बाघमाथि सवार प्रचण्ड र आत्मदाह-उन्मुख राजनीति
लामो समयसम्म ट्वीटरमा समवेदना र शुभकामनाबाहेक केही नदिएका लोकमानले आज एकाएक विरोधीहरुको प्रतिकार गर्ने संकेत दिएका छन् ।
भ्रष्टाचारको अनुसन्धानलाई प्रभावित गर्न निर्माण भएका हरेक अपवित्र गठबन्धनको आयोगले निर्भिकतापूर्वक डटेर सामना गर्नेछ https://t.co/i90BGiF345— Lokman Singh Karki (@LokmanKarki) October 1, 2016
यसको अर्थ के हुन सक्ला? लोकमानले अपवित्र गठबन्धन भनेर कसलाई भनेका होलान्?
सम्भवतः त्यो विशेषण हामीप्रति इंगित छ । पहिले जसलाई मानसिक रोगी भनेर आफैं उपचारको माग गरेका थिए, तिनै डा गोविन्द केसीलाई नाम तोकेर भन्न नमिलेपछि उहाँको नेतृत्वमा चलिरहेको अभियानलाई 'अपवित्र गठबन्धन' भनेको देखिन्छ ।
त्यसको जवाफमा मैले यस्तो लेखें ।
जिन्दगीमा पहिलोपल्ट गर्वको महसुस भयोः लोकमानले हाम्रो गठबन्धनलाई अपवित्र भनेछन् । #IamwithDrKC#ImpeachLokman pic.twitter.com/yiYbS7a5T3— Jiwan Kshetry (@jkshetry) October 1, 2016
लोकमानको निर्भिक योजनाप्रति नागरिकले कस्तो प्रतिक्रिया जना त, उनीप्रति नेपालीहरुको धारणा जान्न यी जवाफी ट्वीटहरु काफी छन् ।
@DevidBasyal @LokmanKarki आफै ठुलो माछा आफैले आफैलाइ कसरी समाउनु... पत्याउने कुरा गर्नु नि...— श् र् ष् ठ् अ ए (@Funny_maharaj) October 1, 2016
# नभए आफैलाइ समाएर हेर्नु त
@40Lekhu @LokmanKarki बडेमान कार्कीले दु:ख देलान नि यस्तो लेख्दा?— Tara Prasad Khanal (@taraprasad1400) October 1, 2016
@40Lekhu अरे वाह् ! Everything happens for a reason,that reason causes change.जित-सत्यकै. I strongly salute ur saying. Same thinking like me— Tara Prasad Khanal (@taraprasad1400) October 1, 2016
@LokmanKarki आज सम्म देख्यौ तपाइको काम अब नैतिकता लाइ ख़्याल गर्दै राजिनामा दिएर कुनै दल या बिदेशी शक्तिको कार्यकर्ता बन्नुस।— BOYHOOD (@XettriS) October 1, 2016
@LokmanKarkiजो सबैभन्दा भस्ट छ,पदर शक्तिको दुरुपयोग गर्छ,माफिया र भस्ट्रको जगेर्ना गर्ने र बढुवा गर्ने लाई कसले पत्याउनु#राणाशासन कि लोकमान— श् र् ष् ठ् अ ए (@Funny_maharaj) October 1, 2016
उसो भए उनले निर्भिकतापूर्वक लड्ने भनेर गरेको प्रणले केलाई इंगित गर्छ त?
राजनीतिज्ञहरुलाई अझ बढी ब्ल्याकमेलिंग?
मिडियालाई आफूविरुद्ध नबोल्न र नलेख्न अझ धेरै दबाब?
समानान्तर सत्ताको अझ निर्मम उपयोग गरेर नागरिकहरुलाई तर्साउने काम?
शीर्ष नेताहरुमध्ये अझ धेरैसित सेटिंग?
कम्तिमा एक बिषय चैं हेक्का राख्दिनुिस्। आयोग लोमासिकाको पर्याय हैन। लोकले लोमासिकाको भ्रष्टाचारको बिरोध गर्या हुन्, आयोगको हैन। https://t.co/mFaaLbg84j— Prabhat Bhattarai (@prabhatilam) October 1, 2016
सन्दर्भ दशैँ:— केदार शर्मा (@kedarsh) September 29, 2016
महिषासुर र लोकमान सिंह कार्कीका बीचको समानता के हो?#Dashain #CIAA https://t.co/sNC7qOcoyn
लोकमानले अपवित्र गठबन्धन विरुद्ध सामना गर्ने प्रण गरिरहँदा दशैंका लागि रित्तिन लागेको काठमाण्डूमा समेत ठुलो संख्यामा नागरिकहरु उपस्थित भएर आज प्रदर्शन गरे। कार्यक्रममा सांसद सुरेन्द्र चौधरी समेत उपस्थित भएर ऐक्यबद्धता जनाएका थिए। कार्यक्रमका केही झांकीहरू:
No comments:
Post a Comment