सोलिडारिटी फर डा केसी सञ्जालको आयोजनामा ‘अदुअआ, संसद र सुशासन’ शीर्षक अन्तक्रिर्याको तेस्रो श्रृंखला चितवनमा हुने भएको छ ।
यस अघि दुई श्रृंखला काठमाडौंमा भएका थिए ।
त्यसमध्ये पहिलोमा १२ जना सांसदलगायत राजनीतिक दलका नेताहरु र नागरिक समाजका प्रतिनिधिहरु उपस्थित थिए ।
त्यसमा उपस्थित सांसदहरुः गगन थापा, श्याम श्रेष्ठ, धनराज गुरुङ, रामहरि खतिवडा, अमन लाल मोदी, अकबाल अहमद शाह, भीमसेन दास प्रधान, मीना पुन, आशा कोइराला, डी आर पौडेल, प्रकाश पौडेल, रवीन्द्र अधिकारी ।
त्यस्तै राजनीतिक दलका तर्फबाट प्रदीप ज्ञवाली, घनश्याम भुसाल, ठाकुर गैरे र रञ्जु दर्शना थिए भने नागरिक समाजका तर्फबाट खगेन्द्र संग्रौला र प्रत्युष वन्त तथा पत्रकार हरि बहादुर थापा थिए ।
दोस्रो श्रृंखलामा सांसदहरु गगन थापा र अमनलाल मोदी उपस्थित थिए भने नागरिक समाजका तर्फबाट नारायण ढकाल, डा सरोज धिताल, कपिल श्रेष्ठ, डा केदार नरसिंह केसी, ज्योति वानियाँ, ओम प्रकाश अर्याल, सुबोध प्याकुरेल, चरण प्रसाइँ, ऋचा थापा, अन्जना बिशंखे लगायतको उपस्थिति थियो ।
साथै संस्थागत रुपमा विवेकशील नेपाली दल, सुशासन महा अभियान नेपाल, एमआरआर (मेन्स रुम रिलोडेड), नेपाल प्राध्यापक संघ, हामी नेपाली, फ्रिल्यान्स युथ मुभ्मेन्ट लगायतका संस्थाहरुका प्रतिनिधिहरुको संलग्नता थियो । कार्यक्रम अधिवक्ता ओम प्रकाश अर्यालले अदुअआमा लोकमान सिंह कार्कीको विवादस्पद नियुक्ति लगायतका विषयमा चर्चा गरेर शुरु भएको थियो ।
यो बहस राजधानीबाहिर पुर्याउने क्रममा साउन ३० गते आइतवार चितवनको नारायणगढमा हुने कार्यक्रममा जिल्लाका सबैजसो दलका प्रतिनिधिहरुलाई निम्त्याइएको छ भने विभिन्न पेशागत संगठनका प्रतिनिधिहरु र नागरिक समाजका प्रतिनिधिहरु पनि उपस्थित रहनेछन् । कार्यक्रमको शुरुमा सञ्जालका तर्फबाट विषय प्रवेश गराइनेछ भने त्यसपछि अन्तक्रियाको चरण शुरु हुनेछ ।
यो अन्तक्रिया कार्यक्रमका थप श्रृंखलाहरु पोखरा लगायत अन्य शहरहरुमा पनि गर्दै जाने कार्यक्रम रहेको छ ।
No comments:
Post a Comment