Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Monday, January 13, 2014

पानी धमिल्याउने कोशिस गर्दै डा शशि शर्मा

Opinion

अनशनको तेस्रो दिन आज डा गोविन्द के सीको स्वास्थ्य तीव्र गतिमा खस्किंदै गर्दा विवादको केन्द्र बनेका नव नियुक्त डिन डा शशि शर्माले एउटा पत्रकार सम्मेलन गरेर अवस्थालाई अझ गम्भीर र संकटपूर्ण बनाएका छन् ।

सम्मेलनमा बाँडिएको प्रेस रिलिजमा डा के सीका मागहरुलाई एक एक गरी बुँदागत रुपमा सम्बोधन गरिएको छ र अधिकांश बुँदामा शर्माले हास्यास्पद रुपमा मपाइँत्व प्रदर्शन गरेका छन् । तर ती बुँदामा भनिएका भन्दा नभनिएका कुराहरु संकटमोचनमा निर्णायक रहने अवस्था रहेको छ । खास गरी शर्माले गरेको मागको सम्बोधनलाई अनशनरत डा के सीले नमानेको खण्डमा के हुने भनेर कतै खुलाइएको छैन र उक्त रिलिजको सार हेर्दा अहिलेको अवस्थामा शर्मा पछि नहट्ने बरु आवश्यक परे 'संस्थाको हितका लागि' डा के सीको ज्यानलाई नै खतरामा पार्न तयार रहेको सन्देश दिन खोजिएको छ ।

त्यसो त शर्माका शब्दहरुलाई पूर्णतः सत्य मान्ने हो भने संस्था बचाउन डा के सीलाई परित्याग गरेर सबैजना तुरुन्त उनका एजेण्डाहरु लागू गराउन जुट्नुपर्ने देखिन्छ । कतिसम्म भने IOM लाई अलग्गै मेडिकल युनभर्सिटी बनाउन समेत आफू लागेर सफल हुने क्रममा रहेको भ्रम पार्न खोजेका छन् ।

तर शर्मा नियुक्त भइआएको पृष्ठभुमि हेर्दा तिनका कुनै पनि कुरामा विश्वसनीयता भेट्न गाह्रै हुन्छ ।

एक, डा के सीको अनशन शुरु हुने बेला हातपात गरेर उहाँलाई तर्साउने प्रयोजन गरेर आएका गुण्डाहरुले ने वि संघको नाम लिए पनि ती ने वि संघ हैनन् भन्न आज ने वि संघका केन्द्रीय सदस्य नै अनशन स्थलमा आएर वक्तव्य जारी गर्नुपर्यो तर तिनै गुण्डाले शशि शर्माको पक्षमा गरेको नाराबाजीपछिको रहस्य के थियो त्यो अहिलेसम्म खुल्न सकेको छैन । 


दुई, उक्त रिलिजमा शर्माले आफु कुनै दल विशेषको कार्यकर्ता वा नेता नभएको र योग्यताले आएको दाबी गरेका छन् । तर झूट लुक्दैन भनेझैं आफ्नो पदभार ग्रहण गर्ने क्रममै उनले आफू तीनै दलको सिफारिशमा आएको भनेर भनिसकेको थिए । योग्यता र दलको सिफारिश (वा टीका वा दलाली वा सम्झौता वा लेनदेन जुन सुकै शब्द प्रयोग गरे पनि) भनेका परस्पर विपरीत कुरा हुन् खास गरी आइओएम जस्ता संस्थाको नियुक्तिका सम्बन्धमा । तीनै दलको समर्थनलाई शर्माले आफ्नो योग्यताका रुपमा अथ्र्याए पनि संस्थाका जानकार, आम मानिस र सञ्चार माध्यमले सम्झौता, लेनदेन वा षड्यन्त्र भएको अवस्थामा एक दलका सट्टा तीनै दलसँग भएको र संस्थाका लागि झनै दुर्भाग्यपूर्ण भएको अर्थमा लिन्छन् ।

तीन, डा के सीले उठाएका मागमध्ये एउटा गम्भीर र दीर्घकालीन महत्वको मेडिकल युनिभर्सिटीको मागलाई  शर्माले हचुवा र लापर्वाह तरिकाले लिएर त्यसको महत्वलाई नै न्यूनीकरण गर्ने प्रयास गरेका छन् । विरोधका बाबजुद पनि आइओएमलाई कार्यकर्ता भर्ती र भ्रष्टाचारको अड्डाका रुपमा विकसित गर्न तल्लीन त्रि वि कार्यकारी परिषद् नै त्यस्तो युनिभर्सिटीको पक्षमा भएकोजस्तो भान पर्ने गरी र आफू त्यस दिशामा अघि बढिसकेको कुरा सीधा कल्पनाबाट साभार गरेर एउटा बुँदा तयार पारेका छन् ।

चार, संस्थाका भ्रष्ट पूर्व पदाधिकारीहरुलाई कारवाही गर्नुपर्ने डा के सीको मागको उत्तरमा कसैको भ्रष्टाचार प्रमाणित नभएको हास्यास्पद दाबी गरेका छन् । देशमा अहिले पनि ९० प्रतिशत भ्रष्ट कार्यहरु कानुनको पञ्जाबाट बच्ने व्यवस्था गरेर गर्ने गरिन्छ तैपनि राजनीतिक नेतृत्वलगायत सबैतिर हुने भ्रष्ट गतिविधिको यथोचित छानविन हुने हो र अख्तियार जस्ता संस्थामा महाभ्रष्टलाई प्रमुख नबनाउने हो भने तीमध्ये पनि कतिका भ्रष्टाचार प्रमाणित भइ नै हाल्थे । प्रमाणित भएन भन्दैमा मानिसहरुले खास भ्रष्ट राजनीतिज्ञहरुलाई भ्रष्ट भनेर थुक्न छाडेका छैनन् । यदि ती पूर्व पदाधिकारी भ्रष्ट हैनन् नै र अहिलेको व्यवस्थामा शर्मालाई त्यत्रो विश्वास छ भने ती डा गोविन्द के सीलाई गाली बेइज्जतीको मुद्दा लगाएर जेलमा कोच्न किन पहल नगरेर अन्याय सहिरहन्छन्? त्यसो त खुद शर्मा नै आर्थिक चलखेलबाट आएको भनेर डा के सीले खुलस्त भनिरहेको अवस्थामा उहाँलाई गाली बेइज्जतीको मुद्दा हाल्न शर्मा किन जाँदैनन् र सहेर बस्छन्?

पाँच, शर्माले सबैलाई उनका एजेण्डामा सहयोग गर्न आग्रह गर्नु र वास्तवमा सबैले उनलाई सहयोग गर्नु फरक कुरा हो । डा गोविन्द के सीसित ऐक्यबद्धता जनाएका संस्था भित्र र बाहिरका संघ संगठनहरुले स्पष्ट वक्तव्य दिएर भौतिक रुपमा उपस्थित भएरै ऐक्यबद्धता जनाइरहँदा त्यसो गर्न हिच्किचाएका संगठनले पनि कहीं कतै औपचारिक रुपमा शर्मालाई समर्थन वा सहयोग गर्ने भनेर आएको अवस्था छैन । ढूलमूल रहनु र शर्मालाई समर्थन गर्नु अलग कुरा हुन् । 

सारमा भन्नुपर्दा, शर्माको प्रेस रिलिजमा के भनियो भन्ने कुरा गौण छ र एकतिर आफ्नो टीठलाग्दो विश्वसनीयता र अर्कोतिर डा के सीप्रति बढ्दो ऐक्यबद्धताका बीच शर्मा कुन हदसम्म डा के सीको ज्यानलाई खतरामा पार्न तयार छन् त्यो कुरा अहिले स्पष्ट भइसकेको छैन । तर शब्दको पुल बनाएर विज्ञप्ति निकाल्नु र आइओएम जस्तो संस्था चलाउनु ज्यादै फरक कुरा हुन् । तत्कालका लागि केही हदसम्म पानी धमिल्याउन शर्मा सफल भए पनि त्यो अवस्था टिकिरहने अवस्था छैन । तर त्यसबीच नै डा के सीको स्वास्थ्य तल माथि भइदियो भने उहाँको संस्थामा मात्र नभएर देशमै एउटा अलग पहिचान भएको नाताले पूरा देशले त्यो अवस्था ल्याउन प्रत्यक्ष जिम्मेवार त्रि वि पदाधिकारी र डा शशि शर्मालाई ठहर्याउनेछ र उनीहरु त्यसको जवाफदेहिताबाट बच्न सक्ने छैनन् ।


Earlier in the series:

Host of bodies at TUTH come formally in solidarity of Dr. Govinda K C

डा गोविन्द के सी को आमरण अनशनः भ्रम र यथार्थ

'IOM an institute, not prostitute'; Dr Govinda K C declares war against the corrupt TU officials and their political patrons

भविष्य कसाइको हातमा कि डाक्टरको?


No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more