नाटकमा तपाइँ के खोज्नुहुन्छ?
अन्तिम सहारा ससुराको मृत्युपछि भाव विह्वल बुहारी |
यदि मानवीय संवेदनाको मिहिन चित्रण खोज्नुहुन्छ र समाजको कुनै क्षणको ऐना हेर्न चाहनुहुन्छ भने सर्वनामको नाटक बाँकीपृष्ठ त्यसको एउटा उत्कृष्ट नमुना हो । दशकौं नाट्य क्षेत्रमा खर्चेका लेखक तथा निर्देशक अशेष मल्लको सिर्जनशील सुन्दरता यस नाटकमा उत्कर्षमा पुग्छ ।
नाटक द्धन्द्धकालको नेपालको ऐना त हो नै र नाटक हेरेर आँशु नझारीरहने मानिस पाउन असम्भव प्राय छ तर त्यो मात्र नाटकको सबल पक्ष हैन । हरेक कलाकारको भुमिका पनि यति निखारिएको छ कि बेला बेला दर्शकले बिर्सिहाल्छन् कि यो नाटक मात्र हो, वास्तविक जीवन हैन । खास गरी मुख्य भुमिकामा रहने महिला पात्रको भुमिका त अति नै सशक्त र जीवन्त छ ।
बाटोमा अलपत्र बिरामी परेकी बालिकालाई उपचार गर्दे झाँक्री |
पहिलोपल्ट कुनै नाटक दोहोर्याएर हेरेपछि लाग्योः सर्वनामले यति लामो यात्रा यसै तय गरेको हैन । सुरुवाती नाटक शकुनी पासाहरु सान्दर्भिक हुँदाहुँदै पनि यति जीवन्त हुन सकेको थिएन र कलाकारहरु अभिनय गर्दै छन् भन्ने सजिलै आभास हुन्थ्यो । तर बाँकीपृष्ठमा त उनीहरु यसरी हराउँछन् कि अभिनय हो वा वास्तविक भोगाइ, छुट्याउनै गाह्रो हुन्छ ।
युवाहरु बेपत्ता भएसंगै उजाडिएको गाउँमा छोडिएका वृद्धवृद्धाहरुको करुण अवस्था, छोरो लाई फौजीहरुले घिसार्दै लगेर मारेर फालिदिएपछि विक्षिप्त भएर घर छाडेर हिंडेको एउटा परिवार, बाटोमा आइलाग्ने विपदहरु, फौजीले श्रीमानलाई, रोगले नन्दलाई लगेपछि अन्ततः दोहोरो भिडन्तमा ससुरासमेत गुमाउन पुगेकी विधवा युवतीको संघर्षको कथा हो यो ।
(कालिकास्थानस्थित सर्वनाम थिएटरमा यही साउन २० गतेसम्म साँझ ५ बजे यो नाटक प्रदर्शन भइरहेको छ)
चौतर्फी संकटसंगै मुल पात्रको वियोगान्त |
नाटकको अन्तमा कलाकारहरु |
No comments:
Post a Comment