एक दिन मैले विवाह गर्छु बस्छेस भनेको, तिमीहरु पढे लेखेको मान्छे बाठो हुन्छ कहाँ विहा गछौ र भनी । मलाई बडो धिक्कार लाग्यो हामी विद्वान भयौ, हामी सुग्घर भयौ तर हामीले तल्लो स्तरको सोच्ने, होटलमा भाडा माझ्ने, शरीरलाई पैसा आर्जनको साधन बनाउने भनेर घृणाले हेर्ने मानिसको जति पनि मानवता मुटुमा बचाउन
सकेनौं ।
![]() |
| The Author |
चिया खाइ सके पछि म जसरी पनि उनको कोठामा बस्ने कर गरे । मेरो कोठा वास्तबमा टाढा थियो । मलाई पनि त्यति टाढा जान मन लागेको थिएन । उनले भने “सांझपख ठमेलको रमाइलो हेर्दै असन जाउँला अनि त्यतै बसौं ।” मलाई अल्छि भन्दा पनि उनको कोठामा बस्न मन लागेर गएँ । बाटामा केही चहल पहल देखिएन । चिसो रात, ठमेलका चिसा गल्ली एक दुई टुरिस्ट देखि केही देखिएन हामीले बाटो खाली नै पायौं।
छ सात महिना अघि भेट हुदां उनी एउटा राम्रो केटीको खुब कुरा गर्थे। उनले काम गर्ने ठाउँमा काम गर्ने त्यो केटीलाई मैले पनि भेटेको थिएँ । केटी राम्रौ थिइ तर त्यो प्रेम हो वा आकर्षण मात्रै मलाई शंका लागेको थियो। साथीले मन पराएकीलाई कसरी दोष लगाउँ, त्यो “प्रेम” थियो। त्यति बेला उनी निकै फुर्तिला थिए । म संग प्रत्येक पटक भेट्दा उसैको बारेमा कुरा गर्थे । उसैको गुण गान गाउँथे। मैले एक पटक सोधेको थिएं: कतै तिमी मात्रै त उसलाई मन पराउँदैनौ ? उनले भन्थे “मैले मात्रै भए त उ कसरी म संग बदाम खान्थी त, किन मलाई दक्षिणकाली जाउँ भन्थी” इत्यादि । मैले भन्थें: कि त त्यो केटी अति सोझी छ, कि त अति चलाख छ । उनले कुरा काटे काठमाडौंमा बस्ने त्यो पढे लेखेकी मान्छेमा त्यति धेरै सोझो पन पनि कहाँ होला र ? अर्को कुरा उ धेरै बाठी भए म भन्दा राम्रो जागिर खाने, धेरै धनी मनी केटालाई फसाउन खोज्थी, हैन र?” उनको कुरा पनि हो कि झैं लाग्थ्यो । मैले भने तर संसार हो, बुझ्न गाह्रो छ । उसले तिमीलाई साथी मात्र सोचेको हुन सक्छ । मेरो कुरा उनलाई झर्को लागेछ क्यारे भन्न थालेः तिमी धेरै दर्शन नछाँट न, जीवन तिम्रो दर्शन भन्दा सरल छ, म उसलाई मन पराउँछु उ मलाई, कुरा सकियो । उनको बाल सूलभ सोचाई र सोझोपनले मलाई रिस त पटकै उठेन बरु हाँसो लाग्यो । दुवै हाँस्यों उनले भने “म एक सर्को तान्छु है ।”

