Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Friday, July 8, 2011

punjiwad ra pratispardha: nadekhieka pataharu

समाजवाद र पुँजीवादबीचको फरकलाई थुप्रै बुंदामा टिप्न सकिन्छ, जस्तै: अर्थतन्त्र मा राज्य को नियन्त्रण, उत्पादनका साधनमा सामुहिक स्वामित्व, व्यक्तिको सामाजिक जीवनमा राज्यको हस्तक्षेप ,व्यक्तिको निजि सम्पत्ति राख्न पाउने अधिकारमा बन्देज, आदि. तर मानव जातिको विकासक्रममा ढुंगे युग देखि दास युग, सामन्ती युग हुदै पुँजीवाद भएर विभिन्न राज्य मा समाजवाद/साम्यवादी कालखण्ड बाट गुज्रेर पुनः नव-उदारवादी पुँजीवाद सम्म को यात्रामा पुँजीवादले एउटा विशेषता बोकेको छ जसले यसलाई अरु व्यवस्था भन्दा भिन्न बनाएको छ.. त्यो हो: प्रतिस्पर्धा.

सामन्ती युगदेखि पुँजीवादी युगमा संक्रमण हुने क्रममा खास गरि १९औ शताब्दीमा दुइ व्यवस्था बीच टकराव हुँदा उदाउँदो पुँजीवादले आफ्नो यहि विशेषतालाइ हतियारको रुपमा प्रयोग गरेर परम्परागत रुपको सामन्तवाद लाइ विस्थापित गर्न सफल भएको हो. समाजको उपल्लो तप्का मा राजा/रजौटा, भारदार, मुखिया वा जमिन्दार र तल्लो तप्का मा बँधुवा मजदुर, सेवक, नोकर र भुमिहिनहरु रहने सामन्ती व्यवस्थामा उपल्लो तहका 'मालिक' हरु बीच ठुलो भूभागमा शासन गर्ने वा धेरै जमिन, गाईवस्तु र नोकरचाकर राखेर सयल गर्ने मै प्रतिस्पर्धा सिमित थियो.. तर युरोप केन्द्रित औद्योगिक क्रान्तिले गति लिंदै जाँदा धेरै सामन्तहरु पुँजीवाद मा उत्रेर कलकारखाना खोलेर मजदुर राखेर काम गराउन बाध्य भए भने उता पहिलेका बँधुवा मजदुर, नोकर र भुमिहिनहरु पनि ज्यालाका लागि कलकारखानामा कम गर्न बाध्य भए.

अब कारखानाका मालिकहरुको महत्वाकंक्ष्या पहिलेका सामन्त हरु जस्तो सिमित नभई बढी भन्दा बढी नाफा कमाएर संचित गर्ने हुन पुग्यो जसको कुनै सिमा थिएन. शुरुमा नाफा हुने ठानिएका औद्योगिक क्षेत्रहरुमा धेरै भन्दा धेरै मानिसहरु प्रवेश गरेर लगानी गर्न थालेपछि त्यसका नयाँ प्रभावहरु देखिन थाले: मागभन्दा बढी उत्पादन भै मुल्यमा कमि आएर नाफामा गिरावट. परिणामस्वरूप तिन किसिमका प्रतिस्पर्धाहरु देखा परे: १) बजार विस्तार गर्ने प्रतिस्पर्धा जसमा संसारका धेरै भन्दा धेरै मानिसहरु सम्म आफ्ना उत्पादन पुर्याउनुपर्यो, २) कच्चा पदार्थ प्राप्त गर्ने प्रतिस्पर्धा जसमध्ये धेरै कच्चा पदार्थ विस्वका सिमित ठाउँमा सिमित मात्रामा मात्र उपलब्ध थिए. यी दुवै प्रतिस्पर्धामा औद्योगिक क्रान्तिको केन्द्रमा रहेका युरोपेली देशहरुले आफ्नो आर्थिक र सामरिक शक्ति प्रयोग गरेर विश्वभर उपनिवेश खडा गरे.

तर तेस्रो कम देखिने र बढी महत्वपुर्ण प्रतिस्पर्धा थियो :प्रचलित प्रविधिलाई विस्थापित गरेर कम लागतमा धेरै उत्पादन गराउन सक्ने नवीनतम प्रविधिहरु विकास गरेर नाफामा गुणात्मक वृद्धि गर्ने. अझै पनि वैज्ञानिक प्रविधिका लागि लगानी गरेर उपलब्धिस्वरुप आविस्कार भएका नवीनतम प्रविधि र यन्त्रहरू उपयोग गर्नका लागि विभिन्न व्यक्ति, कम्पनि र राज्यहरु बीच उच्च स्तरमा यो प्रतिस्पर्धा भैरहेको छ.

पछिल्ला दुइ शताब्दीमा पुँजीवादी विश्वमा यी प्रतिस्पर्धाहरु यति तिब्र भए कि बजार र कच्चा पदार्थ र प्रविधि सबैको प्रतिस्पर्धामा अगाडी आउने युरोप र उत्तर अमेरिकी देशहरु तथा प्रविधि र अन्वेषण मा अगाडी आउने जापान र कोरिया जस्ता देशहरु विश्वको बाँकि भाग र खास गरि एसिया र ल्याटिन अमेरिका लाइ धेरै पछाडी छाड्न सफल भए. . पछिल्लो एक शताब्दीमा पूंजीवादको 'अमानवीय प्रतिस्पर्धा' लाइ सदाका लागि अन्त गरेर विश्वमा आदर्श शासन व्यवस्था ल्याउने भनि स्थापित साम्यवादी राज्य सोभियत संघ पुँजीवादी विश्वसंगको निर्मम प्रतिस्पर्धामा पराजित भै विखण्डित हुन पुग्यो भने त्यस्तै लक्ष्य बोकेको चीनले पुँजीवाद तर्फ संक्रमण गर्न थाल्यो. यस अवस्थामा प्रतिस्पर्धा मेरुदण्ड रहेको पुँजीवादी व्यवस्था विश्वभर निर्विकल्प जस्तै हुन पुग्यो. प्रतिस्पर्धा मा आधारित अर्थतन्त्र का साथै राजनैतिक व्यवस्था मा पनि चुनावी प्रतिस्पर्धा लाई संस्थागत गरेका राज्यहरु अरु वैकल्पिक व्यवस्था भएका राज्यहरु भन्दा अगाडी बढ्नुमा प्रतिस्पर्धाले सिर्जना गर्ने नवीनता र गतिशीलतालाई कारण मानियो.

तर पुँजीवाद को इतिहासमा प्रतिस्पर्धा को यो सकारात्मक पाटो मात्र उपस्थित छैन. शुरुदेखि नै कुनै न कुनै रुपमा देखिएको पुँजीवाद को अप्रिय पाटो हो: प्रतिस्पर्धालाई बन्द वा संकुचित गर्ने प्रतिस्पर्धा जसलाई अर्थशास्त्रको परिभाषामा एकाधिकारवादी प्रतिस्पर्धा भनिन्छ.

उदाहरण कालागि एउटा यस्तो नयाँ वैज्ञानिक प्रविधिलाई लिउं जसले पहिले असम्भव मानिएको उपयोगी वस्तु वा यन्त्र उत्पादन गर्न सम्भव बनायो. एउटा व्यक्ति वा कम्पनीले त्यसमा लगानी गरेर वा प्रविधि किनेर उक्त वस्तु उत्पादन गरेर बेच्दा छोटो अवधिमा अरबौं डलर नाफा कमाउन सक्यो. त्यसको सिको गर्दै अरु कम्पनीहरुले पनि त्यहि वा त्यस्तै काम गर्ने यन्त्र वा वस्तु उत्पादन गर्न थाले र प्रतिस्पर्धा को कारण पुरानो कम्पनि को नाफा मा सपेक्ष्य गिरावट आउन थाल्यो. प्रतिस्पर्धा कै कारण उपभोक्ता हरु ले काम मुल्यमा सो वस्तु वा साधन उपभोग गर्न पाए. यस उदाहरण मा दुइ तहमा प्रतिस्पर्धा बन्द गर्ने प्रतिस्पर्धा वा एकाधिकारवादी प्रतिस्पर्धा
हुन सक्छ. 1) शुरुको अन्वेषण/आविष्कारका लागि लगानी गर्ने कम्पनि ले आफ्नो बौद्धिक अधिकार (इन्तेलेक्चुअल् प्रोपर्टी राइट्स) का लागि मुद्दा लडेर जितेर बाँकि सबै कम्पनि बन्द गर्न बाध्य पार्न सक्छ.

यस किसिमको एकाधिकारको राम्रो उदाहरण औषधि उत्पादनमा देख्न पाइन्छ जुन क्षेत्रमा विकसित देशहरु धेरै अगाडी छन्. एड्सका औषधिहरु जुन मुल्यमा पश्चिमा कम्पनीहरुले वितरण गर्न सक्छन त्यसको दशौँ गुना कम मुल्यमा उही औषधि भारत वा दक्षिण अफ्रीका जस्ता विकासोन्मुख देशहरुले उत्पसन गरेर वितरण गर्न सक्छन जसले गर्दा गरिबीका कारण उपचार नपाएका करोडौं बिरामीलाई उपचार सम्भव हुन पुग्छ. तर बौद्धिक अधिकारका कारण यी देशले ती औषधिहरु उत्पादन र वितरण गर्न नापेर गरिब रोगीहरु मरेको हेरेर बस्न बाध्य छन्.

दोस्रो, खास गरि जुन वस्तुको मामलामा बौद्धिक अधिकारको त्यति छर्लंग परिभाषा हुँदैन, शुरुमा खुलेका केहि कम्पनीले संजाल वा कार्टेल मार्फत अरु कम्पनीलाई उक्त वस्तु उत्पादन गर्न बाट रोक लगाउछन. प्रविधिको विकासमा अरु भन्दा अघि रहेका विकसित देशहरुले भौतिक विज्ञान आधुनिक सूचना प्रविधि, आधुनिक हतियार र जहाजहरु निर्माण आदि मा पहिलो किसिमको एकाधिकार जमौनुलाई अस्वाभाविक मान्न सकिन्न. तर भर्खर सामन्तवाद बाट पुँजीवाद मा संक्रमण गरिरहेका अविकसित र पिछदिएका देशहरुमा समेत पुँजीवाद को शुरु संगै एकाधिकारवादी प्रतिस्पर्धाले वर्चस्व जमाउदै जान थालेको छ

यो नया विकासक्रमका कारण भर्खर पुँजीवाद मा प्रवेश गरेका अर्थतन्त्र हरुमा खुला प्रतिस्पर्धाको सट्टामा यातायात, पारवहन, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा एकाधिकारवादी प्रतिस्पर्धा
हुन पुगी निजि क्षेत्रले दिने ती सेवाका लागि आम मानिसले अप्राकृतिक रुपमा धेरै मूल्य तिर्नु पर्ने हुन्छा जसको महसुस नेपालमा दिनानुदिन बढ्दै गैरहेको छ. कालान्तरमा पहिले राम्रो प्रतिस्पर्धा भएका क्षेत्रहरुमा समेत लगानीकर्ताहरुले एकाधिकारको महत्व थाहा पाए पछी तिनमा समेत उक्त प्रवृत्ति सरेर सर्वत्र स्वस्थ प्रतिस्पर्धाको अन्त्य हुने सम्भावना रहन्छ.

छोटकरीमा भन्नु पर्दा पुँजीवादको विकास संगै जोडिएर आएको प्रतिस्पर्धा र त्यस संग सम्बन्धित नवीनता र सृजनशीलता लै बिस्तारै प्रतिस्पर्धा को कुण्ठित रुपले थुप्रै तहमा विस्थापित गर्दै आएको छ र नेपालजस्ता भर्खर पुँजीवाद को आराम्भाकलमा रहेका अविकसित देश हरुको अर्थतन्त्र र जनजिवीका दुवैका लागि प्रतिकुल असर पर्ने निश्चित छ. अर्थतन्त्र मा राज्यको प्रभाव संसारभर नै सिमित वा अन्त गर्ने प्रयास भैरहेको बेला मा 'बजार' ले नियन्त्रण गर्ने भनिएको अर्थतन्त्र सिमित स्थापित कम्पनि वा व्यवसायीका निहित स्वार्थ-केन्द्रित भएपछी लगानी गरेर प्रतिस्पर्धामा आउन खोज्ने नव-उद्यमी र कम वा प्रतिस्पर्धी मुल्यमा वस्तुको उपभोग गर्न खोज्ने उपभोक्ता दुवै जुर्मुराउनु आवस्यक भैसकेको छ.

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more