Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Sunday, June 9, 2013

नगरकोट हाइकिङः श्रृंगार रसदेखि सोम-रससम्म

सुनसान जंगल, अघाएको पेट । घाम अस्ताउने बेला, बर्खाको ओभानो । कताकती जुका । छेउमै पाकेको चुत्रो र काफल । चराको चिरबिर अनि हावाको सर्सराहट । प्रेम आशक्तिमा डुबेको कुनै युवकलाई खिज्याउँदै र उड्याउँदै, उसको अनुहारको भाव पढ्दै अनि उसलाई हौस्याउँदै र फूक्र्याउँदै यस्तो बाटोमा हिंड्नुको आनन्द कस्तो हुन्छ भन्ने त्यसरी हिंडेपछि नै थाहा हुन्छ । 



काठमाडौंलाई कुरुप भन्ने मानिसहरु धेरै छन् । तर तिनको समस्या के छ भने तिनीहरु पैतालाजस्तो सम्म परेको धुलाम्य र धुवाँमय शहरी भागबाट बान्की परेको उपत्यकाको शरीर अर्थात् यसलाई घेर्ने पहाडहरुसम्म पुगेकै हुँदैनन् । 

जब जब यो खाल्टो वरपरका डाँडाकाँडा घुम्ने मौका जुट्छ, मलाई यो कुरा याद आइरहन्छ । काठमाडौंको सौन्दर्य वास्तवमा अनुपम छ तर त्यो उपत्यकाको पिंधमा बसेर देखिंदैन । 

त्यसमाथि पनि उन्मुक्त भएर गफ चुट्दै हिंड्ने साथीहरु हुने हो भने त्यस्तो यात्रा अविस्मरणीय नै बन्न पुग्छ । हिजो गरिएको साँखु–नगरकोट–साँगा हाइकिङ त्यस्तै रह्यो । एक कम पचास साथीहरु रहेकाले सबैसँग त्यति नजिक हुन पनि पाइएन र तर अनेकतामा एकता भनेझैं सबै जनाले आ–आफ्ना समूहहरु बनाएर हाइकिङको भरपुर मज्जा लिएको चाहिं देखियो । 

ट्वीटरमा श्रृंगार रसका लागि नामी र काफी लोकप्रिय सुवास कोइरालाको बहुचर्चित नाम कुलरिम्स रहनुपछाडिको रहस्य खोतल्दै गर्दा साँखुलगत्तैको ठूलो बाटो कटेको पत्तै भएन । लगत्तै उकालो शुरु भयो र केही क्षणमै एक दुरदर्शी साथीले बोकेको उसिनेको आलु खाँदै परिचय कार्यक्रम सम्पन्न भयो । अघिल्लो हाइकिङभन्दा मज्जा के भएछ भने चिकित्सा र इन्जिनियरिङतिरका थप साथीहरुको उल्लेख्य उपस्थिति भएछ र परिवारका सदस्य र साथीहरुलाई पनि हाइकिङ लैजाने चलन पनि राम्रै मौलाएछ । 

आलुबखडा खाँदै अघि बढ्दै जाँदा नेपाली सिनेमादेखि बाँदरमुढे घटनासम्म बहसमा आए र साथीहरुले खुलस्त विचार राखे । सेतोपाटीका गिरीशजी र हाइकरहरुमध्ये सबैभन्दा निष्ठाका साथ राजनीतिको रङ बोकेका पागलबस्ती दाइबीच बाँदरमुढे घटनालाई लिएर एउटा उचाइसम्म बहस भयो जसलाई खास विन्दुमा पुगेपछि गिरीशजीले हार्दिकताका साथ रोक्नुभयो । कुरा के थियो भने त्यो घटना कुनै पनि हिसाबले मानवताविरुद्धको जघन्य अपराध थियो भन्ने गिरीशजीको मान्यता थियो भने त्यसलाई त्यतिखेरको युद्धको वातावरणको सापेक्षमा राखेर हेर्नुपर्छ भन्ने पागलबस्ती दाइको तर्क थियो यद्यपि मानवीय दृष्टिकोणबाट त्यो गलत थियो भन्ने उहाँ मान्नुहुन्थ्यो । 

सधैंझैं बाटोभर कुलरिम्सलगायतका मांशाहारी र अर्ध मांशाहारी अभिव्यक्तिहरुले वातावरणमा रोमाञ्चको वातावरण बनाउँदै रहे भने वर्षा याम भएर पनि बादल मात्र लागिरह्यो, पानी परेन र मौसमले अचाक्ली साथ दियो । 

अन्ततः नगरकोट उत्रेर एउटा औसतभन्दा राम्रै लाग्ने होटलमा पहिल्यै टोली नेता इन्द्र ध्वज क्षेत्री (आकाशबाट पानी पार्ने नपार्ने निर्णय उहाँले र्न गर्ने हो भनेर जसका बारे चर्चा भइरहन्थ्यो) ले व्यवस्था गरेबमोजिम शानदार रुपमा फ्री वाइफाइसितै भात खाइयो, काभ्रेतिर फर्केर । 

त्यहाँबाट निस्केर अलि वर एउटा सानो थुम्कोमा बाबाजीको क्यामेराले फोटो सेसन गरेपछि टोली फर्कन लाग्दा ११ जना साथीहरुले पूर्व योजना बमोजिम बस चढेर फर्कनुभयो भने हामी बाँकीचाहिं बचेको दिनको सदुपयोग गर्न साँगातिर झर्ने उद्देश्यले बाटो सोध्दै अघि बढ्यौं । समाजमा हुने सबै बहसजस्तै नेताहरुलाई धुने पखाल्ने काम त भए नै, अछामका एक साथीले नेताहरु बारे नाम गोप्य राखेर केही खुफिया जानकारीहरु पनि दिनुभयो । खेलौना र यायावरजस्ता किताब, तिनबारे खगेन्द्र संग्रौलाले गरेका टिप्पणी र रवीन्द्र मिश्रका फिलान्थ्रोपीसम्म चर्चाबाट बाहिर रहेनन् । 

डाँडैडाँडा हिंड्दै गर्दा एउटा भञ्ज्याङमा पुगेपछि साँगा जाने र धुलिखेल जाने बाटो छुट्टियो र एउटा लामै विश्रामपछि हामी साँगाका लागि झर्यौं । लामै विश्राम किन भने ४,५ जना साथीहरुले पानी भनेर ल्याएको एउटा ठूलो बोतलमा शायद मदिरा परेछ क्यारे, उहाँहरुलाई त्यसको मोहनीले तानिरह्यो र त्यसपछिको सबै हिंडाइमा उहाँहरु पछि नै रहनुभयो । 

सुनसान जंगल, अघाएको पेट । घाम अस्ताउने बेला, बर्खाको ओभानो । कताकती जुका । छेउमै पाकेको चुत्रो र काफल । चराको चिरबिर अनि हावाको सर्सराहट । प्रेम आशक्तिमा डुबेको कुनै युवकलाई खिज्याउँदै र उड्याउँदै, उसको अनुहारको भाव पढ्दै अनि उसलाई हौस्याउँदै र फूक्र्याउँदै यस्तो बाटोमा हिंड्नुको आनन्द कस्तो हुन्छ भन्ने त्यसरी हिंडेपछि नै थाहा हुन्छ । युवकको नाम नभनीहालौं तर अधिकांश हाइकर्सलाई राम्रै थाहा छ, त्यो को थियो । 

त्यसरी पत्तै नपाई दिन पनि कट्यो र साँझ नपर्दै साँगा त हैन तर नजिकैको अर्को कुनै बस स्टपमा हामी पुग्यौं र ठूलो बोतलको पानीमा भुलेको पछिल्लो समूहलाई पख्र्याौं । छिट्टै त्यो पनि आयो र भक्तपुरको च्यामासिंह हुँदै फिर्ती सवारी भयो । बसमा समेत श्रृंगार रस र मदिरा रसको अपूर्व मेलबाट बनेको एउटा स्मरणीय भावधारा बगिरहेको थियो र नेतृत्व थियो फेरि गायनमा कुलरिम्स र नृत्यमा पागलबस्ती दाइको । 

अब यस्तै अर्को रमाइलो हुँदैछ, असार १५मा पागलबस्ती दाइको खेतमा दहीच्यूरा खाँदै रोपाइँ गर्दा । तबसम्म पर्खनेछन् साथीहरुले । 













Read the new article in the series:

नगरकोट हाइकिङ र मध्यमवर्गीय निराशाका कुरा




No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more