Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Showing posts with label Journalism. Show all posts
Showing posts with label Journalism. Show all posts

Tuesday, May 24, 2016

धर्मछाडा पत्रकारिताविरुद्ध ४ रणनीति

पत्रिका कि प्रतिशोधको हतियार? –२

श्रृंखला १ पत्रिका कि प्रतिशोधको हतियार? पत्रकारिताले धर्म छाडेपछि...

यो ब्लगमा एनसेलसम्बन्धी आलेखको पाठक संख्या ७००० पुग्न थालेको छ । तर छिट्टै धर्मछाडा पत्रकारिताबारे लेखिएको टिप्पणीले त्यसलाई उछिन्लाजस्तो छ । भन्नुको अर्थः मूलधारका मिडियाका बारेमा मूलधार बाहिर लेखिए पनि त्यसलाई खोजेर पढ्ने पाठकहरुको संख्या राम्रै छ ।

नेपालको मूलधारका प्रमुख पत्रपत्रिकामामा विभिन्न समयमा फाटफुट स्तम्भ लेखेर मात्र भए पनि संलग्न भएकाले तिनप्रति मेरो ‘सफ्ट स्पट’ छ । त्यसमाथि हामी आम सरोकारका विषयमा बोलिराख्नु र लेखिराख्नु पर्ने मानिसहरुलाई आज जुन मिडियासित पारो चढ्छ, भोलि उसैको सहयोग लिन वा उसैसित काम गर्नुपर्छ । कुनै मिडियासित चित्त बुझेन भने पनि त्यसलाई निषेध गर्नेभन्दा पनि बरु एंगेज्मेन्टको माध्यमबाट आफ्ना कुरा राख्ने रणनीति धेरै प्रभावकारी हुने मेरो अनुभव छ ।

त्यसैले सकभर मिडियालाई नचलाउने र बरु तथ्यगत त्रुटि भएजस्तो लाग्यो भने सम्पादकलाई मेल लेख्ने काम आजसम्म गर्दै आएको हो र सामान्यतः अब गर्ने पनि त्यही हो ।

अर्कोतिर खास मिडियाले आम सरोकारको विषय विशेषलाई प्राथमिकतामा पारेनन् भनेर धेरै साथीहरुले आलोचना  गरिरहँदा तिनको आलोचना  पनि मैले गरेको छैन । उनीहरुका पनि आफ्नै सीमा हुन्छन् र तीमध्ये कति आम पाठकले बुझेका हुँदैनन् । संसारभर परम्परागत पत्रकारिताको जग नै हल्लिने गरी भइरहेको परिवर्तन, विकेन्द्रित, सामाजिक सञ्जाल केन्द्रित पत्रकारिताका कारण मिडिया धान्ने पुराना मोडलहरु काम नलाग्ने भएका छन् भने नयाँले आकार लिइसकेका छैनन् । बेलायतको दी गार्जियन र अमेरिकाको न्यू योर्क टाइम्सजस्ता पत्रिकाहरुले भविष्यतिर अनिश्चयपूर्वक हेरिरहेको बेला हाम्रा मिडियामा त्यस्तो अन्योल हुनु अनौठो हैन ।

Monday, May 23, 2016

पत्रिका कि प्रतिशोधको हतियार?

पत्रकारिताले धर्म छाडेपछि...
श्रृंखला २ः धर्मछाडा पत्रकारिताविरुद्ध ४ रणनीति
के हाम्रो पत्रकारिता त्यति गिरिसकेको हो जहाँ कसैको प्रतिशोध र तुसको बन्दुक पत्रकारको काँधमा राखेर पड्काउने अनि सम्पादक निरीह बनेर हेरिरहने अवस्था छ? के अदालतको सरासर मान हानि हुने कुरा मुखपृष्ठमा प्राथमिकतासाथ छापिनुहुँदैन भनेर सम्पादकहरुलाई हामी नागरिकहरुले सिकाउनु पर्ने हो? के प्रतिस्पर्धामा माथि आउन गलतै भए पनि जे बिक्छ त्यसैलाई समाचार बनाउने र अरुको टाउको किल्चेर आफू माथि पुग्ने नियत केही सञ्चार संस्थाहरुमा हावी भएको हो? पत्रकार र सम्पादकहरु त्यसरी माथि पुग्ने हुन् भने हाम्रो पत्रकारिताको तरक्कीको सीमा के हो? 


कुइस कस्टोडिएट इप्सस कस्टोडिज? अर्थात्, हु विल गार्ड द गार्डस वा पहरेदारको पहरेदारी कसले गर्ने?

यो भनाइ धेरै पेशाहरुका लागि लागू हुन्छ । शिक्षा क्षेत्र हेर्ने हो भने क्याम्पसलाई विश्वविद्यालयले हेर्ने, विश्वविद्यालयलाई कसले हेर्ने? स्वास्थ्य क्षेत्र हेर्ने हो भने मेडिकल काउन्सिलले सबै डाक्टरको निगरानी राख्ने तर काउन्सिलको निगरानी कसले राख्ने?

अर्थात्, कुनै पनि पेशागत क्षेत्रको माथिपट्टि एउटा यस्तो निकाय हुन्छ जसले आफ्नो पहरेदारी आफैं गरेर आफू जवाफदेही हुनुपर्छ अनि त्यसको आभास अरुलाई दिलाउन सक्नुपर्छ । अहिले त्यसो हुन नसक्दा नेपालमा चौतर्फी भद्रगोल छ ।

त्यसमाथि बाँकी सबै पेशा र क्षेत्रहरुको पहरेदारी गर्ने जिम्मा लिएको मिडिया क्षेत्रका लागि त यो भनाइ कति महत्वपूर्ण छ भन्नैपर्दैन । भारतका विख्यात सम्पादक विनोद मेहता निरन्तर भन्थेः पत्रकारिताले अरुसित पारदर्शिता र जवाफदेहिता खोज्दा यो आफैं अपारदर्शी हुनु नाजायज हो, यसको पनि आफ्नै कोड अफ कन्डक्ट हुनुपर्छ । कुनै बेला त्यसो भन्ने ठूला सम्पादक उनी एक्लै हुन्थे तर आम मानिसको चेतना बढेसँगै मिडियाभित्रै आफू पारदर्शी हुने र एकअर्कालाई खबरदारी गर्ने स्वस्थ संस्कृति भारतमा धेरथोर विकसित हुँदैछ ।

पत्रकारितालाई त्यसै राज्यको चौथो अंग भनिएको हैन । खूला समाजहरुमा यसको शक्ति कति हुन्छ भनेर भनिरहनुपर्दैन । लोकतान्त्रिक शासन रुपमा मात्र नभएर सारमा पनि छ कि छैन भन्ने कुराको एउटा महत्वपूर्ण मापन स्वतन्त्र मिडिया हो । जहाँ मिडियामा अंकुश लाग्यो, त्यो राज्यव्यवस्था अस्वस्थ र जनपीडक भयो भनेर बुझे हुन्छ ।

अर्कोतिर, शक्ति र जिम्मेवारी सँगसँगै आउने कुरा हुन् । पत्रकारिताको शक्तिले एकतिर आफूलाई सर्वशक्तिमान ठान्ने शासकहरुमाथि अंकुश लगाउन, तिनलाई जवाफदेही बनाउन र आम मानिसमाझ तिनको छवि गिराएर आवधिक रुपमा हुने चुनावहरुमा तिनलाई हराउनेसम्म ताकत राख्छ । अर्कोतिर यसलाई ब्ल्याकमेलिंगको माध्यम बनाएर यति रकम देऊ वा मेरो यस्तो अवाञ्छित काम गरिदेऊ, नत्र बेइज्जत गरिदिन्छु भनेर यसको दुरुपयोग गर्नेहरु पनि हुन्छन् । त्यस्ता व्यक्तिहरुको हाम्रो राज्य संरचनामा कति बलियो प्रभाव छ भन्ने कुरा केही समय अघि त्यस्तै काममा न्यायालयले दोषी ठहर्याएका व्यक्ति प्रेस काउन्सिलको सदस्य नियुक्त हुँदा छरपस्ट भएको थियो ।

...

प्रसंग यही जेठ नौ गते काठमाडौंबाट प्रकाशित एउटा दैनिकको एउटा समाचारको हो । मुखपृष्ठको 'एमबीबीएसमा सिट थप्न चलखेल' शीर्षक शीर्ष समाचार ४६२ शब्दको छ । त्यसमा एउटै स्रोतलाई ७ पल्ट उद्धृत गरिएको छ । समाचारको सार छः ८ जना मिलेर एउटा मेडिकल कलेजलाई एमबीबीएसका ४० सिट थप्ने प्रपञ्च गरे र त्यस क्रममा ठूलो आर्थिक लेनदेन भयो ।
मुखपृष्ठको समाचार 

म पेशाले पत्रकार हैन र प्राविधिक रुपमा समाचार कसरी सन्तुलित र पूर्वाग्रहरहित हुन्छ, त्यसमा मलाई ज्ञान छैन । तर फलानोले यस्तो अपराध गर्यो भनेर समाचार लेख्नु अघि एकचोटि मानव खप्परभित्र स्थित दिमागको नियोकर्टेक्स भनिने चेतनशील हिस्सा प्रयोग गर्नुपर्छ भन्ने मलाई बोध छ र आम पत्रकारबाट पनि म त्यही अपेक्षा गर्छु । जब त्यसको सट्टा भोक, तिर्खा, लालचजस्ता भावलाई नियन्त्रित गर्ने दिमागको लिम्बिक सिस्टम भनिने पुरातन हिस्सा प्रयोग गरिन्छ, त्यसले पत्रकारितालाई न्याय गर्न सक्दैन ।

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more