Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Wednesday, August 8, 2012

के क्यु ओलीको नरक यात्रा

मत्र्यका सडकहरुमा टायरहरु बलिरहेका थिए र आकाश कुहिरीमण्डल भएको थियो । सास फेर्नै गाह्रो हुन्थ्यो । केही दर्जन चुल्ठे मुन्द्रेहरुले सारा शहर ठप्प पारेका थिए । मानिस टाढाटाढासम्म हिंडेरै यात्रा गरिरहेका थिए, बिरामीहरु रोग पालेर घरै बसेका थिए ।

उता नरकमा एक परम ज्ञानी मनुवा के क्यु ओली आइपुगेका थिए । आउनासाथ शान देखाउँदै चित्रगुप्तका एउटा प्रश्नको पनि जवाफ दिन मानेका थिएनन् । भन्थेः म खाली यमराज सित मात्र बात गर्छु । अस्ति दिल्लीमा त राष्ट्रपतिसित वार्ता गरेर काम शुरु गरेको, यो नरक त के हो र? अरुसित गर्नै परे पछि गरौंला ।

अन्ततः कसेको केही नलागेपछि यमराजले ओलीलाई माथि नै डाके र आफैं केरकार गर्न थाले । व्यस्तताका कारण यमदुत सिधै विषय प्रवेश गरेः

यमराजः तपाइं को?

ओलीः म नेपालको भावी प्रधानमन्त्री, भु पु उपप्रधानमन्त्री र वरिष्ठ राजनीतिज्ञ ।

यमराजः तपाइंलाई देशमा अशान्ति फैलाएको आरोप लगाइएको छ नि ? नेताहरुमध्ये सबैभन्दा अराजक युवाहरुसित नजिक तपाईं हो रे, अनि यस्तो मानिस प्रधानमन्त्री?

ओली आसनबाट उठेर पड्किएः मलाई त्यसो भन्ने तपाइं को? कि बाबुरामलाई झैं तपाइंलाई पनि टिपेर फाल्नुपर्यो? नफालौं भन्दाभन्दै नेपालका राजालाई फालिसके, तपाइंजस्ता अयोग्य मानिस जसलाई बोल्नसमेत आउँदैन, अहिलेसम्म नरकका राजा बनाइराखेका छन् ।

केही छिनको मौनतापछि बस्दै साउतीको स्वरमा फेरि बोलेः तपाइंले मलाई त त्यस्तो भन्नुभो भन्नुभो, मेरा केटाहरुलाई यस्तो कुरा चुइँक्क नभन्नुहोला, टाएर ल्याएर आइपुग्लान् नरकमै । तपाईको नरकको त केही पीर थिएन, जले जल्थ्यो तर त्यसले पछि मेरो स्वर्ग जाने बाटो कतै बन्द नगरिदेओस् ।

ओलीक्रोध देखेर यमराज मुसुमुसु हाँस्दै थिए, बोलेः तपाईको स्मरण शक्ति कत्तिको तेज छ ओलीज्यू?

ओली आफ्नो लयमा फर्केः एकचोटिको कुरा हो, एउटा पत्रकारले मेरो विरुद्ध लेख्नु लेखेको थियो । तर गर्ने के, त्यतिबेला आफ्नो पार्टीको युवा संगठन टुटफुटले तितरवितर भएको थियो र केटाहरु एक अर्कासित आगो पानी बाराबार गरेका थिए । चपचाप बसें । पछि हाम्रा पनि दिन फिरे । प्रचण्डको पार्टीले वाइसिएल खोलेपछि हाम्र केटाहरु एक भए र हामी बौरियौं । कुरै गर्ने हो भने नेपालका सबै राजनीतिज्ञहरु बेरोजगार बराबर छन्, गर्ने केही हैन, सब कुरा आफैं हुन्छ नभए उपरवालाले गरिदिन्छ । बौरिएपछि केही त गर्नैपर्छ भन्ने लागेको थियो । एक दिन पत्रिकामा देख्छु त हाम्रा केटाहरुका बारेमा जस्ताको तस्तै लेख्ने दुस्साहस गरेछ एउटा फिस्टे पत्रकारले । नेपालमा जे पनि गर्नु तर हाम्रा बारेमा साँचो साँचो नलेख्नु । मलाई जङ चलेर आयो । नाम हेर्छु त त्यही नालायक रहेछ, जसले पहिले मेरो दोहोलो काडेको थियो । म गर्व र क्रोधले फुलेंः गर्व यस कुरामा कि त्यो नालायकलाई मैले अझै बिर्सेको थिइनँ । क्रोधको कारण त थाहा पाइहाल्नु भयो । अनि मेरा केटाहरुले त्यसको त्यही हाल बनाइदिए, जुन शिकारी कुकुरहरुले आफ्नाृ शिकारको बनाउँछन्.....

ओलीजी बोल्दै थिए यमराजले रोकेः मैले भन्न खोजेको, विगतमा तपाईं आफुले बनाएका प्रधानमन्त्री ढाल्न सडकमा आन्दोलन हुँदा बच्चाहरु सडकमा ओर्लंदैमा सरकार ढल्दैन भनेको बिर्सनुभयो?

अहिलेको अवस्था बेग्लै छ, ओलीजी बडबडाएः बच्चाहरु अब जवान भइसकेका छन् । जवान मात्र नाई परिपक्व भइसकेका छन्, उनीहरुलाई केही भन्नु जरुरी छैन । मैलेसम्म भनेको केही मान्लान् तर पार्टीका अध्यक्ष भनाउँदाले भनेकोसम्म मान्न छाडिसके ।

यमराजको कानमै मुख जोडेर खोलीजी बोलेः भन्न त नहुने हो तर अब त हाम्रा केटाहरु पहिले निर्णय गर्छन् अनि बल्ल पार्टी तिनको पछि लाग्छ । नहोस् पनि किन, यतिका साल माथिका निर्देशन तल तामेल गराएर केही लागेन बरु नयाँ रणनीतिले खुब काम गर्दो छ । माओवादी समेत छोडेर केटाहरु हामीकहाँ आउँदैछन् । अर्को साल चार महिना जति नेपाल बन्द गर्ने भन्ने निर्णय गर्न भ्याइसकेका रहेछन्, जोशैजोशमा, मैले तबसम्म त हाम्रै सरकार भएसक्छ भनें तर केटाहरु दुई महिना भन्दा तल त ल्याउनै मानेनन् । भन्छन्, सरकारमै भएको बेला बन्द गरे पनि आफ्नै साख बढ्छ रे । अब नयाँ पुस्ताका कुरा कसरी नपत्याउनु?

ओलीपुराणबाट यमराजलाई समेत दिक्क लागेछ र तिनलाई बिदाइ गर्ने निहुँ झिक्नै के लागेका थिए, दुई दर्जन जति चुल्ठेहरु निधारमा रातो पट्टी बाँधेर र मुखलाई कालो रुमालले छोपेर प्रकट भए । ओलीजी उठेर अदबकासाथ तिनलाई झुकेर नमस्कार गरे र यमराजलाई पनि त्यसै गर्न इशारा गरे । यमराज मुसुमुसु हाँसिरहे । ओलीजीचाहिं ती युवाहरुको कुँडुलोभित्र छिरेर सुरक्षित तरिकाले नरकबाट मत्र्यतिर लागे ।

केटाहरुले पर्चाहरु छरेर गएका थिए, तिनमा लेखिएको थियोः के क्यु ओलीलाई छुने दुस्साहस गरेकोमा यमराजविरुद्ध आन्दोलन गर्न १०८ टायरमा आगो लगाएर मत्र्यबाट नरकतिर गुडाइनेछ, जसले जलाएर सारा नरक ध्वस्त पार्नेछ ।

1 comment:

विकल्प said...

अति राम्रो

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more