कुनै समय थियो, शिक्षा मन्त्री चित्रलेखा यादवले दिएको समयमा उनलाई भेट्न डा गोविन्द केसी लगायतका चिकित्सकहरु पुगेका थिए । चिकित्सकहरुलाई तोकिएको समयभन्दा झण्डै एक घण्टा बढी अपमानपूर्वक कुराएपछि उनी त्यहाँ त पुगिन् तर व्यवहार त्यस्तै गरिन् जस्तो एउटा औसत मन्त्रीले जागिर वा चन्दा माग्न आएको कार्यकर्तालाई गर्छ ।
अघिल्लो अनशनमा भएको सम्झौता कार्यान्वयन गर्ने भन्ने एजेण्डा थियो तर उनी ती सम्झौतासम्म नपढी आएकी थिइन् । स्वभावतः भेटको कुनै पतिफल भएन । त्यसपछि एकपछि अर्को गरी करीब आधा दर्जन जति तिकडम गरेर उनले सम्झौताका सबैजसो बुँदालाई तुहाइन् । चिकित्सा शिक्षा मापदण्ड समिति र विश्वविद्यालय सम्भाव्यता अध्ययन समितिले बुझाएको प्रतिवेदन अहिले पनि उनकहाँ थन्किइरहेको छ र कार्यान्वयनको सुरसार नै छैन ।
बाह्र वर्ष पछि खोलो फर्कन्छ भन्छन् तर यहाँ डेढ वर्षमै फक्र्यो । गत आइतवार शुरु भएको डा केसीको चौथो अनशनले पहिलो हप्ता पूरा गर्दा उहाँको नेतृत्वको आन्दोलन सुशासनका लागि तेस्रो जन आन्दोलनमा परिणत हुने लक्षण देखाइरहेकै बेला सरकारले समस्या समाधानका लागि उनको संयोजकत्वमा एउटा समिति बनायो । हिजो मध्यरात अघि समिति आयो र डा केसीको बेडमा पुगेर वार्ताको प्रयास गर्यो ।
तर जीर्ण शरीर तर आभाशील अनुहार र बोलीसहित डा केसीले भन्नुभयोः तपाइँहरु ऐक्यबद्धताका लागि आउनुभएको भए धन्यवाद तर वार्ता हुन सक्दैन ।
A shame-faced edu minister looks on as health minister speaks to Dr. KC |
उनीहरु अक्मकिएपछि उहाँले भित्तामा टाँसिएका मागपत्र पढ्न सुझाउनुभयो । र बिस्तारमा भन्नुभयोः अनियमितता र भ्रष्टाचारका लागि तपाइँहरुलाई नै कारवाही गर्ने माग छ भने कसरी हुन्छ तपाइँहरुसँग वार्ता? आउने कष्ट गर्नुृभएकोमा धन्यवाद । तर मेरो विनम्र अनुरोध छ, अब गइदिनोस् ।
स्वास्थ्य मन्त्रीले एकछिन एकोहोरो अभिव्यक्ति दिए र मुख्य सचिवसँग पछि एक्लै लामो कुराकानी चल्यो तर शिक्षामन्त्रीलाई एक शब्द बोल्ने अवसर दिनुभएन ।
उसो त उनले बोल्ने नैतिक अधिकार पनि गुमाइसकेकी थिइन् । मधुरो मुस्कान दिंदै भित्र छिरेकी उनी पूरै अपमानित भएर अन्धकार मुख लगाउँदै बाहिरिइन् । उनी गएपछि मुख्य सचिवले वार्ता टोली पुनर्गठन गर्न प्रमलाई मनाउने विश्वास दिलाएर फर्के ।
कहाँको अरबौंको चलखेल गर्ने माफियाहरुको बलमा टिकेकी शिक्षा मन्त्री, कहाँको एक जीर्ण शरीर भएका चिकित्सक । सत्यप्रति विश्वास डगमगाइसकेका निरीह नागरिकहरुले हेनुृपर्ने दृश्य थियो त्योः एकतिर निष्ठावान् नागरिक र अर्कोतिर करोडौं नागरिकको भविष्यलाई बेचेर आफूलाई धनी बनाइरहेका व्यक्ति । सधैं सत्य ढाकिने र नागरिक तल पर्नेमा हिजो उल्टो भयो । कम्तीमा मलाई दोस्रो जनआन्दोलनपछि पहिलोपल्ट नेपालको भविष्यप्रति आशावादी हुन मन लाग्यो । र म अहिले भक्तराज आचार्यको गुन्गुनाइरहेको छुः
हजार सपनाहरुको माया लागेर आउँछ...... बाँच्ने रहरजस्तो फेरि भएर आउँछ ।
उक्त क्षणसम्बन्धी मेरा ट्वीटहरु यस्ता रहेः
जब अर्बौंको चलखेल गर्ने माफिया जीर्ण शरीर भएका सत्यवादीसामु निरीह हुन्छन्-किताबमा पढेको र कहिल्यै देख्ने आश नगरेको कुरा देखिन्छःसत्यमेव जयते
— Jiwan Kshetry (@jkshetry) March 28, 2015
मध्य रातमा अपमानित भएपछि घर गएर आफूले गरेका कुकर्मको सुची बनाइहोलिन् चित्रलेखाले? कति रजिस्टर भरिए होलान्?#IamwithGKC
— Jiwan Kshetry (@jkshetry) March 28, 2015
नेपालमा सबैभन्दा बलियो को? डन र माफिया । तीभन्दा पनि हाललाई बलियो को? डा केसी #IamwithGKC Feels awesome.
— Jiwan Kshetry (@jkshetry) March 28, 2015
डा केसीको आन्दोलन सुशासनका लागि नागरिकहरुको तेस्रो जनआन्दोलनमा परिणत भइरहेको अवस्था । पहिलो शिकारः शिक्षा मन्त्री । दोस्रो? #IamwithGKC
— Jiwan Kshetry (@jkshetry) March 28, 2015
अन्य रोचक ट्वीटहरु:
गोविन्द केसीलाई मनाउन सुको सरकारले धन्न राजेन्द्र पाण्डेलाई वार्ताकार तोकेनछ
— Kiran Bhandari (@kiranbhandari9) March 27, 2015
# डाक्टर गोविन्द केसी. सयौं, हजारौं केसी हरूले गर्नुपर्ने अनसन एकजनाले गरिरहनु भएकोछ। तसर्थ उहाँलाई ठूलो जनसमर्थन प्राप्त हुनु स्वाभाविक...
— Dhruba H. Adhikary (@dhrubahari) March 27, 2015
विधि र थिति मरेपछि गोविन्द केसी किरिया बसेको आज चौथो दिन पूरा भयो ! उनीचाहिँ बाँचून् ! #IamWithDrKC
— Lenin Banjade (@lendaai) March 25, 2015
डा. गोविन्द केसीले जित्नुपर्छ। । उनले हारे भने देशलाई चाहिएका हज्जारौ गोविन्द केसी नजन्मिदै मर्नेछन् ।
— Buddhisagar (@buddhisagar) March 24, 2015
डा. गोविन्द केसी चर्चित हुन अनशन बसेका हुन् रे त । मान्छे भएसी राजेन्द्र पाण्डे जस्तो समाजसेवी पो हुनुपर्छ।
— Sagar khanal (@sgrkhnl) March 23, 2015
'चरि' मारिंदा संसद अवरुद्ध गर्छु भन्ने सांसदले गोविन्द केसी गलत भनेको पत्याउँछु होला त मैले? कुरो बुझ्दिन होला तर मुर्ख त होईन म !!
— गौरव (@gpokhrel) March 27, 2015
No comments:
Post a Comment