Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Sunday, January 12, 2014

डा गोविन्द के सी को आमरण अनशनः भ्रम र यथार्थ


डा गोविन्द के सी ले हिजोदेखि शुरु गर्नुभएको आमरण अनशनबारे केही भ्रम फैलाउने प्रयास गरिएकाले तिनबारे केही स्पष्टीकरण दिनु आवश्यक हुन गएको छ ।


भ्रम 1: यो आन्दोलन व्यक्ति विशेषका विरुद्ध अर्को व्यक्ति विशेषको पक्षमा हो ।

यथार्थः पहिलेका दुई अनशनदेखि अहिलेसम्म आउँदा खास व्यक्तिको विरोध वा वकालत गर्ने डा के सीको मान्यता छैन । तर संस्थामा परस्पर विपरित छवि बोकेका मानिसहरु त्यति नै फरक एजेण्डा र कार्य सुची बोकेर देखिने गरी आएकाले डा के सी का मागमा व्यक्तिको नामै किटिएको अवस्थामा पनि त्यो खास प्रवृत्तिका प्रतिनिधिहरुको विरोध वा समर्थन हो ।


भ्रम 2. चिकित्सक शिक्षक संघ, प्रध्यापक संघ, आदिको विगतमा झैं समर्थन नभएकाले यो आन्दोलन सफल हुँदैन ।

यथार्थः पहिलेदेखि नै डा के सीले कुनै व्यक्ति वा संगठन विशेषको स्वार्थका लागि आन्दोलन नगरेकाले जहिले पनि उहाँ अघि अघि लाग्ने र पेशागत र नैतिक धर्मले अरु सबैले उहाँलाई समर्थन र सहयोग गर्ने अवस्था हो । विगतमा भन्दा यसपालि सहयोगको अवस्था फरक रहला वा नरहला त्यो भन्न सकिंदैन । तर त्यसले डा के सीको आन्दोलन र एजेण्डालाई कुनै तात्विक अन्तर पर्ने देखिंदैन ।


भ्रम 3. डा के सीलाई व्यक्ति वा समुह विशेषले आफ्नो स्वार्थ पुर्तिका लागि उचालेका हुन् ।

यथार्थः डा के सीले यसो गरिदिए वा नगरिदिए हुन्थ्यो भनेर कामना गर्न मानिसहरुलाई छुट छ । तर उहाँले आफ्नो ज्यानलाई नै जोखिममा राखेर गरेको आन्दोलन विशुद्ध एजेण्डा केन्द्रित छ । उहाँले चिकित्सा क्षेत्रका सधर्मी साथीहरुबाट सहयोग र ऐक्यबद्धताको अपेक्षा गर्नु स्वभाविक हो । त्यसलाई उहाँले कसैको निजी स्वार्थका लागि आन्दोलन गरेको भन्नु सरासर झुटो हो । 


भ्रम 4. तीनै शीर्ष दलको आशीर्वादले आएकाले शशि शर्माको डिन पदका लागि योग्यतामा प्रश्न उठाउन मिल्दैन ।

यथार्थः यहाँ मुद्दा शशि शर्मालाई को कसले समर्थन गरेर ल्याए भन्दा पनि उहाँको के कति योग्यताले वरिष्ठता मिचेर र विवादास्पद छविकै बीच पनि उहाँलाई ल्याइयो भन्ने प्रश्न महत्वपुर्ण छ । जहाँसम्म तीन दलको आशीर्वादको कुरा छ, सबै दलहरु मिलेर अन्तिम अवस्थासम्म सिनो लुछेझैं नलुछेका भए तत्कालीन साझा यातायात ३०० बसबाट अहिलेको १६ बसमा झर्ने थिएन । सबै दलले पालैपालो नलुटेको भए अहिले आयल निगम मासिक अरबौं घाटामा जाने थिएन र विद्युत् पाधिकरण १२ घण्टा लोड शेडिङ गर्न अभिशप्त हुने थिएन । एक जनाले गरे त्यही काम अपराध हुने तर ५० जना मिलेर गरेचाहिं त्यो एउटा अभ्यास मात्र हुने हाम्रो गलत मान्यताकै कारणले आज सरकारी सेवाप्रदायक संस्थाहरु त मरणासन्न हुने अवस्थामा छन् नै, निजी सेवा प्रदायक संस्थाहरुमा पनि मनपरीतन्त्र हावी छ ।


भ्रम 5. डा के सीको मुद्दा खाली त्रि वि शिक्षण अस्पतालको भविष्यसित मात्र जोडिएको छ ।

यथार्थः त्रि वि अन्तर्गतको चिकित्स शास्त्र अध्ययन संस्थान स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा देशकै अग्रणी संस्था हो । यो संस्थामा दलको टीका लगाएर पदाधिकारी आउनु र तिनले चुल्ठेमुन्द्रेहरुको सहयोगले संस्थालाई कार्यकर्ता भर्ती र भ्रष्टाचारको केन्द्र बनाउनु भनेको अहिलेको पुस्ताको मात्र नभएर भावी पुस्ताको स्वास्थ्यलाई समेत जोखिममा पार्नु हो । त्यसैले यो मुद्धा समग्र नेपालीहरुको योग्य चिकित्सकहरुबाट स्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारको मुद्दा हो ।

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more