Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Sunday, June 24, 2012

शिक्षण अस्पतालमा आन्दोलनः किन ?


@)^*=#=!!
 आजदेखि हुन भनिएको ओपीडी बन्दको कार्यक्रम आज दिउँसो २ बजे आउने भनिएको भीसी कार्यालयको निर्णयको पर्खाइमा रोकिएको छ । यसबीचका नयाँ घटनाक्रममा शिक्षण अस्पतालमा च्याउ झैं उम्रेका युनियनहरुमध्ये १२ वटाले बन्दप्रति असहमति जनाउँदै विज्ञप्ति निकालेका छन् । फलस्वरुप सर्वसम्मत रुपमा हुने आशा गरिएको विरोधका कार्यक्रममा पनि राजनीतिकरणको प्रत्यक्ष असर देखिएको छ । समग्र आन्दोलन लाई नै दुइ थरी भ्रष्टहरुबीचको प्रतिस्पर्धा भनेर ओठ लेप्र्याउनेहरु र त्यसबाट टाढिनेहरुको जमात पनि बढ्दो छ । २ बजेपछिको अवस्थाबारे पछि जानकारी राख्नेछु ।
@)^*=#=!)
भोलिदेखि त्रि. वि. शिक्षण अस्पतालका ओपीडी लगायतका सेवाहरु बन्द हुँदैछन्ः दुखद समाचार । आम बिरामीहरुको बिचल्ली हुने निश्चित नै छ । विगतमा समेत जायज माग राखेर बन्द गरिएको तर पार नलागेपछि आम मानिसको दबाबले उपलब्धि विना नै बन्द फिर्ता लिनुपरेको अनुभवले पनि सबैतिर आशंका जन्माइसकेको छः फेरि त्यस्तै हुने त हैन ?


भोलि के होला भन्न सकिने स्थिति त छैन तर आज आन्दोलनको आवस्यकता किन भनेर चाहिं केही कुरा भन्न मन लाग्यो । यस विषयमा आदरणीय गुरु डा. गोविन्द के सी ले विभिन्न आलेखहरुमार्फत् स्पष्ट गर्दै आउनुभएको छ र शिक्षण अस्पताललाई भित्र र बाहिरबाट नियाल्ने  धेरैलाई यो संस्थाको विजोगको बारेमा राम्रो ज्ञान छ । तर समस्याको गहिराइ कति छ र यसको दीर्घकालीन प्रभाव कस्ता हुन सक्छन् भनेर आम मानिसलाई ज्ञान नभएको अबस्थामा भोलि गएर आन्दोलन चाहिं बदनाम हुने तर अपराधीहरुचाहिं चोखिने अबस्था नआओस् भनेर कमै चर्चामा रहेको समस्याको यो पाटोबारे यहाँ चर्चा गरिनेछ ।

देशमा राजनेताहरु चोर हुन् भन्नु सामान्य भएको छ र बरु कोही भीडमा गएर नेताहरुको बचाउ गर्यो भने ऊ चुटिने डर छ । तर देशलाई भड्खालोमा जाक्ने र लाखौं मानिसलाई मृत्युतिर धकेल्दै आफु अरबपति बन्ने धुनमा लाग्ने मानिसहरु राजनेताहरु मात्र छैनन् । बरु सबै क्षेत्रका भ्रष्टहरुले राजनीतिज्ञहरुसित विशेष प्रकारको कार्टेल बनाएर अति व्यवस्थित रुपमा धन आर्जन गरिरहेका छन् । वायु सेवा निगम, साझा बस, आयल निगम, विद्युत प्रधिकरणजस्ता जनतालाई प्रत्यक्ष सेवा पुर्याउने संस्थाहरु धराशायी बनाउनुमा राजनीतिज्ञहरुको निर्णायक भुमिका थियो (र छ पनि) तर त्यो हदको लुट सम्बन्धित क्षेत्रका विज्ञ वा प्रविधिकहरुको सहयोग र सहअपराध विना असम्भव हुन्थ्यो । 

हिजो पुलिसमा हाकिमहरुले कसरी केही करोडका लागि आफ्ना जवानहरुलाई सुडानमा खेलौना एपीसी लिएर मृत्युको मुखमा पठाएका थिए भन्ने कुरा त विदितै छ । त्यसैले भ्रष्टाचार राजनीतिज्ञले गर्दा मात्र आम मानिसमा अन्यााय भएको महसुस हुने तर गैर राजनीतिक भ्रष्टहरुका लागि चाहिं दण्डहीनताको निश्चितता मात्र हैन सामाजिक प्रतिष्ठाको पुरस्कारसमेत मिल्ने अवस्था विद्यमान छ ।

यही परिदृश्यमा मानिसको जीवन मरणको सवालसंग जोडिएको स्वास्थ्य सेवा पुर्याउने सरकारी अस्पतालहरु पनि राजनीतिज्ञहरु र तिनका वफादार प्राविधिक मानिसहरुबीचको कार्टेलिङका शिकार भएका छन् । हिजोको साझा बसमा नेताहरुले आफ्ना भान्जा भतिजहरुलाई कोचेर अन्ततः संस्था नै डुबाएका थिए भने शिक्षण अस्पताललगायतका अस्पतालहरुमा हुने चलखेल चाहिं केही फरक हुने गरेको छ । राजनीतिक भागबण्डा भनिने यो घातक र विरक्तलाग्दो प्रक्रियामा योग्य र इमान्दार भन्दा पनि अनैतिक, दुस्साहसी र वफादार मानिसहरुलाई ती संस्थाको नेतृत्व सुम्पिंदाको परिणाम यस्तो छः गरीबको अस्पताल भनिएको सरकारी अस्पतालमा नगण्य फ्री बेड, अरु बेडको र अन्य सेवाको मुल्यचाहिै चर्को, गरीब र भनसुनको पहुँच नभएकाहरु उपचारबाटै बञ्चित हुने अवस्था, अस्पतालका बेडहरु बर्षभर भरि रहने तर अन्तमा एकै वर्षमा अस्पतालको घाटा चाहिै करोडौं आउने अवस्था ।



समस्या त कतिसम्म विकराल छ भने, अर्को वर्ष १७ को सट्टा ३४ करोड घाटामा गएर अस्पताल ने डुब्यो भने यो संस्थासंग भविष्य जोडिएका हजारौं मानिसहरुको हालत के हुने हो ? बीर अस्पताल लगायतका अरु सरकारी अस्पतालहरुको पनि हालत यस्तै हुँदै जाने हो भने तिनमा मात्र उपचार गराउन सक्ने लाखौं मानिसहरुको हालत के हुने हो ? मर्नेहरु सधैं गरीब र असहायहरु नै हुन्छन्, र हाम्रा राजनीतिभित्र र बाहिरका नव अर्बपतिहरुलाई त्यसले केही फरक पार्दैन जबसम्म तिनका खुनी पञ्जाहरुले द्रव्य बटुल्न बन्द हुँदैन । यो ढोका बन्द भए पनि भोलि तिनका लागि अर्को ढोका खुल्छ र भ्रष्टाचारले धानिएको हाम्रो राज्य संयन्त्रलाई केही फरक पर्दैन ।

द्रव्य आर्जनको अन्तहीन यात्रामा यो संस्था र नेपाल मेडिकल काउन्सिल भनिने अर्को जुम्ल्याहा संस्थाका जिम्मेवार मानिसहरुले देशभरका निजी मेडिकल कलेज भनिने व्यापार गृहहरुलाई भौतिक पुर्वाधार र जनशक्तिको आधारले भ्याउने भन्दा कैयौं गुना बढी विद्यार्थी भर्ना गर्न दिएर कमसल चिकित्सकहरुको उत्पादनमार्फत् सिंगो भावी पुस्ताको स्वास्थ्य नै जोखिममा पारेको कुरा त बेग्लै छ ।

यी समस्याबारे बिस्तारमा पुग्ने यो लेखोटको क्षमता छैन । र अहिलेको आन्दोलनले समग्र समस्याहरुलाई स्वाट्टै बढारेर लैजानेछ भन्ने कसैको अपेक्षा पनि हैन । तर आन्दोलनको प्रमुख माग पुरा भएर अहिले झैं राजनीतिक भागबण्डाको चोरबाटोबाट नभएर जिम्मेवार मानिसहरु योग्यता र वरिष्ठताको आधारमा आउने हो र कुर्सीमा बस्नासाथ मालिकहरुलाई कति कति करोड भनेर दिमाग खियाउनु पर्ने अवस्था नहुने हो भने कुनै व्यक्ति आए पनि अस्पताल यो स्तरको लथालिंग र भताभुंगको अवस्थाबाट बाहिर आउन सक्छ । पुरा देश नै राजनैतिक र अराजनैतिक भ्रष्ट र अपराधीहरुको कार्टेलले चलाइराखेको अवस्थामा यही आन्दोलनको सफलताका कारण यो संस्थालाई अपवादको रुपमा विकसित गर्न सकियो भने त्यो कम्तीमा पनि वीर अस्पताल लगायतका अरु स्वास्थ्य संस्थाहरुका लागि चाहिं नयाँ नजिर बन्नेछ । 

केही हप्ता वा केही महिनै पनि बिरामीहरुले दुख पाउने निश्चित छ तर दीर्घ कालमा अस्पतालको भविष्य चाहिं यो आन्दोलनको परिणाममा भर पर्ने निश्चित छः आन्दोलन असफल भयो भने देश चलाउने सबै कार्टेलहरुले करोडौंका पार्टी गरेर ‘चियर्स‘ भन्ने छन् र अस्पताल थप दलदलमा फस्दै जानेछ । आन्दोलनकारीहरु चाहिं काम गर्न अल्छी लागेर अस्पताल बन्द गर्ने ‘धुन्धुकारीहरु’मा बदलिनेछन् । त्यसविपरित पार्टी हेडक्वार्टरहरु र त्रि. वि. उपकुलपतिको कार्यालयको अनिच्छाका बाबजुद पनि आन्दोलन सफल भयो र भोलि वैध बाटोबाट योग्य मानिस आएर संस्था ढिकबाट फर्कियो भने चाहिं भ्रष्टाचार र चाकडीबाजमा अडेको हाम्रो समग्र प्रक्रियालाई एउटा झड्का लाग्नेछ र अरु त्यस्तै झड्का दिन चाहनेहरुलाई त्यसो गर्न ऊर्जा मिल्नेछ ।  






No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more