Tuesday, January 17, 2017

सुशील ज्ञवाली र ज्यानमारा जागिरे प्रवृत्ति

टिप्पणी 

पुनर्निर्माण प्राधिकरणबाट बर्खास्त गरिएका सिइओ सुशील ज्ञवालीले ‘न्याय’का लागि अदालतको ढोका ढक्ढक्याएका छन् । तर विडम्बना, उनले न्याय पाएको खण्डमा भूकम्प पीडित जिल्लाहरुका लाखौं मानिस अन्यायमा पर्ने भएका छन् ।

उनको मुद्दालाई न्यायालयले कसरी लिन्छ र उनले खोजेजस्तो अन्तरिम आदेश दिन्छ कि दिंदैन, त्यो अहिले भन्न सकिंदैन । न्यायालयले पक्कै कानुन पर्गेलेर फैसला गर्नेछ भन्ने आशा गरौं।

तर बर्खास्त भइसकेपछि न्यायालय जाने ज्ञवालीको निर्णयले नेपाललाई कामै नलाग्ने गरी खोक्रो बनाएको जागिरे चरित्र देखाउँछ ।

सरकारले अन्यायपूर्वक ज्ञवालीलाई बर्खास्त गरेको भन्ने उनको दलिल प्राविधिक रुपमा ठीक हुन सक्ला । पुनर्निर्माणको काम अघि नबढ्नुमा उनको आफ्नै नभई उनले औंल्याएझैं अनेक सरकारी निकायहरुको असहयोग जिम्मेवार पनि होला । आफू इमान्दार वा सक्षम छु भन्ने उनको दाबीमा हामीलाई केही भन्नु पनि छैन भलै परिणामले त्यस्तो देखाइरहेको छैन । उनको ठाउँमा व्यक्ति फेरिंदा प्राधिकरणको कार्य सम्पादन सुध्रिन्छ वा सुध्रिंदैन, त्यो पनि हेर्न बाँकी नै छ ।

तर काम नभइराखेको, पुनर्निर्माण प्राधिकरणको (जुन सुकै कारण भए पनि) निकम्मापनका कारण लाखौं मानिसहरुको जीवन कष्टकर भएको मान्दा मान्दै पदमा बसिरहन खोज्नु चाहिं ज्ञवालीको डर लाग्दो प्रवृत्ति हो । म एकपल्ट नियुक्त भएँ, त्यसैले संस्थाको कार्य सम्पादन जस्तो भए पनि ५ वर्ष जागिर खाइरहन पाउनुपर्छ भन्ने दलिल गरिरहँदा उनले के पुष्टि गरेका छन् भने शुरुदेखि नै उनले प्राधिकरणलाई पुनर्निर्माणको काम गर्ने थलोका रुपमा दोस्रो र आफूले जागिर खाने थलोका रुपमा पहिलो प्राथमिकतामा राखेका रहेछन् ।



ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो । कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए र भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए ।

यसो भनेर मैले प्रचण्ड सरकारको बचाउ गर्न खोजेको हैन र नियुक्तिसम्बन्धमा दलीय वफादारी खोज्नमा कोही भन्दा कोही कम देखिंदैनन् ।

तर ओलीले एमाले निकट मान्छे ल्याउँदै खेरि पनि त्यत्रो सम्वेदनशील पदका लागि एउटा बस पार्क बनाएको रेकर्ड मात्र भएको मान्छे नल्याइदिएको भए आज देशभर लाखौं मानिस वर्षौं त्रिपाल मुनि बस्नु पर्ने थिएन, त्यो भनेको मान्छे एमाले निकट ल्याउने कि नल्याउने भन्दा पनि योग्य ल्याउने कि अयोग्य भन्ने थियो । सम्भवतः पार्टीप्रति निरपेक्ष वफादारिता खोज्ने क्रममा एमाले ज्ञवालीभन्दा माथि उठ्न सकेन । र त्यस्तै काम माओवादी वा काँग्रेसले गरेको भए त्यसका लागि कति राजनीतिक पुँजी गुमाउनुपथ्र्यो, अनुमान मात्र गर्न सकिन्छ । राजनीतिक रंगमञ्चमा एमालेका सुदिन चलिराखेकै हुनाले त्यतिका मानिसको बिचल्ली पारेर पनि सो दलले अहिलेसम्म त्यति ठूलो राजनीतिक क्षति व्यहोर्नु परेको चाहिं देखिंदैन ।

पहिले सुशील कोइराला सरकारले नियुक्त गरेर काम गर्न नपाएका र अहिले प्रचण्ड सरकारले फेरि नियुक्त गरेका डा गोविन्द पोखरेलसंग मेरो सामान्य चिनापर्ची मात्र छ र नेपाल सरकारका तर्फबाट डा गोविन्द केसीको टोलीसित वार्ता गरेर फर्केपछि आफैंले हस्ताक्षर गरेको सम्झौतामा संशय उब्जने गरी बोलेका कारण चिनजान भए पनि पोखरेलसितको मेरो सम्बन्धमा खासै आत्मीयता छैन र सोही वार्तायता कुनै सम्पर्क पनि छैन ।

तर प्राधिकरणका लागि योग्यताको सवालमा त्यस्ता पूर्वाग्रहबाट माथि उठेर हेरिनुपर्छ र त्यसरी हेर्दा सो पदका लागि योग्यताका हिसाबले ज्ञवालीको पोखरेलसँग तुलना नै हुँदैन । यो मत मेरो मात्र हैन यो विषयलाई नजिकबाट हेर्ने धेरैको छ।

त्यो कुरा जे भए पनि, मैले काम गर्न नसके पनि वा काम गर्ने वातावरण नभए पनि मैले प्राधिकरणमा ५ वर्ष जागिर खाइरहन पाउनुपर्छ भन्ने ज्ञवालीको तर्कमा कुनै तुक छैन । यदि उनको अदालत जाने कदम स्वविवेकमा भएको नभई पार्टीको निर्देशनबाट भएको हो भने सत्ता र प्रतिपक्षको च्याँखे थपाइ र दाउपेचको उनी एक पूर्जा भएको पुष्टि हुन्छ, जुन झनै दुखदायी अवस्था हो ।

मानौं अदालतले ज्ञवालीले मागेझैं अन्तरिम दिएर उनलाई पदमा फर्कायो रे, अनि के हुन्छ? उनलाई उनको मर्यादाक्रम र कार्यक्षमता लगायतका कारण अहिलेसम्म असहयोग गरेका कर्मचारीहरु धमाधम आएर सहयोग गर्छन्? शंखेकिराको जस्तो पुनर्निर्माणको गति अचानक बढेर जान्छ?

ज्ञवालीको प्रस्टीकरणमा भएको स्वीकारोक्तिले नै भन्छः त्यस्तो केही हुँदैन । र विडम्बना, त्यसो गर्नुपर्ने हुटहुटी पनि उनमा देखिंदैन। मान्छेहरुले सकी नसकी, ऋणधन गरेर आफैं घर बनाउँछन्, नसके टहरा वा त्रिपालमुनि बस्छन् । जाडोले कठ्यांग्रिन्छन् र मर्छन् । तर ज्ञवाली बन्धुको जिद्दी छः मेरो जागिर त ५ वर्षलाई हैन?

अनि ओली बन्धुको जिद्दी के होलाः मान्छे कठ्यांग्रिएर मरे मरुन्, तर प्राधिकरणको जागिरमा अर्को मानिसलाई आउन दिइंदैन?

जुन दिनसम्म यस्ता संवेदनशील पदमा पुग्नेहरुले ती पदलाई जिम्मेवारी निभाउने चुनौतीका रुपमा नभएर सेवा सुविधा पाउने र आफू वरपरकालाई बाँड्ने अवसर जुटाइदिने सुनको अण्डा पार्ने चराका रुपमा लिन्छन्, तबसम्म भइरहने यही हो ।

आशा गरौं न्यायालयले प्राविधिक रुपमा ज्ञवालीले न्याय पाउने अधिकारसँगै समयमै घरभित्र बसेर जाडो र झरीबाट छेलिने भूकम्पपीडितहरुको अधिकारको पनि ख्याल गर्नेछ ।



No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more