Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Sunday, October 26, 2014



आइसीयुबाट स्वास्थ्यक्षेत्रको चिठी-




- सुभास लामिछाने 

 
प्यारा साथीभाइहरु,

 तपाईंहरुको अमूल्य जीवनको ठेक्का लिएर बसेको मैले सधैं तपाईंहरुको हालखबर सोधेर पत्रको सुरुवात गर्थें | आज चाँहि आफ्नै बेहाल सुनाएर गर्न चाहन्छु | उसै त पोहोर-परारदेखि अनेकन् रोगव्याधिले गाँजेर थलिएको थिएँ, त्यसमाथि मन्त्रालयको घुम्ने मेचमा अहिलेका मन्त्री आएदेखि स्थिति गम्भीर भएर गएको छ | बाढीले बढार्नै लागेको आँगन भएको छु म | भर्खरै आइसीयुमा ‘सिफ्ट’ गरेको छ | अनुहार कच्याककुचुक र जीउ लल्याकलुलुक भइसकेको छ | एकदमै हतास र निराश छु, भाइबहिनी हो | दुखको कुरो, यस्तो हुँदा समेत सान्त्वना र सहानुभूतिका एक शब्द कतैबाट आएको छैन, स्वास्थ्यलाभको कामना त परैको कुरा | कुनै मानवअधिकारवादीले मेरो प्राणरक्षाका निम्ति विज्ञप्ति निकालेको छैन | अखबारका पानामा पनि मेरो कुनै समाचार छैन | 

साँच्चै नै साथी हो, तपाईंहरुको मौनता मलाई बिझिरहेको छ | लाग्दैछ- बरु ढुंगा बोल्ला, तपाईंहरू बोल्नुहुन्न ! तर पनि, सुकेर दाउरा भइसकेको यो ज्यान कतै फेरि तंग्रिहाल्छ कि भन्ने आशाको त्यान्द्रो मर्दोरहेनछ | मेरो यो बिलौना सुन्ने कोही हुनुहुन्छ भने कृपया बोलिदिनुस् ! मेरो सास जानु भनेको खासमा मेरो होइन, तपाईंहरुको जीवनको बलि चढ्नु हो | आखिर कहिलेसम्म मूकदर्शक बन्न सक्नुहुन्छ ? मुख फोर्नुस् साथी हो, मुख फोर्नुस् !  म मरिसकेपछि आँशु चुहाउनुभन्दा अगावै मुख फोर्नुस् ! 

आफ्नो निहित स्वार्थका लागि पौने तीन करोड नेपालीहरुको जीवन धरौटीमा राख्नसक्ने दुस्साहसीहरु मेरो मन्त्री बनेर ममाथि रजाईं गर्न आउँछन् यहाँ | अब भन्नुस्, कहिलेसम्म थेग्न सक्छु म तिनीहरुलाई ? नठान्नुस् कि यस्ता झिनामसिना विषयमा सोच्न तपाईंसँग समय छैन | नसोच्नुस् कि यस्ता खुद्रा कुरामा छलफल गर्दा ‘संविधान’ जस्ता ओजपूर्ण विषयहरु ओझेलमा पर्छन् |   


आफ्नो सोचको दायरा अलिकति फराकिलो पार्नुस् र सिर्फ एकचोटि यो प्रश्नमाथि घोत्लिनुस् - तपाईंलाई भोलि तलमाथि हुँदा उपचार गर्न कस्ता डाक्टर चाहिन्छन् ? थाहा छ, तपाईंको रोजाइमा भगवान कोइरालाहरु नै पर्छन् | बुझ्नुस्- भगवान कोइरालाहरु न त ब्रह्माले आकाशबाट फुत्त झार्दिनेवाला छन् न त धर्तीमुनिबाट स्वाट्टै प्रकट हुनेछन् | 

भगवान कोइरालाहरु उत्पादन हुन त सर्वप्रथम भगवान कोइरालाहरुले पढ्ने र सिक्ने मेडिकल कलेजहरु स्तरीय हुनुपर्छ | मेडिकल काउन्सिलबाट तिनका फ्याकल्टी, पूर्वाधार र बिरामी चापको नियमित अनुगमन अनि नियमन हुनुपर्छ र त्यसैअनुसार त्यहाँ पढाइ हुने कोर्सहरुको सीटसंख्यामा थपघट हुनुपर्छ | साहुजीहरुले च्याउझैं नयाँ मेडिकल कलेजका ‘दुकान’ हरु उमार्दा सम्बन्धित विश्वविद्यालयले आर्थिक लेनदेनलाई होइन, तोकिएको मापदण्डलाई आधार बनाएर सम्बन्धन दिने/नदिने निर्णय गर्नुपर्छ | शिक्षण र स्वास्थ्य संस्थालाई राजनीतिको खोल ओढेका अपराधीहरुको नाङ्गो हस्तक्षेपबाट पूर्णत: मुक्त राख्नुपर्छ | सत्ताको डाडुपन्यु समाएका भ्रष्ट राजनीतिज्ञको आसेपासे हुनु नै अस्पतालको पदाधिकारी बन्ने योग्यता ठहरिने परम्पराको अन्त्य हुनुपर्छ | कसाइको सट्टा डाक्टर उत्पादन गर्ने एउटै बाटो यही हो | तर जसरी स्वास्थ्यमन्त्रीले मेडिकल काउन्सिललाई ‘कि त फलानो-फलानो कलेजको घटाएको सीट बढा, नत्र तँलाई नै विघटन गर्दिन्छु’ भनेर धम्क्याएका छन्- यो के हो ? म ठोकेर भन्छु- यो भनेको नेपालको चिकित्सा शिक्षालाई थप थिलथिलो पार्दै मेरो प्राणहत्या गर्नु हो | 

सरल भाषामा यो भनेको भगवान कोइरालाहरुको कोखैमा भ्रुणहत्या गर्नु हो र ‘किड्नी र्याकेट’ चलाउने डा. अमितकुमारहरुलाई भटाभट जन्माउने ‘फ्लडगेट’ खोल्दिनु हो | के तपाईं अमितकुमारबाट उपचार लिन तयार हुनुहुन्छ ? सुनेथें- मान्छे भनेको आफूलाई नपर्दासम्म चेत्दै नचेत्ने जात हो, तर नमिठो सुनिए पनि यति चाँहि भन्न करै लाग्छ- तपाईंहरुले साँधिरहेको यो डरलाग्दो मौनताले तपाईं र तपाईंको सन्ततिको भविष्य कसाइ र अमितकुमारको हातमा सुम्पिरहेको छ | झाडापखालाको उपचार नपाएर ज्यान जाने देशमा उपचारले पनि मान्छे मार्ने अवस्थाको बीउ रोपिरहेको छ ! ठण्डा दिमागले सोच्नुस् अब- अमितकुमारहरुका नर्सिंगहोम तोडफोड र आगजनी गर्ने परिस्थिति निम्त्याउनु बुद्धिमानी हो कि ती अमितकुमारहरु जन्माउँदै नजन्माउनु ?

एकताका आइ.ओ.एमलाई देख्दा आँखाभरि सप्तरंगी सपना थिए मेरा, अब केही बाँकी छैनन्, रित्तारित्ता छन् | सपना कसैका छन् त नेताजीका छन्- तपाईंहरुको जीवनलाई दाउमा थापेर भ्रष्टाचारको आहालमा चुर्लुम्म डुब्ने सपना | ‘भिटामिन डी’ को कमी हुनेबित्तिकै सिंगापुर, बैंकक र न्यूयोर्क उड्ने सपना | नेताजीका ती सपनाहरु विपनामा परिणत हुँदैगर्दा ‘सबैका लागि स्वास्थ्य’ को नारा चाँहि ‘फगत नेताका लागि स्वास्थ्य’ मा अनुवाद हुँदैछ, क्रुरतापूर्वक ! मलाई थाहा छ- यो पढ्दै गर्दा तपाईंहरुमध्ये कतिको छातीमा पनि शूल बल्किन्छ बेस्सरी | तर निरुपाय हुनुहुन्छ, तपाईंहरुको नाकैमुनि मेरो जीवनदायिनी धारा बन्द हुन लाग्दा पनि कठैबाहेक केही भन्न सक्नुहुन्न | धन्न मसँग गोविन्द केसीजस्ता विरलाकोटी मान्छे छन् जो मेरो प्राणरक्षाका निम्ति आफ्नो जीवन आहुति गर्न तयार छन् | जबजब म आइसीयुमा पुग्छु र भेन्टिलेटरमा राखिन्छु, तबतब यी केसी सत्याग्रहको शक्तिशाली हतियार लिएर अरिंगालको गोलोमा हात हाल्न आइपुग्छन्, एक्लै ! तर बूढा एक्लैले अनसन बसेर ड्राइभिङ सिटमा स्टेरिंग समाइरहेका ती लोभीपापीहरु पराजित होलान् भन्नेमा मलाई रत्ति विश्वास छैन | अब यति भनिसक्दा पनि ब्यूँझिनुहुन्न भने आगे तपाईंहरुकै मर्जी !
                                                           -रुग्ण स्वास्थ्यक्षेत्र
                                                            आइसीयु, शिक्षण अस्पताल

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more