Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Wednesday, September 2, 2015

किन भक्कानो छुट्यो डा केसीलाई


दश दिन भोकै बस्दा गलेको शरीरलाई डटेर सहेको मानिसलाई शारीरिक कष्टभन्दा कति हो कति बढी देशको पीडाले दुखेको रहेछ । राज्यको बेलैमा आँखा खुल्यो र समयमै माग पूरा भए भने उहाँको अनशन त तोडिएर शरीर फेरि बौरिएला तर अहिले देशभर अनाहक मारिइरहेका मानिस त फेरि फर्केर आउने छैनन्


दशौं दिनको अनशनबीच डा गोविन्द केसीको नाजुक स्वास्थ्यबीच उहाँसँग बिबिसी नेपालीका लागि छोटो कुरा गर्न सकिएला भनेर रवीन्द्र मिश्र दाइको फोन आयो । 

जवाफ दिइहाल्न गाह्रो थियो । सर कमजोर हुँदै गएसँगै एक दुई मिनट लामा क्लिपका लागि बाहेक सरलाई बोल्न नदिन थालेको हिजैदेखि हो । 

तर नेपाल सन्दर्भमा दश मिनट सरका कुरा ठूलो संख्यामा मानिसहरुबीच पुग्ने हुँदा यो अवसर छाड्नु उचित लागेन । सरलाई सोधेको सहजै अनुमति प्राप्त भयो । 

मेडिकल शिक्षा प्रकरण ज्यानमारा कर्ममा अदालत, काउन्सिल र अभिभावकहरु

त्यसपछि रेकर्डिंगका बेला जे भयो, त्यो अविस्मरणीय थियो । सामान्यतया अनशनको यति दिन पुग्दा सरको भावनात्मक अस्थिरता वा इमोस्नल भोलाटिलिटी निकै बढिसकेको हुन्छ र सानो मानसिक उत्तेजनाले पनि मुटु र श्वासप्रश्वासको चालमा ठूलो असर पार्छ । त्यसका बाबजुद पनि अनशनसित जोडिएका विषयहरुमा जुन संयम् र धैर्यताका साथ उहाँ बोल्नुभयो, त्यसले हामीलाई ठूलो राहत दियो । 

मुटुको चाल धेरै घटबढ नै नभई अन्तर्वार्ता सकियो भनेर हामी ढुक्क हुँदै गर्दा रवीन्द्र मिश्र दाइले अचानक सोध्नुभयोः अन्तर्वार्ताको बेला छुटेको, भन्न मन लागेको कुरा केही छ<
सरले छ भन्नुभयो र रेकर्डिंग फेरि शुरु भयो । केही छिन त सरले सहजै देशको दुखद परिस्थितिबारे बोल्नुभयो तर अचानक उहाँलाई भक्कानो फुट्यो । उहाँ रुमालले अनुहार लुकाएर रुन थाल्नुभयो । हामी असमञ्जसमा पर्यौं, उता मुटुको चाल एकैचोटि १६० प्रति मिनट पुग्न थाल्यो, मोनिटरले गडबडीको संकेत दिंदै आवाज निकाल्न थाल्यो । 

माहोल नै एकाएक भावविह्वल भयो । सर आफैंभित्र भावनात्मक अस्थिरताबीच रहेको बेला भनेर हामीले उहाँलाई अत्यावश्यक बाहेकका खराब समाचार र सुचनाहरु दिन छाडेका थियौं, यद्यपि अनशन बस्ने दिन भड्किएको हिंसाले उहाँको हृदय काँपिसकेको थियो ।

न्यायधीशहरुलाई कारवाही गर्ने< राज्यले पहिले यी १० प्रश्नको जवाफ देओस्

निक्कै प्रयासपछि उहाँ सम्हालिएर फेरि छोटो कुराकानी गर्नुभयो र अन्तर्वार्ता सकियो । 

अहिले बेलुका बिबिसी नेपाली सेवामा त्यो अन्तर्वार्ता सुन्दा फेरि आफैं भावविह्वल हुन पुगियो । फेरि सरको मानसिक उत्तेजनाले मुटुको चाल गडबड होला भनेर हामीले अलग्गै कोठामा गएर त्यो सुनेका थियौं । 

लगत्तै गएर सरलाई बताएँः सर, बिबिसीले अन्तर्वार्ता जस्ताको तस्तै सुनायो, एकदम सन्तुलित प्रस्तुति थियो । 

सर अब सम्हालिइसक्नुभएको थियो । हल्का मुस्कानसाथ दिउँसोको आफ्नो मनस्थिति वर्णन गर्न थाल्नुभयोः खास उहाँले भन्न प्रयास गर्नुभएको रहेछ, संविधानमा सबै पक्षलाई समेटेर हिंसाको बाटो बन्द हुने गरी संविधान जारी गरौं, ता कि लामो समय रक्तपात नहोस् । तर भइदिएछ के भने त्यो बोल्न खोज्दाखोज्दै अचानक टीकापुरको वीभत्स घटना याद आएछ र उहाँले आफैंलाई सम्हाल्न सक्नुभएनछ । 

कार्यक्रम रेकर्ड गरेर फर्केपछि चिन्तित स्वरमा रवीन्द्र मिश्र दाइले फोन गर्नुभयोः सरको मुटुको चाल के छ? कतै आफ्ना कारणले उहाँलाई गाह्रै त परेन भन्ने उहाँको चिन्ता रहेछ । भाग्यवश सरको मुटुमा यसपटक पाँचौं अनशनताका देखिएको भीपीसी नामक समस्या देखिएको छैन र उहाँले फोन गर्नुअघि सरको मुटुको चाल धेरै हदसम्म सामान्य भइसकेको थियो । 

दश दिन भोकै बस्दा गलेको शरीरलाई डटेर सहेको मानिसलाई शारीरिक कष्टभन्दा कति हो कति बढी देशको पीडाले दुखेको रहेछ । राज्यको बेलैमा आँखा खुल्यो र समयमै माग पूरा भए भने उहाँको अनशन त तोडिएर शरीर फेरि बौरिएला तर अहिले देशभर अनाहक मारिइरहेका मानिस त फेरि फर्केर आउने छैनन्, उहाँको चिन्ता र दिउँसोको रुवाइको खास रहस्यचाहिं यही रहेछ । 

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more