साथै अस्पताल बन्दको विरोधमा भनिएको रिले अनसनको प्रहसन पनि जारी छ । डा। के सी लगायत आन्दोलित चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुको एजेण्डाबारे मिडियाले यथेष्ट ध्यान नदिएको भए र दिशानिर्देश कार्यक्रममा डा। के सी ले दिएको अन्तवार्ता युट्युबमार्फत् विश्वभर नफैलिएको भए रिले अनशनकारीहरुका कुरा पत्याउने मानिसहरुको संख्या पनि ठुलै हुन सक्थ्यो । उसो त अस्पताल खुलाउन भनेर गरिएको
निर्लज्जताको पराकाष्ठाः एमाले दलको खल्तीबाट नयाँ डिन बनाइएका डा. बाँस्कोटाका समर्थकले डा. के सीको तेजोबध गर्ने उद्देश्यले निकालेको पम्फलेट |
आन्दोलन विरोधी आन्दोलनको मुख्य सन्देश के हो भने देशको राजनीति जति कुरुप छ, संस्थाभित्रको राजनीति पनि त्यति नै कुरुप छ । चिकित्सा शिक्षा अध्ययन संस्थानलाई त्रि वि अन्तर्गत राखिरहेसम्म विश्वविद्यालयलाई ठगिखाने भाँडो बनाएका राजनीतिज्ञ देखि प्राज्ञ भनिने तिनका कृपापात्रहरुबीच घमासान चलिरहने निश्चितजस्तै छ । समस्याको जरो त्यहीं छ र जबसम्म त्रि वि बाट यो संस्थाले स्वायत्तता पाउँदैन तबसम्म संस्था टाक्सिंदै जाने अनि पदाधिकारीहरु र तिनका कृपापात्रहरु मोटाउँदै जाने प्रक्रिया पनि रोकिंदैन ।
अब प्रश्न आयो डा। के सीको अनशनको । एक व्यक्तिको प्रयासले संस्था सधैंका लागि सप्रने भन्ने हुँदैन । तर पाइला पाइलामा भ्रष्टाचार र ब्रम्हलुट खेपेर हामी बहुसंख्यक मानिसले त्यसलाई पचायौं र आफ्नै आँखाअगाडि संस्था धराशायी भएको हेर्न सक्यौं भन्दैमा के डा। के सी ले पनि त्यसै गर्नुपर्छ भन्ने नैतिक अधिकार हामीलाई छैन । कम्तीमा अबको चार वर्षकै लागि भए पनि उपरवाला राजनीतिज्ञको मुख नताकेर संस्थाको हितमा काम गर्ने सम्भावना बोकेको मानिस उचित प्रक्रियाबाट आयो भने त्यो नै संस्थाका लागि ठूलो राहत हुनेछ ।
भ्रष्टाचार गरेका खुमबहादुर खड्काको पक्षमा नाराजुलुसमा उत्रने मानिस त निस्के भने डा के सी को चरित्र हत्या गरेर राजनीतिमा स्कोर गर्ने र ससानो भीडमा घाँटी फुलाई फुलाई भाषणको अभ्यास गर्ने मानिसहरु निस्कनु कुनै ठुलो कुरा हैन । सकारात्मक कुरा यो छ कि डा के सी को त्याग र निष्ठा बारे बुझाउनुपर्ने मानिसहरु कमै भएकाले आन्दोलनको विरोधमा गरिएको आन्दोलनले बिरामीले दुख पाए भनेर गरेको विलापलाई गोहीका आँशूकै रुपमा लिन सहज भएको छ । साथै महाराजगन्जका स्थानीय वासीहरुको तर्फबाट बनेको दबाब समितिले समेत अस्पताल मातहत एउटा ब्यानरमार्फत् डा. के सीको मागहरु दोहोर्याउँदै आन्दोलनलाई अप्रत्यक्ष समर्थन गरेबाट आन्दोलनका विरोधी स्वार्थ समुहहरुको मनोबल गिरेको छ ।
No comments:
Post a Comment