सुशासन अभियान: हिउँद आइ त हाल्यो, वसन्त कति टाढा होला?
आउनोस्, लोकमानको बचाउ गर्ने नेताहरुलाई सम्मान गरौं
लोकमान सिंक कार्कीको बचाउ गर्ने नेताहरुको पृष्ठभुमि खोतल्ने क्रमको यो श्रृंखलामा दुई जनाको विगत हेरिनेछ ।
काँग्रेस नेता नारायण खड्का सुशील कोइराला नेतृत्वको सरकारमा शहरी विकास मन्त्री थिए । भुकम्पको बेला ११ करोड मुल्यका त्रिपाल खरीद गर्दा ठूलो घोटाला भएको समाचार त्यतिखेर सार्वजनिक भएको थियो । सार्वजनिक नभएका घोटाला कति थिए, गनेर साध्य थिएन।
संसदको सार्वजनिक लेखा समितिले ११ करोड़को खरीद काण्डमा मन्त्री नारायण खड्कासमेत भ्रष्टाचारमा संलग्न भएको भनेर कारवाहीका लागि अदुअआमा पठाएको थियो । तर अख्तियारले सनातनी चरित्र देखाउँदै खड्कालाई क्लिन चिट दिंदै सचिवहरुलाई कारवाहीको सिफारिश गरेको थियो ।
यो पृष्ठभुमिमा उनको यो भनाइ अनौठो लाग्दैनः सडकमा कसैले संवैधानिक निकायको प्रमुखलाई महाअभियोग लगाउने कुरा गर्छ भने त्यो आफ्नो पार्टीलाई कुनै हालतमा स्वीकार्य हुँदैन, यस्तो फाल्तु विषय उठाएर सडकमा चिच्याउँदैमा त्यसको पछि कांग्रेस लाग्दैन, यस्ता कुराले मुलुकलाई अराजकतर्फ लैजान्छ।
विस्तारमा हेर्नुहोस्ः काठमाण्डु पोस्टको यो समाचार ।
त्यस्तै माओवादी नेता प्रभु शाह २०१० मा वीरगन्जमा काशीनाथ तिवारीको हत्यामा मुछिएका थिए । उनले अक्टोबर २०११ मा सो आरोपबाट औपचारिक मुक्ति पाए । कारणः प्रहरीले पर्सा जिल्ला अदालतमा दायर गरेको मुद्दाका लागि आधार नपुगेको भनेर सरकारी वकिलको कार्यालयले उनको मुद्दा फिर्ता लियो ।
राज्य पक्षले किन त्यस काण्डमा शाहको भुमिका देखेन त?
सम्भवतः एउटा कारण यो होः तिवारीकी विधवा बबिता तिवारीले पत्रकार सम्मेलन गरेर भनेअनुसार त्यो मुद्दामा तत्कालीन मन्त्री शाहलाई नपोल्नका लागि उनलाई ८ लाख रुपैयाँ दिइएको थियो ।
अर्को कारणः प्रभु शाहमाथि त्यस्तो मुद्दा लगाउन नहुने भन्दै माओवादी पार्टीले त्यतिखेर सडक ठप्प पार्ने काम समेत गरेको थियो ।
पैसा र हिंसाको बलमा ज्यान मारेको अभियोगबाट पार पाउन सक्ने र अब बन्ने सरकारमा होनहार मन्त्रीको पहिलो सुचीमा परेका शाहले लोकमानको गुणगान गाउनु कुन ठूलो कुरा भयो र<
साथै संविधान भन्दा माथि रहेको भावनासहित कार्यरत लोकमान सिंह कार्कीको बचाउ गर्न प्रभु शाहभन्दा लायक अर्को व्यक्ति को हुन सक्छ?
(क्रमशः)
No comments:
Post a Comment