Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Tuesday, January 14, 2014

वार कि पारको अवस्थामा शिक्षण अस्पतालको आन्दोलन

नयाँ डिन डा शशि शर्मा र अनशरत डा गोविन्द के सीका आ आफ्नै अडानका कारण पेचिलो बन्दै गएको अवस्थामा कसरी डा शर्माको एउटा बदनियतपूर्ण कदमले उनको बिश्वसनीयता शुन्यमा झारेर उनको पदत्यागलाई निर्विकल्प बनाइदिएको छ, त्यसको नालीबेलीः 

अनशनको चौथो दिन डा गोविन्द के सीको स्वास्थ्य स्थिति तीव्र गतिमा बिग्रंदै गर्दा संकटको निकासका लागि गरिएका प्रयासहरुको नतिजा अझै आइनसकेको अवस्था छ । शैक्षिक गतिविधि ठप्प पारेर आज मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेट्न गएका विद्यार्थीहरु रेग्मीका स्वकीय सचिवलाई भेटेर उनका तर्फबाट समस्या समाधानका लागि तीव्र पहलको आश्वासन पाएर फर्केका थिए ।

त्यसरी नै हालसम्म मुख नखोलेका शिक्षण अस्पतालका चिकित्सक शिक्षक संघ र नेपाल प्राध्यापक संघले पनि आज अलगअलग विज्ञप्तिमार्फत् डा के सीका मागहरु सम्बोधन गरी उहाँको जीवन रक्षाको अपिल गरेका छन् ।

अनशनका क्रममा सातवटा माग राखेका डा के सीले आधारभुत रुपमा सम्बोधन नगरी नहुने भनेर राखेका दुई माग (हालका डिन शशि शर्माको राजीनामा र वरिष्ठताका आधारमा नयाँ डिनको नियुक्ति तथा हाललाई नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रियाको रोक्का) पूरा नभएसम्म डा के सीको अनशन नतोडिने निश्चित छ ।

यसैबीच नव नियुक्त डिनका आजका गतिविधिले चाहिं उनी पदमा रहिरहेर समस्या समाधान हुने सम्भावना शुन्यमा झारेका छन् ।

डिन शर्माको आजको त्यस्तो कदम के थियो भने उनले आज सबै बिभागीय प्रमुखहरुको बैठक बोलाएर संकट समाधानबारे चर्चा गरे । बैठक सकिएर बाहिर आएर मिडियासामू ठिक ती कुरा गरे जुन भित्र निकालिएको निष्कर्षको ठिक विपरीत थिए । उनको त्यस्तो अभिव्यक्ति के थियो भने सबै विभागीय प्रमुखहरुको साथ उनलाई छ र तीन महिनामा खास काम गर्ने गरी उनलाई पदमा कायम राख्न सबैजना सहमत छन् ।

शर्माका त्यस्ता अभिव्यक्तिपछि विद्यार्थीका प्रतिनिधिहरुले दिउँसोको उक्त मिटिङका सहभागी रेडियोलोजी, हाड जोर्नी र सर्जरी विभागका प्राध्यापकहरु (क्रमशः डा राम कुमार घिमिरे, डा दीपक महरा र डा के पी सिंह) संग भेट गरेर यथार्थ पत्ता लगाए । तीनै जना प्राध्यापकहरुको दिउँसोको मिटिङको सारांश यस्तो थियोः मिटिङमा डिन डा शर्माले संस्थामा कार्य सम्पादनका लागि सम्बन्धन तत्काल रोक्नेदेखि लिएर स्वायत्त मेडिकल युनिभर्सिटी बनाउनका लागि ३ महिनाभित्र स्पष्ट रोडम्याप बनाउने र त्यसो गर्न नसकेमा तीन महिनामा पद परित्याग गर्ने प्रतिबद्धता जाहेर गरे, जुन कदमहरुले उनका अनुसार डा के सीका मागहरु पूरा हुन्थे । त्यसमा सबैजसो विभागीय प्रमुखहरुको उत्तर के थियो भने, त्यो रोडम्याप लगेर डा शर्माले डा के सीलाई अनशन तोड्न मनाउन सके त्यसमा सबैको समर्थन हुने तर त्यसो नभएको अवस्थामा सबैका लागि डा शर्माको पदभन्दा डा के सीको जीवन मूल्यवान भएकाले डा के सीलाई बचाउन कसैले पनि कुनै पनि कदम उठाउनुपर्ने भन्ने थियो ।


मिटिङलगत्तै प्रस्ताव लगेर डा के सीसामु जाँदा उक्त प्रस्ताव डा के सीले ठाडै अस्वीकार गरेपछि नैतिकताका आधारमा डा शर्माले राजीनामा दिनेबारे सोच्नुपर्ने अवस्था थियो । तर उनले सबै विभागीय प्रमुखहरुको भाव विपरीत आफूलाई सबैको समर्थन भएको अभिव्यक्ति मात्र दिएनन्, रिपोर्टर्स क्लबमा गएरर डा के सीको अनशन नियोजित ढंगबाट भएको भनेर कुर्ले । त्यति मात्र नभएर तिनले प्राध्यापकको पद छाड्नासाथ प्रलय नै हुने जस्तो गरेर डिन पद छोड्नु परे प्राध्यापक पदबाटै राजीनामा दिने निरर्थक र हास्यास्पद धम्की दिन पुगे ।

शर्माका यस्ता असामान्य र पदीय प्रतिष्ठा प्रतिकुलका गतिविधिहरुलाई उनी नियुक्त भइआएको असामान्य पृष्ठभुमिको सापेक्षमा राखेर बुझ्नु जरुरी छ । अहिले आएर काम गर्नका लागि तीन महिनाको अवधि माग्ने शर्माले सामान्य अभ्यासअनुरुप तीन महिनाको परीक्षण अवधिको नियुक्ति लिएर नआई किन अपवादका रुपमा त्रि वि कार्यकारी परिषदसँग चार वर्षको अवधि लिएर आएर? संस्थासित जोडिएका ९९ प्रतिशतभन्दा बढी जिम्मेवार मानिसहरुले इच्छा वा बाध्यतावश डा के सीको जीवन बचाउन शर्माको राजीनामा खोजिरहेका बेला उनले जबर्जस्ती संस्थाको उन्नति गर्ने अभिभारा आफूले र आफूले मात्र लिन खोज्नुपछाडिको रहस्य के हो? जबकि नेपाल मेडिकल काउन्सिलमा उनको विगतको ट्रयाक् रेकर्ड हेर्दा उनलाई जिम्मेवारी दिएमा संस्था प्रगतितिर जाने नभई नग्न राजनैतिक चलखेलबाट धराशायी हुने दिशामा जानेमा संस्थाका अधिकांश मानिस विश्वस्त छन् । संस्थाका झण्डै हजार जना र देशभर डा गोविन्द के सीप्रति ऐक्यबद्धता जनाउने लाखौं मानिस सबै गलत र खाली शशि शर्मा नामको एउटा मानिस सही भनेर कसैले पत्याउने आधार के हो?

अर्कोतिर शिक्षण अस्पतालका सबै विद्यार्थीहरु र आजका विज्ञप्तिपछि चिकित्सक शिक्षक संघ र प्राध्यापक संघ अन्तर्गतका सबै चिकित्सक र प्राध्यापकहरुले डा के सीप्रति ऐक्यबद्धता जनाएको तथा संदिग्ध चरित्रको एउटा अंग्रेजी दैनिकबाहेक सबैजसो मिडियाले सम्पादकीयहरुमा समेत गरी प्रत्यक्ष वा परोक्ष रुपमा डा के सीका मागप्रति चासो र विभिन्न हदको समर्थन जनाएको अवस्थामा कसको साथ लिएर संस्था बचाउने रोडम्यापमा हिंड्ने हुन् डा शर्मा?

यसरी डा शर्माको रोडम्याप कुनै पनि अवस्थामा अस्तित्वमा नआउने स्पष्ट छ । र उनलाई नियुक्त गर्दाको त्रि वि कार्यकारी परिषद् र उनी दुवै पक्षको बदनियतपूर्ण कदमका कारण उनलाई स्वयं त्रि वि पदाधिकारीहरुले समेत हटाउन नसक्ने अवस्था छ । यसरी जायज मागका लागि जीवन मरणको संघर्ष गरिरहेका श्रद्धेय प्राध्यापक डा गोविन्द के सीको जीवन अहिले शर्माको हातमा छ । त्यसैले थप झूट र दुष्प्रचारको खेती बन्द गरेर तुरुन्त पद त्याग गर्नुबाहेक शर्मासित अर्को कुनै विकल्प छैन ।

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more