Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Wednesday, January 9, 2013

चिकित्साः मर्यादित सेवाबाट अमर्यादित पेशातिर-1


समाजमा चिकित्सा पेशाको बदलिंदो छविका आयामहरु

डाक्टरले मानिसको ज्यान बचाउनु सामान्य हो र दिनै पिच्छे आधुनिक चिकित्सा पद्दति र कुशल चिकित्सकहरुको संयोजनले जटिल भन्दा जटिल अवस्थाका बिरामीहरुले पनि नयाँ जीवन पाउँदै आएका छन् । धेरै अवस्थामा र खास विशेषज्ञताका चिकित्सकहरुले त आफ्नो दीर्घकालीन स्वास्थ्यलाईसमेत जोखिममा पारेर उपचारमा जुट्नुपर्ने अवस्था सामान्य हो । कति चिकित्सकलाई त उपचार गर्ने क्रममै क्षयरोग, हेपाटाइटिस बी र एड्सजस्ता घातक रोगहरुको संक्रमण हुने गरेको छ । 

To what end: one notable related headline of the year
तर एकतिर आदर्श परिवेशमा पनि चिकित्सकको सेवा लिंदैमा बिरामी निको हुन्छ वा मर्दैन भन्ने ग्यारेन्टी हुँदैन भने अर्कोतिर हाम्रो परिवेश आदर्श त के विकसित मुलुकहरुको दाँजोमा प्रविधि र सीप दुवै क्षेत्रमा शताब्दीयौंले पछाडि छ । त्यसबाहेक हाम्रो चिकित्सा जनशक्ति विश्वस्तरको पनि छैन । हाम्रो आर्थिक समृद्धिको असमान गतिका कारण यही समाजमा युरोप वा अमेरिकाको जस्तो चुस्त र स्तरीय सेवाको अपेक्षा गर्ने मानिसहरु एकतिर छन् भने अर्कोतिर विपन्नताका कारण उपलब्ध सेवासमेत लिन नसक्ने मानिसहरुको संख्या ठूलो छ । त्यसमाथि संक्रमणकालीन भताभुंग राजनीति र सडकदेखि सत्तासम्म व्याप्त अराजकता र भद्रगोलले अरु क्षेत्रजस्तै स्वास्थ्य क्षेत्रलाई पनि प्रभावित गरेको छ । 

यही परिपृष्ठमा कुनै अस्पतालमा ठूलो तोडफोड वा चिकित्सकमाथि घातक हातपात भएको अवस्थाबाहेक चिकित्सा पेशा र स्वास्थ्य सेवाको विद्यमान अवस्था, यसका चुनौती र सुधार र प्रगतिका सम्भावनाबारे विरलै चर्चा हुने गर्छ । ती खास अवस्थामा समेत निश्चित घटना वा दुर्घटनाबारे वाद प्रतिवाद हुने र मिडियाले त्यसलाई केही दिन (धेरै अवस्थामा असन्तुलित) कभरेज दिनेभन्दा बढी काम भएको कमै पाइन्छ । खासगरी चिकित्सकहरुको ठाउँबाट हेर्दा चिकित्सा व्यवसाय किन नेपालमा अपेक्षाकृत मर्यादित र सुरक्षित हुन सकिरहेको छैन < किन अप्राकृतिक रुपमा व्यस्त भएर काम गर्दा र थुप्रै जोखिम उठाएर लागिपर्दा पनि चिकित्सकहरुले आफ्नो सेवाको प्रतिष्ठा गिर्दै गरेको हेर्नुपरेको छ त < एक व्यक्तिको व्यवसायिक जीवन र समग्र स्वास्थ्य सेवाको क्षेत्र कसरी जोडिएको छ र यी दुईले कसरी एकअर्कालाई प्रभावित पार्छन् <

यी प्रश्नहरुको जवाफ खोज्नु सजिलो छैन । त्यो किन पनि भने निकट विगतको नेपालको राजनीतिक परिदृश्यझैं स्वास्थ्य क्षेत्रका धेरै यथार्थ र तिनका अवयवहरु एकअर्कासंग जेल्टिएर जटिल बनेका छन् । समग्र समाजको संक्रमणकाल झैं चिकित्सा पेशा पनि डाक्टरलाई भगवान मानेर उसकै भरोसामा आफ्नो ज्यान छोड्ने पुरानो मान्यताबाट चिकित्सा पेशाको व्यक्तिसँग खास मुल्यमा खास सेवा खरीद गर्ने विशुद्ध उपभोक्तवादी प्रणालीमा संक्रमण हुँदो छ । यसबीच चिकित्सा क्षेत्रको अहिलेको अवस्थालाई प्रभावित गर्ने केही मुख्य तत्वहरुबारे छोटो चर्चा गर्नु यो आलेखको उद्देश्य हो ।  


मर्यादित चिकित्सा पेशाको अन्त्यका कारणहरु   

अहिलेको अवस्थामा एक वा दुई दशकअघिजस्तो सम्मान, अदब र केही इष्र्याको दृष्टिले हेरिने चिकित्सा पेशाको अन्त भइसकेको छ भन्नु अत्युक्ति नहोला । कम्तीमा जब दुर्गम गाउँबाट आएका ठिकठिकै शिक्षित मानिसहरुले म एउटा चिकित्सक भन्ने जानेरै मेरो अगाडि अरु चिकित्सकलाई ठग, लुटाहा र अक्षम भनेर तँ ले विनाहिच्किचाहट सम्बोधन गर्छन्, मलाई त्यस्तै लाग्छ । आखिर पैसाले किन्नैछ भने मासु पसलबाट मासु किनेर खानु र फी तिरेर एउटा चिकित्सकलाई देखाएर औषधि किन्नुमा के नै फरक भयो र भन्ने तर्कसँगै किन कसाइलाई कम इज्जत र डाक्टरलाई बढी इज्जत गर्ने भन्ने प्रश्न पनि उठ्ने गरेको छ । यो पेशालाई अझै इज्जत गर्ने मानिसहरु पक्कै नभएका हैनन् तर कति संस्थागत त कति व्यक्तिगत कारणहरुले चिकित्सा पेशामा सेवाको भाव घट्दै गएसँगै ती मानिसहरु पनि आफ्नो धारणा बदल्ने प्रक्रियामा भएको मलाई महसूस हुन्छ ।  

चिकित्सक र उसको पेशाप्रति इज्जत, सम्मान र विश्वास नरहेपछि मानिसहरु स्वास्थ्य सेवालाई पनि पसलमा मासुको किनबेच भएजस्तै किनबेचको वस्तुको रुपमा लिन्छन् र उपचार अगाडि ग्यारेण्टी माग्छन् । त्यही प्रवृत्तिका कारण मात्र पनि सानो अस्पतालमा उपचार हुन सक्ने सयौं बिरामीहरु दिनहुँ टाढाका ठुला अस्पतालहरुमा रेफर हुनु नेपालमा सामान्य भइसकेको छ ।

के यो अवस्था सामान्य हो त < के समाजमा उपभोक्तवाद चरम उत्कर्षमा पुग्दै गर्दा हाम्रो चिकित्सा पेशाका परम्परागत मान्यताहरु भत्किनु अपरिहार्य हो < के हाम्रो स्वास्थ्य क्षेत्र विकसित देशहरुमाजस्तै उपभोक्तावादी प्रकृतिको नयाँ सन्तुलनमा छिटै पुग्न सक्छ वा अझ वषौं वा दशकौंसम्म अहिलेको जस्तै भद्रगोल, अन्योल र अविश्वासको भुमरीमा रहिरहने हो < खास गरी यो क्षेत्रमा भर्खरै प्रवेश गरेका र यो क्षेत्रमा आउँदा धेरै दशकहरु बिताउनुपर्नेहरुका लागि यी प्रश्न अहम् महत्वका छन् । 

चिकित्सा पेशा परम्परागत किसिमको सेवा केन्द्रित र मर्यादित सेवाबाट विशुद्ध किनबेच र न्यूनतम मर्यादाको पेशामा बदलिनुपछि थुप्रै कारणहरु छन् जसको बिस्तृत चर्चा गर्नु यहाँ सम्भव छैन । तर छोटकरीमा भन्नुपर्दा ती कारणलाई प्रणालीगत र अन्य भनेर बाँड्न सकिन्छ । 


१_ संस्थागत कारणहरुः

जसरी देशमा चिनिएको भ्रष्ट व्यक्ति कार्यकारी प्रमुख भयो वा त्यो पदमा पुगेपछि भ्रष्टाचारी भनेर निर्विवाद परिचय पायो भने मानिसले विचारै नगरी देशको समग्र प्रणाली नै भ्रष्ट छ भन्ने निक्र्योल निकाल्छन्, त्यसरी नै स्वास्थ्य क्षेत्रको नेतृत्व तहका खास निकायहरुको नेतृत्व गर्ने मानिसहरु भ्रष्ट वा अनैतिक भए भने समग्र क्षेत्रले नै आफ्नो साख गुमाउँछ र त्यो क्षेत्रका सबै संस्थाहरुलाई हेर्ने मानिसहरुको दृष्टिकोण बदलिन्छ । प्रणालीको केन्द्रमै भ्रष्ट र अनैतिक कार्यकलाप हुन्छन् भन्ने थाहा भएपछि मानिसले खास व्यक्तिप्रतिको विश्वास कायम रहँदारहँदै पनि त्यो पेशालाई सामान्य अवस्थाको इज्जत वा आदर दिन हिच्किचाउँछन् । त्यसमाथि यो क्षेत्रमा भ्रष्ट र अनैतिक काम गर्नु भनेको धेरै मानिसको जीवनमाथि खेलबाड गर्नु हो भन्ने बुझेपछि त मानिसहरुले अरु क्षेत्रका चिनिएका भ्रष्टहरुलाई भन्दा यो क्षेत्रका भ्रष्टहरुलाई बढी घृणा गर्न पुग्छन् । 

 क्रमशः 

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more