Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Saturday, October 17, 2020

 काँग्रेस, कम्युनिष्ट र डा केसीको अभियान


असोज २४ गते बिहानै म बडो अप्ठेरो मनस्थितिमा थिएँ । डा केसीले सत्याग्रह शुरु गरेको २७ दिन भइसकेको थियो । स्वास्थ्य जटिल बन्दै थियो । डा केसीको पटक पटकको दुविधापूर्ण कोभिडको नतिजाले हामीलाई तर्साएको थियो । दोहो¥याएर गर्दा नेगेटिभ आए पनि मानिसको आवतजावत भइरहेकाले कुन क्षणमा संक्रमणले भेटिहाल्छ भन्ने सन्त्रास थियो । बुढ्यौली र भोको पेटको दोहोरो जोखिमबीच कोभिड संक्रमण घातक हुन सक्थ्यो ।

अर्कोतिर कोभिडको जोखिम वा संक्रमणका कारण सत्याग्रह रोक्नुपरेको अवस्थामा डा केसी र अभियन्ताहरुको त्यत्रो मेहनत खेर जान्थ्यो । सरकारले ‘यस्तो बेलामा किन बसेथ्यौ, खुच्चिङ’ भन्थ्यो । पछिल्ला तीन सत्याग्रहलाई बेवास्ता गरेरै टारेको सरकारले यसपटक पनि सफलता पाएको भए उसको मनोबल झनै बढ्थ्यो ।

२२ गते साँझ सरकारी वार्ता टोलीसित समझदारीमा पुगेपछि पलाएको आशा २३ गते भताभुंग भइसकेको थियो । अघिल्लो सम्झौता ६ महिनापछि तोडेको सरकारले यसपल्ट दुई टोलीले गरेको समझदारीलाई भोलिपल्टै कुल्चेको थियो । सरकारलाई वार्ता सुचारु गरेर कुरा टुंग्याउन कुनै हतारो देखिंदैनथ्यो ।

चार घण्टाको सुताइपछि अर्को छटपटीपूर्ण दिन अगाडि थियो । त्यही माहोलमा पत्रकारितामार्फत ताप बढी छाड्ने ऋषि धमलाले मलाई बिहानै रेडियोमा संवादका लागि फोन गरे ।  त्यो संवादमा एकसाथ आक्रामक र संयमित हुनुपर्ने थियो मलाई । जवाफदेही बनाउनकै लागि भए पनि सत्तारुढ नेकपालाई निशाना बनाउनुको विकल्प थिएन ।

मैले त्योबेला भनेका मुख्य दुई कुरा थिएः एक, अहिलेको नेकपामा जो शीर्ष तहमा छन्, तिनको डिएनएमा हिंसा छ, त्यसैले तिनलाई थप एउटा सत्याग्रहीको ज्यानको माया छैन । प्रम ओलीको झापा काण्डमा भएको रक्तपातदेखि प्रचण्डको १७ हजार मानिस मार्ने सशस्त्र युद्धसम्म । माओवादीले बाल सैन्य प्रयोगमार्फत गरेको युद्ध अपराधदेखि यात्रुवाहक बसलाई बमले उडाएर गरेको नृशंस हत्यासम्म । अनि तत्कालीन संयुक्त जनमोर्चाले त्यसरी मारिएकाहरुको प्राणसित सौदावाजी गरेर नयाँ माओवादीमा पाएको पद र प्रतिष्ठासम्म ।

दुई, सरकारले बारम्बार डा केसीका मागमा काम भइरहेको छ र महामारीको समय सत्याग्रहका लागि उचित हैन भनेको त छ तर महामारीले यत्रो विध्वंश मच्चाइसक्दा पनि हाम्रो सरकारका प्राथमिकता सही भएका छैनन् । अहिले आइसियुदेखि अक्सिजनसहितका सामान्य बेड नपाएर मानिसको धमाधम मृत्यु भइरहेको छ तर हामी अस्पताल बेड, आइसियु र भेन्टिलेटर थप्न भन्दा राम मन्दिरका लागि सय बिघा जमिन खोज्नमा व्यस्त छौं । स्वास्थ्य सेवा बिस्तारका लागि गफ दिने र भ्रष्टाचार गर्नेबाहेक सरकारले खासै काम गर्न सकेको छैन ।

जुम्ला र गेटाका दशक पुराना स्वास्थ्य संस्थाहरु अहिलेसम्म पूरा सञ्चालन भएका छैनन्, त्यहाँका मान्छेले उपचारलाई काठमाडौंको मुख ताक्नुपर्ने अवस्था छ । काठमाडौंका अस्पतालले काठमाडौंकै जनसंख्याको आवश्यकता धान्न सकेका छैनन् । तर हामीलाई अझै झापामा चाहिं तीन अर्बको भ्युटावर चाहिएको छ । अनि नेकपाको चुनावी घोषणापत्रदेखि संविधानसम्ममा लेखिएका निशुल्क स्वास्थ्य सेवाका वाचा अलपत्र परेका छन् ।

डा केसीको झण्डै दशक लामो अभियानमा हामी अभियन्ताले त्यसरी कुनै दललाई तारो बनाएका विरल अवसरमध्ये त्यो एक थियो । यसपटक पनि पार्टी र सरकारविरुद्ध कुनै आक्षेप लगाउनु अगाडि हामीले झण्डै चार साता कुरेका थियौं र वार्तामार्फत समस्या सुल्झाउन हदैसम्म प्रयास गरेका थियौं । २७औं दिनमा सरकार उल्टो दिशामा हिंडेपछि चाहिं दबाब चर्काउने रणनीति हाम्रो बाध्यता बनेको थियो ।

यसै पनि पछिल्लो समय नेकपाका साथीहरुले डा केसीको अभियानलाई वर्तमान सरकारको विरोधीका रुपमा चित्रण गर्ने गरेका छन् । यस पटक प्रतिपक्षी काँग्रेसले पहिलेभन्दा अलि सुनिने गरी डा केसीको जीवन रक्षाको माग राखेपछि उनीहरु थप सशंकित बन्न पुगे ।
यो पृष्ठभुमिमा हामीले यसपटक नेकपा सरकारको कार्य सम्पादनमा मात्र नभई नेताहरुको मानवीयतामै प्रश्न उठाएपछि विभिन्न राजनीतिक पार्टीहरुसित डा केसी अभियानको सम्बन्धबारे हामी थप पारदर्शी हुनुपर्छ भन्ने मलाई लागेको छ ।

 

डा केसीको अभियान र नेपाली काँग्रेस

२०७४ अगाडि अधिकांश पटक काँग्रेस सरकारमा हुँदा डा केसीको सत्याग्रह चलेको थियो । नेपालको स्वास्थ्य र मेडिकल शिक्षामा २०४६ साल यता जति विकार जम्मा भयो, त्यसका लागि यसबीच सत्तामा पुगेका सबै पार्टीहरु जिम्मेवार छन् । तर मात्रात्मक हिसाब गर्ने हो भने सत्तामा लामो समय रहेकाले काँग्रेसको हिस्सेदारी त्यसमा बढी हुनुपर्छ ।

विभिन्न स्वार्थ समुहको प्रभावका कारण विगतमा काँग्रेस सरकारले डा केसीलाई बारम्बार धोका दिंदै सम्झौता कार्यान्वयन गरेको थिएन । जुन भद्रगोलको फाइदा उठाएर मेडिकल कलेजका मालिकहरुले वर्षेनी अरबौं ठगी गर्थे, तीमध्ये धेरै काँग्रेस निकट थिए । यो कुरा कसैबाट लुकेको छैन । तिनको प्रभावको एउटा उदाहरणः डा केसीले दलीय भागवण्डा रोक्ने माग राखेर सत्याग्रह शुरु गर्नुभन्दा दुई घण्टा अगाडि तत्कालीन प्रम सुशील कोइरालाले त्रिविमा तीर्थ खनियाँलाई नियुक्त गरेका थिए । पछि खनियाँले पूरा कार्यकाल मेडिकल माफियाको सेवा गरेर बिताए ।

तर काँग्रेस सरकार र नेकपा सरकारबीचको एउटा फरक के भने काँग्रेसले हरेक विरोधलाई आफ्नो अस्तित्वसित लगेर जोड्दैनथ्यो । शायद त्यसैले काँग्रेसीहरुले नेकपाका साथीहरु झैं सत्याग्रहीलाई मर्न दिए कति आनन्द हुन्थ्यो भनेर चर्को स्वरमा मन्थन गरेनन् । सुशील कोइराला जब मेडिकल शिक्षा क्षेत्र सुधारका लागि केही गर्न बाध्य भए, उनले केदारभक्त माथेमालाई सम्झे । कुनै हस्तक्षेप नसहने माथेमा सरको शर्त स्वीकारेर उनले उच्चस्तरीय कार्यदल बनाए । आफ्नो पार्टीको कार्यकर्ता त्यो कार्यदलमा एउटा सदस्य हुनै पर्ने शर्त राखेर तत्कालीन उपप्रधानमन्त्री बामदेव गौतमले त्यो कार्यदललाई धेरै दिन बन्धक नै बनाएका थिए ।

त्यही कार्यदलले अन्ततः नेपालमा संस्थागत रुपमा मेडिकल शिक्षा सुधारको जग खन्यो । आजका दिनसम्म धेरै काँग्रेस सम्बद्ध व्यवसायीहरु त्यो प्रतिवेदनसित क्रुद्ध छन् तर त्यसले काँग्रेसलाई फरक पारेको छैन ।

पछि गएर सुदुरपश्चिममा सरकारी मेडिकल कलेजका लागि केही नगरेको भनेर अर्का काँग्रेसी प्रधानमन्त्री शेर बहादुर देउवाले प्रत्यक्ष भेटमै डा केसीको खप्की खाए । पार्टीनिकट माफियाको निजी मेडिकल कलेज खोल्नका लागि गेटा मेडिकल कलेज रोकेको भनेर डा केसीले पत्रिकामा लेखेरै उनको आलोचना गर्नुभयो । तर लगत्तै उक्त निजी मेडिकल कलेज खोल्ने प्रक्रिया रोकेर सरकारी मेडिकल कलेजको काम अघि बढाइयो ।

डा केसीसित देउवा सरकारको द्वन्द्व भएको अर्को विषय तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीमाथिको महाभियोग थियो । डा केसीले दाङ पुगेर  महाभियोगको प्रस्ताव फिर्ता गर्न २४ घण्टे अल्टिमेटम दिएको अर्को दिन काँग्रेस र माओवादीले संसद सचिवालयबाट उक्त प्रस्ताव फिर्ता लिएका थिए ।

पछि गएर माथेमा कार्यदलको सिफारिसअनुसार चिकित्सा शिक्षा ऐन आउनुपर्ने डा केसीको अडानमा देउवा सहमत भए । तर सत्ताको साझेदार माओवादीलाई मनाउन सकेनन् । आखिर माओवादी मन्त्रीले राजीनामा दिएर ‘लेमडक’ बनाइसकेपछि भए पनि देउवाले अध्यादेशमार्फत त्यो काम पूरा गरे ।

त्यसबाहेक चरित्रगत कारणले पनि डा केसीको अभियानप्रति काँग्रेसको रवैया नेकपाको भन्दा फरक थियो । जस्तो कि, माइतीघरमा प्रदर्शन हुनासाथ त्यहाँ निषेधाज्ञा लगाउन ऊ पुग्दैनथ्यो । निषेध नहुनासाथ मुठभेड र दमन कम हुन्थ्यो । आन्दोलनकारी र सरकारबीच तिक्तता कम हुन्थ्यो । फरक मतलाई सुन्ने र प्रणालीमा ठाउँ दिने सम्भावना जीवितै रहन्थ्यो ।

 

डा केसीको अभियान र नेकपा

२०४६ साल यता काँग्रेसले स्वास्थ्य र मेडिकल शिक्षामा जेजे गरेर दलीय स्वार्थ पुर्ति ग¥यो, त्यो अब हामीले गर्न पाउनुपर्छ भन्ने दरो लालसा अहिलेको नेकपा र उसका पूर्ववर्ती दलहरु एमाले–माओवादीमा छ र थियो ।

त्यस्तो लालसाको एउटा पाटो वैध छः काँग्रेसका धरोहर बीपीको नाममा धरानमा स्वास्थ्य विज्ञान प्रतिष्ठान खुल्यो, भरतपुरमा देशकै ठूलो क्यान्सर अस्पताल खुल्यो, अब नेकपाका धरोहर नेताहरुको नाममा त्यस्तै संस्था खोल्नुपर्छ ।

तर विसंगति कहाँ शुरु भयो भने एमालेका श्रद्धेय नेता तथा पूर्व प्रधानमन्त्रीका नाममा मनमोहन प्रतिष्ठान खोल्दा राष्ट्रियस्तरको सार्वजनिक संस्थाको परिकल्पनासमेत गरिएन । त्यसका उपकुलपति एउटा नाफामूलक सहकारी संस्थाका मानिसले छान्ने काइते प्रावधान राखियो । संसदले कानुन बनाउँदा अरु यस्तै संस्थामा ‘नेपाल सरकार’ लेखिने ठाउँमा एउटा सहकारी संस्थाको नाम लेखियो ।

हाम्रो खूला विमति यस्तो ठिमाहा संस्थासँग मनमोहन अधिकारीको नाम जोड्न हुँदैन, बरु बन्दै गरेका जति सबै ठूला सार्वजनिक प्रतिष्ठानको नाम अधिकारीसँग जोडे हुन्छ भन्ने थियो । त्यस्तै माथेमा कार्यदलले काठमाडौंभित्र थप मेडिकल कलेज नखोल्नु भनेकाले यहाँ त्यस्तो संस्था खोल्नु हुँदैन भन्ने पनि थियो । तर आजसम्म नेकपाका साथीहरुले डा केसीको अभियानलाई मनमोहन प्रतिष्ठानको विरोधी भनेर चित्रण गर्छन् ।

काँग्रेसले झैं मेडिकल शिक्षा क्षेत्रबाट लाभ लिने नेकपाको लालसाको अर्को पाटोचाहिं अवैध छ । जसरी हिजो काँग्रेस सरकारमा छँदा ऊसम्बद्ध व्यवसायीहरुले नियामक निकायलाई आफ्नो छायाँ बनाएर दशौं अरब लुट गरे, अब आफू सम्बद्ध व्यवसायीलाई त्यो अवसर दिने ।

२०४६–०६९को समयमा यस्ता सबै जसो काम पर्दा पछाडि हुन्थे । मेडिकल शिक्षाको पहिलो भ्रष्टाचार काण्ड बोराभरिको घुस बाँडफाँटमा विवाद भएका कारण घुस्याहाहरु आफैंबाट पर्दाफास भएको थियो, २०६७ सालमा । तर २०७४ को चुनाव भएर नेकपाको पालो आउँदा अवस्था फेरिइसकेको थियो । डा केसीको निरन्तर अभियानका कारण यो क्षेत्रका सारा भ्रष्टहरुबारे समाज जानकार भइसकेको थियो ।

त्यसैले २०७५ सालमा एउटा व्यवसायीलाई पोस्ने अपवादमुलक प्रावधानसहित चिकित्सा शिक्षा ऐन पारित गर्न नेकपाले प्रतिपक्षी काँग्रेसको अवरोध मात्रे सामना गर्नुपरेन, चौतर्फी बदनामी कमाउनुप¥यो । विधि पु¥याउनुको सट्टा कानुनी छिद्रबाट छिर्न खोजेकाले आजका दिनसम्म तिनै व्यवसायीको मेडिकल कलेजले अनुमति पाउन सकेको छैन ।

चिकित्सा शिक्षा ऐनमा त्यो प्रावधान राख्न प्रम ओलीले छ महिना अगाडि आफैंले डा केसीसित गरेको सम्झौता कुल्चेका थिए । जबकि त्यो सम्झौता गर्ने क्रममा प्रम ओलीले ‘अब पहिलेको जस्तो सम्झौता गर्दै हिंड्ने, कार्यान्वयन नगर्ने हैन । जे गरिन्न, त्यो लेखिन्न, जे सम्झौतामा लेखिन्छ, त्यो कार्यान्वयन गरिन्छ’ भनेका थिए ।

किन यस्तो त? हामीले नेकपाका साथीहरुलाई सोध्दा उनीहरु भन्थेः यत्रो म्यान्डेट लिएर आएको सरकार किन केसीसित झुक्नु? जबकि छ महिना अगाडि त्यही म्यान्डेट लिएर आएका प्रधानमन्त्रीले डा केसीसँग सम्झौता गरेकाले त्यसका बुँदा डा केसीका मात्र थिएनन्, सरकारका पनि थिए ।

२०७५ को उक्त ऐनमा पाँच वर्षभित्र सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने भनेर लेखिएको छ । डा केसीसित बारम्बार भएको सम्झौता र माथेमा कार्यदलको प्रतिवेदनमा टेकेर ऐनमा त्यो प्रावधान राखिएको थियो । त्यसलाई कार्यान्वयन गर्न सके कम्तीमा पाँच त्यस्ता नयाँ संस्था खुल्नेछन् ।

अनि दुरदराजसम्म विशेषज्ञ सेवा पु¥याउने त्यस्ता संस्था निर्माणमा ०४६ सालदेखि अहिलेसम्मका सबै प्रधानमन्त्रीले जति काम गरे (२ त्यस्ता संस्थाको स्थापना), प्रम ओली एक्लैले त्यसको अढाइ गुणा बढी काम गर्न र नाम कमाउन सक्नेछन् ।  

ती संस्था निर्माणमा दुई वर्षसम्म देखिएको सुस्तता र शिथिलताका कारण डा केसी यसपल्ट सत्याग्रह बस्नुप¥यो । यसपटकको सम्झौतामा समयबद्ध रुपमा ती काम गर्ने वाचा गरेको छ ।

०७५ सालमा ऐन पारित गर्दा झैं ‘डा केसीसित किन झुक्ने?’ भनेर बाँकी तीन वर्ष खेर फाल्ने हो भने २०८० सालमा पनि हामी अहिलेकै अवस्थामा हुनेछौं । अनि त्यतिबेलाको सरकार ऐन संशोधन गरेर ती संस्था खोल्न अर्को समय तालिका ल्याउन बाध्य हुनेछ । देशको स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्र अहिले झैं अस्तव्यस्त रहनेछन् ।

अर्कोतिर पार्टीको चुनावी घोषणापत्र र संविधानमा आफैंले लेखेको कुरा हेरेर तथा महामारीबाट पाठ सिक्दै काम गर्ने हो भने समयमै ती संस्था खुल्नेछन् । र नेपालको स्वास्थ्य सेवा विकेन्द्रिकरणमा नयाँ इतिहास बन्नेछ । चाहने हो भने नेकपाका श्रद्धेय नेताहरुको नाम अब बन्ने सबै सार्वजनिक संस्थाहरुमा राख्न सकिन्छ । 

Wednesday, August 26, 2020

रुसी भ्याक्सिनले जन्माएको भय

 

हठात् रुसले कोभिड–१९ को भ्याक्सिनलाई स्वीकृति दिएको समाचार आयो ।

‘रुसले कोरोनाको भ्याक्सिन बनाएको हो?’ भनेर साथीहरुले सोध्न थाले । सामाजिक सञ्जालको युगमा समाचारमा आउँदैमा मानिसले सबै कुरा पत्याइहाल्दैनन् । त्यसैले चिकित्सकका नाताले मलाई त्यो प्रश्न सोधिनु स्वभाविक थियो ।

तर मेरा लागि त्यो प्रश्नको उत्तर सहज थिएन ।

हो भनौं भने भ्याक्सिन विकासको स्थापित विधिको धज्जी उडाएर दिइएको त्यस्तो स्वीकृति त्यति धेरै अर्थपूर्ण थिएन । कसैले चाहंदैमा जादुको छडीले झैं यस्ता आविष्कार हुन सक्ने भए इतिहासमा सबैभन्दा छिटो विकसित मम्प्सको भ्याक्सिन बनाउन चार वर्ष लाग्ने थिएन ।

हैन भनौं भने सर्वप्रथम अन्तरिक्षमा स्पुतनिक भु–उपग्रह पठाउने रुसले स्पुतनिक–५ नाम दिएर भ्याक्सिन घोषणा गरिसक्यो । अरु केही देशका शासकहरुले त्यो भ्याक्सिन प्रयोग गर्ने समेत बताइसके । अन्तर्राष्ट्रिय मिडियामा कथम् त्यो भ्याक्सिनले काम गरिहाल्यो भने के होला भन्ने विषयमा विमर्श हुन थालिसक्यो ।

फेरि भ्याक्सिन निर्माणको प्रक्रिया रुसबाहेकका देशमा राजनीतिक दबाब र प्रभावबाट अछुतो रहेको भन्ने पनि हैन । भ्याक्सिन निर्माणको वैज्ञानिक प्रक्रियामा राजनीतिक हस्तक्षेपको समाचार यस अगाडि भारतबाट आइसकेको थियो । अमेरिकामा त डोनाल्ड ट्रम्पले बारम्बार नोभेम्बर ३ को चुनाव अगाडि नै भ्याक्सिन ल्याउन कम्पनीहरुलाई नाजायज दबाब दिएको कुरा कसैबाट छिपेको छैन ।

भ्याक्सिनबारे अनेक खाले दाबी र प्रचारवाजीमा धेरै देश उत्रिए पनि रुसको करतुत चाहिं बाँकी सबैभन्दा अलग थियो । भ्याक्सिनका धेरै उम्मेदवारहरु जुन चरणमा गएर असफल हुने हुन् ‘फेज थ्री क्लिनिकल ट्रायल’ नामक त्यो चरणमा प्रवेशै नगरी उसले भ्याक्सिनलाई मान्यता दिएको थियो ।

परिणामः फिलिपिन्सका रोड्रिगो दुतेर्तेजस्ता शासकले मात्रै त्यो भ्याक्सिन प्रयोग गर्ने बताएनन्, संसारको धेरै देशमा मानिसमा भ्याक्सिन तत्काल बनेर महामारीलाई रोक्छ कि भन्ने आशा पलायो ।

जब केही चिकित्सा समुदायकै साथीहरुले त्यो भ्याक्सिनलाई गम्भीरतापूर्वक लिएको थाहा पाएँ, म झसंग भएँ ।

स्पुतनिक ५ भ्याक्सिनका बारेमा कुरा हुँदा चिकित्सक साथीलाई मैले बताएँः रुसले तीसौं हजार मानिसमा गर्नु पर्ने फेज थ्री ट्रायल नै नगरी भ्याक्सिन दर्ता गरेको छ, त्यस्तो भ्याक्सिनको के आश गर्नु?

साथीले भनेः तीसौं हजारमा त अब प्रयोग गरिहाल्छ नि ।

उनको कुरा ठिकै हो । दर्ता भइसकेपछि स्पुतनिक–५ को प्रयोगमा कम्तीमा रुसभित्र कसैले छेकवार लगाउन सक्दैन ।

तर विज्ञानको इतिहासले के भन्छ भने त्यसरी नयाँ भ्याक्सिन प्रयोग गर्दा परिणाम यीमध्ये एउटा हुन सक्छः

. भ्याक्सिनले काम गर्छ र सुरक्षित छ

. भ्याक्सिनले काम गर्छ तर उल्लेख्य संख्यामा गम्भीर जटिलता ल्याउँछ

. भ्याक्सिनले काम गर्दैन तर जटिलता ल्याउन सक्छ

. भ्याक्सिनले संक्रमण रोक्नुको सट्टा संक्रमणको वा जटिलताको जोखिम झन् बढाउँछ

 रुसले झैं हतारमा नयाँ भ्याक्सिन दर्ता गर्दा के मानिएको हुन्छ भने यी चारमध्ये पहिलो परिणाम नै आउँछ । तर त्यो सम्भावनाको मात्रै कुरा हो, सुनिश्चितताको हैन ।

मानौं कि ती साथीले भनेझैं तीसौं हजार वा लाखौं मानिसले अब उक्त भ्याक्सिन लिने चरण नै सामान्य भ्याक्सिन विकासको फेज थ्री ट्रायलसरह हो । त्यस क्रममा भ्याक्सिनका राम्रा वा नराम्रा प्रभाव र प्रभावकारीताको टिपोट पक्कै रुसी चिकित्सक र वैज्ञानिकहरुले गर्नेछन् । त्यस क्रममा परिणामले भ्याक्सिन काम गर्ने र सुरक्षित देखियो भने त ठिकै हो । तर काम नगर्ने वा गम्भीर जटिलता देखिने भयो भने के होला?

विकसित हुँदै गरेको भ्याक्सिनलाई प्रतिष्ठाको विषय बनाएर आवश्यक शोध विनै संसारकै पहिलो कोभिड भ्याक्सिन घोषणा गरेपछि रुसले त्यस्तो प्रतिकुल नतिजा कसरी सार्वजनिक गर्ला?

रुसी भ्याक्सिनले पार गरेको भनिएको पहिलो र दोस्रो चरणको ट्रायल (जसले मुलतः प्रभावकारिता नभई भ्याक्सिन कति सुरक्षित छ भनेर हेर्छन्)का नतिजाहरु समकक्षी वैज्ञानिकहरुको निगरानी (पियर रिभ्यु)का लागि उपलब्ध गराइएको थिएन । त्यसैले अबका दिनमा आउने भ्याक्सिनसम्बन्धी नतिजा पनि उसरी नै अन्धकारमा तयार हुने निश्चित जस्तै छ ।

 अब एउटा अवस्था कल्पना गरौंः स्पुतनिक ५ प्रभावहीन वा प्रत्युत्पादक वा दुवै हुने कुरा रुसी वैज्ञानिकहरुले तीसौं हजार मानिसमा सो भ्याक्सिन प्रयोग गरेपछि पत्ता लाग्यो ।  सम्भवतः तबसम्म सिंगो रुसी जनसंख्या र अरु धेरै देशका लागि पुग्ने भ्याक्सिनका डोजहरु रुसभर र धेरै देशमा पुगिसकेका हुनेछन् ।

त्यो अवस्थामा भ्याक्सिनलाई असफल घोषणा गरेर नष्ट गर्ने वैज्ञानिकको विवेक हावी होला कि जसोतसो भ्याक्सिन दिइहालेर साख बचाउने रुसी राष्ट्रपति पुटिनको प्रयास हावी होला?

...

भ्याक्सिन विकास गर्ने शुरुआती चरण भनेको मानिसमा संक्रमण नगराइ संंक्रामक जीवविरुद्ध प्रतिरोधी क्षमता विकास गर्ने विभिन्न उम्मेदवार पदार्थहरुको छनोट हो । अक्सर यही चरणले वर्षौंको समय लिने गर्छ । तर पछिल्ला दशकहरुमा धेरै खाले प्रविधिहरुको तीव्र विकास भएकाले चीनले सार्स–कोभी–टुको आनुवंशिक संरचना सार्वजनिक गरेको केही सातामा विश्वभरका धेरै वैज्ञानिक र कम्पनीहरुले त्यस्ता उम्मेदवारहरुको खोजी गरे ।

त्यसपछिको चरणमा उक्त पदार्थहरुको पशुमा परीक्षण गरेर प्रभावकारिता र जटिलता वा दुष्प्रभाव हेरिन्छ । यो चरणमा महिनौंको समय लाग्न सक्छ । छिटो भ्याक्सिन बनाउने हतारोमा यसपल्ट कतिपय कम्पनीले यो चरणलाई नै बाइपास गरेर सिधै मानिसमा परीक्षण गरेका छनु ।

मानिसमा हुने पहिलो परीक्षण वा फेज वान सेफ्टी ट्रायलमा सानो संख्याका स्वयंसेवीहरुमा उक्त पदार्थ कति सुरक्षित छ भनेर परीक्षण गरिन्छ । साथै त्यसले शरीरमा रोग प्रतिरोधी प्रणालीलाई प्रभावित गर्छ कि गर्दैन भनेर हेरिन्छ । यसको नतिजा जति लामो समय हेरेर चुस्त विश्लेषण ग¥यो, कुनै जटिलता छुट्ने सम्भावना उत्तिकै कम हुन्छ ।

पहिलो चरणबाट सुरक्षित ठहरिएको भ्याक्सिन उम्मेदवारलाई अलि ठूलो संख्या (सयौं)का स्वयंसेवीहरुमा फेरि प्रयोग गरिन्छ । फेज टु एक्स्पाण्डेड ट्रायल भनिने यो चरणमा पनि मुलतः उक्त पदार्थ कति सुरक्षित छ भनेरै वर्षौंसम्म (कोभिडको हकमा महिनौंसम्म) हेरिन्छ । साथै फरक उमेर समुहको रोग प्रतिरोधी प्रणालीमा कस्तो प्रभाव पार्छ भनेर पनि हेरिन्छ । होशियारीपूर्वक अध्ययन गर्दा यस चरणमा पनि कडा दुष्प्रभाव नदेखिएमा बल्ल तेस्रो चरणको बाटो खुल्छ ।

‘फेज थ्री इफिकेसी ट्रायल’मा बल्ल भाइरसको प्रभावकारिताको असली परीक्षण हुन्छ । यो चरणमा बीसौं हजार स्वस्थ स्वयंसेवीहरु भ्याक्सिन लगाएपछि समुदायमा फर्कन्छन् । ‘कन्ट्रोल’ भनिने उस्तै तर भ्याक्सिन नपाएका मानिसहरु पनि समुदायमै रहेर यो ट्रायलको हिस्सा बन्छन् ।

त्यसपछि संक्रमण समुदायमा फैलँदा भ्याक्सिन पाउने स्वयंसेवीहरु र कन्ट्रोल समुहका मानिसहरुबीच संक्रमण दरको तुलना हुन्छ । दुई समुहबीच संक्रमित हुने दर उल्लेख्य रुपमा भिन्न भएन भने भ्याक्सिन असफल हुन्छ । अमेरिकाका फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशनका अनुसार कम्तीमा ५० प्रतिशत स्वयंसेवीहरुलाई संक्रमणबाट बचायो भने मात्रै कुनै कोभिड भ्याक्सिनलाई सफल मान्न सकिन्छ ।

स्वयंसेवीहरु समुदायमा फर्केपछि संक्रमण समुदायमा पुगेन वा रहेन भने भ्याक्सिनको प्रभावकारिताको परीक्षण नै हुन सक्दैन । त्यसैले चीनले विकास गर्दै गरेका दुई भ्याक्सिनहरु अहिले संयुक्त राज्य इमिरेट्समा फेज थ्री क्लिनिकल ट्रायलमा छन् ।

अक्सर यो चरणमा वर्षौं समय बित्ने गर्छ र अधिकांश भ्याक्सिन यही चराणमा असफल हुन्छन् । यो चरणमा जति धैर्यतापूर्वक धेरै मानिसमा अध्ययन ग¥यो, उति नै असामान्य खालका जटिलताहरु पत्ता लाग्ने सम्भावना हुन्छ ।

यी सबै चरणमा अध्येताहरुले निकालेका परिणाम अरु अध्येताहरुले ‘पियर रिभ्यु’मार्फत् केलाउँछन् । सबै चरण सकिएपछि पत्ता लागेका सबै तथ्य र तयार भएका आँकडाहरुको बृहत् विश्लेषण हुन्छ । हरेक पाइलामा अब्बल ठहरिए मात्रै कुनै भ्याक्सिनको उम्मेदवार दर्ता वा स्वीकृतिका लागि सम्बन्धित निकायमा पुग्छ । ती निकायले फेरि स्वतन्त्र रुपमा नतिजाहरुको परीक्षण गर्छन् । अनि सबै ठिकठाक भए मात्रै भ्याक्सिन स्वीकृत हुन्छ ।

...

बनेका भ्याक्सिनहरु साँच्चिकै प्रभावकारी र सुरक्षित होउन् भनेर वैज्ञानिकहरुले विकास गरेको प्रक्रिया लत्याएर स्पुतनिक ५ बनाएपछि त्यसबारे मानिसलाई ढुक्क बनाउन रुसी सञ्चार माध्यमहरुले भनेः राष्ट्रपति पुटिनकी छोरीले समेत यो भ्याक्सिन लगाइन् र उनी ठिकठाक छिन् ।

तर पुटिन वा जोसुकैकी छोरी भए पनि यस्ता अध्ययनमा व्यक्तिका रुपमा उनको गणना एक भनेरै हुने गर्छ । अध्ययनमा उनको सहभागिताले (यदि साँचो हो भने) बीसौं हजारमा हुनुपर्ने अध्ययनको क्षतिपुर्ति हुन सक्दैन ।

यो कुरा बुझ्न त्यति गाह्रो छैन तर रुसले भ्याक्सिन बनाएको सन्देहास्पद समाचारले जति मानिसलाई आशावादी बनाएको छ, त्यो हेर्दा लाग्छ जीवन–मरणसँग जोडिएका वैज्ञानिक विषयमा मानिसहरुलाई सुसुचित गर्न वैज्ञानिक र चिकित्सक समुदायले धेरै काम गर्न बाँकी छ । 

Monday, July 13, 2020

साइकलको उडान



मान्छे बरु जमिनमा छ भने कल्पनाको उडान भर्न सक्छ तर हवाइजहाज चढेपछि जमिनसितको उसको बन्धन झन् बलियो हुन्छ । जहाजको भ¥याङ उक्लनासाथ उसलाई बलियो जमिनमा उभिनुको महत्व बोध हुन्छ र ऊ कहिले अर्को विमानस्थलमा सुरक्षित रुपमा टेक्न सकिएला भनेर व्यग्र हुन्छ । धर्तीमा छँदाका कुनै पनि बन्धन आकाशमा पुगेपछि खुकुलो हुँदैनन् । जब गन्तव्य विमानस्थलबाट अनुमति नपाएर जहाज आकाशमा चक्कर काट्न थाल्छ, मानिस धेरै बेर आकाशमा उड्न पाएकोमा चंगा महसुस गर्दैनन् । आधा मानिसको आधा सातो त्यसै जान्छ ।


म अक्सर आकाशमा उडेको सपना देख्छु । चिलले झैं जमिनमा हेर्दै अनि हावामा बाँकटे हान्दै निकै माथि माथि, यता र उता उडेको । दिशा बदल्न ज्यानलाई ढाडबाट मरक्क मर्काएको । अनि नमस्ते मुद्रामा दुई हात जोडेर ‘डाइभ’ हानेको । अन्तमा एकदमै होशियारी साथ भुइँमा अवतरण गरेको ।

अक्सर ती सपनामा म उत्तीसका निकै अग्ला रुखका हाँगा लछार्दै भुइँमा झर्ने गर्छु । नझरुन्जेल भुइँमा बजारिने चिन्ताले सताइरहेको हुन्छ । तर हरेकपल्ट विना चोटपटक म भुइँमा उत्रिन्छु र सन्तुष्टिको स्वास फेर्छु ।

त्यस्तो सपना चल्दै गर्दा वा सकिए लगत्तै निद्रा खुलिहाल्यो भने त्यसका हरेक दृश्य मनमा ताजा हुन्छन् । अनि ती दृश्यलाई ओल्टाइ पल्टाइ गरेर म फेरि धेरै बेर ननिदाइ आनन्द लिइरहन्छु । तत्काल निद्रा खुलेन भने चाहिं बिहान हो कि हैन जस्तो गरी सपनाको धमिलो सम्झना मात्रै बाँकी रहन्छ ।

Saturday, May 2, 2020

कोरोनाको र्यापिड किटः कमजोरी होस्, बदनियत नहोस्


केही दिन अगाडि एउटा रेडियोबाट पत्रकारले मलाई सोधेः विश्व स्वास्थ्य संगठनले सिफारिश नगरेको र्यापिड किट नेपालमा प्रयोग गर्नु नै सरकारको गल्ती त थिएन?

तबसम्म कोभिड–१९ को मुख्य जाँच विधि पिसिआर र यो छरितो विधिका नतिजामा निकै फरक आइसकेकाले उनले त्यो प्रश्न सोधेका थिए ।

‘सरकारले त्यो विधि अहिलेको अवस्थामा प्रयोग गर्नु हुँदैनथ्यो’ भन्ने उनको प्रश्नको सरल र सही उत्तर हुन्थ्यो ।

Tuesday, January 7, 2020

Beyond Social media: Discovering the dignity of silence

First published as After social media in Republica daily

During my teenage years, I craved attention and recognition from people. Some of my memories of plus two years include being fed up of an insignificant existence in this overcrowded world. There used to be bouts of a suffocating feeling that I will live and die just as an insignificant average citizen of a poor and wretched third world country.

Over years, the feeling got diluted and I thought I got past that craving. Looking back now, however, I feel otherwise. Instead of vanishing without trace, that craving had silently morphed into something else and was driving much of my passion. At 24, I started blogging and kept on writing so compulsively and prolifically that now, after a decade, there are 557 published posts in my main blog and there are altogether 23 blogs that I have created and posted something in. One of them contains a whole book. The others deal with topics as varied as Ebola and postmodernism. And there are scores of my articles published by newspapers and other online outlets.

Sunday, December 29, 2019

खगेन्दाइ, माओको चीनमा मुक्ति थियो कि मृत्यूनाच?

यो लेखको संक्षिप्त संस्करण २०७६ पुस १२ को कान्तिपुर कोशेलीमा प्रकाशित भएको थियोः मेरो विमति छ, खगेन्दाइ

प्रिय खगेन्दाइ,

एउटा लेखकको मानक के हो? लेखक कस्तो हुनुपर्छ? जवाफ मसँग थिएन । तर लेखक भनेको खगेन्द्र संग्रौलाजस्तो हुनुपर्छ भन्ने चाहिं लाग्थ्यो । कान्तिपुरमा हरेक बुधबार आउने ‘बेलाको बोली’ स्तम्भको व्यग्र प्रतिक्षा हुन्थ्यो । त्यो स्तम्भमार्फत म आफैं तपाइँको चेतनाका अन्तरकुन्तर पुगेर आफ्नोभन्दा फराकिलो दृष्टिले संसारलाई हेरेजस्तो लाग्थ्यो ।  साथीभाइले जब गालीबाहेक केही नगर्ने भनेर तपाइँलाई पन्छाउँथे, म प्रतिवाद गर्थेंः एउटा खगेन्द्र संग्रौलाले निरन्तर शक्तिशालीहरुलाई जवाफदेही बनाउन खोज्दा उसबाट पनि भजनकै अपेक्षा गर्ने तिमीहरु कस्ता? पछि, खास गरी विदेशी स्तम्भकारहरुलाई पढ्न थालेपछि आदर्श लेखकको एउटै मानक नहुँदोरहेछ, लेखक पनि हामीजस्तै गुणदोषयुक्त मानिस रहेछन्, तिनीसँग जगत्का सबै प्रश्नका उत्तर नहुने रहेछन् र तिनले लेखेको कुरा अकाट्य नहुँदोरहेछ भन्ने बोध हुँदै गयो । समयक्रममा तपाइँको पनि स्तम्भ लेखनको ‘बक्रयात्रा’ले विश्राम लियो ।

खैर खगेन्दाइ, यो त भयो तपाइँसँग म कसरी भावनात्मक रुपमा जोडिएँ भन्ने कुरा । यो टिप्पणीको विषयचाहिं अलिकति फरक छ । तपाइँको अनुवादमा याङ मोको ‘युवाहरुको गीत’ पटक पटक पढेको झण्डै दुई दशकपछि त्यो पुस्तकप्रतिका यहाँका भावनाहरु पढ्न पाइयो हालै कोशेलीमा । पढ्नासाथ त्यसको जवाफमा केही लेख्नै पर्ने बोध भयो ।

Monday, December 9, 2019

A dream fulfilled is often disappointing: 2018 Literature Nobel Prize winner Olga Tokarczuk’s lecture


The full text of the Nobel lecture given by the winner of the 2018 Nobel Prize for Literature, in English translation.

Olga Tokarczuk

The Tender Narrator
1.

The first photograph I ever experienced consciously is a picture of my mother from before she gave birth to me. Unfortunately, it’s a black-and-white photograph, which means that many of the details have been lost, turning into nothing but gray shapes. The light is soft, and rainy, likely a springtime light, and definitely the kind of light that seeps in through a window, holding the room in a barely perceptible glow.


My mom is sitting beside our old radio, and it’s the kind with a green eye and two dials – one to regulate the volume, the other for finding a station. This radio later became my great childhood companion; from it I learned of the existence of the cosmos. Turning an ebony knob shifted the delicate feelers of the antennae, and into their purview fell all kinds of different stations – Warsaw, London, Luxembourg and Paris.

Sometimes, however, the sound would falter, as though between Prague and New York, or Moscow and Madrid, the antennae’s feelers stumbled onto black holes. Whenever that happened, it sent shivers down my spine. I believed that through this radio different solar systems and galaxies were speaking to me, crackling and warbling and sending me important information, and yet I was unable to decipher it.

When as a little girl I would look at that picture, I would feel sure that my mom had been looking for me when she turned the dial on our radio. Like a sensitive radar, she penetrated the infinite realms of the cosmos, trying to find out when I would arrive, and from where. Her haircut and outfit (a big boat neck) indicate when this picture was taken, namely, in the early sixties.

Gazing off somewhere outside of the frame, the somewhat hunched-over woman sees something that isn’t available to a person looking at the photo later. As a child, I imagined that what was happening was that she was gazing into time. There’s nothing really happening in the picture – it’s a photograph of a state, not a process. The woman is sad, seemingly lost in thought – seemingly lost.

When I later asked her about that sadness – which I did on numerous occasions, always prompting the same response – my mother would say that she was sad because I hadn’t been born yet, yet she already missed me.

“How can you miss me when I’m not there yet?” I would ask.

Sunday, June 9, 2019

प्रविधिको दुःखान्त: लक्ष्य स्वर्ग, गन्तव्य नर्क





प्रसंग १ः

सन् २०११ । चीनको सिन्जियाङ उइगर स्वशासित क्षेत्र । थ्रीजी मोबाइल डाटा नेटवर्क भर्खर पुगेको छ । एकाध वर्षमा झण्डै सबै वयस्क उइगरहरुका हातमा स्मार्टफोन पुग्छ । जनजीवन एकाएक निकै सहज बन्न पुग्छ र उइगरहरुले सशक्तीकरणको महसुस गर्छन् । सरकारी सञ्चारमाध्यममा खाली केन्द्रबाट ठाडै लादिएका सञ्चार सामाग्री मात्र ग्रहण गर्ने गरेका उइगरहरुबीच अभूतपूर्व रुपमा सुचनाको तेर्सो (हरिजोन्टल) प्रवाह सम्भव हुन्छ । चीनका सजातीय उइगरहरु मात्रे नभई टर्की, कजाकास्तान र किर्गिजिस्तानका ‘टर्किक’ मुसलमान समाजहरु एउटै अनलाइन समुदायमा जोडिन्छन् । अब्लाजान आयुपजस्ता उइगर कलाकार रातारात स्टार बन्छन् । खास गरी माओको सांस्कृतिक क्रान्ति यता चर्को सांस्कृतिक दमनमा परेका चीनियाँ उइगरहरुमा सांस्कृतिक र धार्मिक पुनर्जागरण आउँछ । धार्मिक अपनत्वको भावना विकसित भएसँगै मानिसहरुमा धार्मिक पोशाक लगाउने र नियमित मस्जिद जाने बानी बस्छ ।


अर्थात्, हातमा रहेको इन्टरनेट–जडित मोबाइल राज्यको निसास लाग्दो नियन्त्रण खुकुलो बनाउन प्रभावकारी हुन्छ ।


सन् २०१७ अर्थात छ वर्षपछि । अलिम नामक उइगर युवा विदेश पढेर फर्कंदैछन् । जहाजबाट ओर्लेर चीनमा टेक्नासाथ पुलिसले उनलाई पक्राउ गर्छ । कारणः उनको विदेश यात्राका कारण उनी ‘असुरक्षित’ व्यक्तिको आशंकामा छन् । पुलिसले उनको ‘स्वास्थ्य जाँच’ गर्छ । त्यसअन्तर्गत उनको डिएनए, रक्त समुह, औंठाछाप, आवाजको रेकर्ड र अनुहारको स्क्यान पर्छ । राष्ट्रपति सी चिनफिङको ‘जनताको आतंकवादविरोधी युद्ध’ (पिपुल्स वार अन टेरर) अन्तर्गत राज्यले उइगर समुदायका लागि खोलेका सयौं बन्दी–गृहहरु (जसलाई चीनियाँहरु पुनर्शिक्षा क्याम्प भन्छन्) मध्ये एकमा पु¥याइन्छ । त्यहाँ उनलाई निद्रा र खानाबाट वञ्चित गर्दै घण्टौं पुछताछ गरिन्छ, तर्साइन्छ । उनी त्यो प्रक्रियामा यति गल्छन् कि विक्षिप्त भएर एकोहोरो हाँस्न थाल्छन् । कुनै आफन्तको जमानतमा उनलाई दुई हप्तामा त्यहाँबाट रिहा गरिन्छ ।


त्यसको केही हप्तमा नजिकैको मलमा खाना  खान जाँदै गर्दा उनको सरकारी परिचयपत्र स्क्यान हुन्छ र उनी अनुहार पहिचान गर्ने सफ्टवेयरबाट गुज्रन्छन् । अलार्म बज्छ र उनी पक्राउ पर्छन् । कारणः उनी त्यहाँ चीनले प्रयोग गर्ने गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)मा आधारित डाटा प्रणाली ‘आइजप’ (इन्टिग्रेटेड जोइन्ट अपरेसन्स प्लाटफर्म)को कालो सुचीमा सम्भावित आतंकवादीका रुपमा परिसकेका रहेछन् । अर्थात अरु आम मानिसजस्तै उनको कुनै आतंकवादी विगत थिएन तर सरकारले भर गर्ने गरेको एआइले उनलाई भावी आतंकवादी दर्ज गरेको थियो । प्रहरीले उनलाई भन्योः पक्राउ नपर्ने मन भए घरै बस्नु, कुनै सार्वजनिक स्थलमा नजानु । तबसम्म कुनै बेलाका उइगर पप स्टार अब्लाजान राज्यले बेपत्ता पारिसकेको थियो । झण्डै एक करोडभन्दा बढी उइगरहरुमध्ये सबै जसो एआइमा आधारित राज्यको निसास लाग्दो नियन्त्रणमा थिए ।१


प्रसंग २ः तानाशाहहरुले फलामे हातले शासन गर्ने भनिएको मध्यपूर्वमा सन् २०११ मा विद्रोहको लहर शुरु भयो । ट्युनिसिया र इजिप्टमा फेसबुक र ट्वीटरका मदतले सम्भव भएका विशाल प्रदर्शनहरुको बलमा शान्तिपुर्ण क्रान्तिहरु भई तानाशाह ढाले । सिरिया गृहयुद्धको लपेटामा प¥यो । लिबियामा विद्रोहको पक्षमा पश्चिमा देशहरुले सैन्य हस्तक्षेप गरेपछि त्यहाँका तानाशाह त ढले तर नयाँ व्यवस्था जन्मनै नपाई हिंस्रक अराजकता सिर्जना भयो जुन अद्यापि कायम छ । विद्रोह नभइ हाले पनि साउदी अरबलगायतका अधिनायकवादी शासन भएका देशमा सामाजिक सञ्जाल निर्देशित जागरण र आम मानिसको सशक्तीकारण आयो । २०११ मेमा साउदी अभियन्ता मनल अल–शरिफलाई मध्यरातमा गुप्त प्रहरीले अपहरण गरेर लगिरहँदा ओमार अल्जोहनीले ट्वीटरबाट त्यसको प्रत्यक्ष प्रसारण गरे । अपहरण गोप्य नरहेपछि उनको ज्यान बच्यो ।

Tuesday, January 15, 2019

योगेश भट्टराइजी, लोकमानले सकेनन्, तपाइँ सक्नुहोला?




योगेश भट्टराइजी,


२०७३ सालमा लोकमान सिह कार्कीले ‘भ्रष्टहरुको माखेसाङलोमा जेलिएका डा (गोविन्द) केसीलाई कुसंगत परित्याग गर्न र प्रायोजित अभियनता नबन्न’ सुझाव दिएका थिए । डा केसीको मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लेटरहेडमा निकालिएको विज्ञप्तिमा थप लेखेका थिएः

वस्तुतः नेपाली स्वास्थ्य क्षेत्रको सुधार र विकासका सन्दर्भमा डा केसीका खोक्रा अभियानबाट होइन आयोगको दृढ प्रतिबद्धता र पहलबाट निश्चित उपलब्धि हासिल भएको तथ्य आम नेपाली दाजुभाई दिदीबहिनीहरुमा विदितै छ । साथै आयोग नेपाली स्वास्थ्य क्षेत्रमा विद्यमान अराजकता, दण्डहीनता, माफियातन्त्र र सबै प्रकृतिका असंगतिहरुको अन्तका लागि सर्वथा क्रियाशील रहने दृढता व्यक्त गर्दछ ।

कार्कीको यस्तो दाबी यसै आएको थिएन । उनी संविधानले शक्तिशाली बनाइदिएको देशको संवैधानिक आयोगका प्रमुख आयुक्त थिए । देशमा सुशासन कायम गर्न सबैभन्दा बढी जिम्मेवारी हुने पदमा उनै थिए । त्यस्तो व्यक्तिलाई एउटा नागरिकको हैसियतमा रहेका डा केसीले सार्वजनिक रुपमै भ्रष्ट घोषित गरेर महाभियोगको माग राखेपछि उनी आक्रोशित हुनु र त्यस्तो विज्ञप्ति निकाल्नु बुझ्न सकिने कुरा थियो ।

तर योगेशजी, इतिहासको कठघरा भन्ने कुनै ठाउँ हुन्छ जुन नभई हामी कोही पनि गुज्रन सक्दैनौं । हामी आफ्नो वा अरु कसैको बारे जति सुकै दाबी, विवाद गरौं, तर्क गरौं, हल्ला गरौं, लेखौं वा बोलौं, त्यसभन्दा निकै पर समयले हाम्रो अलग्गै परीक्षा लिन्छ ।

त्यो परीक्षामा लोकमान खरो उत्रेको भए अहिले के हुन्थ्यो कल्पना गर्न सकिन्छ । तर त्यसो भएन । बाँकी अब इतिहास भइसक्यो ।

Wednesday, January 2, 2019

बम्जन दुराचारको मनो–सामाजिक पाटो




भारतीय लेखक मनु जोसेफले सामाजिक सञ्जाल युगमा मानव समाजमा विकसित प्रवृत्तिहरुबारे एउटा घत लाग्दो कुरा भनेका छन्ः यो युगमा मान्छेको सोच्ने, कुनै विषयको जाँच पडताल गर्ने अनि त्यसको गुणदोषको आधारमा निश्कर्षमा पुग्ने क्षमता हराइसकेको छ । कुनै विषयमा गलत निश्कर्षमा पुगेको पत्ता लागेपछि व्यक्ति त्यसलाई स्वीकारेर पछि फर्कने सम्भावना झनै क्षिण हुँदै गइरहेको छ । बरु त्यसको साटो जति ठूलो गल्ती त्यति नै धेरै बल लगाएर गलतलाई सही प्रमाणित गर्ने कोशिस गर्नु आम प्रवृत्ति  बनेको छ ।


कारणः मानिसलाई आफू पुगेको निश्कर्ष वा आफूमा विकसित विश्वासको परख गर्ने धैर्यता छैन किनकि हामीलाई दिमागमा कुनै भाव वा विश्वास झुल्किनासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत प्रसारण गर्न हतार हुन्छ । एकचोटि त्यसरी दुनियाँसामू पेश गरेपछि गलतै भए पनि त्यो व्यक्तिको पहिचानको हिस्सा बन्छ र त्यसबाट पछि फर्कनु भनेको त्यसरी बनेको पहिचानको एउटा हिस्सा गुमाएसरह हुन पुग्छ । त्यसो गर्दा व्यक्तिको ‘इगो’मा चोट पुग्छ । 


फलस्वरुप विचार वा धारणा निर्माणको प्रक्रिया, जुन कुनै सुचनाको ग्रहणबाट शुरु भएर त्यसका गुण–दोष परख गर्ने मस्तिष्कभित्रको लामो र अर्थपूर्ण प्रक्रियापछि मात्रै परिपक्व भएर व्यक्त गर्नका लागि तयार हुन्थ्यो, जसबीच व्यक्ति कुनै धारणा वा विचारमा अघि बढ्ने र पछि फर्कने गर्न सक्थ्यो, अब त्यो प्रक्रिया छोटिएर ग्रहण–प्रसारणमा सीमित भएको छ र एकचोटि प्रकट गरेको विचार वा विश्वासबाट मानिसहरु पछि फर्कने, गल्ती स्वीकार्ने, प्रायश्चित गर्ने प्रवृत्ति दिनानुखिन घट्दो छ ।


बम्जनका करतुतहरुबारे सेतोपाटीमा पढेपछि मैले शुरुमा जोसेफको यही भनाइ सम्झें । जब बम्जनका अनुयायीहरुले पत्रकार सम्मेलन गरेरै उनको बचाउको प्रयास गरे, जोसेफले यिनै मानिसहरुलाई आधार मानेर त्यसो भनेको जस्तो भयो ।

Thursday, December 20, 2018

ओलीको मुनवादी कर्मकाण्डपछि दाहालको मनुवादी महायज्ञ




 
प्रचण्डको महायज्ञ, अधिकारवादीको न्याय किन्ने प्रपञ्च र द्वन्द्वपीडितको ‘सत्यको बयान’


पछिल्लो समय जसरी सत्तारुढ नेकपा साविकको जिम्मेवारी पूरा गर्न छाडेर मुन र मनुतिर लहसिएको छ, त्यो हेर्दा लाग्छ त्यसका नेताहरुको लौकिक संसारमा आफैंले सिर्जना गरेका भीमकाय समस्याहरुको लौकिक समाधान छ भन्ने कुरामा विश्वास उड्दै गएको छ । ती समस्याहरुको अलौकिक समाधानको खोजीका कारण नै अहिले विश्व शान्ति महासम्मेलनदेखि धनधान्यचल भक्तिज्ञान महायज्ञसम्ममा नेकपाका नेताहरु अघि सरेको हुनुपर्छ ।



श्री हरिहर सन्यास आश्रम देवघाटका पिठाधिश्वर श्री १००८ स्वामी ज्ञानानन्द जी महाराज एवं नेपालका भू पू प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) तथा वाचन शिरोमणि पं दीनबन्धु पोखरेलज्यूबाट संयुक्त रुपमा समुद्घाटन हुने श्रीमदभागवत एवं पितृउद्धार धनधान्यचल भक्तिज्ञान महायज्ञमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनुहुन हार्दिक निमन्त्रणा गर्दर्छौं ।

घरको टेबलमा रहेको ‘महायज्ञमा जाऔं पुण्य कमाऔं’ शीर्षक निम्तोपत्रको अन्तमा यो अनुच्छेद पढेपछि मैले बा–आमालाई सोधेंः महायज्ञका लागि प्रचण्डलाई नै किन बोलाएका होलान्?

बुवाले कुरा बुझ्नुभएन । आशय प्रष्ट पार्न मैले थपेंः प्रचण्डकै कारण १५ हजार मानिस मारिए । अब उनैबाट महायज्ञ उद्घाटन गर्नुपर्ने के त्यस्तो कारण आइलागेछ?

जस्तो सुकै पाप गर्नेले पनि प्रायश्चित गर्न पाउनुपर्छ भनेर बुवाले मलाई ससानो नैतिक पाठ पढाउनुभयो । तर मेरो चित्त बुझेन ।

फेरि सोधेंः पूर्व प्रधानमन्त्री नै चाहिएको भए त्यतिका मानिस नमार्ने अरु पनि त थिए होलान् नि । 

जसले पाप गर्छ, उसैले प्रायश्चित गर्न पाउनुपर्छ भनेर बुवा पनि आफ्नो तर्कमा अडिग हुनुभयो ।

Friday, December 14, 2018

Introducing Dabali podcasts: #1: Lowest in life: A case study of three Afghan women





Welcome to Dabali podcasts; I am your host Jiwan Kshetry.

For the inaugural session of the podcasts, I shall start with a two-part series on the extraordinarily harsh lives of four women, probably harsher than any of us in Nepal can even imagine.

Do you think we are in the worst situation in the world when it comes to deadly violence against women?
If you think so, you'll reconsider your views after listening the stories of to these four Afghan women. These are based on three documentaries from Afghanistan, directed by Nima Sarvestani and Sahra Mani.

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more