The hype surrounding the rise of Ncell as the top mobile phone and internet service provider in Nepal has kept adding layers to it. Is that all that matters in the success story, however? Are there any downsides of the story? If any, why are they not duly covered by Nepali media?
Ramesh Kumar, a reporter at Himal media puts his objection to the hype in a lucid paragraph in his facebook page. He also insinuates at the complicity of the Nepali media with the private giant as a result of which they refrain from disclosing or reporting on the blatant acts of the company: it has just abstained from paying billions of rupees in income tax, another name of robbery of professional scale.
Here I reproduce the words with his permission:
यो देशमा एन सेल नामक एक निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी छ । सेवाको आवरणमा लुट्नु त्यसको धन्दा हो । एन सेलले अदृश्य रुपमा उपभोक्ता मात्र लुटिरहेको छैन, राज्यलाई बुझाउने करमा समेत झेल गरेको छ । एनसेलले भन्सार र राजस्व छलेको दुई घटना करिब एक महिना अघि राजस्व न्यायाधिकरणले प्रमाणित गरिदिइसकेको छ ।
जीएसएम मोबाइलमा आफूलाई सबैभन्दा धेरै ग्राहक भएको दाबी गर्ने एनसेलले गत वर्ष सरकारलाई आयकरमार्फत १ अर्ब ४८ करोड रुपैयाँ कर बुझाएको छ, जबकि नेपाल टेलिकमले सरकारलाई आयकर मात्रै ५ अर्ब ६४ करोड रुपैयाँ बुझाएको छ । एनसेल पत्रपत्रिकाका लागि सबैभन्दा ठूलो विज्ञापनदाता हो, त्यसैले यसले राजस्व छल्दा ‘एनसेलको उपकरण भन्सारमा रोकियो’ भन्ने बेहोराको समाचार आउँछ । एनसेलले वर्षेनी पत्रकारहरुलाई विदेश सयरमा लैजान्छ, त्यसै कारण यसले वर्षेनी राजस्व छलेको समाचार पत्रकारलाई ‘थाह हुँदैन’ । एनसेलले चाडैपिच्छे रिपोर्टर र सम्पादकको टेबुलमा गच्छेअनुसारको ‘सौगात’ टक्र्याउँछ, त्यसैकारण एनसेलको माऊ कम्पनीले अवैध रुपमा शेयरको किनबेच गरेको पत्रिकाले थाह पाउँदैन । धेरै कारण छन्, जसले गर्दा नेपाल टेलिकम धराशयी हुँदैछ भन्ने बेहोराको समाचार आउँछ र एनसेलको ‘महिमामण्डन’ पढ्न पाइन्छ । एउटा कुरा पक्का छ – जुन दिन यो देशमा नेपाल टेलिकम धराशयी हुन्छ, टेलियासोनेराले धेरैलाई कंगाल बनाउँछ । (साह्रै उकुसमुकुस भएकाले लेखेको हो, अन्य अर्थ नलगाउँदा हुन्छ ।)
No comments:
Post a Comment