पिकनिकमा जो देखियोः
यो शनिवार छोटो आउटिङका लागि अनुकुल परेकाले हामी केही साथीहरु काठमाडौंको दक्षिणतपर्फ गोदावरीमा गयौं । रमाइलो गर्ने कुनै पनि मौका नछाड्ने अभियानअनुसार मन मिल्ने चार जना साथीहरुमध्ये एक साथीलाई उनको कक्षाको पिकनिक जुरेको थियो भने उनको भोजनबाहेक सबै डुलाइमा हामी पनि सहभागी हुने चाँजोपाँजो मिलाएर अरु ३ जना साथीहरुचाहिं आफ्ना सवारी साधनमा त्यहाँ पुग्यौं ।
पिकनिक स्थल नेपाली समाजको एैना थियोः त्यहाँ सबै किसिमका मानिस थिए तर आडम्वरीहरुको बाहुल्य थियो । त्यहाँ संगीत ७नतसुतिमाधुर्यका लागि हैन चर्को बजाएर एक अर्कासित प्रतिस्पर्धा गर्दै आफ्नो अस्तित्वको जनाउ दिने माध्यम थियो । मदिरा धेरै पिउँथे तर झगडा तथा दादागिरी गरेर यति धेरै मानिसलाई देखाउने अवसर कमै जुट्थे त्यसैले कम्तीमा दुइटा समुहमा खुलेर कुटाकुटसहितका झडप भएका देखियो । प्लाष्टिकका थैली र पानीका बोतल जंगलमा असरल्ल छाड्नुमा मानिसहरुले गर्व गर्ने गरेजस्तो लाग्थ्यो । नजिकै रहेका मन्दिर, गुम्बा र ध्यान केन्द्रहरुमासमेत मदोन्मत्त गीतहरुको कानै छाड्ने आवाज फैलिरहेको थियो । डेटिङमा आउनेहरुमध्ये धेरैजसो कलिलै देखिन्थे र धेरै त स्कुल वा कलेज छाडेर आएको स्पष्ट हुन्थ्यो ।
मानव निर्मित विरक्तिको वातावरणबाट बच्न र हाम्रो छोटो र मुल्यवान् समयलाई सदुपयोग गर्न अरु २ जना साथीहरुसहित हामी ६ जनाको टोली फुल्चोकी डाँडाका लागि भनेर उकालो लाग्यौं तर यात्रा ढिलो शुरु भएकाले केही किलोमिटर उक्लेपछि केही साथीहरुले माथि पुग्न सकिने कुरामा विश्वास गुमाए । अब कि पार्टी फुटाउनु पर्यो कि त सबै तलै फर्किनुपर्यो । पहिलेको काँग्रेस, त्यसपछिको एमाले र अहिलेको माओवादीजस्तै पार्टीहरु जम्वो भएपछि किन फुट्दारहेछन् भन्ने तथ्य ज्ञात गर्दै हामीमध्ये धेरैले मन दुखाइ दुखाइ यात्रालाई अधकल्चै छाडेर तलै फर्किने निधो गर्यौं एउटा शर्तमाः बाटैबाट नभएर जंगलैजैगल फर्किनुपर्ने ।
फर्केपछि जे देखियो, त्यो कहाली लाग्दो थियो । त्यो लाज लाग्दो पनि थियो र अत्यास लाग्दो पनि थियो । त्यो पुराना मान्यता भत्किसकेको र नयाँ मान्यता नबनिसकेको समाजको प्रतिमुर्ति थियो । त्यहाँ त्यही देखियो जो पढिएको थियो तर देखिएको थिएन ।
पिकनिकवाला साथीहरुलाई भोजनतिर पठाएपछि र फर्किंदा लत्रिंदै गरेका साथीहरुलाई पर्खिंदै गर्दा हामीहरु २ जना त्यहाँको डूंगा चल्ने ठुलो पोखरीको छेउको चौरमा बसेका थियौं । सबै पिकनिक स्थलहरुमा गरी अन्दाजी १००० भन्दा बढी मानिसहरु आ आफ्नो सुरले रमाइलो गर्दै त थिए नै सबैतिर रन्किरहेका स्पिकरहरु मात्र नभएर दिन ढल्किंदै गएसँगै मानिसहरुको रगतमा अल्कोहलको मात्रा बढ्दै गएअनुसार बढ्दै गएको कोलाहल वातावरणमा व्याप्त थियो । त्यसैबीच मलाई लाग्यो मैले केही अप्राकृतिक र अप्रिय चीज देखिरहेको छु ।
हामीबाट अढाइ देखि तीन मिटर जति टाढा चौरमा एउटा कपाल जर्खरिएको, मुखमा डण्डिफोर आएको र गन्जी र हाफ प्यान्ट लगाएको दलिखम्बे मानिसले एउटा ७बmउस, ८ वर्ष जतिको बच्चालाई अप्राकृतिक रुपमा काखमा बाँधेर राखेको थियो । पहिले त सोचें ये उसैको वा चिनेको बच्चा होला तर समय बित्दै जाँदा त्यसका गतिविधि थप अप्राकृतिक हँुदै गएः घरि जताततै चुम्वन गरेर बच्चालाई मज्जा आयो७तिस भनेर सोध्थ्यो घरि बच्चालाई निमोठ्लाजस्तै गरेर आफुसँगै टौस्थ्यो । बच्चो फुत्किन खुब कोशिस गथ्र्यो तर उसले झन् जबर्जस्ती समात्थ्यो । अब मेरो ध्यान साथीहरुसितको गफबाट पुरै टुटेर त्यो मानिसको चर्तिकलातिर केन्द्रित भएको थियो ।
