Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Wednesday, February 5, 2014

डा गोविन्द के सीको आम नेपालीहरुमा अपिल







(Earlier: त्रि वि पदाधिकारीहरुः पुलिसको हाकिम चोरको नाइके?)


आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,

नेपालको स्वास्थ्य सेवामा व्याप्त तमाम बेथिति, अव्यवस्था र अनियमितता बन्द गरेर स्वास्थ्य सेवा प्रवाहको प्रक्रियालाई चुस्त पारेर मात्र स्वास्थ्य सेवालाई नेपालीहरुको मौलिक हकका रुपमा स्थापित गर्न सकिन्छ भन्ने मेरो मान्यता हो । त्यो उद्देश्य पूरा गर्न तत्कालका लागि सरकारी स्वास्थ्य संस्थाहरुमा भएको अराजकता, राजनीतिक भागवण्डा र भ्रष्टाचारलाई बन्द गरेर सेवा बिस्तार गर्ने तथा निजी स्वास्थ्य संस्थाहरुलाई उचित नियमनमार्फत् मर्यादित र जिम्मेवार बनाउनेबाहेक अर्को विकल्प छैन । दीर्घकालका लागिचाहिं उचित नीति नियम निर्माण गरेर एकतिर जटिल भन्दा जटिल किसिमको सेवालाई पनि राजधानीलगायतका सहरहरुमा थप्दै जाने र अर्कोतिर बढीभन्दा बढी अस्पताल, मेडिकल कलेज र उपचार प्रविधिलाई विकेन्द्रित गर्दै उपत्यका बाहिर र ग्रामीण क्षेत्रहरुमा लैजानुको अर्को विकल्प छैन ।


स्वास्थ्य संस्थाहरुको नेतृत्व तहदेखि प्रशासनिक र राजनीतिक नेतृत्वमा व्याप्त अदुरदर्शिता र गैर जिम्मेवारीका कारण भएकै स्वास्थ्य संस्थाहरु अस्तव्यस्त हुने तथा चिकित्सा शिक्षाको नियमन र अनुगमनमा भएको गम्भीर लापरवाही र भ्रष्टाचारका कारण निर्माण हुने चिकित्सकहरुको योग्यतामा प्रश्न उठ्ने अनि भविष्यको सिंगो पुस्ताको स्वास्थ्य जोखिममा पर्ने अवस्था देखेर त्यसलाई रोक्न वर्षौंसम्म निरन्तर अनेक तरिकाले लाग्दा पनि सुनुवाइ नभएका कारण मैले तीन पटकसम्म आमरण अनशनजस्तो तरिका अपनाउनु परेको हो । मैले उठाएका मुद्दाहरु समग्र चिकित्सा क्षेत्रका लागि मात्र नभई यो राष्ट्रको समग्र विकास र उत्थानका लागि समेत सान्दर्भिक भएकैले नेपालको चिकित्सा क्षेत्र तथा मिडिया, युवा विद्यार्थी, विद्वत वर्ग र कतिपय जिम्मेवार राजनीतिज्ञहरुले समेत यो आन्दोलनमा ऐक्यबद्धता तथा सहभागिता जनाएको अवस्था छ । तर दुखद रुपमा हरेकचोटि अनशन तोडाउँदा माग पूरा गर्ने वाचा गर्ने अनि बिस्तारै आन्दोलनका कार्यक्रम मत्थर भएपछि पुरानै पाराबाट राजनीतिक हस्तक्षेप, अनियमितता र चलखेल हुने गरेको छ ।

यो पृष्ठभुमिमा नेपाल सरकारबाट गठित एउटा जिम्मेवार समितिले मैले राखेका मागहरुमध्ये तत्काल सम्बोधन गर्न सकिने तीनवटा मागहरु पूरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि मैले तेस्रो अनशन तोडेको थिएँ । त्यसमध्येको वरिष्ठताका आधारमा तत्काल आइओएमको डिन नियुक्त गर्ने एउटा महत्वपूर्ण माग हालसम्म पूरा नभएको तथा त्यो माग पूरा नहुँदा अरु बाँकी दुई मागको सुनुवाइमा पनि प्रतिकुल असर पर्ने भएकाले त्यो माग पूरा गराउन पटक पटक सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराइरहेको छु । त्यति हुँदा हुँदै पनि केही घण्टामा गर्न सकिने नियुक्ति आउँदो शुक्रबार (माघ २४ गते) सम्म पनि नगरेर हस्तक्षेप र चलखेलको प्रयास गरियो भने मलगायत देशभरका चिकित्सकहरुको आन्दोलनले कठिन प्रयासपछि प्राप्त गरेको उपलब्धि रक्षा गर्न म जुन हदसम्म जान पनि तयार छु । मेरो भद्र अवज्ञाका कारण उत्पन्न हुन जाने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायहरुले र खास गरी नेपाल सरकार तथा डिन नियुक्तिमा आनाकानी गरिरहेका त्रि वि पदाधिकारीहरुले लिनुपर्नेछ । साथै त्यस क्रममा पर्न जाने असुविधाका लागि म समस्त बिरामीवर्गबाट माफी चाहन्छु ।

डा गोविन्द के सी
त्रि वि शिक्षण अस्पताल, महाराजगंज
२०७०.१०.२२

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more