Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Saturday, May 7, 2016

एनसेललाई करबाट बचाऊँ भन्नेहरुको विरोधाभासी कुरा

अहिलको कर तिराउने अभियानले एनसेल अन्यायमा पर्यो भन्ने मित्रहरुको समस्याः
१) अफसोर कारोबारबारे कानुन कमजोर भयो वा यसमा छिद्र भए, ती नटालेर एनसेलको पछि किन लागेको पनि भन्ने ।
२) सरकारले कर तिर्नुपर्ने टेलियासोनेरालाई उन्मुक्ति दिएर एक्सिएटा अन्तर्गतको एनसेलको पुच्छर किन निमोठ्यो पनि भन्ने।





यो कसरी हुन्छ? नेपालको कानुनले अफसोर कारोबारलाई करबाट उन्मुक्त गरेको ठान्नुहुन्छ भने आउनोस् खुलेर भन्नोस् टेलियासोनेराले पनि कर तिर्नुपर्दैन भनेर । कानुनले बेचेर नाफा गर्नेलाई कर तिराउनु भनेर प्रस्ट भन्छ भने कानुन बदल भनेर यो केको गनगन? फेरि अहिले टेलियासोनेरा भागिसक्यो त्यसैले अब हामी भक्तिपुर्वक एनसेल चलाइराखौं, यो विषयमा नबोलौं भन्ने हो भने ऊ नभाग्दै कहाँ थिए साथीहरु? त्यो भाग्नुअगाडि नै सरकारलाई झक्झक्याउन नागरिकहरुको सानो समूह त लागीपरेको थियो, अहिले तिर्नुपर्ने भागिसकेकाले चुप लागौं भन्नेहरुले त्यति पनि थाहा नपाएका हुन्?

रह्यो अफसोर कारोबारको कुरा । शेल कम्पनी के हुन् र किन बन्छन् संसारभर भन्ने पनामा पेपर्सले खुलस्त भनिसके । टेलियाले कर छल्ने नियतले त्यस्तो छद्म कम्पनी बनाएको थियो । अहिले एक्सिएटा त्यसैबाट छिरेको छ पछि आफूले बेच्दा कर छल्न सहज हुने गरी ।

यो ठूला निजी कम्पनीहरुको प्रवृत्ति नै हो कर छलेर नाफा बढाउने । तिनको नाफा बढाउने रणनीति बुझ्न सकिने कुरा हो, तर हाम्रा अधिकारीहरु र केही नागरिकहरु किन राज्यलाई घाटा  पारेर  तिनको नाफा बढ़ाईदिन उद्यत छन्  बुझ्नै  गार्हो  छ।

अब रह्यो ब्राण्डका रुपमा एनसेलको कुरा । ठूलो घोटालापछि निकालिएका टेलियासोनेराका तत्कालीन सिइओ लार्स निबर्गमाथि नर्टन रोज फुल्ब्राइट नामक ल फर्मले छानविन गर्दा नेपाल लगायतका देशमा 'अनेथिकल इफ नट क्रिमिनल' कामहरु गरिएको कम्पनीले नै स्वीकारेको थियो । र यहाँ आपराधिक गतिविधिहरुमा एनसेल संलग्न भएको कुरा उनीहरुले अस्वीकार गर्न सकेका थिएनन् । (स्रोतः The TeliaSonera Scandals: A Swedish Trauma शीर्षक संस्थागत अपराध र भ्रस्टाचार रिपोर्टिंग प्रोजेक्टको रिपोर्ट) 

व्यवसायका नाममा हुने ठगी र अपराध अहिलेको एनसेलको जरामा छ । अब अहिले कर छलीसमेत गर्यो भने एनसेल ब्राण्डलाई अहिलेको अवस्थामा बचाउन हम्मे पर्नेछ, कसैले चाहे पनि र नचाहे पनि । सिम लिएका भनिएका १ करोड नेपाली जति ठगिए पनि ठगिउन्, यहाँ व्यवसायका नाममा अपराध नै भए पनि होस्, कर नतिरिओस् तर एनसेल ब्राण्डमा दाग लाग्न हुँदैन भन्ने सबै साथीहरुलाई नमस्कार भन्न सकिन्छ, अरु सहयोग गर्न सकिन्न । 

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more