श्री माननीय खड्ग प्रसाद ओलीज्यू
अध्यक्ष, नेकपा एमाले एवम् प्रधानमन्त्री, नेपाल सरकार
केन्द्रिय कार्यालय, धुम्बाराही, काठमाण्डौं
बिषयः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीलाई बर्खास्त गर्ने बारे
महोदय,
उपरोक्त सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले संबैधानिक अङ्गको गरिमा र मर्यादालाई लत्याउर्दै गरिरहेका क्रियाकलापहरुबाट नेपालको संविधान २०७२, विधीको शासन, शान्त एवम् सम्बृद्ध नयाँ नेपाल निर्माणका खातिर प्राणको आहुती दिने वीर सहिदहरुको अपमान भएको छ । निरङ्कुश राजतन्त्रकाललाई सम्झाउने गरी प्रमुख आयुक्तकार्कीले संघिय लोकतान्त्रीक गणतन्त्र नेपाल निर्माणका लागि त्याग, तपस्या र बलिदान दिने आम नेपाली जनता, परिवर्तनको नेतृत्व गरिरहेका राजनीतिक दल तथा नेताहरु, नागरिक समाज आदीलाई निकृष्ट ढंगले अपमान गर्दै आएका छन् । हालै मात्र शैक्षिक संस्था तथा प्राज्ञिक निकायहरुमा अर्मादित रुपले गरेका हस्तपक्षेपहरु तथा त्रिभुवन विश्वबिद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महारागंजका चिकित्सक डा.गोबिन्द के.सी. का बिषयमा अख्तियारले जारी गरेको प्रेस बिज्ञप्ती यसको ज्वलन्त उदाहरण हुन ।
ज्ञापन पत्र बुझाउँदै युवा प्रतिनिधि |
सार्बभौम व्यबस्थापीका संसदको सार्वजनीक लेखा समितिले अखिल नेपाल फुटबल संघमा करिब ५८ करोड भ्रष्टाचार भएको मुद्धालाई तामेलीमा राखी त्यसका एक मात्रआरोपी गणेश थापालाई उन्मक्ती दिनु, पर्यटन बोर्डका तत्कालीन कामु कार्यकारी अधिकृत सुवास निरौलाको छानबिन कार्य सामसुम पारिनु जस्ता केही प्रतिनीधीमुलक घटनाहरुले प्रमुख कार्कीका कारण सिङ्गै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छबिमा गम्भीर अबिश्वसनियता उत्पन्न भएको छ । यति धेरै घटनाहरुमा अख्तियार र प्रमुख आयुक्त कार्कीको बदनियत प्रमाणित हुदाहुँदै यति ठुलो परिवर्तनका हिस्सेदार राजनीतिक दल, नेता, नागरिक समाज आदी चुप लागेकोमा हामी आश्चर्यका साथै दुख प्रकट गर्दछौ । यदी लोकमानसिंह कार्कीलाई कानुन सम्मत ढंगले समयमै बर्खास्त गर्न ढिलाई गरिए देशमा थप अस्थिरता उत्पन्न हुने निश्चित छ । तसर्थ लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखबाट बर्खास्त गर्न महाअभियोगको प्रस्ताब तत्काल संसदमा दर्ता गरी आम नेपाली जनता र बिषेश गरी सचेत युवाहरुको मनोभावनाको कदर गर्न आग्रहगर्दछौँ ।
सम्पुर्ण नेपाली युवाहरुको तर्फबाट
No comments:
Post a Comment