त्रि वि शिक्षण अस्पतालमा आन्दोलनरत चिकित्सकहरुले एउटा निर्दोष कुकुरलाई भ्रष्टाचारीको बिल्ला लगाइदिएर अपमान गरेका छन् ।
सेतो–खैरो रङको उक्त कुकुरको घाँटीमा झुण्ड्याइएको सेतो कागजमा लेखिएको थियोः त्रि वि को उपकुलपति, म भ्रष्टाचारी ।
एउटा निर्दोष प्राणीलाई त्यस्तो गम्भीर मानवीय अपराधको दोष लगाएकोमा उसको मान हानि भएको भनेर अस्पताल प्रांगणमा भएका पशु अधिकारवादीहरुले उक्त कदमको निन्दा गरेका छन् ।
सो कार्यमा संलग्न चिकित्सकहरुले भने विरोध सांकेतिक भएको र कुकुरहरुको इज्जतको ख्याल गर्दै कुकुरको मालामा नाम हुनुपर्ने अन्य धेरै जनाको नाम त्यसरी नलिइएको जिकिर गरे । साथै उनीहरुले त्यसो गर्दा कुकुरहरुको पशुका रुपमा मान मर्यादामा ठेस पुग्न गएमा त्यसका लागि दुख व्यक्त पनि गरे ।
No comments:
Post a Comment