Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Wednesday, July 18, 2012

स्खलित बाबुराम र पतनोन्मुख माओवादीको समानान्तर यात्रा



पेन्शनपन्थी एमाले जीर्ण र शुष्क भएको छ भने अर्को पुरानो दल काँग्रेस दलदलबाट निस्कने प्रयासमा छ । तर हिजोसम्मकको सबैभन्दा ठुलो दल एमाओवादीचाहिं जीर्णपन, शुष्कता र दलदलको यात्रा भर्खर मात्र शुरु गरेजस्तो लाग्छ । मुस्ताङ चढेका बाबुरामले माओवादीको त्यो अधोगतिको यात्रालाई तेज बनाउन लागेका छन् ।

हिले म खगेन्द्र संग्रौलालाई झलझली सम्झिरहेछु । माओवादीको एमालेकरण नहोस् भनेर उहिले देखि सचेत गराउँदै आएका संग्रौलाको अहिले बाबुराम सरकारको पछिल्लो करतुतबारे कस्तो प्रतिक्रिया आउला त्यो हेर्न बाँकी नै छ ।

तर मलाई भने अहिले संग्रौलाका सदावहार शिकार एमालेका एक नेताले बहुदलकालको उत्कर्षमा दिएको एउटा वाणी याद आउँदैछ । सर्वोच्च अदालतले साँसदलाई पेन्शनको व्यवस्था रोक्नुअघि उक्त प्रबन्धको समर्थनमा जीर्ण नभइसकेका प्रदीप नेपालले भनेका थिएः पियनले पेन्शन पाउँछ, पुलिसले पेन्शन पाउँछ, अनि के पुर्व सांसदले चाहिं गिट्टि कुट्ने?

त्यो तर्क सुनेर त्यतिबेला दुनियाँ हाँसेको थियो । पेन्शनपन्थी एमाले जीर्ण र शुष्क भएको छ भने अर्को पुरानो दल काँग्रेस दलदलबाट निस्कने प्रयासमा छ । तर हिजोसम्मकको सबैभन्दा ठुलो दल एमाओवादीचाहिं जीर्णपन, शुष्कता र दलदलको यात्रा भर्खर मात्र शुरु गरेजस्तो लाग्छ । मुस्ताङ चढेका बाबुरामले माओवादीको त्यो अधोगतिको यात्रालाई तेज बनाउन लागेका छन् । रछ्यानयात्राको शुरुमै बाबुरामले हिजोका प्रदीप नेपाललाई उछिनेको आभास हुन्छ । 

कुरा केही अरब पैसा, केही गाडी र केही सरकारी बंगलाको मात्र हैन । कुरा त त्यो प्रवृत्तिको हो जसका कारण नेपालको समग्र प्रगति र उन्नतिको बाटो नै बन्द गरिएको छ । बाबुरामको तीव्र स्खलन र निर्लज्जताले एउटा नराम्रो पाठ के पढाएको छ भने समग्र प्रणाली खराब, अक्षम र भ्रष्ट हुँदाहुँदै पनि कोही राम्रो र योग्य मान्छे पदमा पुग्यो भनेचाहिं केही राम्रो हुन्छ भन्ने आँकलन आफैंमा गलत थियो । 

भविष्यलाई निष्पट्ट अन्धकार त नभनौं, अन्तहीन अनिश्चितता, अस्थिरता र अराजकताचाहिं निश्चितप्राय छ । देशको राजनीति कहिले ठेगानमा आउला र आर्थिक विकासले गति लेला भनेर चिन्तित र आतुर मानिसहरुले आश गर्ने भनेकै राजनीतिज्ञहरु हुन् । जति चर्को स्वरमा कराए पनि आखिर नीति निर्माताहरुले नेतृत्व नलिएसम्म देश कतै पुग्ने हैन । राज्य पुनर्संरचना र संविधान निर्माणजस्ता दीर्घकालीन महत्वका विषयमा त नेतृत्व दिन असफल भए नै, अबको बाटो के हुने भनेर सामान्य खाकामा सहमत हुन पनि दलहरुलाई महाभारत भएको छ । 

तर मिलेर चोर्ने र बाँडी चुँडी खाने भने झैं अनन्तकालसम्म किर्नो झैं सरकारी सुविधामा टाँसिएर देशलाई खोक्रो पार्ने विषयमा चाहिं कुनै अस्तित्वको रानजीतिक दलको विरोधको गुञ्जायस छैनः तैं चुप, मै चुप । बरु समयको बहाव बुझने नौटंकीवाज कमल थापाले भोलि सरकारी सुविधा अस्वीकार गरेर वाहवाही कमाए भने अनौठो हुने छैन । 

सिंह झैं सिंहदरबार छिरेका बाबुराम मुसो त भैसके नै, अब कमिलै नहुन्जे लोकले कुरीकुरी गर्ने काम गरिरहलान् जस्तो छ । भोलि कुर्चीबाट ओर्लंदा पुर्व प्र म को हैसियतले गाडी त चढ्लान् तर जनताको छिछि र थुथुलाई कसरी छिचोल्ने हुन्, त्यो आफैं जानुन् । हिजो कति अपाच्य र संदिग्ध गतिविधिमा सैलग्न हुँदाहुँदै पनि सप्रिहाल्लान् कि भनेर बौद्धिक समुदायको उल्लेख्य हिस्साले एमाओवादीलाई शुभेच्छा र अदृश्य ऊर्जा दिइरहेको थियो, पछिल्लो करतुतले त्यसलाई निमिट्यान्न पार्ने लक्षण देखिएको छ । चारैतिरको हार र असफलताले कुण्ठिल ओराली लागेको हरिणजस्तै लाग्ने प्रचण्डलाई यी विषयमा सोच्ने शायद समय नै छैन । उता बाबुराम चाहिै मुस्ताङलाई जोडजोडले अझ हिलोतिर धकेल्न यत्नशील छन् । यो स्खलन र पतनको यात्रा कहाँ गएर टुंगिने हो, केही टुंयो छैन । 

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more