महाभियोग प्रकरण एक महिना लम्बिएहुन्थ्यो, कम्तीमा भ्रष्ट नेता, तस्कर, विचौलिया, माफिया, हण्डीवाज र पुराना मण्डलेको नयाँ आवरण देखिने थियो ।— Hari Bahadur Thapa (@Haribthapa) October 21, 2016
डाकेसीले विकृति विसंगती तानाशाही भ्रष्टाचार माफियाकरण नबोली सुतेरै ढाले। न बन्दुक चाहियो, न १०बर्ष लाग्यो, न त एक प्राणी नै मारियो #respect— PHALANO™ (@phalano) April 2, 2015
काँधमा पिसाब गराएर हुर्काकाे भाईकाे माया सबैलाई लाग्छ कमल थापालाई त्यहि मायाले राेकेछ देउवा लाई के ले राेक्याे?— Mr.A (@Ommitb) October 21, 2016
हिजो एक भद्र कांग्रेस समर्थकले "कांग्रेसमा भिजन भएको तगडा लिडरै भएन, कसलाई अगाडि सार्ने होला?"भने।— PHALANO™ (@phalano) October 21, 2016
मनमनै सर्रर छानियो, फ्याट्टै आए 'वीपी' ;)
एमाले र माओवादी केन्द्रका सांसदहरूले अख्तियारप्रमुख विरुद्ध महाअभियोग प्रस्तावको पहल गरे। अब कांग्रेसका सांसदले पारित गराउन पहल गर्नुपर्छ।— Nilamber Acharya (@nilacharya) October 21, 2016
कांग्रेसका २ विकल्प-लोकतन्त्र कि लोकमान? लोकतन्त्र बचाए लोकतान्त्रिक पार्टी होला, लोकमान बचाए इतिहासको कलङ्क! आफ्नो नियतिको निर्णय आफै गरोस!— Geja Sharma Wagle (@GejaWagle) October 21, 2016
लोकमानको महाअभियोगको विपक्षमा उभिनेले अब यी खुट्टा धुन बाध्य पारिएका पुलीसको ठाउँमा गएर सगर्व लोकमानको खुट्टा धोएर पानी आचमन गरे हुन्छ 😂 pic.twitter.com/lQ5gO81SGw— Girish Pokhrel (@jaya_hos) October 21, 2016
अहिलेको अर्जुन-दृष्टि लोकमानको बर्खास्तगी हो । उनको नियूक्तिमा शिर्ष नेताहरुको खलनायकीय भूमिकाको हिसाब-किताब त्यसपछि गरौंला ।— Mumaram Khanal (@mrkhanall) October 21, 2016
दुर्भाग्य, नेपाली कांग्रेस पछि 'लाग्ने दल' भयो। अहिले उससित दुईवटा विकल्प छन्, नेकपा-एमाले र माओवादी केन्द्रका पछि लाग्ने कि लोकमानका पछि!— केदार शर्मा (@kedarsh) October 19, 2016
यो फोहोरको डङ्गुर (लोकमान नामको) विरुध्द एक्लै युध्दमोर्चा खोल्ने त अधिवक्ता ओमप्रकाश अर्याल हुन्। तर उनको नामनामेसि,चर्चा-परिचर्चा कतै छैन।— Ananda Ram Paudel (@ananda_ram) October 20, 2016
लोकमान जाने भए । भ्रष्टाचारको एउटा सिंढी भत्कियो । उनको घर भाडामा लिएर सहयोगगर्ने व्यापारी र मतियारहरुको छानवीन हुने कि नहुने ?— Kishore Nepal (@kishorenepal) October 20, 2016
लाेकमानलाई महाभियाेगले मात्र पुग्दैन । उनका सबै कर्तूत छानविन हाेस् ताकि भविष्यमा कसैले पनि 'लाेकमान' बन्ने दुस्साहस नगराेस् ।— sarswati subba (@SarswatiSubba) October 20, 2016
प्रस्ताव दर्ता गर्ने सबैलाई धन्यवाद!हामीले गरेको ऐतिहासिक राजनितिक गल्ती सुधार्ने मौका पाएका छौं।यो पटक चुक्नु हुन्न https://t.co/cAAKMZDp8u— Gagan Thapa (@thapagk) October 19, 2016
लोकमान बिरुद्धको महाभियोग सम्बन्धित सबैको बिगतको पाप पखाल्ने कुन्ड हो, सम्बन्धित सबैले यसको पक्षमा लागेर गल्ती सच्याउन ।— Yogesh bhattarai (@yogeshuml55) October 20, 2016
हाम्रा नेताहरू पनि हिन्दी फिल्मको पुलिस जस्तै पो भए त। हिरोले सबै काम गरेपछि अन्तिममा आएर "कानूनको हात लामो हुन्छ" भन्दै भाषण दिने।— Deepak Aryal (@deeparyal42) October 20, 2016
No comments:
Post a Comment