एक दिन मैले विवाह गर्छु बस्छेस भनेको, तिमीहरु पढे लेखेको मान्छे बाठो हुन्छ कहाँ विहा गछौ र भनी । मलाई बडो धिक्कार लाग्यो हामी विद्वान भयौ, हामी सुग्घर भयौ तर हामीले तल्लो स्तरको सोच्ने, होटलमा भाडा माझ्ने, शरीरलाई पैसा आर्जनको साधन बनाउने भनेर घृणाले हेर्ने मानिसको जति पनि मानवता मुटुमा बचाउन
सकेनौं ।
The Author |
चिया खाइ सके पछि म जसरी पनि उनको कोठामा बस्ने कर गरे । मेरो कोठा वास्तबमा टाढा थियो । मलाई पनि त्यति टाढा जान मन लागेको थिएन । उनले भने “सांझपख ठमेलको रमाइलो हेर्दै असन जाउँला अनि त्यतै बसौं ।” मलाई अल्छि भन्दा पनि उनको कोठामा बस्न मन लागेर गएँ । बाटामा केही चहल पहल देखिएन । चिसो रात, ठमेलका चिसा गल्ली एक दुई टुरिस्ट देखि केही देखिएन हामीले बाटो खाली नै पायौं।
छ सात महिना अघि भेट हुदां उनी एउटा राम्रो केटीको खुब कुरा गर्थे। उनले काम गर्ने ठाउँमा काम गर्ने त्यो केटीलाई मैले पनि भेटेको थिएँ । केटी राम्रौ थिइ तर त्यो प्रेम हो वा आकर्षण मात्रै मलाई शंका लागेको थियो। साथीले मन पराएकीलाई कसरी दोष लगाउँ, त्यो “प्रेम” थियो। त्यति बेला उनी निकै फुर्तिला थिए । म संग प्रत्येक पटक भेट्दा उसैको बारेमा कुरा गर्थे । उसैको गुण गान गाउँथे। मैले एक पटक सोधेको थिएं: कतै तिमी मात्रै त उसलाई मन पराउँदैनौ ? उनले भन्थे “मैले मात्रै भए त उ कसरी म संग बदाम खान्थी त, किन मलाई दक्षिणकाली जाउँ भन्थी” इत्यादि । मैले भन्थें: कि त त्यो केटी अति सोझी छ, कि त अति चलाख छ । उनले कुरा काटे काठमाडौंमा बस्ने त्यो पढे लेखेकी मान्छेमा त्यति धेरै सोझो पन पनि कहाँ होला र ? अर्को कुरा उ धेरै बाठी भए म भन्दा राम्रो जागिर खाने, धेरै धनी मनी केटालाई फसाउन खोज्थी, हैन र?” उनको कुरा पनि हो कि झैं लाग्थ्यो । मैले भने तर संसार हो, बुझ्न गाह्रो छ । उसले तिमीलाई साथी मात्र सोचेको हुन सक्छ । मेरो कुरा उनलाई झर्को लागेछ क्यारे भन्न थालेः तिमी धेरै दर्शन नछाँट न, जीवन तिम्रो दर्शन भन्दा सरल छ, म उसलाई मन पराउँछु उ मलाई, कुरा सकियो । उनको बाल सूलभ सोचाई र सोझोपनले मलाई रिस त पटकै उठेन बरु हाँसो लाग्यो । दुवै हाँस्यों उनले भने “म एक सर्को तान्छु है ।”
यस पालि पनि उनले बाटामा म संग सोधे म एकछिन चुरोट तान्छु है । मैले पनि नाइ भन्न सकिन । सोधें तिमीले अझै चुरोट छाडेनौ ? उनले मुखको भाव विगार्दै भनेः कहिले खुुसीमा खाइयो त कहिले दुःखमा, एक दिन सबै मर्छन ।” फेरि बीचैमा भावुकता तोडेर व्याङग्य हानेः "अस्ति हस्पितलमा एउटा विमारी आएको थियो। मोटर साइकल एक्सिडन्टमा परेर विचारो खुत्रुककै प¥यो । मैले रगत तान्दा पनि नसा भेटेको थिइन, त्यसले त चुरोट खाएको थिएन होला, काल आए पछि केही लाग्दो रहेनछ । म पनि जहिले मर्नुछ त्यहिले मर्छु क्यारे। के भो र ?“ हाँसो बाट सुरु गरेर भावुकतामा टुङ्गाउदा मलाई कता कता नरमाइलो लाग्यो । उनी चुरोट तान्न बिजुलीको पोल नजिकै उभिए र मलाई चकलेट किनेर दिए । मैले बाटाको छेउमा चकलेट खादैं बसें । पहिला उनी सिकारु जस्तो लाग्थे अहिले पारखी जस्तो। एक पटक चुरोट तानेर गहिरो धुँवा लिए पछि केहीबेर पछि अर्को सर्का तान्थे, धुँवालाई मुख खोलेर बिस्तारै बाहिर जान दिन्थे । त्यो रमाइलो मान्छे साथै भावुक पनि भएछ जस्तो लाग्यो मलाई । सायद उनले त्यो धुँवाको वादलमा परीको कल्पना गर्दै त्यही छ महीना अघि कुरा गर्ने केटीलार्ई सम्झन्छन् जस्तो, लाग्यो । आजको भेटमा वास्तबमा उनले त्यसको प्रसंग पनि ल्याएनन्, मैले पनि सोध्न भुलेछु । उनले अल्लिबेर लगाएर मात्रै चुरोट सके । अहिलेको हाउभाउ पहिलेको जस्तो अलि थिएन । उनी केही भावुकै थिए पहिलेको तुलनामा ।
चुरोट तानि सके पछि मैले पहिलेको कुरा कोट्याएँ । उनले बीचैमा निन्याउरो मुखले भनेः त्यो त अचम्मकी केटी रहिछे, कता गई कता । एकदिन पोखरा टुर छ भनेर भन्थी त्यसपछि भेटै भएको छैन न फोन न चिठ्ठी केही छैन । साँचै त्यो केटी चलाख रैछ । भित्री कुरो उनले खोलेनन्, केही लुकाए अनि फेरी अड्किंदै भनेः अस्ति अस्कल तिर गएको थिएँ, अरु केटाहरु संग घुम्दै थिइ मलाई पुरै देखेर पनि बोलिन । उनी बीचैमा रोकिए । उनको मनको भाव अनुहारमा झल्केको थियो । शब्द मुखबाट निकाल्ने तरिकाबाट पनि धेरै कुरा थाहा हुन्छ । उनी वास्तबमा दुखी भए जस्तो लाग्यो । तर मान्छे त्यस्तो धेरै भावुक नै कहाँ हुन् र बीचमा कुरो भाच्दै भनेः म पनि के कम छु र ? अर्की केटी बनाएको छु । मैले सोधें: कहाँ? उनी छोटो जवाफ दिएर उम्कन खोज्दै थिए र भनेः त्यही घरमा फ्ल्याटमेट हो । उनी कुरा गर्दा पहिले जस्तो उत्सुक थिएनन् । सायद त्यसको त्यति बखान गर्न पनि चाहन्थेनन् । उनी साच्चै बेमतलबी भएका थिए । मैले अनुहारको भाव त बुझें तैपनि फेरी सोधें: को हो भन न । “त्यही गए पछि देख्छौ” भनेर उनी तर्के । सायद यस भन्दा अगाढी जान चाहान्नथे । म पनि अगडि बढिन । उनको गोपनियताको सम्मान गर्दै मैले कुरा अन्तै मोडेंः अनि जागिर कस्तो छ त ? पहिलाको ठाउँमा त छैन, अहिले नयाँ ठाउँमा छु । पहिला जस्तो कमाई पनि छैन, पहिला त ठीक थियो नि तर के गर्नु मालिक्नि किचकिचे, सालाहरु घर घरमा नर्सिङ होम फलाउछन्, स्वास्नी छोरा छोरी सब डाइरेक्टर बन्छन्, हामीलाई त पिउन जस्तो गर्न खोज्ने । डाक्टर संग बोल्न सक्दैनन् । म तिनीहरुको पिउन हो र त्यसो गर्न ? म आफ्नो काम गर्दछु, मलाई आफ्नो काम बाहेक अरु मतलब छैन । दबेर कति बस्ने भनेर छाडिदिएँ । अहिले तलब २५०० जति छ, तर गाली त खानु पदैन ।” मैले उनको काहानी सुन्दा भित्रैदेखि समर्थनमा मुन्टो हल्लाएँ तर बोलिन किनकि उनी असल खराब तुलना गर्ने भन्दा पनि बढी आफ्नो विवशता सुनाउदै थिए ।
गपैm गफमा कोठामा पुग्नै आँटिएछ । रात झन् कालो हुदै थियो, कुहिरो खसेर पोलका बत्तिहरु पनि तारा जस्तो देखिएका थिए । बीच बीचमा गुडने विक्रम टेम्पोले निकालेको करकस स्वर त्यो नीरवतामा झन् पट्यार लाग्दो थियो । असनको कोठा आउनै आटेको थियो, केही पर पोल नजिकै एउटा आकृति उभिएको दखियो । साथीले सहजै अनुमान लगाए र भनेः उ काली आज पनि आइछे। म झसंग भएँ, ‘आज पनि’ ले बुझायोः काली अरु दिन पनि आउँछे । अनि बेमतलब संग काली भन्दा कतै त्यही त होइन जस्तो पनि लाग्यो । तर पनि उनी केही नबोली सरासर अगाडी नै पुगेर भने “किन आउनु पथ्र्याे काली ?” म झन् झसंग भएँ उनकोे भाषा सुनेर । उनको बोलीमा नियन्त्रण भए जस्तो लागेन । बेफिक्री संग काली भन्दा सायद त्यो केटीलाई अप्ठ्यारो पो लाग्यो कि । त्यति अविवेकी त उनी थिएनन्, म झन् असमन्जस्यमा परें । उनले “हिंड” भन्दै उनलाई पछाडि ढाप लगाए । तर तिनीहरु बीचको वातावरण मैले सोच्न मिल्ने जस्तो वैरभाव वा वेफिक्रीको थिएन्, सायद उसलाई काली भन्नु आदर गरे जस्तै थियो । उसले त्यति मतलब गरिन । लाडिएर भन्दै थिई “तँ” किन ढिलो आएको । मैले आज झन् सातै बजे खाना पकाएर राखे आउला आउला भनेर, आउदै आएन । अनि बाटोमा आएर कुरेको । तेरो त भर छैन । अस्तिनै दुई दिन थाहा नदिइ कता गयो कता गयो, पहिलो दिनमा म भोकै बसें....।” उ यसरी कुरा गर्दै थिइ कि त्यहाँ म थिइन तर मेरो साथी यसरी हिंड्दै थिए कि त्यहाँ त्यो केटी थिइन । उनी सरासर भित्र गए, कपडा फेरे अनि त्यो केटी पनि आफ्नो कोठामा गएर खाना तताउन थाली । म झन् अमुक भएँ, मैले कुनै प्रश्न राख्नुले खराबै त गर्ने होइन जस्तो लाग्यो । त्यो वातावरण यस्तो थियो कि मैले बचपन देखि चिनेको साथीलाई आज आफ्नै अगाडि बिरानो पाएँ ।
मेरो मौनता भंग गर्दै उनले भनेः बस्दा बस्दै चिन जान भएको हो, त्यसलाई मैले विवाह गर्ने होइन क्यारे । मलाई झन् असजिलो लाग्यो । अर्कै दुनियाँमा आए जस्तो लाग्यो । उनी अरु कुरा गर्ने मुडमा थिएनन् म पनि अरु कुरा झिक्नै सकिन् । त्यो केटीको कोठामा खाना खान गइयो । जाँदा जाँदै साथीले भने सायद तिमीलाई नराम्रो लागेहोला, मलाई थाहा थियो तर के गर्ने जीन्दगीमा के के मोड आउछ आउछ उ यति बेला खिन्न देखिन्थ्यो । कुरा भन्दा बढि हामीलाई भोक लागेको थियो । उसले खाना तताएर पस्की, हामीले खायांै बीचमा साथीले सोध्यो “तलाई खै त काली?” मलाई चामल बसाली सकेकि छु अब एकै छिनमा पाक्छ, केटीले सहजतापुर्वक भनी । केटी लाटी साझीजस्तै लाग्थी । मैले केही बिचार गर्नै सकिन, धमीलो बल्बमा हेर्दा अनुहार कालैै थियो, मंगाोलियन, अनुहार तोते बोली । उसले सोधीः यो दाई को हो त ? साथीले भने “यो दाई मेरो साथी ।” “ए, त्यही तैले कुरा गर्ने साथी ?” उसले सोधी । “अँ अँ काली चुप लाग्” भन्दै साथीले कुरा टुंग्यायो । उसलाई कुरा गर्नै मन लागेको थिएन । त्यो बिचरीले पनि चुप लागी । उसले बेमतलब संग “ल काली खान खा सुत म आज आउदिन” भन्यो । अनि मलाई लिएर आफ्नो कोठा तिर हिड्यो। म झन् अक्क न बक्क परें ।
मैले केही कुरा झिकिनँ, दिन भरको थकाइले सत्न खोजि रहेको थिएँ । कोठामा छिर्ना साथ पहिलाको सबै कुरा विर्सेझैं बच्चा जस्तै सिरक भित्र गुटमुटिन चाहान्थे । उनी पनि जीन्दगीको बारेमा केही कुरा नगरुन्जस्तो लाग्यो सायद उनलाई पनि अफ्ठेरो लागि रहेको थियो । उनले बत्ती निभाए । म छेवैमा सुते । र मैले सुन्ने आवाजमा सिरक भित्र भन्दै गएः “यो कालीले खुब मायाँ गर्छे । एक दिन म विमारी भएको आफ्नो कोठामा बसेर रोइरहेकी, त्यस दिन देखि मलाई पनि माया लाग्छ । पहिले त जाबो होटलमा बस्ने, ग्राहक खोज्ने केटी, मैले मान्छे जस्तै सोचिन । तर मेरो कामुकता पछि भावुुकतामा परिवर्तन भयो । अब मैले माया गर्छुु भन्ने यसलाई थाहा छ जस्तो लाग्दैन, लागे पनि मैले विवाह गर्दछु भन्ने त पक्का छैन । त्यति हुदां हुदै पनि मलाई एकदम माया गर्छे, खाना म संगै खान्छे, मेरो पैसा कम भए लैजा मसंग छ भन्छे । मलाइ त मिठो मसिनो बोल्ने ठगको भन्दा पनि यसको हृदय सफा लाग्यो। एक दिन मैले विवाह गर्छु बस्छेस भनेको, तिमीहरु पढे लेखेको मान्छे बाठो हुन्छ कहाँ विहा गछौ र भनी । मलाई बडो धिक्कार लाग्यो हामी विद्वान भयौ, हामी सुग्घर भयौ तर हामीले तल्लो स्तरको सोच्ने, होटलमा भाडा माझ्ने, शरीरलाई पैसा आर्जनको साधन बनाउने भनेर घृणाले हेर्ने मानिसको जति पनि मानवता मुटुमा बचाउन सकेनांै । जसको म धेरै ग्राहक मध्येको एक जस्तै मान्छेलाई त उ यति माया गर्छे, जससंग मेरो भविष्यको कुनै हिस्साको अधिकार छैन, जसलाई मेरो रुप, मेरो सम्पति र मेरो कुनै पनि कुराको चाहना छैन न त शारीरिक बासनाको नै त्यति महत्व छ । सायद उ सधै होटलबाट तृप्त भन्दा पनि बढि रन्थनिएर आउँछे । किन मानिस दयामा, प्रेममा व्यापार गर्दछन्, त्यसलाई तौलन्छन ? मलाई त, त्यो पहिलेकी नक्कली भन्दा यो कालीको बढी माया लाग्छ ।” यति बेला उसले त्यो पहिलाकी केटीलाई संझि राखेको थिया र उसलाई गाली गरिरहेको थियो । म कान खोलेर तर मौनतामा गहिरो सोचाइमा पुगें । त्यो केटीको धोकाको गहिरो चोटले कहाँसम्म घाउ पु¥याएछ उनको कुरा बाट थाहा हुन्थ्या । त्यो केटीले पनि धोका दिइ कसरी भन्ने ? काठमाडौंमा हुर्केपढेकी मान्छेलाई बसेर बदाम खान वा कतै घुम्न जानुको लागि प्र्रेमी मात्रै चाहिदैन उनीहरु साथीसंग घुम्न सक्छन्, तर त्यही व्यवहार एक सोझो मानिसलाई प्र्रेम लाग्यो र आफै आफै धोका पो खायो कि ? सोच्दा सोच्दै हामी दुवै निदायौं ।
प्रेम वास्तबमा जति मीठो छ, त्यति पीडा पनि दिन्छ र त्यति नै कठिन पनि छ बुइनलाई, तर जे होस् यो नितान्त वैयक्तिक अनुभव हो । यसको सुरुवात आफै भित्रबाट भएर आफै भित्र हराउछ । यो आफ्नै मन भित्र उब्जने कुरा भएर पनि आफ्नै लागि रहस्यको स्रोत बन्छ। भोलि पल्ट उठेपछि मलाई त्यो वातावरणबाट जति सक्दो छिटो मुक्ति पाउन मन थियो । उनी पनि मेरो मनलाई बुझेका थिए सायद । विहानै छ बजे उनकी काली नउठ्दै म हिंडे । मलाई पु¥याउन उनी फेरि वर सम्म आएका थिए । उनले बाटामा भन्दै थिएः तिमीले कस्तो कस्तो मान्छौ भनेर नभनेको पहिला, मलाई पनि निकै ग्लानि भैरहेको छ । केही दिन भित्र नै कोठा सर्छु, यस्तोमा बसेर के गर्न ? अनि म कीर्तिपुर तिर लागें उनी फेरि असनको त्यै कोठामा फर्किए ।
छ महिना पछि उनले जागिर सरुवा भयो, पोखरा बस्छु भन्दै चिट्ठी लेखेका थिए । चिट्ठी पढि सके पछि मलाई त्यो कालीको याद आयो । वास्तवमा जीन्दगी सोचे भन्दा बढी नियतिले चल्छ ।
समाप्त।
(This is first in the series by guest writers in my blog. The author of this article is about to move back to Nepal after completing his post graduate course in Surgery in India. This is, in fact, the result of a manuscript Dr. Tiwari lost years back when we stayed together in Bhairahawa and I somehow managed to find. Plausibly, this could be fiction but more likely it is a memoir. My gratitude to the author. )
No comments:
Post a Comment