अमेरिकाको फ्लोरिडामा २०१२ मा श्रीमतीमाथि आगो लगाउन खोज्दा आफैं जल्न पुगेका ५० वर्षीय म्याथ्यु वङको फोटो कैलालीमा जलाइएका प्रहरीको फोटो भनेर प्रकाशित गर्नेमा प्रिन्ट पत्रिका समेत।
अनलाइन पत्रकारिता मौलाएसँगै धेरै अनलाइन पोर्टलहरुले मानिस तान्न अनेक तिकडम अपनाउनु अब सामान्य भइसकेको छ । तर हिजो कैलालीमा भएको दुखद भीडन्तपछि चार्हि सामाजिक सञ्जालबाट शुरु भएको अनर्गल र उत्तेजक सुचना र फोटोको प्रवाह अनलाइन मिडिया हुँदै प्रिन्टमा समेत पुगेको छ ।
हिजो 6\jL6/df केही बेरसम्म नेपाल प्रहरीको पोशाक लगाएजस्तो देखिने मानिस जलिरहेको फोटो शेयर गरिएको थियो र भनिएको थियोः यस्तो दृश्य देख्दा कसको मन नरोला र । तर एकैछिनमा उक्त फोटो नेपालको नभएका चुनौती दिएपछि उक्त ट्वीट डिलिट गरिएको थियो । गुगलको इमेज सर्चले चाहिं उक्त फोटो अमेरिकाको फ्लोरिडामा २०१२ मा श्रीमतीमाथि आगो लगाउन खोज्दा आफैं जल्न पुगेका ५० वर्षीय म्याथ्यु वङ भएको देखाउँछ ।
Latest: जटिल समयको मनोविज्ञानः हिंसा मात्र हैन, हामीभित्रको हिंस्रकता झन् खतरनाक
सो फोटो नेपालको नभएको भनेर धेरैजनाले भनेपछि समेत आज फेरि केही ट्वीटहरुमा सोही फोटो प्रयोग गरिएको छ ।
त्यति मात्र नभएर ‘पश्चिमाञ्चलकै जेठो’ भनेर नारा लगाउने पोखराबाट प्रकाशित हिमदुत दैनिकले ‘कैलालीमा बर्दीधारी सुरक्षकर्मीलाई पेट्रोल छर्केर आगो लगाएको’ भनेर मुखपृष्ठमै प्रकाशित गरेको छ ।
यदि यो तस्विर वास्तविक हो भने ,,,, गोलि चलाउने आदेश दे सरकार ,,, मानवअधिकार का हकदार सुरक्षाकर्मी पनि हुन,, pic.twitter.com/t6P9PkxnNY
— साँचो (@Chaa_pii) August 25, 2015
पत्रिका फोटोको आधिकारिक पुस्ठीबिनै समाचार दृश्य बनाउछन,हिंशा भडकाउन पागलनेता आलुजनता र तोरी पत्रकारहरु पनि जिम्मेबार pic.twitter.com/ioNmUkeEnm
— narayan (@yak2yeti) August 25, 2015
किस ९२=५ नामक एफ एम रेडियोको वेवसाइटमा २०१२ मा प्रकाशित उक्त व्यक्ति वोङका दुईवटा फोटो यस्ता छन् ।
This photo from 2012 in Florida was used as the one from Tikapur |
1 comment:
Thanks for writing thhis
Post a Comment