Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Saturday, May 2, 2020

कोरोनाको र्यापिड किटः कमजोरी होस्, बदनियत नहोस्


केही दिन अगाडि एउटा रेडियोबाट पत्रकारले मलाई सोधेः विश्व स्वास्थ्य संगठनले सिफारिश नगरेको र्यापिड किट नेपालमा प्रयोग गर्नु नै सरकारको गल्ती त थिएन?

तबसम्म कोभिड–१९ को मुख्य जाँच विधि पिसिआर र यो छरितो विधिका नतिजामा निकै फरक आइसकेकाले उनले त्यो प्रश्न सोधेका थिए ।

‘सरकारले त्यो विधि अहिलेको अवस्थामा प्रयोग गर्नु हुँदैनथ्यो’ भन्ने उनको प्रश्नको सरल र सही उत्तर हुन्थ्यो ।



 तर यस्तो संकटका बेला आफू एकदमै प्रष्ट नभएसम्म दुविधाको सुविधा सरकारलाई दिनुपर्छ र उसको नियत सफा भएसम्म कमजोरीहरुलाई माफी पनि दिन सकिन्छ भन्ने मेरो धारणा थियो । विश्व स्वास्थ्य संगठनले मान्यता नदिए पनि त्यस्ता किटको प्रयोगबाट ठोस फाइदा हुने प्रमाणका आधारमा सरकारले त्यस्ता साधन प्रयोग गर्न पनि सक्छ । त्यो पनि यस्तो संकटका बेला संसारका सबै देशले मानिसको ज्यान जोगाउने प्रयासमा अनेक अप्रमाणित माध्यमहरुलाई प्रयोगमा ल्याएका छन् ।

त्यसैले मैले भनेको थिएँः विश्व स्वास्थ्य संगठनले मान्यता नदिए पनि हामीकहाँ पिसिआरसँग तुलना गर्दा त्यसले राम्रो नतिजा दिएको खण्डमा किटको प्रयोग गर्नु गलत हैन । तर त्यस्तो तुलनात्मक अध्ययनको नतिजा के हो भन्नेमा सरकारले पारदर्शिता नअपनाउँदा अन्योल र अविश्वासको अवस्था सिर्जना भएको छ ।

अब जेको डर थियो, त्यही भइरहेको छ । पछिल्ला दिनमा उदयपुरका १२ जनामा किटबाट नेगेटिभ र पिसिआरबाट पोजिटिभ आएसँगै किटसम्बन्धमा जनाइएका आशंकाहरुले बल पाएका छन् ।


पिसिआर र र्यापिड किटः कसरी फरक आउन सक्छ नतिजा?


पिसिआर भाइरसको मुख्य अंग आरएनए पत्ता लगाउने स्थापित विधि हो भने हामीकहाँ आएको भनिएको किट भाइरसविरुद्ध मानव शरीरले बनाउने विशिष्ट खालका एन्टिबडी पत्ता लगाउने छरितो विधि हो ।

संक्रमणका शुरुका केही दिनमा पिसिआर पोजिटिभ आउँदा शरीरले एन्टिबडी नबनाइसकेकाले किटले नेगेटिभ देखाउनु स्वभाविक हो ।

त्यस्तै संक्रमणको केही सातापछि शरीरले भाइरसलाई निस्तेज पारेपछि पिसिआर नेगेटिभ र किटले देखाउने एन्टिबडी पोजिटिभ आउनु पनि स्वभाविक हो ।

शरीरको रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसमा रोगको उत्कर्षकै बेला पनि पिसिआर पोजिटिभ र किट नेगेटिभ आउन सक्छ ।



के हुन् किटका फाइदा र सीमितता?


यस्ता किटको सबैभन्दा ठूलो फाइदाः यसलाई अस्पतालदेखि समुदायसम्म जहाँ पनि प्रयोग गर्न सकिन्छ र तत्काल नतिजा आउँछ ।

 यसका सीमितताबारे यही अप्रिल ८को ‘साइन्टिफिक ब्रिफ’मा विश्व स्वास्थ्य संगठनले भनेको छः एक, शरीरले कोभिडविरुद्ध एन्टिबडी बनाउने प्रक्रिया बिरामीको उमेर, पोषणको अवस्था, रोगको गम्भीरता, लिइरहेका औषधि र एचआइभीजस्ता संक्रमण आदि अवस्थामा भर पर्छ । कोभिड १९ भएका बिरामीहरुमध्ये केहीमा कमजोर, ढिलो वा शुन्य एन्टिबडी उत्पादन हुन सक्छ । अध्ययनहरुका अनुसार धेरै जसो बिरामीमा संक्रमणको दोस्रो हप्ता मात्र त्यस्ता एन्टिबडी बन्छन् । अर्कोतिर अन्य खालका कोरोनाभाइरसका एन्टिबडी शरीरमा छन् भने तिनसँगको ‘क्रस रियाक्सन’का कारण कोभिड नभएका बिरामीमा समेत एन्टिबडी परीक्षण गलत रुपमा पोजिटिभ आउन सक्छ ।

त्यति हुँदा हुँदै पनि पिसिआरसित उचित रुपमा मिलाएर प्रयोग गर्दा समुदायमा वा अस्पतालका धेरै बिरामीमा एक साथ ‘स्क्रिनिङ’ गर्नका लागि यस्तो किट उपयोगी हुन्छ । पिसिआरले समेत समेत शत प्रतिशत संक्रमण नभेट्ने अवस्थामा किटको नतिजा शत प्रतिशत अपेक्षा गरिनु हुँदैन ।

तर व्यापक रुपमा उपयोग हुनका लागि किट त्यस्तो हुनुपर्छ जसले सबै वा सबैजसो संक्रमितहरुलाई पोजिटिभ देखाओस् वा संक्रमण भएकाहरुलाई नछुटाओस्। अर्थात् गलत नेगेटिभ नतिजा न्युनतम होस्, ताकि नेगेटिभ भनेर समुदायमा फर्केकाहरुले ठूलो संख्यामा अरुलाई संक्रमित गर्ने अवस्था नआओस् । अर्कोतिर संक्रमण नभएकाहरुलाई सीमित संख्यामा पोजिटिभ देखाउँदा वा गलत पोजिटिभ नतिजा आउँदा बरु त्यति फरक पर्दैन किनकि ती सबैमा फेरि पिसिआर गरिने हुँदा किटको गलत नतिजाले त्यति फरक पर्दैन ।


किटको विश्वव्यापी समस्या


केही समय अगाडि स्पेनले चीनबाट किनेका यस्ता किटको सही नतिजा देखाउने दर ३० प्रतिशत मात्रै भेटिएको थियो ।

 हालै बेलायतले चीनबाटै लगेका २ करोड डलरका २० लाख किटले त्यसै गरी काम नगर्ने भेटिएको थियो ।

हालै अमेरिकामा प्रयोगमा आएका अनेक खाले किटहरुमध्ये एक थरीको सही नतिजा दिने दर २० प्रतिशत मात्रै भेटियो ।

 स्पेनमा प्रयोग गरिएका किटमा कम्पनीले ८० प्रतिशत सही नतिजाको दाबी गरेको थियो भने अमेरिकामा प्रयोग भएका किटको कम्पनीले ९३–९७ प्रतिशत । 
हालै भारतको राजस्थानमा ९० प्रतिशत सफलता दर भनिएको किटले ५.४ प्रतिशत मात्रै सही नतीजा दिएपछि त्यहाँ किटबाट गरिने परीक्षण नै बन्द गरिएको छ।  

यो अवस्थामा हामीकहाँ आइपुगेका किटको सही नतिजा दिने दर के हो? यो प्रश्नको जवाफ खोज्न हाम्रो केन्द्रीय प्रयोगशालाले पिसिआरसँग तुलनात्मक अध्ययन पनि ग¥यो । तर स्वास्थ्य मन्त्रालयले अहिलेसम्म त्यो अध्ययनको नतिजा सार्वजनिक गरेको छैन ।

कमजोरी कि बदनियत?

यो पृष्ठभुमिमा केही दिन अगाडि उदयपुरका १६ बिरामीमध्ये पिसिआरले पोजिटिभ देखाएका १२ जनालाई किटले नेगेटिभ देखाएपछि एउटा गम्भीर प्रश्न उब्जिएको छः के हामीकहाँ प्रयोगमा आएका किटको विश्वसनीयता प्रयोगै गर्न नमिल्ने गरी न्युन त हैन? त्यसो भएको अवस्थामा किन ती किट अझै नियमित प्रयोगमा छन्? हैन र तिनको विश्वसनीयता बढी हो भने तुलनात्मक अध्ययनको नतिजा किन सरकारले लुकाइरहेको छ?


फेरि पनि संकटका बेला सरकारको मनोबल गिराउने मेरो आशय हैन । तर प्रश्न के हो भने, कुनै टोल वा अपार्टमेन्टमा संक्रमणको आशंकामा सयौंको किटबाट परीक्षण गर्दा सबै नेगेटिभ आएका कारण तिनको पिसिआर गरिएन भने किटको कमजोरीका कारण छुट्न र फ़ैलन सक्ने संक्रमणको जिम्मा कसले लिने?


पछिल्लो समयमा सरकारी स्वास्थ्य संस्थाहरुसँग सम्बद्ध र असम्बद्ध अग्रज चिकित्सकहरुले समेत किटका व्यवहारिक सीमितताबारे मानिसलाई सुचित गरिरहेका छन् । त्यसले देशमा अहिले विद्यमान परीक्षण पद्धतिप्रति आम नागरिकको अन्योल कम गर्न र राज्यप्रतिको विश्वास बढाउनमा पक्कै काम गर्छ ।


तर त्यो विश्वास कायम राख्न राज्यले अहिलेभन्दा निकै बढी पारदर्शिता देखाउनुपर्छ । किट निर्माताको संभावित कमजोरी वा बदमासी लुकाउन विज्ञहरुलाई जबर्जस्ती अघि सारिंदा विज्ञहरुकै विश्वसनीयता जोखिममा पर्न सक्छ। 
महामारीको अन्योल र छिनाझप्टीबीच अरु देशहरुले झैं नेपालले पनि भर पर्न नसकिने खालका किटहरु किनेको हुन सक्छ । हो भने त्यो यथार्थ जस्ताको तस्तै जनतासामू राख्दा सरकार तल पर्दैन । हैन, र तुलनात्मक अध्ययनले तिनको सही नतिजा दिने दर राम्रै देखाएको छ भने त त्यसको नतिजा लुकाउनु पर्ने झन् कुनै कारण नै छैन ।


अन्तमा, ओम्नी समुहसँग चीनबाट उल्लिखित किट लगायतका सामाग्रीहरु मगाउँदा के कस्तो राजनीति र भ्रष्टाचार भयो भन्ने कुरामा यस अगाडि व्यापक सार्वजनिक विमर्श भइसकेको छ । अब ती किट के कसरी प्रयोग गर्ने वा नगर्ने भन्ने कुरामा चाहिं कसले किन र कसरी ती मगायो भन्दा पनि हामीकहाँ प्रयोग गर्दा तिनले हामीलाई संक्रमण पत्ता लगाएर रोक्ने काममा फाइदा गर्ने वैज्ञानिक आधार छ कि छैन भन्ने कुरा निर्णायक हुनुपर्छ ।


गल्ती छैन भने सरकार पारदर्शितासँग डराउनु हुँदैन । छ भने एउटा गल्ती ढाकछोप गर्न अरु कैयौं गल्ती गर्दै जानु बुद्धिमानी हुँदैन । 
Podcast embed code

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more