पिकनिकमा जो देखियोः
यो शनिवार छोटो आउटिङका लागि अनुकुल परेकाले हामी केही साथीहरु काठमाडौंको दक्षिणतपर्फ गोदावरीमा गयौं । रमाइलो गर्ने कुनै पनि मौका नछाड्ने अभियानअनुसार मन मिल्ने चार जना साथीहरुमध्ये एक साथीलाई उनको कक्षाको पिकनिक जुरेको थियो भने उनको भोजनबाहेक सबै डुलाइमा हामी पनि सहभागी हुने चाँजोपाँजो मिलाएर अरु ३ जना साथीहरुचाहिं आफ्ना सवारी साधनमा त्यहाँ पुग्यौं ।
पिकनिक स्थल नेपाली समाजको एैना थियोः त्यहाँ सबै किसिमका मानिस थिए तर आडम्वरीहरुको बाहुल्य थियो । त्यहाँ संगीत ७नतसुतिमाधुर्यका लागि हैन चर्को बजाएर एक अर्कासित प्रतिस्पर्धा गर्दै आफ्नो अस्तित्वको जनाउ दिने माध्यम थियो । मदिरा धेरै पिउँथे तर झगडा तथा दादागिरी गरेर यति धेरै मानिसलाई देखाउने अवसर कमै जुट्थे त्यसैले कम्तीमा दुइटा समुहमा खुलेर कुटाकुटसहितका झडप भएका देखियो । प्लाष्टिकका थैली र पानीका बोतल जंगलमा असरल्ल छाड्नुमा मानिसहरुले गर्व गर्ने गरेजस्तो लाग्थ्यो । नजिकै रहेका मन्दिर, गुम्बा र ध्यान केन्द्रहरुमासमेत मदोन्मत्त गीतहरुको कानै छाड्ने आवाज फैलिरहेको थियो । डेटिङमा आउनेहरुमध्ये धेरैजसो कलिलै देखिन्थे र धेरै त स्कुल वा कलेज छाडेर आएको स्पष्ट हुन्थ्यो ।
मानव निर्मित विरक्तिको वातावरणबाट बच्न र हाम्रो छोटो र मुल्यवान् समयलाई सदुपयोग गर्न अरु २ जना साथीहरुसहित हामी ६ जनाको टोली फुल्चोकी डाँडाका लागि भनेर उकालो लाग्यौं तर यात्रा ढिलो शुरु भएकाले केही किलोमिटर उक्लेपछि केही साथीहरुले माथि पुग्न सकिने कुरामा विश्वास गुमाए । अब कि पार्टी फुटाउनु पर्यो कि त सबै तलै फर्किनुपर्यो । पहिलेको काँग्रेस, त्यसपछिको एमाले र अहिलेको माओवादीजस्तै पार्टीहरु जम्वो भएपछि किन फुट्दारहेछन् भन्ने तथ्य ज्ञात गर्दै हामीमध्ये धेरैले मन दुखाइ दुखाइ यात्रालाई अधकल्चै छाडेर तलै फर्किने निधो गर्यौं एउटा शर्तमाः बाटैबाट नभएर जंगलैजैगल फर्किनुपर्ने ।
फर्केपछि जे देखियो, त्यो कहाली लाग्दो थियो । त्यो लाज लाग्दो पनि थियो र अत्यास लाग्दो पनि थियो । त्यो पुराना मान्यता भत्किसकेको र नयाँ मान्यता नबनिसकेको समाजको प्रतिमुर्ति थियो । त्यहाँ त्यही देखियो जो पढिएको थियो तर देखिएको थिएन ।
पिकनिकवाला साथीहरुलाई भोजनतिर पठाएपछि र फर्किंदा लत्रिंदै गरेका साथीहरुलाई पर्खिंदै गर्दा हामीहरु २ जना त्यहाँको डूंगा चल्ने ठुलो पोखरीको छेउको चौरमा बसेका थियौं । सबै पिकनिक स्थलहरुमा गरी अन्दाजी १००० भन्दा बढी मानिसहरु आ आफ्नो सुरले रमाइलो गर्दै त थिए नै सबैतिर रन्किरहेका स्पिकरहरु मात्र नभएर दिन ढल्किंदै गएसँगै मानिसहरुको रगतमा अल्कोहलको मात्रा बढ्दै गएअनुसार बढ्दै गएको कोलाहल वातावरणमा व्याप्त थियो । त्यसैबीच मलाई लाग्यो मैले केही अप्राकृतिक र अप्रिय चीज देखिरहेको छु ।
हामीबाट अढाइ देखि तीन मिटर जति टाढा चौरमा एउटा कपाल जर्खरिएको, मुखमा डण्डिफोर आएको र गन्जी र हाफ प्यान्ट लगाएको दलिखम्बे मानिसले एउटा ७बmउस, ८ वर्ष जतिको बच्चालाई अप्राकृतिक रुपमा काखमा बाँधेर राखेको थियो । पहिले त सोचें ये उसैको वा चिनेको बच्चा होला तर समय बित्दै जाँदा त्यसका गतिविधि थप अप्राकृतिक हँुदै गएः घरि जताततै चुम्वन गरेर बच्चालाई मज्जा आयो७तिस भनेर सोध्थ्यो घरि बच्चालाई निमोठ्लाजस्तै गरेर आफुसँगै टौस्थ्यो । बच्चो फुत्किन खुब कोशिस गथ्र्यो तर उसले झन् जबर्जस्ती समात्थ्यो । अब मेरो ध्यान साथीहरुसितको गफबाट पुरै टुटेर त्यो मानिसको चर्तिकलातिर केन्द्रित भएको थियो ।
अब तेस्रो साथी पनि आइपुगेको थियो र हामी त्यहाँ थकाइ मारेर उठ्ने बेला भएसक्यो तर त्यो दृश्यमा परिवर्तन भएन । कुनै निहुँमा बच्चालाई बोलाएर त्यो मानिस बच्चाको साँच्चै परिचित त हैन भन्ने कुरा पत्ता लगाउनु पर्यो भन्ने म सोच्दै थिएँ । शुरुदेखि नै मैले त्यो दलिखम्बेलाई अस्वीकृतिसूचक नजरले धेरैचोटि हेरेको थिएँ र जब ऊ बच्चालाई कानमा केही भनेपछि सहज देखिन हाँस्दै यताउति हेथ्र्यो, मैले कठोर भावले आँखा जुधाइदिन्थें । हँुदाहँुदा त त्यसले गरेको खासखुसमा बच्चालाई उसकी आमासम्बन्धी प्रश्न गरेको र हाँसेको मैले सुनें र अब कुनै शंका रहेन त्यो यौन शोषणबाहेक केही थिएन ।
अब अति भयो र मैले साथीहरुलाई अंग्रेजीमा भनेः यो मानिस त्यो बच्चालाई यौन शोषण गर्दैछ, त्यसका कुरा उत्तेजक भएको मैले सुनें । हेर्दाहेर्दै त्यसले हाम्रा कुरा चाल पाएजस्तै बच्चालाई जुरुक्क उचालेर अलि पर गएर बस्यो र आफ्नो काम जारी राख्यो । साथीहरु अवाक् भए । छेउमै तीनचार जना चस्माधारी चल्तीका युवाहरु आफ्नै धुनमा थिए ।
भाग्यवश त्यत्तिकैमा अझ सानो अर्को बच्चा डोर्याउँदै एउटी महिला प्रकट भइन्, शायद बच्चाले मेरो ममी भन्यो होला र त्यस दलिखम्बेले झटपट बच्चालाई छाड्यो, र बच्चा मुक्त भएर आफ्नो बाटो लाग्दालाग्दै उ आफ्नो समुहबाट हराएर त्यहाँ पुगेको रहेछ भन्ने थाहा भयो र मैले साथीहरुलाई बताएँ कि कसरी मेरो शंकाको पुष्टि भयो । बच्चा गयो तर त्यो एकाध घण्टाको समयमा उसले भोगेको ज्यादती, उसको अनभिज्ञता, आमाको बच्चालाई जोखिमबाट बचाउन असमर्थता र त्यही समयमा घटित भइरहेका अरु घटना दुर्घटनाहरुले मेरो मथिंगलमा कब्जा जमाइरहे र समाजको बेरुप रुप, बेसंस्कृत संस्कृति, आदिका बारेमा सोचिरहें । ती अबोध तथा त्यस अवस्थामा कर्तव्यच्यूत आमालाई केही बताइदिएर सजग बनाइदिने उद्देश्यका साथ केही क्षणपछि म अचानक उठेर यताउता खोजें तर तिनीहरु अलप भएसकेका थिए र म थप कुण्ठा र ग्लानिबोधका साथ फर्कें । ्
साँझ परिहालेको थिएन तर सांसारिक दिनचर्याबाट क्षणिक रुपमा भएपनि मुक्त हुन प्रकृतिको छेउ पुगेका तर त्यहाँ पुगेर प्रकृतिलाई नै बलात्कृत गरेर प्रकृतिको सुन्दरता र सौम्यता भंग गर्न पुगेका मानिसहरुको कँुडुलो अब शहरतिर फर्कने क्रममा थियो । आँखा राता र मन क्रोधयुक्त नहुने केटा मानिसहरु कमै थिए भने केही ढिलो पुगेका किशोरीहरु तिनका बिएफका हातबाट खोसेर चुरोटको सर्को तान्नमा व्यस्त थिए । पिकनिक स्पटहरुको रौनक कम भएसंगै त्यहाँ अब खाली भाँडा माझ्ने मानिसहरु मात्रै रहेका थिए ।
प्राकृतिक सुन्दरताको अनुपम नमुनामा गएर मानव समाजको विकृतिको ऐना हेरेपछि यात्राको उल्लाससंगै निराशा र विरक्तिको भाव पनि बोकेर हामी पनि आ आफ्ना साधनमा काठमाडौंतिर हानियौं । यात्राको अब अरु कुनै असर बाँकी छैन तर असमयमै क्रुर मानवप्रकृतिको शिकार भएको तर संयोगले ठुलो र भयानक दुर्घटनाबाट चाहिं बचेको त्यो निर्दोष बच्चाको विम्बले चाहिं मलाई अझै लखेटिरहेछ । के थाहा, समाजमा पर्दा पछाडि कति त्यस्ता दुर्घटनाहरु घटिरहेका होलान्, जसलाई पर्दाभित्रै राखिराख्न समाज अभ्यस्त र अभिशप्त छ र कति बालबालिकाका भविष्यहरु क्रुरतापूर्वक निमोठिइरहेका होलान्, हामीलाई खाली मदिरामा डुब्न र जंगललाई प्लाष्टिक र कामोत्तेजक संगीतले भर्न र विरुप बनाउन समय छ तर यसबारेमा सोच्न चाहिं न फुर्सत छ न त इच्छाशक्ति नै छ ।
3 comments:
जीवन जी मन नै कस्तो नरमाइलो भएर आयो पढ्दा पनि। सायद मानिस ले मानवियता बिर्सी सक्यो। कहिलेकाही त लाग्छ त्यस्तो गर्ने लाई एक झप्को मा सिध्याइदिउ तर तिनी हरु प्रतिनिधि पात्र मात्रै त हुन। पात झारेर रुख मर्दैन। त्यस्को बिरोध मा सबै तिर बाट पहल आवश्यक छ। तपाईं को यो पोस्ट त्यसै को सुरुवात हो। मेरो विश्वाश छ।
Thank U Mahesh. That event clouded my conscience for long. At best it was terrible, monstrous. That is the reality of our time, our society which has lost the old order but the new order is yet to take shape. Hope it will do so soon.
Thank U Mahesh. That event clouded my conscience for long. At best it was terrible, monstrous. That is the reality of our time, our society which has lost the old order but the new order is yet to take shape. Hope it will do so soon.
Post a Comment