Truth is simple, reality complicated. Your window to Nepal, South Asia and larger world. Come and read along and between the lines.
People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.
Visit the new professional website of Jiwan Kshetry
Friday, November 25, 2016
Wednesday, November 23, 2016
Tuesday, November 22, 2016
#IamwithDrKC अनशनको १०औं दिन, 'साधुलाई सुली, चोरलाई भीसी': सामाजिक सञ्जालमा नागरिकहरु
कोइराला परिवार, काँग्रेस र मेडिकल शिक्षाको बर्बादी
डा. गोविन्द केसीका मागमा अहिले आएर किन्तु परन्तु लगाउने हो भने— केदार शर्मा (@kedarsh) November 21, 2016
उनका पहिलेका सत्याग्रहका कारण आएको चेतना र उपलब्धिमा पनि हाम्रो हक लाग्दैन।
लोकमान ढिलोचांडो जालान्, उनले रोपेका विषका हाँगाविंगा मौलाएका छन् । तिनलाइ नफाली हाम्रा दिन राम्रा हुनेछैनन् । डा केसीको उपेक्षा नगरौं ।— Rameshwar Bohara (@rambohara) November 22, 2016
तीर्थ खनियाँले डा. गोविन्द केसीसँग आफूलाई दाँजेछन्- 'केसी पनि हामीजस्तै काम गरेर तलब खाने हुन्।'— Sudeep Shrestha (@sudeepshree) November 14, 2016
अब के सुन्न बाँकी रह्यो र!#IamwithDrKC
नैतिकताको खडेरी परेको देशमा डा केसी दुर्लव बिज हुन ! अनिकाल कुनै पनि बेलामा पर्न सक्छ । यिनलाई बचाइ राखौ ! #GodSaveGKC #IamwithDrKC— Sudhamshu K.C. (@Drsudhamshu) November 20, 2016
— Sudhamshu K.C. (@Drsudhamshu) November 18, 2016
#SackTKfromTU #SaveDrKC#IamwithDrKC #SaveUniversityhttps://t.co/OfCHpGcQMS pic.twitter.com/IrH7WsDLCH— Jiwan Kshetry (@jkshetry) November 19, 2016
DrKC का पक्षमा र्याली, बालुवाटारमा विशाल प्रदर्शन Photo/Video#SaveDrKC#IamwithDrKC#SackTKfromTU #SaveUniversityhttps://t.co/n5PaqSJHmp pic.twitter.com/S7WYrPLZE8— Jiwan Kshetry (@jkshetry) November 19, 2016
Sunday, September 11, 2016
Wednesday, July 13, 2016
के हो डा केसी र कनकमणि दीक्षितबीचको सम्बन्ध?
तर जे कुराको पनि सीमा हुन्छ । मध्यान्हलाई अपरान्ह भन्यो भने सुहाउँछ, अपरान्हलाई साँझ भन्यो भने पनि बचाउ गर्न सम्भव हुन्छ तर मध्यान्हलाई मध्य रात भन्यो भने त्यसको बचाउ फितलो, हास्यास्पद र बेतुकको हुन्छ । दीक्षितको स्वार्थका लागि डा केसी लडिरहेको भन्ने भनाइ पनि लोकमानले प्रयास गरिरहेको त्यस्तै खाले बचाउको एक कडी हो ।
Tuesday, July 12, 2016
#IamwithDrKC असार २८ अपडेटः यसकारण सत्ता परिवर्तनले फरक पार्दैन अभियानलाई
Monday, July 11, 2016
जब सामाजिक सञ्जालमा इमान्दारहरु डा केसीको अभियानप्रति नतमस्तक भए!
चुपचाप हेरिरहेछ— Guna Raj Luitel (@gunaraj) July 10, 2016
लौहपुरुषको सालिक
ढुक्क छन् ऊनी
भित्र सत्याग्रहमा छन्
अर्का लौहपुरुष
डा गोविन्द केसी#IamwithDrKC pic.twitter.com/akJdSsDMQt
अख्तियार प्रमुखको सपथ यसरी भएको थियो । नेताहरुलाई लाज ढाक्ने अवसर मिलेको छ pic.twitter.com/9yuVUbrFa5— Hari Bahadur Thapa (@Haribthapa) July 10, 2016
डा केसीको आन्दोलन कस्तो समाज निर्माण गर्ने जस्तो विषयसँग जोडिएकोले यो एक्लो संघर्ष होइन,सबै सचेत नेपालीको आन्दोलन हो pic.twitter.com/bkMwoM3qgO— Gagan Thapa (@thapagk) July 9, 2016
डा केसीको अभियानलाई हार्ने 'सुविधा' छैन। उनि हारे भने बेथितिका अभियन्ताहरुको मनोबल ह्वात्तै बढ्नेछ। मुलुक बन्ला भन्ने आशाको दियो निभ्नेछ।— Surya Raj Acharya (@SRA525) July 9, 2016
मलाई धेरैले सोधे - तपाईं कस्को पक्षमा ? मैले जवाफ दिएं - 'भनिराख्नु पर्छ ? #IamwithDrKC '— Amrit Gurung (@amritnepathya) July 10, 2016
बाध्य पारिएकाे डा. केसीकाे अाठाैं अनशन माफियाप्रेमी सरकार, अराजक अख्तियार र भ्रष्ट राजनीतिज्ञहरुकाे गालामा पड्काएकाे थप्पड हाे। #IamwithDrKC— Mumaram Khanal (@mrkhanall) July 11, 2016
मनको गहिराइमा हरेक मानिसलाई थाह छ--डा केसी आफ्ना लागि हैन, अरुका लागि लड्छन्, 'हाम्रा' लागि लड्छन्. त्यो राजेन्द्र पाण्डेलाई पनि थाह छ!— Ameet Dhakal (@ameetdhakal) July 10, 2016
Monday, July 4, 2016
लोकमानपछि युवराज घिमिरेले किन लगाए डा केसीलाई माफियाको ‘पक्षपोषण’ गरेको आरोप?
यो आज अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित सम्पादकीयको अंश हो । सो पत्रिकाले यस अघि यस्तै अर्थ लाग्ने समाचार सामाग्रीहरु पनि छापिसकेको छ ।
यो सम्पादकीयका दुइटा अर्थ हुन सक्छन् । एक, सम्पादक डा केसीको अनशनको शक्ति दुरुपयोग हुने र कसैले आफ्नो लाभका लागि यसलाई प्रयोग गर्न सक्ने सम्भावनाप्रति चिन्तित छन् र सद्भाववश डा केसीलाई होशियार रहन सुझाव दिंदै छन् ।
दुई, सम्पादकलाई यो अनशन सफल भएमा जसको स्वार्थमा आँच आउने हो, तिनको निकै चिन्ता छ र अनशन शुरु नहुँदै त्यसमा हिलो छ्यापेर त्यसलाई निष्प्रभावी बनाउने उनको एजेण्डा छ । अर्को शब्दमा, अहिले जो डा केसीको निशानामा छन्, तिनको कुरा उक्त सम्पादकमार्फत बाहिर ल्याउने काम हुँदैछ ।
यी दुईमध्ये कुनचाहिं साँचो हो, समयले बताइ नै हाल्ला तर अहिलेलाई केही कुरा प्रष्ट भएका छन् र सो सम्पादकीयले भ्रम सिर्जना गर्न खोजेका केही कुराबारे यहाँ प्रष्ट पारिनुपर्छ ।
डा केसी कसैको स्वार्थका लागि बसेको भन्ने आरोप नौलो हैन । बरु प्रत्येकपल्ट जसको स्वार्थमा आँच आउँछ, उसले यो आरोप लगाइ नै हाल्छ । शुरुका अनशनहरुमा नयाँ चिकित्सा शिक्षा नीति नबनाइ भद्रगोल पाराले नयाँ मेडिकल कलेज थप्न हुँदैन भन्दा पुराना मेडिकल कलेजको स्वार्थमा आन्दोलन गरेको भन्नेहरु बग्रेल्ती थिए ।
Wednesday, September 2, 2015
मेडिकल शिक्षा कि दलाली?
किन भक्कानो छुट्यो डा केसीलाई
मेडिकल शिक्षा प्रकरण ज्यानमारा कर्ममा अदालत, काउन्सिल र अभिभावकहरु
Thursday, August 27, 2015
यो ‘गोविन्द केसीको आन्दोलन’ हैन
गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि ‘गोविन्द केसी नेतृत्वको’ आन्दोलनको छैठौं चरणको आज चौथो दिन, आंदोलनबारे बारबार सोधिने आठ प्रश्नको जवाफ
१) डा गोविन्द केसीलाई पटक पटक किन अनशन बस्नुपर्यो? के साँच्चै दाबी गरेझैं डा केसीको आन्दोलन आम नेपालीका लागि हो? यदि हो भने त्यसको आधार के? अहिलेसम्मका आन्दोलनले त्यस्ता के उपलब्धि गरे र अब पनि गर्लान् भनेर अपेक्षा गर्नु?
२) देशमा विज्ञ र सचेत नागरिकहरु अरु पनि धेरै भएको अवस्थामा डा केसीले भनेकै कुरा किन पूरा हुनुपर्ने?
३) हामीले भएकै निकाय र संरचनालाई बलियो बनाउनुपर्ने हो कि एउटा व्यक्तिले भनेको कुरा वा लहडको पछि दौडिरहने?
४) नेपालजस्तो देशमा माथेमा प्रतिवेदनजस्तो आदर्शवादी सुझाव बोकेको प्रतिवेदनको कार्यान्वयन के व्यवहारमा सम्भव होला?
५) नेपालभित्र नयाँ मेडिकल कलेज खोल्नबाट रोकेर कतै डा केसीले विद्यार्थी विदेश पठाउने दलालहरुलाई त सघाइरहेका छैनन्?
६) डा केसीलाई अघि लगाएर कसैले आफ्नो स्वार्थ त पूरा गरिरहेका छैनन्?
७) देश संघीयतालगायतका मुद्दामा केन्द्रित भएको बेला नै अनशन किन?
८) सरकारले हिजो डा केसीका धेरै माग पुरा गरेको भनेर विज्ञप्ति निकाल्यो, तैपनि आन्दोलन रोकिएन किन?
नयाँ चरणको आन्दोलन शुरु भएसंगै अनशनसित जोडेर राखिने यी प्रश्नहरुको बुँदागत जवाफ दिनु आवश्यक हुन आउँछ ।
Saturday, August 8, 2015
फेरि यस्तो कहिल्यै नहोस्
Wednesday, July 8, 2015
Open letter to Bhola Rijal
डा भोला रिजालज्यू, अध्यक्ष, एसोशिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज
विगत केही दिनदेखि यहाँ चर्चामा हुनुहुन्छ एउटा अभिव्यक्तिका कारण । त्यो चर्चा पटक्कै सकारात्मक छैन । तर त्यसभन्दा पनि बढी यहाँले लिखित र मौखिक रुपमा दिएका अभिव्यक्तिहरु व्यवहारमा उतारिने हो भने त्यसले नेपालमा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारको प्रक्रियामा गम्भीर अवरोध ल्याउने देखिन्छ ।
![]() |
| Press Statement by Dr. Rijal |
हालै प्रधानमन्त्रीलाई बुझाइएको माथेमा प्रतिवेदनप्रति यहाँले असन्तुष्टि मात्र पोख्नुभएको छैन, त्यो कार्यान्वयन भयो भने त्यसलाई नमान्ने चेतावनी दिइरहनुभएको छ । त्यसो गर्नुको प्रमुख कारण के दिइएको छ भने प्रतिवेदन बनाउँदा यहाँहरुलाई उक्त प्रक्रियामा सामेल गराइएन वा यहाँहरुको सरोकारको प्रतिवेदनले सुनुवाइ गरेन ।
तर गजब कुरा त के छ भने, यो कार्यदल गठन गरेर नीति ल्याउनुपरेको नै चिकित्सा शिक्षाको अन्धाधुन्ध व्यापारीकरण सँगै निजी मेडिकल कलेजहरुले नियामक निकायहरुसँग साँठगाँठ गर्दै गुणस्तरमा सम्झौता गरेकाले हो । त्यस हिसाबले यो समग्र मुद्दामा निजी मेडिकल कलेजहरु एउटा झगडिया पक्ष हुन्, नियमन गराउन खोज्ने राज्य अर्को झगडिया हो । केदारभक्त माथेमा लगायतका व्यक्तित्वहरुको भुमिका न्यायधीशको जस्तै हो भने चिकित्सा शिक्षा नीतिको माग गर्ने डा केसीलगायतका हामी चिकित्सकहरुको भुमिका अदालतमा जनहित याचिका दायर गर्नेको जस्तै हो । समितिका लागि छानिएका व्यक्तिहरु राज्यको पक्षधर भएर हैन, प्राज्ञिक र तटस्थ जिम्मेवार मानिसहरु खोज्दा प्राध्यापक केदारभक्त माथेमा लगायतका खास मानिसहरु फेला परेकाले त्यस्तो समिति बनेको हो ।
यो अवस्थामा यहाँले जनाउनुभए झैं निजी मेडिकल कलेजको प्रतिनिधि समितिमा राख्नु भनेको झगडिया पक्षको मानिसलाई न्यायधीश बनाएर इजलाशमा ल्याउनु झैं हुन्थ्यो । झगडियाले जहिले पनि वकिल राखेर बहस गराउन पाउँछ (यहाँहरुलाई पनि त्यो मौका थियोः माथेमा कार्यदलले सुझाव सबै पक्षसँग मागेको थियो), तर न्यायधीश चुन्न वा पठाउन पाउँदैन । नेपालमा थिति बिग्रेर न्याय सम्पादनको यो सामान्य नियम पनि अनौठो लाग्छ किनकि राजनीतिक दलहरु कार्यकर्तालाई न्यायधीश बनाएर पठाउन बानी परिसकेका छन् भने नेपाल मेडिकल काउन्सिलजस्ता नियामक निकायहरु राजनीतिक दल र निजी मेडिकल कलेजका प्रतिनिधिको रजाइँका कारण निकम्मा भएका छन् । विश्वविद्यालयहरु उसरी नै राजनीतिज्ञहरुको निहित स्वार्थका क्रीडास्थल बनेका छन् ।
Sunday, July 5, 2015
Free PG in medicine is a must and workable, Dr. KC in response to Republica editorial
Wednesday, June 17, 2015
दुर्गममा विशेषज्ञ डाक्टरको व्यवस्था गर्न किन अनिच्छुक छ सरकार?
डाक्टर दुर्गममा गएनन् भनेर गुनासो सुनिनु नेपालमा सामान्य भइसकेको छ । दुर्गममा उपचार नपाएर मानिसहरुको अकाल मृत्यू भएका समाचारहरु पनि बारम्बार आउने गरेका छन् ।
त्यसका लागि दोषी को त? औंला ठड्याएर सुविधा र पैसामुखी डाक्टरका कारण त्यसो भयो भन्नु सजिलो छ तर समस्याको व्यवहारिक निकास निकालेर ती सेवा सुविधा बिस्तार गर्नु धेरै चुनौतीपूर्ण छ ।
ध्यानपूर्वक अध्ययन गर्ने हो भने त्यस्ता समाचारहरुभित्र अर्को यथार्थ लुकेको हुन्छ । केही वर्ष अघिसम्म कहिल्यै डाक्टर नपुगेका धेरै ठाउँमा अहिले छात्रवृत्तिका चिकित्सकहरु पुगेका छन् भने डाक्टर पुगेसँगै धेरै विकट ठाउँका स्वास्थ्य संस्थाहरुमा भौतिक संरचना थपिएर स्वास्थ्य सेवाको स्तर बढेको छ ।
त्यसको अर्थ नेपालका विकट भौगोलिक क्षेत्रहरुको स्वास्थ्य सेवा सन्तोषजनक छ भन्ने पटक्कै हैन । सेवाको पहुँच र गुणस्तर दुवै कुरा अझै तीव्र गतिमा बिस्तार गर्नु आवश्यक छ । सुधारका बाबजुद अझसम्म डाक्टर नपुगेका कति प्राथमिक स्वास्थ्य केन्द्र छन् भने डाक्टर पुगे पनि प्रयोगशाला, एक्सरे र अल्ट्रासाउण्डजस्ता सामान्य साधनहरु नहुँदा प्रभावकारी सेवा नपुग्ने स्वास्थ्य संस्थाहरु सयौं छन् ।
पैसामुखी डाक्टर?
सहजै देखिने एउटा यथार्थचाहिं के हो भने, अझै पनि आम रुपमा डाक्टरहरुमा गाउँमा पुगेर ‘सेवा’ दिनेभन्दा सकभर शहरमै बसेर ‘व्यवसाय’ गर्ने प्रवृत्ति छ ।
किन जान चाहँदैनन् त डाक्टर दुर्गममा? त्यसका कारणहरु धेरै छन् र तीमध्ये प्रमुख कारण चिकित्सा शिक्षामा भएको अति व्यापारीकरणले डाक्टर बन्न करोडौं खर्च लाग्नु हो ।
तर बिर्सन नहुने कुरा के हो भने, दुर्गममा जाने व्यक्तिगत चाहना डाक्टरको होस् वा नहोस्, त्यहाँ शिक्षा र स्वास्थ्यलगायतका आधारभुत सेवा पुर्याउने जिम्मेवारी राज्यको हो । त्यो जिम्मेवारीअन्तर्गत विकटभन्दा विकटसम्म डाक्टर पुर्याउनुपर्ने हुन्छ ।
अधिनायकवादी व्यवस्थाहरुमा राज्यले बन्दुकको नाल तेस्र्याएर सबै किसिमको जनशक्तिलाई आफूले चाहेको ठाउँमा पठाउन सक्छ भने लोकतान्त्रिक मुलुकहरुमा सेवा, सुविधाको व्यवस्था गरेर र त्यसले नभएमा दुर्गम जाने शर्तमा छात्रवृत्तिमा पढाएर भए पनि राज्यले त्यस्तो जनशक्ति परिचालन गर्ने गर्छ ।
नेपालमा पनि राज्यले गत एक दशकदेखि त्यस्तो व्यवस्थालाई व्यवहारमा उतारेको छ । लोक सेवाबाट पठाउन खोज्दा यथेष्ट आवेदन नपर्ने समयमा शुरु भएको छात्रवृत्तिका डाक्टरहरुको त्यस्तो परिचालन अहिले यति बिस्तारित भइसकेको छ कि राज्यले अधिकांश दुर्गम जिल्लाहरुमा नयाँ स्थायी दरबन्दी खडै नगरी करारबाटै मेडिकल अधिकृत तहको सेवा पुर्याइरहेको छ ।
Tuesday, April 7, 2015
Diary from the protests
कुशासनको भित्तो मक्किसकेको छ र केही इँट झरिसकेका छन्, अझै धक्का दिऊँ, यो ढल्छ ।
अनशनको बाह्रौं दिन बिहान । नआओस् भनेको क्षण आखिर आइ नै हाल्योः आफ्नो विश्वसनीयता नै दाउमा राखेर केसी सरलाई अब अनशन तोडौं भनेर भन्नु पर्ने क्षण । एक किस्ता प्रयास गरौं भनेर अघिल्ला दुई दिन साँझ उहाँसामू पुगेका हामी उल्टै सरका क्रान्तिकारी कुराले प्रभावित भएर तमाम भ्रष्टहरुलाई कारवाही नभएसम्म अनशनसहितको आन्दोलन जारी राख्न राजी भएर फर्केका थियौं ।
तर अब कुरा अर्कै भइसकेको थियो । विगत चार दिनदेखि सरको मुटुको गतिले अनपेक्षित चेतावनीहरु दिइरहेको थियो । उहाँको कायम आत्मबल एकतिर थियो तर शरीरले ‘अब पुग्यो’ भन्ने अनेक सन्देशहरु दिइरहेको थियो । किञ्चित् उहाँको शरीरलाई केही भयो भने सरकारी वार्ता टोलीले चेतावनी दिने गरे झैं भुईको टिप्न खोज्दा पोल्टाको झर्ने अवस्था आउने थियो । त्यो मुल्य तिर्न हामी कसै गरी पनि तयार थिएनौं ।
अर्कोतिर सरकारले हामी नमानेको खण्डमा सम्झौतै नगरी एकपक्षीय रुपमा प्रतिबद्धता जारी गरेर वार्ता अन्त भएको घोषणा गर्ने तयारी गर्दै थियो । राज्य यो मामलामा त्यति सजिलै उम्कन सक्ने अवस्था थिएन तर त्यो भएको खण्डमा उतापट्टिका इमान्दार र मेहनती वार्ताकारहरु (मुख्य सचिव लीलामणि पौड्याल र योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेल)लाई हामीले गुमाउने र राजनीतिज्ञहरुको तिकडमसित प्रत्यक्ष भिड्नुपर्ने अवस्था अवश्यम्भावी थियो । हिलोमा डुबेर आएका मानिसहरुसित हिलो तर्काएर भिड्न सकिएला भन्ने त सोच्ने कुरा पनि भएन ।
दश दिनको अठार घण्टे रुटिन अनि केही घण्टा लामो पातलो निद्राले आफ्नै ज्यान कायल भइसकेको थियो । खाली तनावजन्य हर्मोन एड्रिनालिनको सहारामा धानिएको ज्यानले अरु कति दिन त्यो तनाव खेप्न सक्थ्यो, त्यो पनि थाहा थिएन । अर्कोतिर अनशन हलभन्दा बाहिरको स्थिति बिस्तारै नियन्त्रणबाहिर जाँदै थियो । एक दिनकै ओपीडि बन्दले राज्यलाई समस्याको समाधान खोज्न धेरै दबाब दिएको त थियो तर त्यसले यस्तो स्थिति पनि सिर्जना गर्दै थियो जहाँ अनशनकै कार्यक्रम पनि अघिल्ला दिनहरुमा झैं निर्विवाद अघि बढ्न सक्दैनथ्यो ।
Thursday, April 2, 2015
End of fast by Prof GKC: Ordeal over, journey starts now
- force the govt to fulfill most of the demands
- salvage the health of KC sir before it cross the critical threshold
Wednesday, April 1, 2015
Prof GKC Protest Update: Day 10: A critical stage in both negotiation and protest
As is clearly seen, our attention is equally focused on the two prongs of the issue: initiating a systematic process of reform in the health sector in a time bound and verifiable manner and ending the culture of impunity by holding the guilty individuals accountable for their activities.
After much lackluster, the political establishment in Kathmandu is being dragged into agreeing on the framework for the reform, mainly through implementation of the recommendations of Mathema Committee, but they have not budged from their stance of leaving the guilty untouched.
Their arguments range from the legal tangles in sacking and penalizing them (i.e. the officials of TU, KU, NMC and Education minister) to the threat to the coalition govt that such an action poses.
That is a lousy excuse at best and brazen dishonesty and preparation for undermining the reform agenda in the future at worst.
Tuesday, March 31, 2015
Prof GKC Protest Update; Day 9: Some progress but the end still unpredictable
Sir's health is rapidly deteriorating with minimal exertion leading to chest pain and his heart rate is showing severe fluctuations.
Despite being convinced that the fast should not go beyond today, for sir's health's sake if not anything else, we are still unsure if we can convince him to break it with whatever the other side comes up with. Our full effort will be to bring the crisis at end today but please be ready for some disappointments also because the factor of unpredictability looms large above us.
We are also aware of the fact that the govt is under enormous pressure to fulfill the demands. But we don't know exactly how much they are ready to sacrifice. If they seek a lousy win-win situation by leaving every guilty individual where he/she is, KC sir is sure to persist with the fast.
Having said that, our effort will be to bring this round of protests to end before further deterioration of sir's health and disruption in the health services across the country. Hopefully, we'll keep pursuing the agenda even after the present crisis is resolved and all of us most be ready to contribute in that regard.
Keep tuned, keep hope but don't be assured. We are trying our best to achieve the most with no lasting price to pay.
विजय कुमारको खुशी पढेपछि
जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो । त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् । कति गलत थिएँ म !
एमालेकरणको बहस
Read more from Dashain Issue
The grapes Painting by Aqeel Abbas Memoir by Saguna Shah भुइँचालो A short story by Avaya Shrestha Lowest in life: A case study of three Afghan women Essay by Jiwan Kshetry भोक Memoir by Prakash Lamichhane News analysis by Ramzy Baroud The Myth of the U.N. Creation of Israel Extract from article by Jeremy R Hammond News Analysis by Maung Zarni |
Debating partition of India: culpability and consequences

Read the whole story here
Why I write...
I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.
On life's challenges
Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.






