Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Monday, October 8, 2012

मुम्बई यात्रा-१: पृष्ठभुमि र शुरुवात

स्नातक तहको परिक्षा सिद्धिएपछि सुजन दाइ र म भएर भारतको १८ दिने भ्रमण गरेका थियौं । रमाइलो कुरा के थियो भने त्यो भ्रमणमा म भारु ५००० लिएर गएकोमा ने रु ५००० लिएर फर्केको थिएँ र सुजन दाइको पनि त्यही अनुपातमा खर्च भएको थियो । त्यो आजभन्दा झण्डै ५ वर्ष अघिको कुरा थियो । भैरहवा बाट गोरखपुर, कोलकाता, हैदरावाद, चेन्नई, पण्डिचेरी भएर फेरि हैदरावाद र गोरखपुर हुँदै फर्केको त्यो यात्रा किन त्यति सस्तो थियो भन्ने रहस्य कोलकाता नजिकै दुर्गापुरमा पढ्दै गरेको भाइ इन्दु लगायत हरेक शहरमा रहेका मेरा स्पन्शर आफन्त दाइहरुलाई नै थाहा छ । यात्राको बोनसका रुपमा हैदरावादमा राजन दाइका तर्फबाट मैले एउटा सामान्य नोकिया फोन पाएको थिएँ भने सुजन दाइले हैदरावादमा पसलेको टाउको दुखुन्जेल बार्गेन गरेर किनेका केही सक्कली र अरु धेरै पाइरेटेड पुरुतकहरु थिए । थोमस फ्रिडम्यानको The World is Flat भन्ने किताबको नक्कल प्रति मैले त्यहीं किनेको थिएँ ।

 त्यो यात्राका खास स्मरणीय क्षणहरुमा चेन्नइको मामलापुरम बीचमा सिंगा सिंगा माछाहरु पेट भरि तीन जनाले खाएर जम्मा रु २०० जति तिरेको याद छ, त्यो पनि स्पन्शरशीपमा । बीचमा दिनभर पौडेर फर्कंदा नरिवलको जुस खाएको र कानभित्र नुन बनेको याद उत्तिकै रमाइलो छ । त्यही दिन हाम्रो नतिजा भएको र म पास भएको समाचार पनि भैरहवाबाट फोनमार्फत् पुगेको थियो ।

 अरु त अरु दुर्गापुरमा रेल स्टेशनबाट निस्कने चोरबाटो देखेका इन्दु र उसको उत्साही साथी विवेकको लहैलहैमा कोलकातादेखि त्यहाँसम्म रेलमा विना टिकट यात्रा गर्दा शरीरमा काँडा उम्रेको क्षण पनि एक हिसाबले रोमान्चक नै थियो । हैदरावादको पाइरेटेड किताबको बजारमा मंगोल अनुहारका सुजन दाइलाई पसलेले चैनासे आए हो? भनेर सोधेको र मलाई चाहिं ए तो हमारा यहींका आद्मी हे भनेको थियो ।




 तमिल नाडुका महिलाहरुका लागि सुन्दर देखिन कपालमा ताजा र सुन्दर फुलहरु गुँथ्नैपर्दोरहेछ भन्ने पनि हामीले त्यहीं पुगेर थाहा पायौं । पुरा चेन्नइभर प्यान्ट र टिसर्ट लगाएका केटीहरु रेलवे स्टेशनमा मात्र देखिनुले पहिरनको मामलामा परम्परागत लुगाहरुमा तमिलहरुको लगाव राम्रैसँग देखियो ।

 यात्राको अन्ततिर गोरखपुरमा एक रात बस्नै पर्ने भएपछि लामखुट्टेको प्रकोपबाट बच्न रातभर बत्ती बालेर सुत्नुपरेको थियो ।

 दुखको कुरा के रह्यो भने त्यति लामो यात्रामा मुम्बइ र गोआ पुग्ने हाम्रो सपना भने तुहियो । समय र स्पन्शर दुवै हुँदाहुँदै पनि बाल ठाकरेको शिव सेना वा राज ठाकरेको अर्को समानान्तर सेनामध्ये एकले उत्तर भारतीयहरु माथि गरिरहेको दमनका क्रममा सडक सडकमा उत्तर भारतीयहरुमाथि आक्रमण भएका समाचारहरु आइरहेका थिए । मुर्खसित दैव डरा भन्दै हामीले त्यतापट्टिको यात्रा रद्द गरेर चेन्नइतिर हानिएका थियौं ।

 भारतको फाइनान्सियल क्यापिटल भनिने बलिउडको पनि राजधानी मुम्बइ देख्न नपाउनुको न्यास्रो मेटाउने वहाना जुटाइदियो टाटा अस्पतालले यसपालि एउटा सिएमइको आयोजना गरेर । यसपालि प्रायोजक कोही पनि छैनन्, तैपनि हाम्रा् जोश जाँगर कत्ति कम छैन । सुजन दाइ सहित धरानका ५ जना प्याथोलोजीका सधर्मी बन्धुहरु र म भोलि जलपाइगुरिदेखि ४२ घण्टाको रेल यात्रामार्फत् मुम्बई पुग्दैछौं ।

यात्राको शुरुवातमा म हिजै काठमाडौंबाट कोशी सुपरको गाडीको बाल्कोनीको खाली ६ सिटमा चारै पाउ फालेर सुतेर रेलको बर्थमा जस्तै गरी आज बिहान धरान पुगें । यात्रामा लता र जगजितका श्रुतिमधुर गीत सुन्दै र नयनराज पाण्डेको लू पढ्दै गर्दाको जुन रमाइलो छ, त्यसलाई बुझ्न त्यसरी यात्रा नै गर्नुपर्छ ।

 रमाइलोको बीचमै पनि कल्पनाको संसारबाट यथार्थमा झर्नैपर्ने । चितवनको पर्सानिर एउटा होटलमा ठिकठिकै खाना खाएपछि त्यसको रु १२० तिर्दा महसुस भयो आम मानिस कसरी ठगिन्छन् । काठमाडौंको मेरो कोठामा त्यस्तै खानाको लागत झण्डै बीस रुपैयाँ पर्छ । सयौं मानिसलाई खुवाउँदा त लागत झन् घट्ने नै भयो । तर ठगीको चक्र कस्तो छ भने बसवालाले होटलवालासँग कमिसन लिन्छ प्रतिशतका हिसाबले । लामो यात्रामा खाना खानैपर्ने मानिसको विवशतालाई अधिकतम उपयोग गर्न दुइपक्ष संगठित भएर लागेका छन् ।

 अन्ततः धरान पुगियो जहाँ खुइलाएर सेतो पारिएका काला बंगुरै बंगुरले स्वागत गरे । क्रमशः

260 comments:

«Oldest   ‹Older   401 – 260 of 260
«Oldest ‹Older   401 – 260 of 260   Newer› Newest»

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more