Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Thursday, August 9, 2012

नेपालका निजी ज्यानमाराहरु



के सबै आर्थिक र अन्य अपराधहरु सरकारमा हुने मानिसहरुका मात्र पेवा हुन् त<

नेपालमा हेर्दा त्यसो लाग्दैन । सरकारमा हुनेहरु देशको ढुकुटी लुटेर जनतालाई कंगाल बनाउन उद्यत छन् भने निजी उद्यम गर्नेहरु मध्ये जनतालाई अत्यावश्यक सेवा दिनेहरु आफ्ना निहित स्वार्थका लागि जनताको घाँटी नै निमोठ्न तयार छन् ।

खास गरी नेपालको पश्चिम आधा भागमा त राज्यले बनाइदिएका सडक यातायात व्यवसायी भनिनेले बलपुर्वक कब्जा गरेर निजी सम्पत्तिसरह बनाएका छन् । सिन्डिकेटको त्यो जालो बाहुबलको भरमा नेपालभर फैलिने क्रममा छ । सडकमा नयाँ गाडी गुडाउन त के अब पैदल हिंड्न समेत तिनको अनुमति लिनुपर्ला जस्तो छ । यथोेचित भन्दा बढी भाडा र क्षमता भन्दा ३ गुनासम्म यात्रु कोच्न नपाए तिनीहरु आन्दोलनमा उत्रिहाल्छन् । ट्रकवालाहरुको ज्यादतीको त के कुरा गर्नु, उद्योगीहरुले त्यसको विरोध गर्दा पनि केही लागेको छैन । 

निजी क्षेत्रको अर्को ज्यादतीको पर्याय इन्धनसित सम्बद्ध व्यवसायीहरु बनेका छन् । इन्धन छैन त मानिसको गुजारा चल्दैन । मानिसको यही विवशताको फाइदा उठाएर ग्यास भरेर ग्यास उद्योग नाम राख्नेहरु देखि ट्यांकरवाला र व्यापारी सम्म जनताको मासु लुछ्न उद्यत छन् । 




नभए बराबरको कमजोर सरकार भएको फाइदा उठाएर ग्याँस भर्ने र बाटो कब्जा गर्ने दुवैथरी व्यापारीले अर्को जनपीडक आन्दोलन गर्ने भन्ने समाचार आइरहेको छ । ट्याक्सीवालाले पहिले एकचोटि मान्छे ठग्न पाउनुपर्छ भन्ने पारामा आन्दोलन गरेझैं यी आन्दोलकहरु पनि सरकारलाई ध्वाँस दिएर आफुहरुका माग जायज भएको अलाप गर्देछन् । राजनीतिज्ञहरुले भ्रष्टाचार गरेकै छैन भनेर कसम खाएझैं यिनले जनताको हुर्मत लिने माग राखेर सरकारसित लडेको बहाना गर्दैछन् । देशमा सरकार छ त आफ्नै लागि छ । पेलिएका जनताका लागि त्यसले बोलेको र काम गरेको कतै उदाहरण छैन । त्यस्तो सरकारसित माग राखेको वहानामा जनतालाई अक्करमा पारेर आफ्नो स्वार्थ पुर्ति गर्नु मात्र उनीहरुको उद्देश्य देखिन्छ । 

यस्तो न लोकतन्त्रमा हुन्छ न त कुनै खास एकतन्त्रमै । यस्तो त खाली अराजकतन्त्रमा हुन्छ जहाँ नियम र कानुन गरीब र कमजोरका लागि मात्र हुन्छ । नेपालमा यस्तो अराजकतन्त्र कहिलेसम्म चल्ने हो हेर्न बाँकी नै छ । तबसम्म जनपीडक सरकार र निजी क्षेत्र मिलेर जनताको चाहिं हाडछाला मात्र बाँकी छाड्ने भए । 

जनताको हित गर्ने भनेर २४ घण्टा अलाप्दा अलाप्दै यथार्थबाट टाढिएर आफ्नै संसारमा हराइसकेका स्थापित राजनीतिज्ञहरु यस्ता जनताका लागि ठोस महत्व राख्ने विषयमा चुप लाग्नु स्वभाविकै हो तर चर्को स्वरमा भाषण गर्ने र एकअर्कासित झगडा गरेर सडक बन्द गर्न आउने विद्यार्थी संगठनका मानिसहरु पनि जनसरोकारका यस्ता कुरामा चुप लागेको देख्दा अचम्म लाग्छ । 

जबसम्म सरकारी भ्रष्टहरुसंगै अराजकताको फfइदा उठाउने व्यावसायी नामका निजी व्यापारीहरुको ज्यानमारा धन्दा रोकिंदैन तबसम्म नेपालमा आम मानिसको जीवन कष्टकर हुने निश्चित छ । सरकारी भ्रष्टहरुलाई बरु कालान्तरमा न्यायको कठघरामा ल्याउन सकिएला तर यिनलाई दण्डित गर्न असम्भवप्राय छ । गर्न सकिने भनेको तिनलाई अब थप लुट्नबाट रोक्ने हो र त्यस दिशामा सोच्न जरुरी भइसकेको छ । 

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more