Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Showing posts with label LB Chhetri. Show all posts
Showing posts with label LB Chhetri. Show all posts

Monday, May 6, 2013

भविष्य चिन्तन– परधर्मो भयावहः


 एल बी छेत्री ,कविडांडा, भरतपुर



मुर्ख थिएँ, मौकाको फाइदा उठाउन सकिन । म दंग परेको थिएँ प्रजातान्त्रिक आवरणको नग्न स्वरुप देख्दा । डराएको थिएँ, घाइते हुन चाहदैनथें । तसर्थ तर्किएर बसें । तर्किएर बस्ने रुझ्दैनन । तर कतै रुझ्दछु कि भनेर तर्किएर बस्ने गन्तब्यमा पुदैनन् । पुगिनँ पनि ।  म काँग्रेस समर्थक थिएँ  तर काँग्रेस भित्रै प्रजातान्त्रिक आचरण को विरुद्धका क्रियाकलाप विरुद्ध असन्तुष्टि व्यक्त गरि नै रहें ।
The author


वि. स. २०६५ ताकाको कुराहो । एक पटक धनराज गिरीले मेरो सामु  बडो अफ्ठ्यारो प्रश्न तेर्साएका थिए– दादा देशको भविष्य कस्तो देख्नु हुन्छ ? तत्काल  मलाई केही सुझेन र उत्तर दिइन तर यो प्रश्नको  उत्तर खोज्न  मेरो मन र मस्तिष्क दुवै धेरै समय सम्म प्रयत्नशील रहेको म साक्षी छु । जाबो  एउटा सानो प्रश्नको उत्तर पनि दिन नभ्याउने असमर्थतामा खिन्न पनि थिएँ तर आफनो निरन्तरतामा बाधा पुग्न नदिने समयले सबै विर्साइ दिएको थियो।

धेरै दिनदेखि मुख सुकि रहेको थियो । राती पिसाब फेर्ने सङ्ख्यामा पनि वृद्धि भएको थियो । कतै मधुमेह? डर पस्नु स्वभाविक थियो ।  सुगर हो वा होइन को सङ्का राखिंरहन भन्दा डा. विजयको प्याथोलोजी गई रगत परीक्षण गराई सङ्कामुक्त हुनु नै उचित ठाने । देब्रे हातबाट एक बट्टा रगत तानेको आधा घन्टा पछि रिपोट प्राप्त हुँदा विगत केही दिनको ताप, दसदिनदेखि  खल्लो चिया र नुनिलो विस्कुटमा आफूलाई सीमित राख्दाराख्दा वाक्क परेको खिन्नता र  परीक्षणका लागि रगत तान्दा सियोले च्वास्स दुखाएको पीडा सबै हराएको थियो । रगतमा चिनिको मात्रा  शरीरलाई चाहिने आवश्यक मापदण्ड भित्रै रहेछ । खुशी लाग्यो । रिपोट लिएर फर्के र फर्कदा हाकिमचोकमा गाडी रोकेर रिपोट एकपटक फेरी हेरेँ, ८५ नै रहेछ । ढुक्कसँग मिठाइ पसलमा पुगेर अलिक चर्को अलिक   अधिकार मिश्रित  स्वरमा भनेः ताजा ताजा चार वटा जेरी पोको पार्नुस त । मैले मिठाइ पसलको भाइ लाई चारवटा जेरी पोको पार्न भन्दा त्यो होटल आफ्नै भान्साघर सम्झी खाइरहेका केही ग्राहकले मतिर पुर्लुक्क हेरेका थिए । मौन प्रश्न थियो– चार वटा ? अनि सुगरको भय छैन? मैले पनि स्वाभिमानी मुस्कान सहित आँखा जुधाएरै मौन उत्तर दिएको थिएः ढुक्क हुनुस् । यस्ता झिना मसिना खुद्रा रोग मेरो नजिक आउँदैनन् ।

घर पुगेर पत्रिकाको एउटा पानामा पोको पारेर प्लाष्टिक ब्यागमा राखिएको जेरी चारथान   म्याडमलाइ बुझाएँे । उहाँले जेरी प्लेटमा खनाउँदै यो कागत डस्टबिनमा फाल्दिनुस त भनेर दिनु भयो । आदेश मान्दै त्यो कागत हातमा लिएर बानीअनुरुप यसो हेरेको शारदा शर्माको बाटुलो अनुहारमा अङ्कित कोर्के आँखाले मलाई हेरिरहेजस्तो लाग्यो । कान्तिपुरको पाना रहेछ ।  ठूला–ठूला शब्दहरुको शिर्षकले चुनौतिपूर्ण सन्देश पोखेजस्तो लाग्यो– ‘काँग्रेसको बन्द–परधर्मो भयावहः’ ।
Tourists watch the act of arson during a Nepal Bandh
Photo: texasnepal.com, published under fair use policy.
माथि छापिएको थियो ‘कान्तिपुर । बिहीबार ७ पुस, २०६८’ । एक वर्षमा मात्र केही दिन नपुग । कति ठाउँबाट हन्डर खाँदै शारदा शर्माको दिनचर्या बाट प्रारम्भ  मानसिक बेदना पोखिएको कान्तिपुरको यो पानाले जेरी बोक्ने निहुँमा म कहा आइ पुग्ने नियति बोकेको रहेछ । श्रीमतीले चार मध्ये मात्र एउटा जेरी प्लेटमा राखी टेबलमा राख्दै भनेको सुने ‘रगतमा सुगर कम देखिए पनि गुलियो धेरै खान हुँदैन । हाम्ले पनि जानेका छौं ।’ विगत चालिस वर्ष देखी खेपी रहेछु यस्ता आदेश । म केही बोलिन ।

हातमा अल्झिएको पाना र टेबलमा सजिएर मख्ख परेको जेरी बीचको रहस्यमय सम्बाद मैले बुझ्न सकिन तर एकातर्फ शारदा शर्माको कोर्के आँखाको तस्वीरयुक्त लेखको आग्रह अर्काेतर्फ मज्जाले तारेर रातोरातो हुन लागेको ठूलो साइजको जेरीको आकर्षण । पहिला के गर्ने अनिर्णयको घडिमा मेरा मस्तिष्कतन्तुहरु केही क्षणका लागि आत्तिएका थिए । मैले नै समाधन निकालें–एक दुई लाइन पढ्छु अनि खान्छु । पढ्न थाले – ‘बाबा यति विहानै कतातिर ? मर्निङवाकबाट सँगै फर्केपछि फेरी हिंड्न तम्तयार भएको देखेर मैले सोधे’ मेरो ध्यान पहिला ‘बाबा’मा केन्द्रित भयो । मलाई पनि मेरो म्याडमले बाबा नै भनेर सम्बोधन गर्छिन । मिल्दो रहेछ । अनि दुवै मर्निङवाकबाट फर्केका, वाह ! यो पनि मिल्यो । हामी पनि कहिल्यै छुट्टिंदैनौं । मर्निङवाक सँगै गर्छौं । अनि म केही छिन विचार गर्न थालें संयोगवश मिले होला । केही समयदेखि प्रतिक्षारत जेरीतर्फ कोर्के आखाले हेरे–मनमनै भने–पख, एकै छिन । एक दुई अनुच्छेद पढ्छु अनि ।
“नेपाली काँग्रेसको सडक बन्द गर्ने कार्यक्रम रहेछ, चकित भएर हेरिरहे मैले उसलाइ, हिजो पनि उनिहरुको मसाल बाल्ने कार्यक्रम थियो राति ।”

म सडक बन्दको घोर विरोधी  । सडक कसैको व्यक्तिगत सम्पत्ति होइन । जसले जनता लाइ सडकमा हिड्नसमेत प्रतिबन्ध लगाउँछ उसले जनताको हित गर्ला भनेर कहिल्यै पत्याउँदिन । अगाडि पढेंः
 “काँग्रेसले पनि बन्द र तोडफोड गर्ने हो भने यो मुलुकमा संविधान किन बनाउनु पर्यो? किन थप्नु पर्यो संविधान सभाको म्याद? किन चाहियो कानुन र विधि? सडक बाटै सबैथोक गरिहाले भइहाल्यो नि अब?”

 यहाँ म अलिक अडकिएँ । “काँग्रेसले पनि ...? अर्थात् काँग्रेस बाहेक अन्य पार्टीले बन्दको आवह्वान गरेकोमा लेखिकालाई उति सारै आपत्ति रहेनछ । वा शारदाजीको दृष्टिकोणमा  अन्य पार्टीलाई बन्द गर्ने चारित्रिक छुट  रहेछ । शायद उहाँ नेपाली काँग्रेसलाई अन्य राजनैतिक दलहरुलाई भन्दा अलिक धेरै माया गर्नु हुँदो रहेछ र काँग्रेसको चारित्रिक अवगुणबारे सचेत हुनुहुँदो रहेछ । विभिन्न किसिमका वैचारिक उडानमा म आकासिदै गए । म २०४२ ताका पटना विश्व विद्यालयमा स्नतकोत्तरको विद्यार्थी रहँदा  दीलबहादुर बोगटी सरले डा. सुर्यमणि अधिकारी, चिरन्जीवी श्रेष्ठ, महेश्वर श्रेष्ठ वा अन्य प्रजातान्त्रिक विचार धाराका प्राध्यापक तथा समाजसेवीहरुसँग मेरो परिचय गराउनु भएको थियो । नढाँटी भन्दा त्यसबेला सम्म म नेपालको राजनैतिक परिपाटीसँग अपरिचित जस्तै थिएँ ।

 एक पटक  उहाँले मलाई जमलमा नेपाली काँग्रेसको कार्यालय हुँदा कृष्णप्रसाद भट्टराईसँग पनि भेट गराउन भएको थियो । प्रजातन्त्र एउटा सभ्य आचरणमा आधारित व्यवस्था हो र नेपालमा प्रजातन्त्रको सिद्धान्त नेपाली काँग्रेससँग नजिकिएको हुनाले मलाई पनि नेपाली काँग्रेस समर्थकको रुपमा गणना गरियो र ०४६ सालको आन्दोलन ताका त्यही समूहबाट नारा गर्दै हिडियो । तर म काँचो थिएँ, छिट्टै पोल्यो । हौडे थिएँ  पन्छिएँ । मुर्ख थिएँ, मौकाको फाइदा उठाउन सकिन । म दंग परेको थिएँ प्रजातान्त्रिक आवरणको नग्न स्वरुप देख्दा । डराएको थिएँ, घाइते हुन चाहदैनथें । तसर्थ तर्किएर बसें । तर्किएर बस्ने रुझ्दैनन । तर कतै रुझ्दछु कि भनेर तर्किएर बस्ने गन्तब्यमा पुदैनन् । पुगिनँ पनि ।  म काँग्रेस समर्थक थिएँ  तर काँग्रेस भित्रै प्रजातान्त्रिक आचरण को विरुद्धका क्रियाकलाप विरुद्ध असन्तुष्टि व्यक्त गरि नै रहें । ०५३ ताका म वीरेन्द्र बहुमुखी क्याम्पसको प्राध्यापक संघको सभापति हुँदा  टेकप्रसाद गुरुङले नेपाली काँग्रेस जिल्ला कमिटीमा वरिष्ठ सल्लाहकारमा पहिले नियुक्त गरे पछि म्याद थपेनन्
Article by Sharada Sharma in ekantipur. Read it here
। तर गलतको विरुद्ध बोल्न छोडिनँ । नतिजा पनि प्रस्टिंदैगयो । साथीहरु टाढिंदै गए । म एक्लिंदै  गएँ ।

बोगटी पनि असमर्थ थिए मेरो पक्षलाई सहर्ष स्वीकार गर्न र भन्थे मलाई 'सर राजनीति गर्दा धेरै कुरोमा आँखा चिम्लिनु पर्छ ।' म भन्थेंः ‘मलाई राजनीति गर्नु छैन सर’ । बोगटी भन्थे  ‘हामी यसरी पन्छिंदै गयौ भने देशमा असक्षमहरुको साम्राज्य स्थापित हुनेछ ।’ मेरो  उत्तर हुन्थ्यो ।  ‘भइ सकेको छ बोगटी सर । त्यस धरातलमा  अब हाम्रो प्रवेश वर्जित छ ।’ पार्टीले तपाई लाई राजदूत बनाउन पनि सक्छ, बोगटी सर ले तर्क राख्नु भएको थियो । मैले निरीहता ब्यक्त गरेको थिएँ ‘अनि अनुहार कस्को उधारो लिने ?’बोगटी सरको म प्रतिको विश्वास र मेरो सपनाको त के कुरा राजनीतिलाई पुख्र्यौली सम्पत्ति भन्नेहरु पनि कति ठाउँमा धाराशायी हुँदै गएको पढें पनि देखें पनि । गोविन्दराज र चिरन्जिवी वाग्ले, जय प्रकाशहरु पहिला मौलाउँदै गए, पछि थन्किदै गए । २०५६ सालको चुनावमा गंगाधर लम्साल झल्याझुलक चर्चामा रहे अनि बिलाए । सावित्री बोगटी, भेटवाललाई हराएर कीर्तिमान स्थापित गरिन्, अनि विश्राम ।

Thursday, April 25, 2013

A serene evening with a philosophy professor in Chitwan


Chitwan is famous for many things but notorious for quite a few things. One is its usually hostile weather, particularly in the spring and summer months. Yesterday was an exception: the weather was close to optimally comfortable. The heavy downpour in the morning was followed by the cloudy day and the evening was as pleasant as it could be during any part of the year. To engage in literary activity in such weather is a real privilege.

After an open invitation by LB Chhetri sir, nearly two dozen people gathered at his residence at around 5 pm for an interaction with Prof. Leonard Harris, professor of Philosophy at Purdue University in US. Named ‘White Corner’ at the southern part of Bharatpur, LB sir’s residence appears to have been serving as one of the important literary centers in Chitwan.

Prof Harris (Photo: Directory
of Purdue University. Published
under fair use policy.)
Starting with the introduction, Prof Harris imperceptibly started his talk. The relationship between literature and philosophy featured in the beginning because many of the participants were related to literature. To clarify the doubts of some of the participants, Harris had to explicitly tell that he was not representative of the US but that of himself.


Eventually, the talk focused on the issue of philosophy of oppression/segregation or discrimination and Harris gave some impressive details of how white supremacy does thrive at every level even to date. When the Europeans reached the African hinterlands, they placed themselves at the center of the universe and defined everything else with their own standards. The white color of skin, for example, became the absolute criteria to define ‘us’ and the ‘others’. While Christianity belonging to ‘us’ got the category of religion, the erstwhile religions of the African people became mere ‘mythologies’ devoid of knowledge. The ‘others’ were also presumed to be resistant to learning and hence there was no possibility of these people making any progress without following the footsteps of ‘us’.

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more