- हार स्वीकार्ने
- प्रचण्डले हारको नैतिक जिम्मेवारी लिंदै नेतृत्वको उच्च स्थान अर्को नेतालाई सुम्पने
- हिसिला यमीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गर्न नसके पनि पराजयको प्रमुख कारण घोषित गर्ने
- संविधान सभामा उपस्थितिअनुसारको सिर्जनशील भुमिका खेल्ने
2) काँग्रेस
- सरकारको नेतृत्वका लागि पार्टीभित्रै र एमालेसित विवाद आउन नदिने
- एमालेसित मिलेर र माओवादीलाई पनि विश्वासमा लिएर छिटोभन्दा छिटो संविधान जारी गर्ने गरी नेतृत्वदायी भुमिका खेल्ने
- पिछडिएका जातजाति, भाषभाषी, क्षेत्र र धर्मका सबै मानिसलाई २०७० को काँग्रेसले हेर्ने दृष्टिकोण २०४८ को काँग्रेसले हेर्ने दृष्टिकोणभन्दा फरक छ भनेर व्यवहारमा देखाउँदै तिनका मुद्दालाई पनि समेटेर अघि बढ्ने
- के पी ओलीले उखान तुक्का उत्पादन उद्योग बन्द गरेर गम्भीर राजनीतिमा लाग्ने र गुण्डागर्दीलाई मलजल गर्न बन्द गर्ने,
- माधव नेपाल र झलनाथ खनालले आफू प्रधानमन्त्री बन्ने दाउ मात्र गर्न छोडेर पार्टी र देशका लागि सोच्ने
- गोकर्ण विष्ट र घनश्याम भुषाल जस्ता नेतालाई पार्टीमा ठूलो ठाउँ दिने
- विधिको शासनलाई धोती लगाएर परशुराम र महेश बस्नेतहरुलाई काँध हालेर हिंड्ने अनि हिराबहादुर महर्जनहरु लगाएर त्रि वि लगायतका सरकारी संस्थानहरुलाइ धराशायी पार्दै जाने काम बन्द गर्ने
4) युग पाठक र खगेन्द्र संग्रौला
- बौद्दिक कसरत गर्दा माओवादीका सबै कदमको बचाउ गर्नु भुल थियो भनेर स्वीकार गर्ने
- लोकमान काण्डमा प्रचण्डको बचाउ गर्नु भुल थियो भनेर आत्मआलोचना गर्ने र सके माफी नै माग्ने
- अब बढी सन्तुलित भएर लेखन कर्म गर्ने
5) मधेशवादी दलहरु
- विगतको इमान्दारीपुर्वक समीक्षा गर्ने
- क्षेत्रीयताबाहेक राजनीतिक उपस्थितिका अरु माध्यमको खोजी गर्ने
- संघीयता र राज्य पुर्नसंरचनाको विषयमा थप लचिलो हुने
6) अन्य पहिचानवादी दलहरु
- जातीयताबाहेक राजनीतिक उपस्थितिका अरु माध्यमको खोजी गर्ने
- समावेशीता, धर्म निरपेक्षता र संघीयताका मुद्दा नबिर्सिउन् भनेर सुनिश्चित गर्ने
- एकल पहिचानमा आधारित संघीयताविरुद्धको जनमत स्वीकार गर्ने र त्यसको बढी स्वीकार्य विकल्प खोजी गर्ने
7) एबीसी टेलिभिजन
- दलको मुखपत्रबाट व्यावसायिक च्यानल बन्ने प्रक्रियाको शुरुवात गर्ने
No comments:
Post a Comment