Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Showing posts with label Dr. Shashi Sharma. Show all posts
Showing posts with label Dr. Shashi Sharma. Show all posts

Friday, January 17, 2014

डा गोविन्द के सी र डा शशि शर्माः व्यक्तिबाट प्रतिकतिर

२०७० माघ ३ गतेको सेतोपाटीमा प्रकाशित

पटक पटकको अनशन र त्यसपछाडिको पृष्ठभुमिबारे सञ्चार माध्यममा भइरहेको गहिरो कभरेजले डा गोविन्द के सी बिस्तारै एउटा व्यक्तिबाट त्याग र निस्वार्थ संघर्षको प्रतिकमा परिणत भइरहेको अवस्था छ । अचम्मको कुरा के छ भने यही माहोलमा अर्का एक व्यक्ति फरक खालको प्रतिकमा रुपान्तरित भइरहेका छन् ती हुन्ः डा शशि शर्मा ।

डा गोविन्द के सीको अनशन अघिल्लो अनशनको कुल अवधि समेत नाघेर आज सातौं दिनमा प्रवेश गर्दा पनि निकास ननिस्केपछि डा के सीको स्वास्थ्य बिल्कुल नयाँ र गम्भीर चरणमा प्रवेश गरेको छ ।

यसैबीच हिजोका घटनाक्रमले डा के सीका सबै दाबीहरुलाई  साँचो प्रमाणित गरेका मात्र छैनन्, डिन डा शशि शर्माका अन्तहीन दाबीहरुको बचेखुचेको विश्वसनीयतालाई पनि शुन्य पारिदिएका छन् । खास गरी निवर्तमान डिन डा प्रकाश सायमीले विशुद्ध स्वास्थ्यका कारण राजीनामा दिएको भन्ने प्रचारलाई खण्डन गर्दै हिजो आएको उहाँको विज्ञप्तिमा नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिन धेरै दबाब आएर शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परेकाले राजीनामा दिएको उल्लेख छ ।

यसैबीच हिजो भएको प्राध्यापकहरु र मन्त्रीमण्डलबीचको बैठकमा थप कुरा के खुलेको छ भने कार्यकालको अन्ततिर रहेको अहिलेको सरकारले त्रि विका पदाधिकारीहरुलाई तत्काल डा सायमीको राजीनामा स्वीकृत गरिएको अवस्थामा आउने अहिलेको जस्तो परिस्थतिलाई ध्यानमा राखेर तत्काल त्यस्तो निर्णय नलिन पटकपटक अनुरोध गरेको थियो । अर्कोतिर डा प्रकाश सायमीले राजीनामा अघिको कुनै विन्दुमा आएर खाली सम्बन्धनको दबाब मात्र नदिने हो भने त्रि वि पदाधिकारीहरुसितको असमझदारीकै बीच पनि डिनको कार्यभार सम्हालिराख्ने जानकारी दिएको कुरा पनि खुलेको छ ।

Thursday, January 16, 2014

Calling a spade a spade: what is Dr. Shashi Sharma up to?

A version of this article was first published in today's Setopati. 

The situation surrounding the fast onto death by Dr. Govinda K C in TU Teaching Hospital (on 6th day today) has become very complicated with blatant refusal of the tainted Dean Dr. Shashi Sharma to step down. The resulting deadlock is likely to be very costly for the medical fraternity as well as the country.

As Dr. Sharma with his yesterday's statements has made a bitter confrontation inevitable, the doctors in the country are all set to proceed rather aggressively to force him to step down so that the life of Dr. Govinda K C can be saved. The issues of patients suffering because of such a tussle in one institution will surely catch the media headlines in the coming days. But meanwhile some issues that do not come easily to the surface and hence left in dark yet matter immensely in the whole saga have to be dug upon at this opportunity. For this precise reason, the behavior and potential motive of the Dean Dr Sharma have to be understood at length.

Dr. Sharma has been arguing that he has come through due process and cannot be forced out now merely because someone opposes him. He has frenzily proposed to transform the institution and even to help establish an independent medical university out of ill-fated Institute of Medicine(IOM). He has overtly rubbished the other demands of Dr. K C like punishing the former IOM officials for irregularities during their tenures by saying that 'nothing had ever been proved against them'.

Unable to point out how Dr. Sharma's appointment process could be questionable, the doctors till yesterday had been trying to seek a face-saving measure for him as well while saving the life of Dr. K C. By openly dismissing the possibility of stepping down and trying to subvert the entire discourse on reforming public institutions by stopping political interference, however, Dr. Sharma has readied himself for a heavy and bruising landing down the line.

So what are the parallels of Dr. Sharma in Nepali society? What developments led him to today's position?

Tuesday, January 14, 2014

वार कि पारको अवस्थामा शिक्षण अस्पतालको आन्दोलन

नयाँ डिन डा शशि शर्मा र अनशरत डा गोविन्द के सीका आ आफ्नै अडानका कारण पेचिलो बन्दै गएको अवस्थामा कसरी डा शर्माको एउटा बदनियतपूर्ण कदमले उनको बिश्वसनीयता शुन्यमा झारेर उनको पदत्यागलाई निर्विकल्प बनाइदिएको छ, त्यसको नालीबेलीः 

अनशनको चौथो दिन डा गोविन्द के सीको स्वास्थ्य स्थिति तीव्र गतिमा बिग्रंदै गर्दा संकटको निकासका लागि गरिएका प्रयासहरुको नतिजा अझै आइनसकेको अवस्था छ । शैक्षिक गतिविधि ठप्प पारेर आज मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेट्न गएका विद्यार्थीहरु रेग्मीका स्वकीय सचिवलाई भेटेर उनका तर्फबाट समस्या समाधानका लागि तीव्र पहलको आश्वासन पाएर फर्केका थिए ।

त्यसरी नै हालसम्म मुख नखोलेका शिक्षण अस्पतालका चिकित्सक शिक्षक संघ र नेपाल प्राध्यापक संघले पनि आज अलगअलग विज्ञप्तिमार्फत् डा के सीका मागहरु सम्बोधन गरी उहाँको जीवन रक्षाको अपिल गरेका छन् ।

अनशनका क्रममा सातवटा माग राखेका डा के सीले आधारभुत रुपमा सम्बोधन नगरी नहुने भनेर राखेका दुई माग (हालका डिन शशि शर्माको राजीनामा र वरिष्ठताका आधारमा नयाँ डिनको नियुक्ति तथा हाललाई नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रियाको रोक्का) पूरा नभएसम्म डा के सीको अनशन नतोडिने निश्चित छ ।

यसैबीच नव नियुक्त डिनका आजका गतिविधिले चाहिं उनी पदमा रहिरहेर समस्या समाधान हुने सम्भावना शुन्यमा झारेका छन् ।

डिन शर्माको आजको त्यस्तो कदम के थियो भने उनले आज सबै बिभागीय प्रमुखहरुको बैठक बोलाएर संकट समाधानबारे चर्चा गरे । बैठक सकिएर बाहिर आएर मिडियासामू ठिक ती कुरा गरे जुन भित्र निकालिएको निष्कर्षको ठिक विपरीत थिए । उनको त्यस्तो अभिव्यक्ति के थियो भने सबै विभागीय प्रमुखहरुको साथ उनलाई छ र तीन महिनामा खास काम गर्ने गरी उनलाई पदमा कायम राख्न सबैजना सहमत छन् ।

शर्माका त्यस्ता अभिव्यक्तिपछि विद्यार्थीका प्रतिनिधिहरुले दिउँसोको उक्त मिटिङका सहभागी रेडियोलोजी, हाड जोर्नी र सर्जरी विभागका प्राध्यापकहरु (क्रमशः डा राम कुमार घिमिरे, डा दीपक महरा र डा के पी सिंह) संग भेट गरेर यथार्थ पत्ता लगाए । तीनै जना प्राध्यापकहरुको दिउँसोको मिटिङको सारांश यस्तो थियोः मिटिङमा डिन डा शर्माले संस्थामा कार्य सम्पादनका लागि सम्बन्धन तत्काल रोक्नेदेखि लिएर स्वायत्त मेडिकल युनिभर्सिटी बनाउनका लागि ३ महिनाभित्र स्पष्ट रोडम्याप बनाउने र त्यसो गर्न नसकेमा तीन महिनामा पद परित्याग गर्ने प्रतिबद्धता जाहेर गरे, जुन कदमहरुले उनका अनुसार डा के सीका मागहरु पूरा हुन्थे । त्यसमा सबैजसो विभागीय प्रमुखहरुको उत्तर के थियो भने, त्यो रोडम्याप लगेर डा शर्माले डा के सीलाई अनशन तोड्न मनाउन सके त्यसमा सबैको समर्थन हुने तर त्यसो नभएको अवस्थामा सबैका लागि डा शर्माको पदभन्दा डा के सीको जीवन मूल्यवान भएकाले डा के सीलाई बचाउन कसैले पनि कुनै पनि कदम उठाउनुपर्ने भन्ने थियो ।

Monday, January 13, 2014

पानी धमिल्याउने कोशिस गर्दै डा शशि शर्मा

Opinion

अनशनको तेस्रो दिन आज डा गोविन्द के सीको स्वास्थ्य तीव्र गतिमा खस्किंदै गर्दा विवादको केन्द्र बनेका नव नियुक्त डिन डा शशि शर्माले एउटा पत्रकार सम्मेलन गरेर अवस्थालाई अझ गम्भीर र संकटपूर्ण बनाएका छन् ।

सम्मेलनमा बाँडिएको प्रेस रिलिजमा डा के सीका मागहरुलाई एक एक गरी बुँदागत रुपमा सम्बोधन गरिएको छ र अधिकांश बुँदामा शर्माले हास्यास्पद रुपमा मपाइँत्व प्रदर्शन गरेका छन् । तर ती बुँदामा भनिएका भन्दा नभनिएका कुराहरु संकटमोचनमा निर्णायक रहने अवस्था रहेको छ । खास गरी शर्माले गरेको मागको सम्बोधनलाई अनशनरत डा के सीले नमानेको खण्डमा के हुने भनेर कतै खुलाइएको छैन र उक्त रिलिजको सार हेर्दा अहिलेको अवस्थामा शर्मा पछि नहट्ने बरु आवश्यक परे 'संस्थाको हितका लागि' डा के सीको ज्यानलाई नै खतरामा पार्न तयार रहेको सन्देश दिन खोजिएको छ ।

त्यसो त शर्माका शब्दहरुलाई पूर्णतः सत्य मान्ने हो भने संस्था बचाउन डा के सीलाई परित्याग गरेर सबैजना तुरुन्त उनका एजेण्डाहरु लागू गराउन जुट्नुपर्ने देखिन्छ । कतिसम्म भने IOM लाई अलग्गै मेडिकल युनभर्सिटी बनाउन समेत आफू लागेर सफल हुने क्रममा रहेको भ्रम पार्न खोजेका छन् ।

तर शर्मा नियुक्त भइआएको पृष्ठभुमि हेर्दा तिनका कुनै पनि कुरामा विश्वसनीयता भेट्न गाह्रै हुन्छ ।

एक, डा के सीको अनशन शुरु हुने बेला हातपात गरेर उहाँलाई तर्साउने प्रयोजन गरेर आएका गुण्डाहरुले ने वि संघको नाम लिए पनि ती ने वि संघ हैनन् भन्न आज ने वि संघका केन्द्रीय सदस्य नै अनशन स्थलमा आएर वक्तव्य जारी गर्नुपर्यो तर तिनै गुण्डाले शशि शर्माको पक्षमा गरेको नाराबाजीपछिको रहस्य के थियो त्यो अहिलेसम्म खुल्न सकेको छैन । 

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more