कथा
![]() |
| The author |
अभय श्रेष्ठ
करीब १२ वर्षअघिको कुरा हो, चंकी श्रेष्ठले एउटा दैनिक पत्रिकामा राशेल कोरीबारे लेखेको एउटा लेखले मलाई लेखक र लेखको पात्र दुवैतिर तान्यो । दुई वषअघि काठमाडौं छिर्दा अभय श्रेष्ठको नामबाट निस्केको कथा संग्रहको 'अ. त. को सत्याग्रहु' शीर्षक कथाले मलाई त्यत्तिकै तान्यो ।
नेपालमा अभय श्रेष्ठले भन्दा राम्रा र लोकप्रिय आख्यान लेख्ने मानिसहरु धेरै छन् । तर आख्यानलाई पनि समाजका उत्पीडित र आवाजविहीनहरुको साहित्य र अन्य गरी दुई भागमा बाँड्ने हो भने पहिलो कित्ताको साहित्य लेखनमा अग्र पंक्तिका केही लेखकहरुमध्ये श्रेष्ठ पनि पर्ने मेरो ठम्याइ छ । विजय मल्लको 'बहुला काजीको सपना' र नारायण ढकालको 'सुनाखरी टोल' संगै अभय श्रेष्ठको 'अ. त. को सत्याग्रहु' र अब 'भुइंचालो' कथाले उत्पीडित वर्गको जीवन उतार्ने साहित्यको रुपमा नेपाली साहित्यमा विशेष स्थान राख्ने मेरो ठम्याइ छ । साथै यो कथाले २०६९ सालभरि गरिमा मासिकमा प्रकाशित गद्यमध्ये उत्कृष्ट ठहरिएर गरिमा गद्य सम्मान पनि पाएको छ ।

