Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Thursday, December 20, 2018

ओलीको मुनवादी कर्मकाण्डपछि दाहालको मनुवादी महायज्ञ




 
प्रचण्डको महायज्ञ, अधिकारवादीको न्याय किन्ने प्रपञ्च र द्वन्द्वपीडितको ‘सत्यको बयान’


पछिल्लो समय जसरी सत्तारुढ नेकपा साविकको जिम्मेवारी पूरा गर्न छाडेर मुन र मनुतिर लहसिएको छ, त्यो हेर्दा लाग्छ त्यसका नेताहरुको लौकिक संसारमा आफैंले सिर्जना गरेका भीमकाय समस्याहरुको लौकिक समाधान छ भन्ने कुरामा विश्वास उड्दै गएको छ । ती समस्याहरुको अलौकिक समाधानको खोजीका कारण नै अहिले विश्व शान्ति महासम्मेलनदेखि धनधान्यचल भक्तिज्ञान महायज्ञसम्ममा नेकपाका नेताहरु अघि सरेको हुनुपर्छ ।



श्री हरिहर सन्यास आश्रम देवघाटका पिठाधिश्वर श्री १००८ स्वामी ज्ञानानन्द जी महाराज एवं नेपालका भू पू प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) तथा वाचन शिरोमणि पं दीनबन्धु पोखरेलज्यूबाट संयुक्त रुपमा समुद्घाटन हुने श्रीमदभागवत एवं पितृउद्धार धनधान्यचल भक्तिज्ञान महायज्ञमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनुहुन हार्दिक निमन्त्रणा गर्दर्छौं ।

घरको टेबलमा रहेको ‘महायज्ञमा जाऔं पुण्य कमाऔं’ शीर्षक निम्तोपत्रको अन्तमा यो अनुच्छेद पढेपछि मैले बा–आमालाई सोधेंः महायज्ञका लागि प्रचण्डलाई नै किन बोलाएका होलान्?

बुवाले कुरा बुझ्नुभएन । आशय प्रष्ट पार्न मैले थपेंः प्रचण्डकै कारण १५ हजार मानिस मारिए । अब उनैबाट महायज्ञ उद्घाटन गर्नुपर्ने के त्यस्तो कारण आइलागेछ?

जस्तो सुकै पाप गर्नेले पनि प्रायश्चित गर्न पाउनुपर्छ भनेर बुवाले मलाई ससानो नैतिक पाठ पढाउनुभयो । तर मेरो चित्त बुझेन ।

फेरि सोधेंः पूर्व प्रधानमन्त्री नै चाहिएको भए त्यतिका मानिस नमार्ने अरु पनि त थिए होलान् नि । 

जसले पाप गर्छ, उसैले प्रायश्चित गर्न पाउनुपर्छ भनेर बुवा पनि आफ्नो तर्कमा अडिग हुनुभयो ।



मैले बहसको बिट मार्दै  भनेंः यही हो हिन्दु धर्मको समस्या । एउटा गाइ दान गरेपछि सात जुनीको पाप नष्ट हुन्छ भनेर कुनै कुटिल मानिसले गरुड पुराणजस्ता शास्त्रमा लेखिदियो, फटाहाहरुलाई मोजमस्ती भयो । जीवनभर अर्कालाई थिचेर, मिचेर, मारेर मोजमस्ती ग¥यो, सातौं पुस्तालाई पुग्ने सम्पत्ति जोड्यो अनि बुढेसकालमा दान गरेको एउटा बाच्छाको पुच्छरमा झुण्डिएर वैतरणी तर्दै स्वर्ग पुग्यो ।

 बुवा अवाक हुनुभयो तर मेरो तर्कबाट खासै प्रभावित हुनुभएन ।


मचाहिं त्यो वार्तालापपछि गहिरो चिन्तनमा परेंः हिन्दु धर्मलाई कसरी यति भ्रष्ट बनाए  छट्टु पण्डितहरुले? न पाप र अपराध सकारेर दण्डित हुनुपर्ने, न त सही अर्थमा प्रायश्चित नै गर्नुपर्ने । न दुखीको सेवा गर्नुपर्ने, न त शास्त्र पढ्न वा ध्यान–तपस्या नै गर्नुपर्ने । वैध–अवैध माध्यमबाट आर्जेको धन खर्चेर एउटा यज्ञ वा महायज्ञ लगायो, पण्डितलाई दान ग¥यो, समस्त अपराधहरुबाट उन्मुक्ति ।

 स्वर्ग जाने यही सजिलो बाटोका कारण भारतीय उपमहाद्वीपका समाजहरुमा हुनेखाने र उच्च जात–वर्गकाहरुले लौकिक जीवनमा मस्ती गरिरहे । जो पिंधमा थिए, ती खाली कुल्चिए मात्रै, समाजका हुनेखानेहरुको उनीहरुप्रति कुनै उत्तरदायित्व नै भएन । जीवनभर दासदासी राखेर तिनलाई भौतिक–मानसिक यातना दिने, बलात्कार गर्ने र रखौटी बनाउने मुखिया–जमिन्दारहरुलाई कुनै नैतिक दबाब र दोषबोधको अनुभव हुनै पाएन ।

 उता जो शोषित र उत्पीडित थिए, तिनलाई भनियोः कर्म गर, यो जन्ममा फलको आश नगर । ब्राम्हणहरुको सेवा गर तर तिनलाई नछोऊ । तिनका लागि मन्दिर बनाऊ, मुर्ति कुँद तर बनिसकेको मन्दिरमा छिरेर पूजा नगर । ब्राम्हणहरुको साइतमा देखा परेर अलच्छिन नलगाइदेऊ, गाइबाच्छा मारिहालेको खण्डमा दशौं वर्ष जेल बस तर ब्राम्हणहरुका गोठमा गाइगोरु मरे भने तिनको सिनोचाहिं पन्छाइदेऊ ।

धर्मका नाममा चलेको यही पाखण्डका कारण यथास्थितिबाट दिक्दार भएर भारतीय उपमहाद्वीपमा ठूलो संख्यामा मानिसहरुले हिन्दु धर्म नै छाडे । अरु धेरैले चाहिं धर्म र सभ्यता परित्याग गर्नु हुँदैन बरु यसलाई सुधार गर्नुपर्छ भनेर अनेक थरि सुधार अभियानहरु चलाए । आजसम्म पनि चरम् कर्मकाण्डीदेखि मानवतावादी सुधारवादीहरु सम्म हिन्दु धर्ममा अटाएका छन् ।


प्रचण्ड र उनको पार्टीको स्मृतिमा यो कुरा छ कि छैन थाहा छैन तर कलियुग प्रारम्भ भइसकेपछि २०५२ सालमा साम्यवाद ल्याउन भनेर बन्दुक पड्काउने बेला त्यही धार्मिक रुढी र कर्मकाण्डको विरोध गर्नु उनले नेतृत्व गरेको आन्दोलनको एउटा  एजेण्डा थियो ।

 त्यो आन्दोलनले मजस्ता सुधो मानिसहरुलाई कसरी भ्रमजालमा पा¥यो भन्ने एउटा उदाहरण हेरौं । २०५७ सालको कुरा हो । संकटकालले गाँज्नुअगाडिको त्यो समयमा पिंध तहका अरु धेरै नेपालीहरुमा झैं ममा पनि माओवादी आन्दोलनप्रति नजानिंदो सहानुभुति थियो । सँगै बस्ने एक माओवादका कट्टर विरोधी साथीसित बहस भइरहन्थ्यो । एक दिन उनले क्रुद्ध हुँदै भनेः संस्कृतका पुस्तक छन् भनेर सिंगो पुस्तकालय जलाउनेहरु समाजद्रोही र अपराधी हुन् । संस्कृतको यतिविधि विरोध गर्नु पर्ने किन? हाम्रो सभ्यताको जरो त्यही भाषा हैन? पुस्तकालयमा आगो लगाउनु भनेको हाम्रो सभ्यतामै आगो झोस्नु हो ।

माओवादीले कुनै जिल्लामा पुस्तकालय जलाएर खरानी बनाएको पृष्ठभुमिमा त्यो बहस भएको थियो ।  साथीको कुरा मैले ध्यान दिएर सुनें ।

तर जवाफमा मैले जे भनें, त्यो सम्झँदा अहिले मलाई गहिरो पश्चात्ताप हुन्छ र आङ सिरिंग हुन्छ । मैले माओवादीहरुकै शब्द सापट लिएर भनेंः ध्वंश नगरी निर्माण पनि त हुँदैन नि ।

साथी झनै क्रुद्ध भएर तर्क गरे । तर उनका कुराले मलाई कतै छोएन । माओवादीले ल्याउन सक्ने सुन्दर बिहानीका लागि म केही पुस्तकालयका केही हजार पुस्तक बलिदान गर्न तयार थिएँ ।

आफ्नै विगतको त्यस्तो अन्धोपन सम्झेपछि अहिले बुवाले गरेको प्रचण्डको बचाउ मलाई नौलो लागेन । हाम्रो समाजमा यसै ‘चोरलाई चौतारो, साधुलाई शुली’ भन्न उखान बनेको हैन ।

यति भनिसक्दा मलाई घनश्याम भुसालले नेकपाको चित्रण गर्न प्रयोग गरेको एउटा विम्ब याद आयोः टोपी समाजवादको, जुत्ता दलाल पुँजीवादको ।

टोपी धर्मलाई अफिम मान्ने माक्र्सवादको, जुत्ता धर्म र अध्यात्मलाई अपव्याख्या, दुरुपयोग र अपभ्रंश गर्ने पाखण्डी कर्मकाण्डको ।

भित्तामा फोटो माक्र्स, एंगेल्स, लेनिन र माओको, शिरमा आशीर्वाद सुन म्युङ मुन र मनुको । सिरानीको दराजमा सजाइएका पढ्ने किताब कार्ल माक्र्स र माओत्सेतुङका, व्यवहार निर्देशित गर्ने किताब मनुस्मृति ।

बुवासित बहस भएपछि कार्यालय पुगेर पत्रिका पढ्छु त समाचार छः कसै गरी न्याय नदिने राज्यबाट आजित भएर द्वन्द्वपीडितहरु आफैं सहयात्री पीडितहरुको ‘सत्यको बयान’ बटुल्दै हिंडेका छन् ।

 किन द्वन्द्व सकिएको सवा दशक बितिसक्दा पनि तिनलाई न्याय दिनको सट्टा घाउमा नुनचुक छर्किंदैछ? न्याय दिने ठाउँमा हेर्छु उही मुनवादी ओली र मनुवादी प्रचण्ड छन् ।

सत्यको बयानको पृष्ठभुमि खोतल्छु झनै भयावह कुरा फेला पर्छ । वर्षौंसम्म न्यायको रटान लगाएर द्वन्द्वपीडितहरुलाई थम्थम्याएर तिनका पक्षमा गोहीका आँशु झार्नेहरुले न्यायलाई मोलतोलको वस्तुमा स्खलित गर्ने कोशिस गरेछन् । जघन्य र मानवताविरोधी अपराधका दोषीलाई समेत उन्मुक्ति दिने र केही धनको बलले न्यायको आवाज थुन्ने प्रपञ्च भएको बुझेपछि राज्यसित आशै मारेर द्वन्द्वपीडितहरु सत्यको बयान लिन निस्केका रहेछन् ।

कृष्ण, बुद्ध, अष्टवक्र, ओशो लगायत पूर्वीय दर्शनका लौकिक–अलौकिक अगुवाहरुका सन्देश असाध्य गहन र अर्थपूर्ण हुँदाहुँदै पनि तिनमा एउटा साझा समस्या देख्छु म । आधारभुत नैतिक दिशाचेत (मोरल कम्पास) भएका र मानववादमा विश्वास गर्ने मानिसहरुका लागि ती अचुक दार्शनिक र सकारात्मक व्यवहारिक अस्त्र हुन् । तर त्यस्तो दिशाचेत र मानववाद नहुनेहरुका हातमा ती कुनबेला घातक र विध्वंशात्मक हतियारमा बदलिन्छन् थाहै हुँदैन ।

जस्तो कि, मान्छेमाथि जोरजुलुम वा ठगी ग¥यो वा ज्यानै मा¥यो अनि भन्योः गीतामा भगवान श्रीकृष्ण भन्नुहुन्छ तिमी त खाली माध्यम मात्रै हौ, बचाउने र मार्ने सबै काम सृष्टिकर्ताले गर्छ । अरु  कुनै जघन्य अपराध ग¥यो अनि भन्योः अष्टवक्र गीतामा मुनि अष्टवक्र भन्नुहुन्छ तिमी कुनै पनि कामको कर्ता हैनौ, द्रष्टा मात्रै हौ ।

पछिल्लो समय जसरी सत्तारुढ नेकपा साविकको जिम्मेवारी पूरा गर्न छाडेर मुन र मनुतिर लहसिएको छ, त्यो हेर्दा लाग्छ त्यसका नेताहरुको लौकिक संसारमा आफैंले सिर्जना गरेका भीमकाय समस्याहरुको लौकिक समाधान छ भन्ने कुरामा विश्वास उड्दै गएको छ । ती समस्याहरुको अलौकिक समाधानको खोजीका कारण नै अहिले विश्व शान्ति महासम्मेलनदेखि धनधान्यचल भक्तिज्ञान महायज्ञसम्ममा नेकपाका नेताहरु अघि सरेको हुनुपर्छ ।

 यदि प्रचण्डले २०५२ सालमा कथित क्रान्तिबाट वशीभुत भएर हिंस्रक युद्ध शुरु गर्नको सट्टा महायज्ञको उद्घाटन गर्दै हिंडेको भए त्यो नितान्त स्वभाविक कुरा हुन्थ्यो किनकि एक जनाको सत्य अर्को मानिसका लागि मिथ्या वा भ्रम हुन सक्छ । लोकतान्त्रिक समाजमा कसैले कर्मकाण्ड वा जादु गरेरै संसार बदल्छु भन्छ भने पनि उसलाई तबसम्म अवरोध पु¥याउने कसैको अधिकार हुँदैन जबसम्म त्यो कर्मकाण्डा वा जादुका कारण अरु कसैलाई भौतिक चोट पुग्दैन ।

तर ०५२ सालपछि प्रचण्डको निर्णयका कारण जति मानिस मरे वा बेपत्ता पारिए, तीमध्ये कतिको अहिलेसम्म सद्गत भएको छैन । कतिको मृत्यु भएर पनि मृत्यु प्रमाणित भएको छैन । मर्ने त मरेर गए गए, बाँच्नेले अंशवण्डा गरेर सम्पत्तिको भोगचलन गर्न पाएका छैनन् । जसलाई साँच्चिकै किरियाकर्म नभई मृत आफन्त स्वर्ग जान सक्दैनन् भन्ने  विश्वास छ, उनीहरुले अहिलेसम्म किरिया गर्न पाएका छैनन् । मृतकको आत्मा अशान्त होला कि भनेर चिन्तित हुने जीवितहरुको आफ्नै आत्मा अशान्त भएको दशक बितिसकेको छ।  समय बितेर बालकबाट वयस्क बनिसकेकाहरुको जीवन अहिलेसम्म पनि वाल्यकालकै अक्करमा अड्केर बसेको छ।  हजारौं परिवार न अघि बढ़न सक्ने न पछि फ़र्क़न सक्ने अवस्थामा छन्।  बेपत्ता हुनेका बालबच्चा र आफन्तहरुले अहिलेसम्म पनि बाटो हरिराखेकै छन्।  अंगभंग हुनेहरु अरुको दया भए पेट भर्ने अवस्थामा छन् ।

र जसले न्यायको खोजीमा रगतका आँशु बगाएर यी १२ वर्ष बिताए, जसका लागि प्रगति र समृद्धि त के रातभरको निद्रा सम्भव भएन, जसका आँखै सामने युद्धको वहानामा जघन्य अपराध गर्ने पीडक र अपराधीहरु हरु सत्ता र मानको भर्यांग चढे, तिनलाई अहिलेका सरकारी मानव अधिकारवादीहरु भनिरहेछन्ः अलिकति लेनदेन गरौं र दोषीहरुलाई क्षमा दिंदै विगतलाई बिर्सेर अघि बढौं ।

प्रचण्डको नामसहितको निम्तोपत्र पढेको केही दिनमा कुनकुन महायज्ञमा क–कसले करोडसम्म दान गरे भन्ने समाचारले स्थानीय पत्रपत्रिका भरिए । ती पढ्दा यस्तो भान पथ्र्यो, अब चितवनमा आर्थिक अभावले कोही भोकैनांगै बस्नु पर्ने छैन । तर ०७२ को भुकम्पको एउटा अनुभव ताजा भएर आयो । भोकभोकै रहेका पीडितलाई खाद्यान्न र कपडा पठाउनका लागि आर्थिक स्रोत जुटाउन टोलको मन्दिरका पदाधिकारीसम्म पुगियो । केही समयअघि मात्रै धेरै जनाले मन्दिरलाई लाखौं दान गरेका थिए । तर मानिसहरुलाई स्वर्गको मार्ग खोलिदिने मन्दिरको अपारदर्शी कोषबाट एक कौडी नझरेपछि हामीले ऋण खोजेर भए पनि खाद्यान्न र कपडाको जोहो ग¥यौं ।

जहाँ पाखण्डीहरुले धर्मको मानवतावादलाई मारेर त्यसलाई मनुवादी कर्मकाण्डमा सीमित पार्छन्, जहाँ क्रान्तिकारीहरुले भ्रान्तिकारी धर्मगुरुका पाउमा शिर झुकाउँछन्, जहाँ मानव अधिकारवादीहरुले मानिसको पीडालाई मोलतोल गर्छन् र न्याय किनबेचको सहजीकरण गर्छन्, त्यहाँँ भक्तजनको दानबाट पुजारी मोटाउनु शायद अस्वभाविक पनि हैन ।




6f]kL wd{nfO{ clkmd dfGg] dfS;{jfbsf], h'Qf d'g / dg'jfbL sd{sf08sf]< 

k|r08sf] dxfo1, clwsf/jfbLsf] Gofo lsGg] k|k~r / åGåkLl8tsf] …;Tosf] aofgÚ


>L xl/x/ ;Gof; cf>d b]j3f6sf lk7flwZj/ >L !))* :jfdL 1fgfgGb hL dxf/fh Pj+ g]kfnsf e" k" k|wfgdGqL >L k'iksdn bfxfn -k|r08_ tyf jfrg lz/f]dl0f k+ bLgaGw' kf]v/]nHo"af6 ;+o'Qm ?kdf ;d'b\3f6g x'g] >Ldbefujt Pj+ lkt[p4f/ wgwfGorn elQm1fg dxfo1df pkl:yt eO{ sfo{s|dsf] ul/df a9fOlbg'x'g xflb{s lgdGq0ff ub{5f}{+ . 

3/sf] 6]andf /x]sf] …dxfo1df hfcf}+ k'0o sdfcf}+Ú zLif{s lgDtf]kqsf] cGtdf of] cg'R5]b k9]kl5 d}n] af–cfdfnfO{ ;f]w]+M dxfo1sf nflu k|r08nfO{ g} lsg af]nfPsf xf]nfg\<

a'jfn] s'/f a'‰g'ePg . cfzo k|i6 kfg{ d}n] yk]+M k|r08s} sf/0f !% xhf/ dflg; dfl/P . ca pg}af6 dxfo1 pb\3f6g ug'{kg]{ s] To:tf] sf/0f cfOnfu]5<

h:tf] ;'s} kfk ug]{n] klg k|folZrt ug{ kfpg'k5{ eg]/ a'jfn] dnfO{ ;;fgf] g}lts kf7 k9fpg'eof] . t/ d]/f] lrQ a'em]g . 

km]l/ ;f]w]+M k"j{ k|wfgdGqL g} rflxPsf] eP Toltsf dflg; gdfg]{ c? klg t lyP xf]nfg\ lg .  

h;n] kfk u5{, p;}n] k|folZrt ug{ kfpg'k5{ eg]/ a'jf klg cfˆgf] ts{df cl8u x'g'eof] . 

d}n] ax;sf] la6 dfb}{  eg]+M oxL xf] lxGb' wd{sf] ;d:of . Pp6f ufO bfg u/]kl5 ;ft h'gLsf] kfk gi6 x'G5 eg]/ s'g} s'l6n dflg;n] u?8 k'/f0fh:tf zf:qdf n]lvlbof], km6fxfx?nfO{ df]hd:tL eof] . hLjge/ csf{nfO{ lyr]/, ldr]/, df/]/ df]hd:tL u¥of], ;ftf}+ k':tfnfO{ k'Ug] ;DklQ hf]8\of] clg a'9];sfndf bfg u/]sf] Pp6f afR5fsf] k'R5/df em'l08P/ j}t/0fL tb}{ :ju{ k'Uof] . 

a'jf cjfs x'g'eof] t/ d]/f] ts{af6 vf;} k|efljt x'g'ePg . 

drflx+ Tof] jftf{nfkkl5 ulx/f] lrGtgdf k/]+M lxGb' wd{nfO{ s;/L olt e|i6 agfP  56\6' kl08tx?n]< g kfk / ck/fw ;sf/]/ bl08t x'g'kg]{, g t ;xL cy{df k|folZrt g} ug'{kg]{ . g b'vLsf] ;]jf ug'{kg]{, g t zf:q k9\g jf Wofg–tk:of g} ug'{kg]{ . j}w–cj}w dfWodaf6 cfh]{sf] wg vr]{/ Pp6f o1 jf dxfo1 nufof], kl08tnfO{ bfg u¥of], ;d:t ck/fwx?af6 pGd'lQm .

:ju{ hfg] oxL ;lhnf] af6f]sf sf/0f ef/tLo pkdxfåLksf ;dfhx?df x'g]vfg] / pRr hft–ju{sfx?n] nf}lss hLjgdf d:tL ul//x] . hf] lk+wdf lyP, tL vfnL s'lNrP dfq}, ;dfhsf x'g]vfg]x?sf] pgLx?k|lt s'g} pQ/bfloTj g} ePg . hLjge/ bf;bf;L /fv]/ ltgnfO{ ef}lts–dfgl;s oftgf lbg], anfTsf/ ug]{ / /vf}6L agfpg] d'lvof–hldGbf/x?nfO{ s'g} g}lts bafa / bf]ifaf]wsf] cg'ej x'g} kfPg . 

ptf hf] zf]lift / pTkLl8t lyP, ltgnfO{ elgof]M sd{ u/, of] hGddf kmnsf] cfz gu/ . a|fDx0fx?sf] ;]jf u/ t/ ltgnfO{ g5f]pm . ltgsf nflu dlGb/ agfpm, d'lt{ s'Fb t/ alg;s]sf] dlGb/df l5/]/ k"hf gu/ . a|fDx0fx?sf] ;fOtdf b]vf k/]/ cnlR5g gnufOb]pm, ufOafR5f dfl/xfn]sf] v08df bzf}+ jif{ h]n a; t/ a|fDx0fx?sf uf]7df ufOuf]? d/] eg] ltgsf] l;gf]rflx+ kG5fOb]pm . 

wd{sf gfddf rn]sf] oxL kfv08sf sf/0f oyfl:yltaf6 lbSbf/ eP/ ef/tLo pkdxfåLkdf 7"nf] ;+Vofdf dflg;x?n] lxGb' wd{ g} 5f8] . c? w]/}n] rflx+ wd{ / ;Eotf kl/Tofu ug'{ x'Fb}g a? o;nfO{ ;'wf/ ug'{k5{ eg]/ cg]s yl/ ;'wf/ cleofgx? rnfP . cfh;Dd klg r/d\ sd{sf08Lb]lv dfgjtfjfbL ;'wf/jfbLx? ;Dd lxGb' wd{df c6fPsf 5g\ . 

k|r08 / pgsf] kf6L{sf] :d[ltdf of] s'/f 5 ls 5}g yfxf 5}g t/ slno'u k|f/De eO;s]kl5 @)%@ ;fndf ;fDojfb Nofpg eg]/ aGb's k8\sfpg] a]nf ToxL wfld{s ?9L / sd{sf08sf] lj/f]w ug'{ pgn] g]t[Tj u/]sf] cfGbf]ngsf] Pp6f  Ph]08f lyof] . 

Tof] cfGbf]ngn] dh:tf ;'wf] dflg;x?nfO{ s;/L e|dhfndf kf¥of] eGg] Pp6f pbfx/0f x]/f}+ . @)%& ;fnsf] s'/f xf] . ;+s6sfnn] ufFHg'cufl8sf] Tof] ;dodf lk+w txsf c? w]/} g]kfnLx?df em}+ ddf klg dfcf]jfbL cfGbf]ngk|lt ghflg+bf] ;xfg'e'lt lyof] . ;Fu} a:g] Ps dfcf]jfbsf s6\6/ lj/f]wL ;fyLl;t ax; eO/xGYof] . Ps lbg pgn] s|'4 x'Fb} eg]M ;+:s[tsf k':ts 5g\ eg]/ l;+uf] k':tsfno hnfpg]x? ;dfhb|f]xL / ck/fwL x'g\ . ;+:s[tsf] oltljlw lj/f]w ug'{ kg]{ lsg< xfd|f] ;Eotfsf] h/f] ToxL efiff x}g< k':tsfnodf cfuf] nufpg' eg]sf] xfd|f] ;Eotfd} cfuf] emf]:g' xf] . 

dfcf]jfbLn] s'g} lhNnfdf k':tsfno hnfP/ v/fgL agfPsf] k[i7e'lddf Tof] ax; ePsf] lyof] .  ;fyLsf] s'/f d}n] Wofg lbP/ ;'g]+ . 

t/ hjfkmdf d}n] h] eg]+, Tof] ;DemFbf clxn] dnfO{ ulx/f] kZrfQfk x'G5 / cfª l;l/+u x'G5 . d}n] dfcf]jfbLx?s} zAb ;fk6 lnP/ eg]+M Wj+z gu/L lgdf{0f klg t x'Fb}g lg . 

;fyL emg} s|'4 eP/ ts{ u/] . t/ pgsf s'/fn] dnfO{ st} 5f]Pg . dfcf]jfbLn] Nofpg ;Sg] ;'Gb/ laxfgLsf nflu d s]xL k':tsfnosf s]xL xhf/ k':ts alnbfg ug{ tof/ lyPF . 

cfˆg} ljutsf] To:tf] cGwf]kg ;Dem]kl5 clxn] a'jfn] u/]sf] k|r08sf] arfp dnfO{ gf}nf] nfu]g . xfd|f] ;dfhdf o;} …rf]/nfO{ rf}tf/f], ;fw'nfO{ z'nLÚ eGg pvfg ag]sf] x}g .

olt elg;Sbf dnfO{ 3gZofd e';fnn] g]skfsf] lrq0f ug{ k|of]u u/]sf] Pp6f ljDa ofb cfof]M 6f]kL ;dfhjfbsf], h'Qf bnfn k'FhLjfbsf] . 

6f]kL wd{nfO{ clkmd dfGg] dfS;{jfbsf], h'Qf wd{ / cWofTdnfO{ ckJofVof, b'?kof]u / cke|+z ug]{ kfv08L sd{sf08sf] . 

leQfdf kmf]6f] dfS;{, P+u]N;, n]lgg / dfcf]sf], lz/df cfzLjf{b ;'g Do'ª d'g / dg'sf] . l;/fgLsf] b/fhdf ;hfOPsf k9\g] lstfa sfn{ dfS;{ / dfcf]T;]t'ªsf, Jojxf/ lgb]{lzt ug]{ lstfa dg':d[lt .

a'jfl;t ax; ePkl5 sfof{no k'u]/ klqsf k9\5' t ;dfrf/ 5M s;} u/L Gofo glbg] /fHoaf6 cflht eP/ åGåkLl8tx? cfkm}+ ;xofqL kLl8tx?sf] …;Tosf] aofgÚ a6'Nb} lx+8]sf 5g\ . 

lsg åGå ;lsPsf] ;jf bzs lalt;Sbf klg ltgnfO{ Gofo lbgsf] ;6\6f 3fpdf g'gr's 5ls{+b}5< Gofo lbg] 7fpFdf x]5'{ pxL d'gjfbL cf]nL / dg'jfbL k|r08 5g\ . 

;Tosf] aofgsf] k[i7e'ld vf]tN5' emg} eofjx s'/f km]nf k5{ . jiff}{+;Dd Gofosf] /6fg nufP/ åGåkLl8tx?nfO{ yDyDofP/ ltgsf kIfdf uf]xLsf cfFz' emfg]{x?n] GofonfO{ df]ntf]nsf] j:t'df :vlnt ug]{ sf]lz; u/]5g\ . h3Go / dfgjtflj/f]wL ck/fwsf bf]ifLnfO{ ;d]t pGd'lQm lbg] / s]xL wgsf] ann] Gofosf] cfjfh y'Gg] k|k~r ePsf] a'em]kl5 /fHol;t cfz} df/]/ åGåkLl8tx? ;Tosf] aofg lng lg:s]sf /x]5g\ . 

s[i0f, a'4, ci6js|, cf]zf] nufot k"jL{o bz{gsf nf}lss–cnf}lss cu'jfx?sf ;Gb]z c;fWo uxg / cy{k"0f{ x'Fbfx'Fb} klg ltgdf Pp6f ;femf ;d:of b]V5' d . cfwf/e't g}lts lbzfr]t -df]/n sDkf;_ ePsf / dfgjjfbdf ljZjf; ug]{ dflg;x?sf nflu tL cr's bfz{lgs / ;sf/fTds Jojxfl/s c:q x'g\ . t/ To:tf] lbzfr]t / dfgjjfb gx'g]x?sf xftdf tL s'ga]nf 3fts / ljWj+zfTds xltof/df ablnG5g\ yfx} x'Fb}g . 

h:tf] ls, dfG5]dfly hf]/h'n'd jf 7uL u¥of] jf Hofg} df¥of] clg eGof]M uLtfdf eujfg >Ls[i0f eGg'x'G5 ltdL t vfnL dfWod dfq} xf}, arfpg] / dfg]{ ;a} sfd ;[li6stf{n] u5{ . c?  s'g} h3Go ck/fw u¥of] clg eGof]M ci6js| uLtfdf d'lg ci6js| eGg'x'G5 ltdL s'g} klg sfdsf] stf{ x}gf}, b|i6f dfq} xf} . 

kl5Nnf] ;do h;/L ;Qf?9 g]skf ;fljssf] lhDd]jf/L k"/f ug{ 5f8]/ d'g / dg'lt/ nxl;Psf] 5, Tof] x]bf{ nfU5 To;sf g]tfx?sf] nf}lss ;+;f/df cfkm}+n] l;h{gf u/]sf eLdsfo ;d:ofx?sf] nf}lss ;dfwfg 5 eGg] s'/fdf ljZjf; p8\b} uPsf] 5 . tL ;d:ofx?sf] cnf}lss ;dfwfgsf] vf]hLsf sf/0f g} clxn] ljZj zflGt dxf;Dd]ngb]lv wgwfGorn elQm1fg dxfo1;Dddf g]skfsf g]tfx? cl3 ;/]sf] x'g'k5{ .

olb k|r08n] @)%@ ;fndf slyt s|flGtaf6 jzLe't eP/ lx+;|s o'4 z'? ug{sf] ;6\6f dxfo1sf] pb\3f6g ub}{ lx+8]sf] eP Tof] lgtfGt :jefljs s'/f x'GYof] lsgls Ps hgfsf] ;To csf]{ dflg;sf nflu ldYof jf e|d x'g ;S5 . nf]stflGqs ;dfhdf s;}n] sd{sf08 jf hfb' u/]/} ;+;f/ abN5' eG5 eg] klg p;nfO{ ta;Dd cj/f]w k'¥ofpg] s;}sf] clwsf/ x'Fb}g ha;Dd Tof] sd{sf08f jf hfb'sf sf/0f c? s;}nfO{ ef}lts rf]6 k'Ub}g . 

t/ )%@ ;fnkl5 k|r08sf] lg0f{osf sf/0f hlt dflg; d/] jf a]kQf kfl/P, tLdWo] sltsf] clxn];Dd ;b\ut ePsf] 5}g . sltsf] d[To' eP/ klg d[To' k|dfl0ft ePsf] 5}g . dg]{ t d/]/ uP uP, afFRg]n] c+zj08f u/]/ ;DklQsf] ef]urng ug{ kfPsf 5}gg\ . h;nfO{ ;fFlRrs} lsl/ofsd{ geO{ d[t cfkmGt :ju{ hfg ;Sb}gg\ eGg]  ljZjf; 5, pgLx?n] clxn];Dd lsl/of ug{ kfPsf 5}gg\ . c+ue+u x'g]x? c?sf] bof eP k]6 eg]{ cj:yfdf 5g\ .

/ h;n] Gofosf] vf]hLdf /utsf cfFz' aufP/ oL !@ jif{ latfP, h;sf nflu k|ult / ;d[l4 t s] /fte/sf] lgb|f ;Dej ePg, ltgnfO{ clxn]sf] ;/sf/L dfgj clwsf/jfbLx? elg/x]5g\M clnslt n]gb]g u/f}+ / bf]ifLx?nfO{ Ifdf lb+b} ljutnfO{ la;]{/ cl3 a9f}+ .

k|r08sf] gfd;lxtsf] lgDtf]kq k9]sf] s]xL lbgdf s'gs'g dxfo1df s–s;n] s/f]8;Dd bfg u/] eGg] ;dfrf/n] :yfgLo kqklqsf el/P . tL k9\bf o:tf] efg kYof]{, ca lrtjgdf cfly{s cefjn] sf]xL ef]s}gf+u} a:g' kg]{ 5}g . t/ )&@ sf] e'sDksf] Pp6f cg'ej tfhf eP/ cfof] . ef]sef]s} /x]sf kLl8tnfO{ vfBfGg / sk8f k7fpgsf nflu 6f]nsf] dlGb/sf kbflwsf/L;Dd k'luof] . s]xL ;docl3 dfq} w]/} hgfn] dlGb/nfO{ nfvf}+ bfg u/]sf lyP . t/ dflg;x?nfO{ :ju{sf] dfu{ vf]lnlbg] dlGb/sf] ckf/bzL{ sf]ifaf6 Ps sf}8L gem/]kl5 xfdLn] C0f vf]h]/ eP klg vfBfGg / sk8fsf] hf]xf] u¥of}+ . 

hxfF kfv08Lx?n] wd{sf] dfgjtfjfbnfO{ df/]/ To;nfO{ dg'jfbL sd{sf08df ;Lldt kf5{g\, hxfF s|flGtsf/Lx?n] e|flGtsf/L wd{u'?sf kfpdf lz/ em'sfpF5g\, hxfF dfgj clwsf/jfbLx?n] dflg;sf] kL8fnfO{ df]ntf]n u5{g\ / Gofo lsga]rsf] ;xhLs/0f u5{g\, ToxfFF eQmhgsf] bfgaf6 k'hf/L df]6fpg' zfob c:jefljs klg x}g .



No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more