Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Showing posts with label Umlization. Show all posts
Showing posts with label Umlization. Show all posts

Thursday, December 18, 2014

नरहरिजी, बलात्कार प्रकरणमा गोहीको आँशु किन?


पूजा बोहराको चिठी पढेपछि हतप्रभ नहुने शायद कोही थिएन । सबैलाई थाहा छ देशमा अन्यायको राज छ, तैपनि एउटी किशोरीको आफ्नै शब्दको बिलौनालाई कसैले पनि “यस्तै त हुन्छ यहाँ“ भनेर  बेवास्ता गर्न सक्ने अवस्था छैन । खास गरी सञ्चार माध्यमहरुले पूजाका अभिव्यक्तिलाई जुन स्थान दिए, त्यसले उनको सन्देशलाई लाखौं मानिससम्म पुर्याउन सहयोग गर्यो ।

Saturday, September 27, 2014

एमालेकरणबारे थप केही कुरा

( एमालेकरण र समृद्ध नेपालको भ्रुणहत्या पछिको श्रृंखला)

एमाले र एमालेकरण भनेका एउटै कुरा हैनन् । एमालेले नेतृत्व गरे पनि एमालेकरण एक हदसम्म हामी बाँचेको समयको प्रतिविम्ब हो । समाज र यसको राजनीतिक आयामका लागि एमालेकरण एक खालको विष हो र यसबाट बच्न सबैभन्दा गाह्रो एमालेलाई नै छ । त्यसको पीडा एमालेभित्र भएर पनि एमालेकृत नभइसकेका अनि नैतिकता र मानवीय संवेदना बचाइराखेका मानिसहरुका लागि सबैभन्दा बढी छ ।
 एमालेकरण शब्दको आविष्कार मैले गरेको हैन । तर प्रवृत्तिको रुपमा एमालेकरणबारे एउटा लेख लेखेपछि त्यसले जन्माएका प्रतिक्रिया पढ्दा यसबारे थप बहस र विमर्श हुनुपर्छ भन्नेचाहिं मलाई लागेको छ ।

महिनौंअघि यो प्रवृत्तिबारे नै लेख्न थालेको एउटा लेख अधुरो नै रहेपछि त्यो बिर्सिइसकेको थियो । तर घटनाक्रमले घुमाइफिराइ यसका हाँगाबिंगाबारे लेखिरहन बाध्य पारेको अवस्थामा जरालाई नै छिचोलेर किन नलेख्ने भन्ने प्रश्न उठेपछि मैले त्यो लेख लेखेको हुँ ।

लेख्दै जाँदा लेख अखबारी शब्द सीमाभन्दा बढी नै लामो हुन गयो, अहिले गन्दा करीब २७०० शब्दको रहेछ । यति लामो लेख लेख्ने मानिसको पहिलो चुनौती के हुन्छ भने पाठक पहिला केही अनुच्छेद पढ्नासाथ जाँगर मरेर अन्यत्र नलागोस्, र पढ्दापढ्दै ननिदाओस् पनि ।

फर्केर हेर्दा त्यो लेख मैले अपेक्षा गरेभन्दा बढी नै सार्थक भएछजस्तो लागेको छ । त्यसलाई सामाजिक सञ्जालमा वितरण गरिएको संख्या र त्यसका शाब्दिक प्रतिक्रिया हेर्दा त्यसो लागेको हो ।

जुन कुनै लेखकलाई र खास गरी आम सरोकारको विषयमा लेख्ने लेखकलाई दण्डित गर्ने सबैभन्दा सजिलो उपाय भनेको उसलाई नपढीदिएर त्यसै अन्धकारमा रहन दिनु हो । सामान्यतः हामीजस्ता अति सामान्य लेखकका लागि त त्योभन्दा ठूलो दण्ड केही हुन सक्दैन । लेख वा सामाग्री कुनै प्रकाशनमा आएर मात्र जीवन्त हुँदैनन्, तिनको पूर्ण अस्तित्वका लागि पाठकको पठन कार्य अपरिहार्य छ ।

त्यसै गरी लेखकलाई पुरस्कृत गर्ने पनि सकारात्मक वा नकरात्मक तर स्वस्थ र रचनात्मक प्रतिक्रियामार्फत् हो । हामीकहाँ सञ्चार माध्यमहरुमार्फत् दोहोरो सम्वादको थिति नबसीसके पनि अनलाइन मिडियासँगै आएको सञ्चार माध्यमको लोकतान्त्रिकरणले त्यस्तो सम्वाद धेरै हदसम्म सम्भव बनाएको छ ।

यो लेखका पाठकमध्ये केहीले मलाई पहिलोपल्ट पत्रकारको पहिचान दिलाएका छन् । पत्रकार बन्ने अभिलाषा भित्र कतै भए पनि हुन नसकेको मजस्तो मानिसलाई त्यसले ज्यादै नै हर्षित तुल्याउँछ । भ्रमहरुमध्ये प्रिय र प्रीतिकर भ्रमहरुलाई मात्र सत्यजस्तै मानेर चल्ने धेरै मानिसमध्ये म पनि पर्छु । त्यसैले मेरा लागि यो नयाँ भ्रम ज्यादै स्वीकारयोग्य छ ।

यस अघिको पनि यस्तै एउटा रोचक अनुभव छ मसित । बंगलादेशको पछिल्लो चुनावबारे स्पेनिश पत्रिका एल मुण्डोका लागि सामान्य प्रतिक्रिया दिएपछि त्यसका संवाददाता भिक्टरले रिपोर्टमा मेरो नामअगाडि अविश्वसनीय रुपमा लेखेछन्ः एस्टे डायरियो एल एनालिस्टा पोलिटिको अर्थात्, गुगल अनुवादनअनुसार, यस पत्रिकाका राजनैतिक विश्लेषक । त्यसपछि मात्र मलाई याद भएको थियो कि मैले जे प्रतिक्रिया दिएको थिएँ, त्यसलाई राजनीतिक विश्लेषण पनि भन्न सकिन्थ्यो ।

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more