Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Saturday, July 21, 2012

माओवादीका विकल्पः ध्वंश कि रुपान्तरण?


विगतमा साम्यवादका ती रुपलाई जीवन्त राख्ने क्रममा विभिन्न विम्ब र यान्त्रिकताहरु सिर्जना भए र सार खस्कँदै गएपछि कालान्तरमा तिनै विम्ब र यान्त्रिकता ती व्यवस्थाका परिचय बने । ‘चेयरम्यान माओ’ एउटा विम्ब थियो, जसका पछाडि नेपाल लगायत विश्वभरका माओवादी आन्दोलनहरुमा अकाट्य क्षमताका ‘चेयरम्यान’हरु स्थापित भए । चीनको सांस्कृतिक क्रान्ति त्यस्तै बलियो विम्ब थियो जसको पुजा गर्दै विश्वभर फरक विचारलाई निषेध गर्ने प्रवृत्ति विकास भयो –हेर्नोस् कसरी मुक्तिनाथ अधिकारीको बध गरिएको थियो ।

गदीश घिमिरेको ‘अन्तरमनको यात्रा’ पढ्दा पाठक कुनै बेला निश्चित हुन्छः अब मृत्यु आउँछ । रोग र पीडाको वर्णन पढ्दा त्यसको अन्त मृत्यु नै हुने कुरा सबैलाई थाहा हुन्छ । तर चामत्कारिक रुपमा क्यान्सरग्रस्त कोषिकाहरुलाई मारिसकेपछि सद्दे कोषिकाको प्रत्यारोपणबाट ज्यान बचाउने प्रविधिका कारण घिमिरेको ज्यान बौरिन्छ र पाठकले पुरा रुपमा त्यो पुस्तक पढ्न पाउँछ । 

एकताकाको माओवादी र अहिलेको एमाओवादीलाई बचाउन पनि त्यस्तै चामत्कारिक कदमको आवश्यकता भएको आभास मलाई भइरहेको छ । घिमिरेको क्यान्सर एकदिन अचानक प्रकट भएको थियो तर माओवादीको क्यान्सरबारे मानिसले कुरा काटेको धेरै भइसक्यो र अब त त्यो दिनको घामजस्तै छर्लंग भइसकेको छ । एकताका एमाले भन्ने दलको बारेमा पनि त्यस्तै चर्चा हुन्थ्यो, उसलाई गहन उपचारको आवश्यकता महसुसै भएन र अहिले पनि क्यान्सर पालेरै बसेको छ । माओवादीको प्रसंग भने अलि फरक छ । 

माओवादीमा क्यान्सरको कहानी बडो दुखलाग्दो छ । माओवादी आन्दोलनको उठान देशमा फैलिएको असमानता, अन्याय र गरिबीबाट सिर्जित क्यान्सरलाई निको पार्न भनेर भएको थियो । ऊबेलाको क्यान्सर ठिक पार्ने हतियारका रुपमा उनीहरुले चीनमा माओले लिएको ऐतिहासिक हतियार सापट लिए र आफुलाई माओवादी भने । क्यान्सरको उपचार कस्तो हुन्छ भने त्यसले क्यान्सरग्रस्त कोषिकालाई मार्ने क्रममा अरु सामान्य कोषिकाहरुलाई पनि सखाप पार्छ । भयो त्यस्तैः १३,००० मध्ये धेरै गरीब र निर्दोष मानिस मरे, झण्डै ५०,००० मानिसले आफ्ना नातेदार गुमाए, हजारौं मानिस विस्थापित भए । 

जब माओवादी विद्रोह सकियो, पीडा र क्षतिको बीचबाटै पनि मानिसहरुले माओवादीलाई भोट दिएः क्षति र ध्वंश त भइ नै सक्यो अब निर्माण पनि गर्लान् कि भनेर । त्यो किन पनि थियो भने एमाले र काँग्रेसले हिजो बहुदलकालको आफ्नो क्यान्सर निको भएको कुनै प्रमाण दिन सकेका थिएनन् । तर आज वास्तविक जीवनको दुर्दान्त नाटकको एउटा भाग वियोगान्तमा गएर टुंगिएको छः माओवादीले प्रणालीको क्यान्सर ठिक पार्न त परै जाओस्, उनीहरु आफैं क्यान्सरग्रस्त हुन पुगेका छन् । 


एमालेको क्यान्सरभन्दा माओवादीको क्यान्सर धेरै घातक भएको मैले देखेको छु । मदन भण्डारीको वाक्पटुताका कारण उचाइमा पुगेको एमालेले उनको अवसानपछि कहिल्यै देशको राजनीतिमा पहिलो शक्तिको रुपमा भुमिका खेलेन र उसले समाज परिवर्तनका लागि भनेर कहिल्यै माओवादीले झैं चरम ध्वंशको जोखिम लिएन । अवसर खोजीखोजी सत्ता र शक्तिमा वा त्यसको नजिकै बस्न पाए उसका सानातिना आवश्यकताहरु पुरा भइरहे र ऊ आफ्नै संसारमा हराउन पुग्यो । त्यसैले उसको क्यान्सर पनि ऊ आफैंलाई भन्दा अरु कसैका लागि त्यति घातक हुने कुरा भएन । 

उता माओवादी भने २०५६को आम चुनावपछि नै यो वा त्यो रुपमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदै आएको छ र त्यो क्रममा अधिकांश नेपालीको जीवनमा कुनै न कुनै हदसम्म असर पारेको छ । त्यसले सबैजसो नेपालीका लागि ‘माओवादी’ भन्ने विम्बको सिर्जना गरेको छ र माथि उल्लेखित क्यान्सरका कारण त्यो विम्ब निरन्तर धमिलिंदै गएको छ । त्यो क्यान्सरको निदान सही नभएसम्म उपचार असम्भव भएकाले त्यसको प्रकृतिबारे छोटो चर्चा यहाँ गरिन्छ । 

माओवादीले ‘जनयुद्ध’ शुरु गर्दा चीनमा खास साम्यवादको अन्त र राज्य नियन्त्रित पुँजीवादको पुनरोदय भएको दुई दशक बितिसकेको थियो भने सोभियत साम्यवादको त विस्फोटक अन्त भएको नै ५ वर्ष बितिसकेको थियो । पुरा विश्व नै पुँजीवादको उत्कर्षतिर यात्रारत थियो । चीन र रुसको साम्यवादको तितो अनुभव के थियो भने लाखौं वा करोडौं मानिसको बलबुतामै आएको भए पनि कम्युनिष्ट पार्टीको नेतृत्व सत्ता र शक्तिको उत्कर्षमा पुगेपछि छिट्टै इतिहासका अन्य कुरुप तानाशाहहरुजस्तै वास्तविकताभन्दा परको आत्मपुजाको संसारमा हराउन पुग्यो । शक्तिको केन्द्रीकरण र जवाफदेहीताको अभावका कारण उहिलेका राजा महाराजाहरुजस्तै स्टालिन र माओले पनि आफैंलाई मानव जातिको सर्वोच्च एकाइ ठान्न थाले । 

कतिसम्म भने दशकौंको आत्मकेन्द्रित शासनबाट खोक्रो भइसकेको सोभियत संघ ढल्नुभन्दा ६, ७ वर्षअघिसम्म निस्केका पुस्तकमा समेत साम्यवादको अपराजेयता र पुँजीवादको क्षणभंगुरतालाई शाश्वत सत्यका रुपमा वर्णन गरिएको छ । यसरी चीन र रुस दुवैमा शुरुदेखि नै साम्यवादी व्यवस्थाको सारचाहिं सर्वहाराको अधिनायकवादबाट व्यक्तिको अधिनायकवादमा पतित र स्खलित हुन पुग्यो भने रुपलाई चाहिं उनीहरुले आदर्श साम्यवादी व्यवस्थाको रुपमा कायम राख्ने निरर्थक प्रयास गरे । 

विगतमा साम्यवादका ती रुपलाई जीवन्त राख्ने क्रममा विभिन्न विम्ब र यान्त्रिकताहरु सिर्जना भए र सार खस्कँदै गएपछि कालान्तरमा तिनै विम्ब र यान्त्रिकता ती व्यवस्थाका परिचय बने । ‘चेयरम्यान माओ’ एउटा विम्ब थियो, जसका पछाडि नेपाल लगायत विश्वभरका माओवादी आन्दोलनहरुमा अकाट्य क्षमताका ‘चेयरम्यान’हरु स्थापित भए । चीनको सांस्कृतिक क्रान्ति त्यस्तै बलियो विम्ब थियो जसको पुजा गर्दै विश्वभर फरक विचारलाई निषेध गर्ने प्रवृत्ति विकास भयो –हेर्नोस् कसरी मुक्तिनाथ अधिकारीको बध गरिएको थियो ।

पुँजीवाद न्यायप्रद व्यवस्था होइन र यो प्रचार गरिएझैं प्रजातन्त्रको पर्यायवाची त हुँदै होइन । तर पुँजीवादी विश्वलाई नेतृत्व दिनेहरुचाहिं साम्यवादीहरुझैं आत्मकेन्द्रित भएनन् र तिनले आफुबाहिरको विशाल संसारलाई हेरे र त्यसको प्रकृतिअनुरुप आफुलाई ढाल्दै गए, जो सकेन उसले अर्को सक्षम मानिसलाई ठाउँ दियो । संचार माध्यमलाई प्रत्यक्ष राज्यको नियन्त्रण हैन कि परोक्ष रुपमा बजारको नियन्त्रणमा छाडिदियो । कानुन र जवाफदेहीताबाट पर रहने कम्पनी र कर्पोरेशनहरु बढ्दै गए पनि त्यस्तो व्यक्तिचाहिं कम्तीमा देखिने गरी कोही रहेन । समग्र रुपमा पुँजीवादी प्रणाली यी सबै कारणले आफुभित्रका अन्तर्विरोधहरुका बाबजुद पनि गतिशील हुन पुग्यो र मौलाउँदै गयो । 

यसै पृष्ठभुमिमा नेपाली माओवादी आन्दोलन विगतका साम्यवादी आन्दोलनका खोक्रा यान्त्रिकता र विम्बको शिकार त भएको थियो नै ०६२–०६३ यताको संक्रमणले तिनलाई त्यागेर पुँजीवादी व्यवस्थामा केही मात्रामा भए पनि नभइ नहुने जवाफदेहीता (Accountability)  को विकास हुन सकेन । माओपछिको चीनमा रुपको साम्यवादी व्यवस्था नै कायम भए पनि तीन जनाको कार्यकाल सकिएर चौथो मानिस नेतृत्वमा पुग्नै लागेको अवस्था छ भने नेपालमा चाहिं ‘चेयरम्यान माओ’ भनेझैं ‘चेयरम्यान प्रचण्ड’को विकल्प खोज्ने प्रयासै भएन, बरु अब ‘चेयरम्यान वैद्य’को अर्को रडाको शुरु हुने छाँटकाँट छ । 

आजको विश्व हिजोको जस्तो रहेन । विश्वव्यापीकरण र भुमण्डलीकरणका कारण जुन देश अरुसंग कदम मिलाएर हिंड्न जान्दैन, त्यो पछि पर्छ वा हराएरै जान्छ । राजनीतिक शक्तिहरुमा पनि जो विश्व परिदृश्यको निरपेक्ष चल्न खोज्छ, त्यो खिइंदै जान्छ । त्यसैले आजको क्यान्सरग्रस्त माओवादीका सामु दुई विकल्प छन्, दुवै कष्टकर र अप्रिय । एक, हिजोका विम्ब र यान्त्रिकता लाई पुनर्जीवित पार्न खोज्दै विना जवाफदेहीताको एकल यात्रामा लागेर खिइंदै जाने । दोस्रो, ल्याटिन अमेरिकाका वामपन्थीहरुजस्तै पुँजीवादी प्रजातन्त्रभित्रै बढी जवाफदेहीताका साथ  जनपक्षीय नीति र कार्यक्रमका साथ अरु पुँजीवादी शक्तिहरुसित प्रतिस्पर्धा गर्ने र दीर्घकालको कष्टप्रद बाटोबाट आफुलाई स्थापित गर्ने । 

आफुभित्रै जवाफदेहीताको विकास गर्न जति ढिलो गर्छ, माओवादीभित्रको क्यान्सर त्यति फैलिंदै जाने निश्चित छ । हिजो नयाँ निर्माणका लागि ध्वंश भनेर भौतिक सम्पत्ति ध्वस्त पार्दै हिंडेका मानिसहरुले आज आफ्नो पार्टीकै बारेमा त्यसरी सोच्नुपर्ने अवस्था आएको छ । टालटुले समाधान खोजेर एमालेपथमा लाग्न पनि अब सम्भव छैन किनकि देशमा एउटा रोगी एमाले पहिले नै विद्यमान् छ । 

‘चेयरम्यान प्रचण्ड’ भन्ने विम्ब तोडिएको दिन धेरै मानिसले त्यसलाई माओवादी चकनाचुर भएको देख्लान् तर त्यो वास्तवमा माओवादीको कष्टप्रद तर नवीन र जनमुखी यात्राको शुरुवात हुनेछ । त्यसो नभएसम्म असली रुपमा माओवादीको रुपान्तरण असम्भव छ । त्यो किन भने त्यही विम्बले नै प्रचण्डको महल यात्रा र प्रचण्डपुत्रको रछ्यानयात्रा सम्भव बनाएको हो । पुरानोलाई नष्ट गरेर नयाँलाई जन्माउने काम कति कष्टप्रद हुन्छ, जगदीश घिमिरेलाई सोध्नुः अहिले घिमिरेको रगतमा स्वस्थ कोषिकाहरु दौडिरहेका छन् । उपचारको कष्टसाध्य क्षण पार गरेरै यो अवस्था सम्भव भएको हो । 

1 comment:

किरण said...

शक्तिको केन्द्रीकरण र जवाफदेहीताको अभावका कारण उहिलेका राजा महाराजाहरुजस्तै स्टालिन र माओले पनि आफैंलाई मानव जातिको सर्वोच्च एकाइ ठान्न थाले ।
what is its theme?

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more