगाडि अविश्वसनीय रुपमा लेखेछन्ः एस्टे डायरियो एल एनालिस्टा पोलिटिको अर्थात्, गुगल अनुवादनअनुसार, यस पत्रिकाका राजनैतिक विश्लेषक । त्यसपछि मात्र मलाई याद भएको थियो कि मैले जे प्रतिक्रिया दिएको थिएँ, त्यसलाई राजनीतिक विश्लेषण पनि भन्न सकिन्थ्यो ।
Sunday, August 31, 2014
Naya Pakistan: How I lost my faith in this nation
Behold Naya Pakistan
Friday, May 16, 2014
न्यायधीश नियुक्तिमा काँग्रेसः क्यान्सर घाँटीमा, अपरेशन पेटको?
यो देशको सार्वभौमसत्ता जनतामा छ भन्नु खोक्रो आडम्बर मात्र हो । त्यो कतै छ भने देशको कालो वा अनौपचारिक अर्थतन्त्रको साम्राज्य हातमा लिएर बसेका राजनीतिज्ञ र तिनका अन्डरवल्र्ड साझेदारहरुकहाँ छ ।
न्यायधीश नियुक्तिमा काँग्रसको भुमिकालाई यसरी संक्षिप्त गर्न सकिएला ।
संस्थागत शुष्कता, गतिविहीनता र भ्रष्टचारले थला परेको न्यायालयलाई सर्वोच्चका न्यायधीश नियुक्तिमार्फत् पुनः जीवन दिने अवसर आयो सरकारको तथा कानुन मन्त्रालयको जिम्मा सम्हालेको काँग्रेसलाई ।
न्यायालयलाई बिरामी मान्ने हो भने, त्यसको घाँटीमा क्यान्सर थियो, सांकेतिक रुपमा । तर कानुन मन्त्रीका सल्लाहकारहरुले के सुझाव दिए भने, अपरेशन त गर्नु नै छ, पेटको गरे पनि त भैगो, अपरेशन आखिर अपरेशन नै हो ।
क्यान्सर मिर्गौलाको हो भनेर दाबी गरेर मिर्गौला नै झिकिदिएपछि ढिलो चाँडो न्यायालय निको त होला तर तलमाथि गर्ने भावी राजनीतिज्ञहरुलाई समात्ने दुस्साहस गर्ने छैन भन्नेमा ती मानिसहरुको मतो मिल्यो जसका कुरा कानुनमन्त्री सुन्थे ।
योजना बन्यो, मतियारहरु खोजिए । न्याय परिषद्का अध्यक्षले एक छिन आनाकानी गरे तर उनको फर्मायशमा पेटका अरु एक दुई अंग झिकिदिने भएपछि उनी पनि माने । न्याय परिषद्का अन्य सदस्यमध्ये एकलाई पूरा बलका साथ निर्णयको बचाउ गर्ने जिम्मा दिइयो, चाहे त्यसका लागि जतिसुकै तुक नभएका कुरा बोल्नु परोस् र चाहे तिनलाई मानिसहरुले पागल नै किन नभनुन् ।
अपरेशन टेबलमा न्यायालयलाई राखियो र पेटको छाला काटियो, अपरेशनका लागि । भित्र स्वस्थ मिर्गौला देखियो र उताचाहिं क्यान्सरग्रस्त घाँटी ।
अरु सबैले भन्न थालेः जे भयो भयो, अब पेटलाई बन्द गरेर घाँटीमा अपरेशन थालौं । अब काँग्रेस पर्यो दोधारमाः पेट बन्द गर्यो भने गल्ती स्वीकारेर शिर निहुराउनुपर्ने, मिर्गौला झिकौं भने सबले बुझिसके क्यान्सर कहाँ थियो कुन अपरेशन हुनुपथ्र्यो ।
अहिलेको काँग्रेसको अवस्थालाई प्रतिनिधित्व गर्ने अर्को एउटा अवस्था पनि छ । खाने कुरा भनेर रछ्यान मुखमा हाल्यो । निलौं भने रछ्यानमा के के छ, बिरामी पार्ला भन्ने डर, ओकलौं भने सबैले देखेर कुरीकुरी गर्लान् भन्ने डर ।
यति भनिसकेपछि अब काँग्रसले कुन बाटो लिनुपर्ला र कुन बाटोले काँग्रसलाई कहाँ पुर्याउला भनेर कुनै बहस गर्नु जरुरी छैन ।
Thursday, May 8, 2014
न्यायधीश नियुक्तिः आत्मघाती हमला हुने अवस्था नआओस्!
Tuesday, January 7, 2014
Bangladesh after polls: From the frying pan and into the fire?
In the evening of the poll day, I was asked for a brief assessment of the situation by Victor Martin, a Spanish journalist in Delhi. Some of my statements made way to the report he got published in Spanish newspaper El Mundo. Here is the original exchange from which the readers can have a clearer glimpse of my opinion in the whole affair.
Is this a real democratic process if the opposition is not going to play in 154 seats?
Tuesday, June 11, 2013
Advani resignation saga: Is BJP squandering the PML-N-like opportunity?
Dwelling on the turbulence in BJP after L K Advani resigned from all party posts to protest the party's nomination of Narendra Modi to head the election campaign for 2014 polls. Advani has lately taken back the resignation but that cannot undo every damage that was done. An overview:
I am a rather casual India-watcher and an in-depth analysis is obviously beyond my scope. Nonetheless, the events of the past two or three days in India were nothing less than stunning.
The matter is of course about the turbulence in BJP, the party aspiring to rout the INC-led coalition in the upcoming general elections.
Even though the veteran leader L K Advani has come now full circle after agreeing to resume the pre-turmoil duties, the fiasco has exposed many things about BJP.
To start with, while much of the Indian media had been convincingly dwelling on about the incipient rivalry between Advani and Narendra Modi in BJP, hardly anyone could have guessed the Advani's extreme action of resigning from all three responsibilities in BJP.
After he did, a sense of deja vu had engulfed a large section of media: after all, this was the fitting rebuttal of Advani to party leadership for callously elevating Modi to the post of the party's chief election campaigner.
Of many analytic pieces, this one had particularly caught my attention because it had put many aspects of Advani-Modi rivalry in context.
But now that Advani has acquiesced to the pressure from the RSS and party rank and file and agreed to resume his duty in the party, another flurry of explanations can be expected in the media.
My own inferences from the all developments can be summed up as this:
- While it is widely believed that the charisma of Narendra Modi and his election-winning track record in Gujarat is undeniably linked to his divisiveness, the Advani resignation saga has taken this 'divisive' factor to new height. How further divisive can his legacy be in BJP? Only time will answer.
- Everyone is vulnerable in politics; in longer term if not shorter. It was the same Advani who had literally overruled Vajpayee in the party, 11 years back in Goa in the aftermath of Gujrat pogroms to help Modi navigate through the troubled waters. But now Modi seems to be playing perfectly with the vulnerabilities of a respectable but aging man with waning charisma.
- Finally, the party is the last resort of a politician. He/she may threaten, abuse, criticize and even revolt ,but ultimately it is nearly impossible to escape the dictates of the party. Likes of Uma Bharati and Jaswant Singh in BJP have already experienced it firsthand with a far longer period of distancing from the party but Advani has learned it overnight.
Sunday, June 2, 2013
Secularism in South Asia: The Chickens Come Home to Roost
Over 2008-2009, the tide of secularism sweeping South Asia appeared unassailable. While the chickens have already come home to roost in Pakistan merely after a tenure of PPP-led government, the ailing UPA-II coalition in India led by the Congress fears a similar fate in upcoming polls after two exhausting tenures. Situation in Bangladesh looks more complicated and less predictable but some lessons are hard to miss.
Thursday, March 14, 2013
Nepal: From the frying pan and into the fire?
Besides the over-debated issues related to the formation of election government in Nepal under sitting Chief Justice, here I dwell upon some little-talked aspects of the new development.
Finally the major political powers in Nepal have agreed for a way out to the current deadlock. The sitting Chief Justice of the country has been sworn in as the head of the cabinet that will supposedly hold elections within next two months or so.
To start with, I was never enthusiastic with the idea and so were many commentators. But as things are evolving, as I commented earlier, it may be a matter of choosing the least evil of the options. Now that the parties have agreed to depend on apparently apolitical person rather than genuinely sorting out the differences among themselves and respecting the existence of each other, little more could be expected pragmatically.
Though I never bought the argument that single person presiding two of the three top institutions of the country would invite tyranny, there were other sound objections to the idea. Topping the list was the concern that just in case anything went awry, there would be no institution left to steer the country out of trouble. Moreover, in a country where a handful of thugs can cripple public life by enforcing closures, a significant power of dozens of political parties outside the four agreeing parties makes a formidable force.
The protests raging in Kathmandu's streets today signify only one thing: the protesting parties are in a position of profound dilemma; either resort to vandalism and hooliganism and gain prominence (at least in media) or simply be thrown into irrelevance. The third way of engaging constructively with the major political powers, while being the most reasonable at the moment, is least rewarding in the short term.
Even with little knowledge of what the new executive chief of the country, Khila Raj Regmi, is up to personally, it can be safely said that the odds stacked against him are enormous; particularly given the seriousness of the job he has been given in a country with fractured polity. First few weeks will be spent on repelling the doubts about how the executive branch of the state will function when the cabinet is led by a man from judiciary and is composed of former bureaucrats (as reported so far). A pertinent question is, will the cronies of major political parties keep functioning as proxy or will there be genuine attempt to establish some degree of accountability in institutions starting at the ministry level?
The second question is: will the Regmi-led government be able to constructively withstand the pressure from the formidable opposition coalition that now includes interest groups ranging from the eternally rebellious party led by Mohan Baidya to every thug in the street disgruntled with the four parties? In this regard the support the four powers can provide to the new government will be huge significance.
Third, will the unity among the four powers and the conformity of that with Regmi's plans sustain for long enough to hold the elections? And to what extent will the political parties sacrifice their own vested interests for the larger good of the country?
Even though the challenges are immense, it is not impossible to hold elections as promised, within 6-8 months if not in 2 months. The greatest issue of concern, however, is that whether the body thus elected will be able to draft a constitution. Given that a far more cohesive and enthusiastic body elected in 2008 failed miserably in its task, one has to be too optimistic to think that a fractured body with dozens of significant political powers (a highly likely scenario) will be able to promulgate a relatively viable constitution.
The worst case scenario will be one in which Regmi cannot hold the elections in the time/manner stipulated in the present agreement. It is somber to imagine a demoralized Regmi leaving the PMO the way incumbent Baburam Bhattarai did, thoroughly failing in the mission.
Tuesday, February 12, 2013
प्रधान न्यायधीशको नेतृत्वको सरकारः निकास कि गलपासो?
प्रधान न्यायधीशको नेतृत्वको सरकारमा सहमति जुट्लाजस्तो छ भनेर आजका पत्रपत्रिकाले लेखेका रहेछन् ।
त्यो सहमति भएको अवस्था नेपालका लागि राम्रो अवश्य हैन । र त्यसका जटिलताहरु पनि काफी छन् भन्छन् विश्लेषकहरु । र अझ एकचोटि प्रचण्डले सधैंझैं वचन तोड्छन् कि तोड्दैनन् हेर्न पनि बाँकी नै छ ।
तर त्यस खालको सहमति अहिलेको अवस्थामा सबैभन्दा कम खराबचाहिं हुने राम्रै सम्भावना देखिन्छ । उसो त काँग्रेस एमालेले पनि त्यो विकल्प उत्कृष्ट भएर त्यसमा सहमति जनाउनेभन्दा पनि नहुनु मामाभन्दा .... भनेझैं चिरकालसम्म बाबुरामको सरकार भोग्नुभन्दा अरु कुनै पनि विकल्प ठीक भनेर सहमति जनाउने हुन् ।
तर त्यो सम्भावित निकासमा बाबुराम र सत्ता गठबन्धनले लाहाछाप लगाउने सम्भावना चाहिं कमै देखिन्छ र त्यो प्रक्रियामा छिमेकको प्रतिक्रिया के हुन्छ त्यो हेर्न पनि बाँकी नै छ ।
मुर्त रुप लिन सकिहालेमा त्यस खालको व्यवस्थाले नेपालमा नयाँ नजिरको स्थापना गर्नेछ । एकतिर राजनीतिक शक्तिहरु एक अर्काको अस्तित्व स्वीकारेर सम्झौतामा पुग्नुभन्दा सामुहिक रुपमा एकअर्काबीचको असहमतिलाई व्यवस्थित रुप दिएर विकल्पमा जान राजी छन् भन्ने देखिनेछ । कसै गरी पनि संक्रमणकाल अरु थुप्रै वर्ष तन्किने अवस्थामा त्यो राम्रो लक्षण अवश्य हैन ।
Saturday, January 5, 2013
गाउँका भट्टी र हिसिलापथको माओवादी
माओवाददेखि खाओवादसम्मको यात्रामा एकीकृत माओवादी
१५ वर्ष अघिः
झुप्रोमा बस्ने एउटा गरीबको छोरोले संसार बदल्ने सपना देख्छ । समाजमा व्याप्त ठालुहरुको बिगबिगीबाट वाक्क भएर तिनको संसार उल्ट्याउने र गरीबहरुको भलो गर्ने कसम पनि खान्छ । अनि त्यो महान सपना साकार पार्न कम्युनिष्ट पार्टीको छहारीमा पुग्छ । त्यहाँ समाजमा व्याप्त वर्गीय, लैंगिक, जातीय, क्षेत्रीय, आदि विभेदलाई निमिट्यान्न पार्ने अभियानमा ऊ पनि सरिक हुन्छ । खाली निजी सम्पत्ति जोड्ने र सुखसयल मात्र गर्ने आम प्रवृत्तिलाई चुनौती दिंदै उनीहरुले चर्चा गर्छन् कसरी सोभियत संघ र चीनका कम्युनहरुमा मानिसहरुले आदर्श किसिमको जीवन यापन गर्छन् । कसरी त्यहाँका सर्वहाराहरुले राज्य चलाउँछन् र पहिलेका ठालु र सामन्तहरुचाहिं पसिना चुहाउँदै काम गर्न बाध्य हुन्छन् । अनि कसरी त्यहाँको राज्यले मानिसका सबै आवस्यकता पुर्ति गर्छ र यहाँ झैं एक गास भात र एक सरो लुगाका लागि मानिस रुनुपर्दैन । के त्यस्तो राज्य नेपालमा नआउला? यस्ता प्रश्नका उत्तर दिंदै नेताहरु भन्छन्ः सर्वहाराका लागि गुमाउन नेल र जञ्जिरबाहेक केही छैन तर जित्न सारा संसार छ । आज वा भोलि, हाम्रो विजय निश्चित छ ।
हालः
पहिलेको गरीबको छोरो अब गरीब रहेन । ऊ अब घरको मालिक भैसकेको छ र गाउँको पनि नामी मानिस बन्ने क्रममा छ । गाउँमा गरिबी छ तर ऊ अब धनी भैसकेको छ । उसको ढुंगाले छाएको पक्की घर भैसकेको छ र त्यहाँ एउटा ठुलो पसल छ । त्यहाँ के पाइन्छ भन्दा पनि के पाइंदैन भनेर सोध्नुपर्छ । तर त्यहाँको सबैभन्दा प्रख्यात र धेरै व्यापार हुने वस्तुचाहिं रक्सी हो । एउटा ठुलो कोठामा ओछ्याइएका गुन्द्रीहरुमा मानिसहरु लस्करै बसेर मासु र रक्सी खाँदै गरेका भेटिन्छन् । तास खेल्नेहरुका लागि अलग्गै कोठा छ । शहरका अमीरहरु त यहाँ रक्सी खान कसरी आउँथे र, खाडीमा काम गरेर फर्केका र गाउँमै ज्यालादारी काम गर्नेहरु यहाँका ग्राहकहरु हुन् । भुतपुर्व गरीबले व्यावसाय बढाउने नयाँ तरिका निकालेको छ । घरगोठ वा स्कुल बनाउने कामदारहरुलाई महिनाभर बोलाई बोलाई उधारो रक्सी पिलाउँछ अनि ठेकेदारलाई चाहिं सित्तैमा । महिना मर्दासाथ ठेकेदारले उसको बिल कटाएर मात्र कामदारलाई बचेको पैसा दिन्छ र अर्कोदिन कामदारका श्रीमतीहरु आफ्ना श्रीमान्, ठेकेदार र पसले तीनैजनालाई धारे हात लगाउँदै सराप्छन् अनि दिनभर बाझेर फर्कन्छन् । अर्को दिनदेखि फेरि त्यही क्रम शुरु हुन्छ ।
यो कथा एक व्यक्तिको हो तर माओवादबाट प्रचण्डपथ हुँदै हिसिलापथमा स्खलित भएको एकीकृत भनिने नेकपा माओवादीको कथासँग यसले हुबहु मेल खान्छ । गरीबीबाट माओवादीमा प्रवेश गरेर त्यो पार्टीलाई नेपालमा राजनीतिको केन्द्रमा पुर्याउने मानिसहरुमध्ये सबैजसो गरीबीमै फर्केर अब त्यसबाट पार पाउन धेरै जना खाडीको मरुभुमितिर हानिंदैछन् भनिन्छ । गरीबको राज्य ल्याउने अनि त्यसलाई बिस्तार गरेर विश्वव्यापी बनाएपछि मानव मात्रलाई आदर्श किसिमको जीवन ज्यूने वातावरण मिलाउने विशाल सपना देखेर बन्दुक बोकेकाहरुको मनमा अहिले के गुज्रिरहेको छ, मलाई थाहा छैन । तर त्यो पार्टीको नेतृत्व तहमा रहेर गरीबी मेट्ने सपनासँग रक्सीको व्यावसाय साटेर आफैंलाई धनी बनाउनेहरुको मनोस्थितिचाहिं कस्तो होला भनेर चाहिं लख काट्न सकिन्छ ।
गाउँमा सबै किसिमको व्यावसायलाई राम्रो मानिन्छ जबसम्म त्यसले राम्रै कमाइ दिन्छ । तर एउटा अपवादको रुपमा रहेको हुन्छः भट्टीव्यवसाय र जुवाको खाल । त्यो व्यवसाय गर्नेले त छिटो र ठूलो कमाइ गर्छ तर त्यो एकजनाको प्रगतिका लागि समाजले धेरैजनाको दुर्गति देख्नुपर्छ । त्यसले मानिसलाई निचोर्नुसम्म निचोर्छ, जँड्याहा र जुवाडेका परिवार सबैभन्दा पीडित हुन्छन् । ती न समयमा खान पाउँछन् न त तिनका बच्चा पढ्न स्कुल जान पाउँछन् । समाजमा अरु मानिस ममृद्धिको भर्याङ चढ्दै गर्दा ती परिवारहरुचाहिं उल्टो यात्रा गरिरहेका हुन्छन् ।
Sunday, November 11, 2012
Third letter to PM Bhattarai: Please leave alone some institutions
In my second mail to you I had cautioned you of so many traps ahead after seeing your blunders that were unexpected to many. You chose to ignore them and here you are now, a man thoroughly despised and sneered by very people who had placed very high hopes on you.
I am writing this letter precisely because your latest activities have targeted these institutions with such a criminal zeal that soon the public institutions in the country may be history, just as was the case with Sajha Yatayat. While you are busy with calculations of who will get what by appointing whom in which institution, the institutions meanwhile face a real existential threat. Letting these institutions in the hands of utterly unprofessional sycophants is the perfect recipe for their collapse.
Thursday, September 27, 2012
ड्यास माओवादीको निषेध श्रृंखलाः सञ्जीवनी कि खुट्टामा बञ्चरो ?
कुनै बेला थियो, राजा ज्ञानेन्द्रले हार्दै गरेको युद्ध जित्नका लागि भनेर अन्तिम अस्त्र प्रयोग गरेका थिए, सेन्सरशीपबाट मानिसलाई यो गर र त्यो नगर भनेर । नतिजा उल्टो भयो, उनको शासन नै छिटटै ढल्यो र मानिसुहरुले उनको अदुरदर्शीतालाई कुरी कुरी गरे ।
नव गठित माओवादीको पछिल्लो स्टन्टको समाचार सुनेपछि ज्ञानेन्द्रका ती कदमहरुको याद आयो । त्यो दलका विद्यार्थीले स्कुलका बस फोड्दा मैले मनमनै टिप्पणी गरेको थिएँ: निर्धाको हात छिटो चल्छ भन्थे...... । अहिलेको नयाँ छलाङपछि तिनीहरुलाई के भन्नुपर्ने हो, मलाई थाहा छैन ।
नेपाल–भारत सम्बन्धको प्रकृतिप्रति चित्त नबुझाउने मानिसको नेपालमा कमी छैन । त्यसरी नै बलिउड सँस्कृतिले नेपालमा पारेको प्रभावबाट बेखुश मानिसहरुको पनि अभाव छैन । तर चित्त नबुझ्नु एउटा कुरा हो र त्यो अवस्थालाई परिवर्तन गर्न लाग्नु अर्कै कुरा हो । आफुलाई चित्त नबुझेको कुरालाई निषेध गर्नुचाहिं कुनै कुरै हैन, अति राम्रो भएमा मुर्खता हो र नराम्रो भएमा आफ्नो खुट्टामा बञ्चरो हान्ने काम हो ।
त्यो कसरी भने अहिलेको युगमा मानिसलाई तँ यसो गर् र यसो नगर् भन्ने कुनै निकाय नै छैन । दंगा र हिंसा फैलाउने गतिविधिविरुद्ध राज्यले लगाउने रोकबाहेक अरु कुनै पनि किसिमको प्रतिबन्धले त्यसको लक्ष्यभन्दा ठिक उल्टो नतिजा व्यहोर्नुपर्ने अवस्था छ, खासगरी पुस्तक र चलचित्र वा वृत्तचित्रजस्ता सामाग्रीको प्रसंगमा ।
हिजो पुँजीवादी विश्वलाई कडा टकराव दिएको साम्यवादी विश्वको कटु पराजयको एउटा कारण नै त्यहाँका शासकहरुको प्रतिबन्धको सँस्कृति थियो जसमा फरक मत राख्नु नै अपराध बन्न पुग्थ्यो । हुन त जब मानिसहरु स्टालिन र माओले यति लाख मानिस मारे भनेर उद्धृत गर्छन्, कर्मकाण्डीय साम्यवादीहरु त्यस्ता मानिसको मानसिक अवस्थामा शंका गर्न पुग्छन् किनकि तिनलाई विश्वासै हुँदैन कि देवतुल्य बनाएर पुजेका तिनका आस्थाका केन्द्रले कहिल्यै त्यस्तो गरेका हुन सक्छन् । जति स्वीकार्छन्, त्यतिलाई क्रान्तिविरोधी र जनविरोधी मानिसहरुका उचित सफायाको रुपमा पुष्टि गर्न खोज्छन् । त्यसको प्रमुख कारण के भने आजका धेरै कर्मकाण्डीय साम्यवादीहरुले हिजोको साम्यवादी व्यवस्थाको गुण र दोषसहितको सार भन्दा पनि त्यसको यान्त्रिक रुपमा धेरै ध्यान दिएको पाइन्छ । जसले गर्दा त्यो व्यवस्थामा विद्यमान् फरक मतको निषेधजस्ता आत्मघाती प्रवृत्तिहरुबारे त्यस्ता दलका बुद्धिजीवीहरुमा समेत छर्लंग धारण भएको पाइँदैन । हिजोको साम्यवाद कस्ता गल्तीका कारण किन ढल्यो भन्नेसम्म वस्तुगत विष्लेषण नगरी आज क्रान्ति सम्पन्न गर्न हिंडेपछि हिजोका सबै गलत कुराहरु पनि सही लाग्ने अवस्था त आउने नै भयो ।
Thursday, August 23, 2012
नेपालमा सर्वव्यापी भ्रष्टाचार र दण्डहीनताको राजः के त्यसलाई चिर्न सम्भव छ?
०४६ सालअघिसम्म सेवा र धर्मको रुपमा रहेको राजनीति त्यसपछि पेशा बन्न पुग्यो र राजनीतिज्ञहरु व्यवसायीजस्ता भए । गलत नीति र गलत नेतृत्वका कारण देशको औपचारिक वा सेतो अर्थतन्त्र खुम्चिंदै गयो भने त्यसको समानान्तर चल्ने कालो र अवैध अर्थतन्त्र तीव्र गतिमा बढ्दै गयो । त्यो यति बढ्यो कि कालान्तरमा धेरै मानिसहरुले उद्योगी व्यापारीको कालोबजारी र नीति निर्माताहरुको भ्रष्टाचारले धानिने त्यो अर्थतन्त्रलाई नै देशको औपचारिक अर्थतन्त्र ठान्न थाले ।
व्यापारी जता व्यापार हुन्छ, त्यतै लाग्छ । व्यवसायीले जुन उद्योग चल्छ, त्यही उद्योग स्थापना गर्छ । त्यसरी नै हाम्रा अधिकांश राजनीतिज्ञहरु पनि चल्तीको कालो अर्थतन्त्रतिरै अभ्यस्त हुँदै गए । काला आर्थिक गतिविधिलाई बचाउन देशको औपचारिक कानुनमातहत त संभव हुने कुरै भएन । त्यसका लागि काला शक्तिहरु बनाउने तथा भएकासंग सांठगांठ गर्नुपर्ने अवस्था आयो । कालान्तरमा उनीहरुले कालो र सेतोबीच भेद छुट्याउनै बिर्सिसके र एक दिन एक राजनीतिक हस्तीले एक काला बलकर्मीलाई थप्थप्याउँदै भन्न पुगेः अहो, यस्तो पो ...माले ।
यस हिसाबले अहिले देशको नेतृत्व गरिरहेका मानिसहरुको नैतिकता त्यही कालो र सेतो बीचको अनन्त द्धन्द्धबाट सिर्जित भएको छ, कसैमा कालो बढी त कसैमा सेतो बढी तर समग्र प्रणालीमा भने कालोको प्रभाव यति बलियो छ कि राजनीतिज्ञहरु स्पष्ट देखिने कुरा बोल्न पनि डराउँछन्ः कुन नैतिकताको चस्मा लगाएर हेर्नुपर्ने हो, कालो कि सेतो ? सेतोलाई कालो भन्यो भने सेतो कानुनले समात्ला भन्ने डर, कालोलाई सेतो भन्यो भने कालो कानुनले दपेट्ला भन्ने त्रास ।
Saturday, July 28, 2012
सुरुङभित्रका विद्यार्थीहरु
- बेलाबेलामा महाधिवेशनहरु गर्नु, चन्दा माग्नु
- केही हप्ता वा महिना बिराएर नेपाल पुर्ण वा आंशिक रुपमा बन्द गर्नु
- कलेज अगाडि टायर बाल्नु
- बेलाबेलामा खुँडा, खुकुरी वा बन्दुकसहित एकअर्कासंग भिड्नु
Saturday, July 21, 2012
माओवादीका विकल्पः ध्वंश कि रुपान्तरण?
विगतमा साम्यवादका ती रुपलाई जीवन्त राख्ने क्रममा विभिन्न विम्ब र यान्त्रिकताहरु सिर्जना भए र सार खस्कँदै गएपछि कालान्तरमा तिनै विम्ब र यान्त्रिकता ती व्यवस्थाका परिचय बने । ‘चेयरम्यान माओ’ एउटा विम्ब थियो, जसका पछाडि नेपाल लगायत विश्वभरका माओवादी आन्दोलनहरुमा अकाट्य क्षमताका ‘चेयरम्यान’हरु स्थापित भए । चीनको सांस्कृतिक क्रान्ति त्यस्तै बलियो विम्ब थियो जसको पुजा गर्दै विश्वभर फरक विचारलाई निषेध गर्ने प्रवृत्ति विकास भयो –हेर्नोस् कसरी मुक्तिनाथ अधिकारीको बध गरिएको थियो ।
जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’ पढ्दा पाठक कुनै बेला निश्चित हुन्छः अब मृत्यु आउँछ । रोग र पीडाको वर्णन पढ्दा त्यसको अन्त मृत्यु नै हुने कुरा सबैलाई थाहा हुन्छ । तर चामत्कारिक रुपमा क्यान्सरग्रस्त कोषिकाहरुलाई मारिसकेपछि सद्दे कोषिकाको प्रत्यारोपणबाट ज्यान बचाउने प्रविधिका कारण घिमिरेको ज्यान बौरिन्छ र पाठकले पुरा रुपमा त्यो पुस्तक पढ्न पाउँछ ।
एकताकाको माओवादी र अहिलेको एमाओवादीलाई बचाउन पनि त्यस्तै चामत्कारिक कदमको आवश्यकता भएको आभास मलाई भइरहेको छ । घिमिरेको क्यान्सर एकदिन अचानक प्रकट भएको थियो तर माओवादीको क्यान्सरबारे मानिसले कुरा काटेको धेरै भइसक्यो र अब त त्यो दिनको घामजस्तै छर्लंग भइसकेको छ । एकताका एमाले भन्ने दलको बारेमा पनि त्यस्तै चर्चा हुन्थ्यो, उसलाई गहन उपचारको आवश्यकता महसुसै भएन र अहिले पनि क्यान्सर पालेरै बसेको छ । माओवादीको प्रसंग भने अलि फरक छ ।
माओवादीमा क्यान्सरको कहानी बडो दुखलाग्दो छ । माओवादी आन्दोलनको उठान देशमा फैलिएको असमानता, अन्याय र गरिबीबाट सिर्जित क्यान्सरलाई निको पार्न भनेर भएको थियो । ऊबेलाको क्यान्सर ठिक पार्ने हतियारका रुपमा उनीहरुले चीनमा माओले लिएको ऐतिहासिक हतियार सापट लिए र आफुलाई माओवादी भने । क्यान्सरको उपचार कस्तो हुन्छ भने त्यसले क्यान्सरग्रस्त कोषिकालाई मार्ने क्रममा अरु सामान्य कोषिकाहरुलाई पनि सखाप पार्छ । भयो त्यस्तैः १३,००० मध्ये धेरै गरीब र निर्दोष मानिस मरे, झण्डै ५०,००० मानिसले आफ्ना नातेदार गुमाए, हजारौं मानिस विस्थापित भए ।
जब माओवादी विद्रोह सकियो, पीडा र क्षतिको बीचबाटै पनि मानिसहरुले माओवादीलाई भोट दिएः क्षति र ध्वंश त भइ नै सक्यो अब निर्माण पनि गर्लान् कि भनेर । त्यो किन पनि थियो भने एमाले र काँग्रेसले हिजो बहुदलकालको आफ्नो क्यान्सर निको भएको कुनै प्रमाण दिन सकेका थिएनन् । तर आज वास्तविक जीवनको दुर्दान्त नाटकको एउटा भाग वियोगान्तमा गएर टुंगिएको छः माओवादीले प्रणालीको क्यान्सर ठिक पार्न त परै जाओस्, उनीहरु आफैं क्यान्सरग्रस्त हुन पुगेका छन् ।
Thursday, July 19, 2012
A letter to PM Bhattarai
Dear Dr. Bhattarai,
I am no political analyst, nor a consistent critique. I never studied economics and I am very poor at politics. You may label me dumb in many other issues too. Literate I am. Taking advantage of my literacy I wrote you once when you were still in Nayak-style mania to solve people's problem first hand. Naturally you did not respond. If you call me a rightist, reactionary propagandist, not an option at all. Some of my friends still know me as your sympathizer and well-wisher. Yet I am writing this letter, with realization that there is something called 'common sense' in me. I'll never mind if you do not bother to respond to it at all.
Compleicated words do not make a good article. Flowery rhetoric do not make good leaders, not even politicians. Politics is not beyond the jurisdiction of general laws that govern society. Honesty, hard work, consistency and willingness are required for success in any field: not a new thing, even my grandfather used to tell it. Indeed the reverence of honesty and hard work is our cultural heritage, something our ancestors have accumulated over millennia.
On the other hand, hypocrisy, hollow rhetoric and falsehoods never endure. Neither will they do so in future. One day or other they get exposed. This too is not anything new.
Beside the above virtues required for good and harmonious society in general, our ancestors have discovered another virtue called frugality; something that helps us to weather the hard times. This also saves us from the danger of moral degradation that comes from the lust to accumulate and spend more for physical comfort.
Frugal. That was what we dumb people thought of you when you chose to ride a Mustang once in office months back. Regardless of the doubts, many believed that here was someone who was ready to break the trend of placing some crony capitalist with endless lust for wealth in the chair of PM. Your academic credentials were equally impeccable and regardless of the over all system, people were very confident on you: you would be just different from the disgusting persons who had sat in the chair of PM.
Yet now, you have failed those hopefuls. You have trampled their wishes. While emboldening your enemies, you have silenced and demoralized your well-wishers.
विजय कुमारको खुशी पढेपछि
जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो । त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् । कति गलत थिएँ म !
एमालेकरणको बहस
Read more from Dashain Issue
The grapes Painting by Aqeel Abbas Memoir by Saguna Shah भुइँचालो A short story by Avaya Shrestha Lowest in life: A case study of three Afghan women Essay by Jiwan Kshetry भोक Memoir by Prakash Lamichhane News analysis by Ramzy Baroud The Myth of the U.N. Creation of Israel Extract from article by Jeremy R Hammond News Analysis by Maung Zarni |
Debating partition of India: culpability and consequences

Read the whole story here
Why I write...
I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.
On life's challenges
Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.

