Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Showing posts with label Spiritualism. Show all posts
Showing posts with label Spiritualism. Show all posts

Thursday, July 16, 2015

Religion, hypocrisy and fraud


कमलनयनाचार्य प्रवृत्तिः 


धर्मको रक्षा कमलनयनाचार्य, कमल थापा, खुमबहादुर खड्का र आसाराम बापूहरुले हैन, पाप–धर्मको डर भएका आम मानिसले गर्ने हो । 




राज्यको प्रधानमन्त्री वा प्रधान न्यायधीश रहेको वा भइसकेको व्यक्तिले आफ्नो पदीय दायित्व मात्र निभायो भने ऊ नेपालजस्तो देशमा महापुरुष हुन्छ किनकि सयकडा उनान्सयले त्यति पनि गर्दैनन्, अतिरिक्त वा विशिष्ट काम गर्नु त कता कता । आफ्नो दायित्वबाट चुकेपछि आफैंप्रति शंका र अविश्वास उत्पन्न हुन्छ । त्यो भाव विस्तारै असुरक्षाको भावमा बदलिन्छ, म प्रधानमन्त्री वा प्रधान न्यायधीश भएर यो देशलाई के दिन सकें र के दिन चुकें भन्ने प्रश्न हटेर मेरो पद कति दिन रहन्छ, पद नरहेपछि मैले के गर्ने भन्ने प्रश्नले उसलाई गाँज्दै ल्याउँछ । त्यो भाव बढी भयो भने मानिस झण्डै विक्षिप्त हुन्छ र कतैबाट मानसिक आड वा टेकोको अपेक्षा गर्छ । त्यस्तो बेला मनोचिकित्सकहरुको सहयोग लिनुपर्छ । तर दुर्भाग्य हाम्रो नेतृत्वले त्यस्तो बेला यस्तै रंगीविरंगी बाबाहरुको सहारा लिन पुग्छन् ।
....... 
 हिजोसम्म कमल थापा मार्काका मानिसहरुले नेपालीलाई राजा भगवान् विष्णुको अवतार भनेर भ्रममा पारे । फलस्वरुप एकतिर राजदरबारमा जति षड्यन्त्र र रक्तपात भए पनि मानिसहरुले झुकेर राजाको पाउको धुलो ल्याएर शिरमा लगाइरहे, तिनको पछौटेपन र तिनको गरिबी कायम रह्यो भने दरबारको सम्पत्ति र शक्ति बढेको बढ्यै भयो । २०५८ सालमा आएर थाहा भयो, दरबार भगवान् विष्णुको लौकिक वासस्थल हैन, जँड्याहा र गँजडीहरुको लागू औषध जम्मा पार्ने, सेवन गर्ने र एक अर्कालाई मारेर भए पनि सत्ता हत्याउने घृणित स्थल हो । 

Friday, February 20, 2015

धर्म र राज्यः


धर्म-राज्य सम्बन्धबारे आशीष नन्दीको अचुक पाठ

कहिल्यै टुंगोमा नपुग्नेजस्तो लाग्ने नेपाली राजनीतिको गलफत्तीबारे केही शब्द कोर्दै थिएँ, अचानक स्क्रिनमा विजयकुमार दाइको धर्म र राजनीतिबारेको लेख टुप्लुक्क आयो । लामो लेख पढिसक्दा आफूले लेख्न थालेको विषयबारे विरक्ति उत्पन्न भइसकेको थियोः जसलाई कुरा सुनाउनु थियो, उनीहरु कानमा तेल हालेर बसेका छन् । यो अवस्थामा कुनै पनि लेखलाई सर्वथा निरर्थक हुनबाट बचाउने हो भने विजयकुमार दाइले झैं आम मानिसको मथिंगल एकचोटि खल्बलिने गरी र सबैलाई केही सोच्न बाध्य पार्ने गरी लेख्नुपर्छ भन्ने मलाई लाग्यो । स्वभावतः मेरो उक्त लेख अधुरै रह्यो ।

तर रात बाँकी नै थियो र रातभरमा अग्राख पलायो । धर्म, धार्मिकता र साम्प्रदायिकता अनि राजनीतिको यी तिनै चीजसँग सम्बन्ध लामो समयदेखि मेरा आफ्नै चासो र चिन्तनका विषय थिए । (सेक्युलरिजम्लाई धर्म निरपेक्षता भनेर गरिने भाषानुवाद मलाई पनि मन नपरेकाले यो लेखमा उक्त अंग्रेजी शब्द नै प्रयोग हुनेछ) । त्यसैले विजयकुमार दाइले सार्थक बहसका लागि गरेको आह्वानलाई स्वीकार गरेर म पनि मैदानमा ओर्लने  विचार गरें ।

Monday, September 8, 2014

धर्म र सम्प्रदायको विवादः कति आस्था कति पाखण्ड?

सम्प्रदायगत पाखण्ड र आडम्बर तिनै मानिसहरुलाई आवश्यक हुन्छ, जो १) आफ्नो जीवनमा असन्तुष्टि र असफलताका लागि वहाना खोज्दा तिनलाई फेला पार्छन्  २) जसलाई सत्ता र शक्ति प्राप्त गर्नुछ तर तीबाहेक त्यस्तो प्राप्तिको अर्को माध्यम आफूसँग छैन  ३) जसलाई दैनिक जीवनमा पाप र अपराधबोध यति हुन्छ कि तिनलाई पखाल्ने व्यग्रतामा र छोप्ने चेष्टामा उनीहरु जस्तोसुकै माध्यम अपनाउन तयार हुन्छन् ।

एउटी गायिकाले खास शब्द भएको एउटा गीत गाउन अस्वीकार गरेको समाचार बाहिर आएपछि धर्म, धार्मिकता र धर्म परिवर्तनबारे नेपालमा चलेको तातो बहस अब बिस्तारै सेलाउने क्रममा छ । यही मौका छोपेर यी विषयसित सम्बन्धित तर चर्चामा कम आएका वा आउँदै नआएका पाटाहरुबारे प्रकाश पार्न जरुरी हुन आएको छ ।

त्यो किन पनि भने समाज र देशमा धर्म र साम्प्रदायिकताबारे यथोचित स्वस्थ बहस नहुँदा जब जब तीसम्बन्धी विवाद छेडिन्छन्, तिनको पक्ष र विपक्ष दुवैतिर अतिवादी विचारका मानिसहरु हावी हुने गर्छन् ।

त्यसैले निकट विगतको यो प्रकरणले जन्माएको तिक्तता र आक्रोशलाई थाँती राख्दै यो विषयमा खुलेर स्वस्थ बहस गर्नैपर्ने भएको छ । त्यस्तो बहसले भविष्यमा यस्तो विवाद उठ्दा दुवै पक्षतिर तार्किक र गैर—अतिवादी तर्क र दाबीलाई बल पुर्याउने मेरो अपेक्षा छ ।


धर्म कि साम्प्रदायिकता?


अंग्रेजीमा जेलाई रिलिजन भनिन्छ, त्यसले संस्कृतबाट आएको धर्म शब्दलाई भन्दा बिल्कुल फरक अर्थ बोक्ने साम्प्रदायिकता शब्दलाई प्रतिनिधित्व गर्छ भन्ने कतिपय विद्वान्हरुको भनाइसित म सहमत छु ।

त्यो किन भने, अमेरिकामा कुरान जलाउने अभियानलाई नेतृत्व गर्ने क्रिश्चियन पादरी देखि आफ्नै धर्मको फरक सम्प्रदायलाई समेत मार्ने स्पष्ट एजेण्डा बोकेका सशस्त्र समुहलाई अरबौंको सहयोग गर्ने मुसलमान साउदी राजतन्त्रसम्म, राज्य आतंकको पर्याय बनेको इजरायलको ‘यहुदीवादी’ राज्य देखि भारतका अतिवादी हिन्दु समूहसम्म सबैले धर्म वा आस्थालाई खाली हतियारको रुपमा प्रयोग गरेर तथा आफ्नो सम्प्रदायको नाम भजाएर शक्ति, सत्ता र वैधता हत्याउने गर्छन् ।

त्योभन्दा पर धार्मिक ग्रन्थमा लेखिएझैं मानव कल्याण गर्ने वा सधर्मीहरुको कल्याण गर्नेसमेत उनीहरुको ध्येय हुँदैन ।

त्यसैले हामीले जेलाई धार्मिक अतिवादी भन्छौं, ती यथार्थमा साम्प्रदायिक अतिवादी हुन् किनकि सच्चा धार्मिक मानिसले कुनै धर्मको भए पनि हत्या, हिंसा, चोरी र लुटपाटजस्ता गतिविधि गर्छ भनेर कल्पना गर्न पनि सकिंदैन ।

त्यसरी नै जेलाई हामीले धर्म परिवर्तन भन्छौं, त्यो पनि विशुद्ध सम्प्रदाय परिवर्तन हो किनकि सच्चा धार्मिक वा अध्यात्मिक मानिसलाई उसको ‘धर्म’को नाम के हो, त्यसले केही फरक पर्दैन । मानव सेवा र परोपकार गर्ने हो भने त्यसलाई संसारको कुनै पनि धर्मले छेक्दैन ।

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more